Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओली बन्छन् कि देउवा नयाँ प्रधानमन्त्री?

Posted on October 10, 2015October 10, 2015 by Salokya

अपडेट : शनिबार बिहान कांग्रेसले सुशील कोइरालालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। अब हेडलाइन ओली कि कोइराला बन्ने भयो।
kp_oli11 प्रधानमन्त्री निर्वाचनको कार्यक्रम तालिका प्रकाशन भइसकेको छ। अहिलेसम्म सिनमा एक जनामात्र उम्मेदवार देखिएका छन् जो समर्थन जुटाउन दौडधुपमा पनि गरिरहेका छन्- उनै एमाले अध्यक्ष केपी शर्मा ओली।

अहिलेसम्मको जोडघटाउ हेर्दा ओली नै प्रधानमन्त्रीको कुर्सी नजिक देखिन्छ। ओलीको सत्तारोहणका लागि सबैभन्दा महत्त्वपूर्ण भर्‍याङ बनेको छ तेस्रो ठूलो पार्टी एमाओवादी जसका ८४ सांसद छन्। त्यसमा संसदमा जान्न अब भन्ने बाबुरामलाई घटाउँदा ८३ हुन आउँछ। अहिलेसम्म अछुतको व्यवहार गर्दै आएको राप्रपा नेपाल पनि अब त प्रमुख प्रतिपक्ष नपाउने भए सरकारमा सहभागी हुने बताइसकेको छ। उसको पनि ओलीलाई समर्थन हुँदा एमालेको १८३, एमाओवादीको ८३, राप्रपा नेपालको २५ जोडेर २९१ हुन आउँछ। यो बहुमत २९९ भन्दा ८ कम हो। त्यसमा माले ५ र नेमकिपा ४ जोड्दा सहजै बहुमत जुट्छ। ओलीलाई प्रम बनाउने भद्र सहमति अनुसार र अहिलेसम्मको सोझो हिसाब अनुसार यो हुन आउँछ। तर तपाईँलाई थाहै होला नि रात रहे अग्राख पलाउने र छिमेकी दुष्टले अनेक थरि भाँजो हाल्ने।

deuba
शुक्रबार यो ब्लग लेख्दासम्म सिनमा नदेखिएका तर भित्री रुपमा प्रधानमन्त्री बन्ने चर्चा चलेको एउटा पात्र हुन् शेरबहादुर देउवा। त्यसो त कांग्रेसले अहिलेसम्म निर्वाचनका लागि के गर्ने भन्ने निर्णय नै गर्न सकेको छैन। केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यहरुले आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने बताए। देउवाले संसदीय दलको चुनाव गरौँ भने। अन्ततः कोइराला, देउवा र रामचन्द्र पौडेल तीन जनालाई निर्णय गर्ने जिम्मा छाडे।

देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने हो भने गच्छदार लगायत मधेसवादी दलहरुको समर्थन हुन्छ भनिएको छ। सबै मधेसवादी दलको समर्थन भए पनि देउवा प्रधानमन्त्री बन्न भने सक्दैनन्। यसका लागि तेस्रो ठूलो दल एमाओवादीको साथ अपरिहार्य हुन्छ। तेस्रो दल फुट्यो भने बल्ल जोडघटाउमा केही असर पर्न सक्छ। तेस्रो दल फुट्यो भने कांग्रेसलाई बहुमत निश्चित नभए पनि केपी ओलीलाई बहुमत नजुट्ने अवस्था आउने सम्भावना पनि हुन्छ।

कसैलाई प्रधानमन्त्री बनाउन वचन नदिएको भनेर सुशील कोइरालाले केन्द्रीय समितिमा भनिसकेका छन्। तर कांग्रेस वचनबाट पछि हट्यो भने राष्ट्रपति पनि नपाउने अवस्था आउन सक्छ। त्यसैले कांग्रेसले यसै गर्छ भनेर अहिले नै भन्न सकिने स्थिति छैन। शनिबार अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीका उम्मेदवारको नाम दर्ताको म्याद छ। त्यतिञ्जेल जे पनि हुनसक्छ।

17 thoughts on “ओली बन्छन् कि देउवा नयाँ प्रधानमन्त्री?”

  1. madan bajracharya says:
    October 11, 2015 at 2:34 am

    बुढेस काले बिपरित बुद्धि भन्ने उखान सुसिलमा लागु हुने भयो/ यमाले कांग्रेस बीच भयको सहमतिको कारणले सुसिल्को कार्यकालमा संबिधान बनाउन सफल भयो/ त् उसले यमाले सिट भयको सहमतिको सम्मान गरेको भय सुसिल सफल र इम्मान्दार नेताको रुपमा इतिहासमा चिनिन्थ्यो/ तर……/

    Reply
  2. Shambhu Kaphle says:
    October 10, 2015 at 7:25 pm

    फोक्सो सडेका , जिब्रो काटिएका , एउटा खुट्टो आर्यघाट मा टेकेर स्वा स्वा गरिराका मात्रै हुन् त नेपाली ले पाउने प्रधानमत्री ?! हरे शिव शिव के बिजोक हो यो?!

    Reply
  3. Shankar says:
    October 10, 2015 at 2:50 pm

    अपडेट : तँलाई झुसे बुडा, बोल्दा समेत स्वा स्वा गर्ने देश बेच्ने बिचार छ कि के हो अब को पालि ?
    माउबादी र एमाले मिले नेपाल चीन तिर ढल्कन्छ भनेर रंजित रे ले भन्यो भन्दैमा एमाले लाइ किन न दिने ? ओली लाइ नै बनाउनु पर्छ | फास्ट ट्राक भ्रास्ताचार गरेर इब्डिया लाइ दिने भन्ने मिनेन्द्र रिजाल, देउवा, निधि को समर्थन मा यो झुसे ले गोलमाल गर्छ जस्तो छ |
    पर्दा पछि भारत को दलाली गर्नु भन्दा महतो सग सिमा पारि बसेर ढुंगा हान्न जानु नि |

    Reply
  4. bijay says:
    October 10, 2015 at 11:10 am

    नेपालमा यी पुराना गनाएका नाम बाहेक अरु कोहि छैन प्रधान मन्त्रि हुन लायक?

    Reply
  5. Surya says:
    October 10, 2015 at 7:27 am

    जोसुकै बनेपनि दर्शन गर्न दक्षिणको कुल देवताकहाँ गैहाल्छन क्यारे. त्यसपछि त पेट्रोल पाउने भैहाल्यो. नेपालको राजनीति त फूटबलको suicide goal जस्तै हो. धत्…

    Reply
  6. Surya says:
    October 10, 2015 at 6:23 am

    एअर एम्बुलेन्स राखेर भारतको अस्पतालमा कुदाई रहनु पर्ने रोगी श्री के. पी. वलीलाइ प्रधानमन्त्रि बनायो भने अब औषधि उपचार गर्न अमेरिका जाने पक्का हुन्छ / कोइरालले अमेरिकामा उपचार गरेर राष्ट्रको ढुकुटी करोडौं सकायो भने यो रोगी ओलीले अमेरिकामा उपचार गर्न अरबौं राष्ट्रको ढुकुटी स्वाहा गर्ने भयो / देशको ढुकुटीमा असर पर्ला भनेर खरदार सुब्बाको जागीर खान त निरोगीताको प्रमाणपत्र पेश गर्नु पर्छ भने प्रधानमन्त्री हुन पहिला निरोगीताको प्रमाण पत्र पेश गर्नु पर्यो / रोगीलाई प्रधानमन्त्री छान्ने सबै महारोगी हुन /
    अबको प्रधानमन्त्री र मन्त्रीहरु ५० बर्ष मुनिको हुनु पर्छ / ६०१ जना अन्धाहरुले पटक पटक प्रधानमत्री भै सकेका देउवा र रोगी वली बाहेक अरु कोहि देखेन / गत २५/३० वर्ष देखि यी हाम्रो देशका नेता यी देउवा, पौडेल, कोइराला, सिटौला,महत, रिजाल, आचार्य, वली, रावल, गौतम, पोखरेल. दाहाल, भट्टराई, थापा, चन्द, राणा जस्ता असछ्यम बुढाहरुको नाम सुन्दा सुन्दा यो कानै पाकी सक्यो /

    Reply
  7. madan bajracharya says:
    October 10, 2015 at 6:07 am

    कांग्रेस र यमाले बीच भयको सहमतिको इमान्दार नबने नेपालमा मोदीको “मोहरा” प्रधान मन्त्रि बन्नेछ किनभने यमावोबादिलाई अझै पनि बिस्वास गरि हाल्न सकिंदैन/ कांग्रेस यामाले बीचको कार्यगत नीतिगत यकता टुटेमा भारत सिट सिमाना जोडेको सबै भुमि थारु र मधेसीको स्वायत तथा रास्ट्रिय आत्म निर्णय गरेर भोलि उनीहरुले चाहेमा नेपाल बात अलग्याउन सकिने नाम मात्रको नेपालको प्रदेश बन्ने छ/ तेस्तो प्रदेश अहिले नेपाललाई झुकाउन नाकाबन्दी गर्ने भारत भन्दा कुनै कुरामा फरक हुनेछैन र तिनीहरुले त्यहा बस्ने अरु जातको नेपालीहरुलाई विभेद पूर्ण ब्यबहार गर्दै जस्तो सुकै अन्यायमा परे पनि न्याय पाउन नसक्ने बनाउंदै उनीहरुलाई आफ्नो घर जागा मधेसीलाई कौडीको मोलमा बेच्न बाध्य गरेर मधेशमा बस्ने नसक्ने बनाउनेछ/तव मधेशको सदन र सडक दुबैमा नेपाल बात अलाग्गिन चाहनेको बहुमत बन्नेछ र तिनीहरुले मधेश नेपाल बात अलग्गिने निर्णय सदन बात पास गर्दै मधेश स्वतन्त्र देस बनेको घोसना गर्नेछ/ भारतले तेस्लाई तत्कालै समर्थन दिंदै मधेश सिट मैत्री तथा सुरछ्या सन्धि समेत गरेर नेपाललाई लाचार बनाउने छ/

    Reply
  8. XYZ says:
    October 10, 2015 at 5:49 am

    Here are the best options for three major political parties:
    1. For NC: Let Mr Oli, Maobadi and RPP-Nepal sit in the burning pyre, stay in opposition. What you end up having an anti-India government in power. At the end NC may be called upon to form the government
    2. For UML: Allow NC to rule the roost; support Deuba and Paudel individually, bring chaos in NC.
    3. For Maobadi: Commit that you will not join the government unless UML brings NC and Madhesibadi party on board. Who knows, you may lead the government at the end.

    BUT I AM SURE NONE OF THE THREE WILL AGREE ON MY ABOVE PROPOSAL.
    DRAMA TO UNFOLD ON SUNDAY IS WORTH WATCHING, THERE MIGHT BE KUTAKUT, WWF WRESTLING MANIA KIND OF STUFF HAPPENING INSIDE THE HOUSE.

    Reply
    1. XYZ says:
      October 10, 2015 at 11:25 am

      UP-DATE ON NEPALI POLITICS:
      So NC has decided to file Sushil Koirala as their next PM. That is a very good move on the part of NC. Now, interesting thing to watch is what UCPN-Maoists will do. A moment ago it was a King maker, now it is squeezed between NC and UML, moreover, between pro and anti India. This time, it cannot abstain from voting. If you vote UML- big brother India may be angry, along with intensification of Madhesibadi andolan, Dr Babur Ram is there holding a big knife. If you vote NC, you may be labelled pro-India, distance relations with UML. Comrade Prachanda must be sweating profusely – ke garne, ke nagarne!Interesting scenario. chokta khana gayeko jhol ma dubera marne bho Comrade.

      Reply
  9. ekraj says:
    October 10, 2015 at 3:50 am

    There is no democracy in Nepal at all. Instead selecting or electing Prime Mininster by Nepalese people why these thugs are allowed to select the gang of criminal stupid in terns to loot the government treasure who have proved themselves most useless and incompetent in all occassions.
    Whose Primi Ministers are these thugs? Are these prime ministers of the country and the people or the prime ministers of the gangs who always had interest to mislead Nepalease people and loot in tern.

    Reply
  10. ekraj says:
    October 10, 2015 at 3:39 am

    What a bad luck for Nepalese people. Once again it looks like they are left with no choice and will have to face same very infamous, corrupt and deseased faces who have proved themselves to be most useless, not capable of doing anything, lazy garbase persanality as Prime Minister or ruling party in the past.
    What a waste of time.

    Reply
  11. Santosh Lamichhane says:
    October 10, 2015 at 3:35 am

    जो भएपनि अधिकतम सहमति बाट हुनु पर्ने हो ..के गर्ने घैटोमा घाम लाग्दैन नेताहरूको..

    Reply
  12. bibek dhakal says:
    October 10, 2015 at 2:57 am

    हेर देश को दुर्भाग्य, विकल्प पनि कस्तो: एउटा ऐतिहासिक ‘असक्षम’ ; आर्को घिटिघिटि पारेर जबर्जस्ति सास जोगाएर राखेको रोगी. यस्ता मध्ये एकबाट प्रधानमन्त्री. हैन देशले फेरी एउटा सक्षम र उर्जाशील ( र निरोगी) व्यक्ति प्रधानमन्त्री पाउने कैले ?

    Reply
  13. Hari Prasad Lamichhane-साउदी says:
    October 10, 2015 at 2:35 am

    गत हप्ता रंजित रे ले शुशीललाइ भेट गरेको थियो, त्यस पछि एका एक कांग्रेस परिवर्तन भयो, हुन त कांग्रेसले सम्पूर्ण नाकाबन्दीको समयमा र अझै पनि मुख नखोल्नु भारतीय आशिर्बाद प्राप्त गर्ने अभिलाषा अन्तर्गत गरिएको कदम हो |

    भारतीय हस्तक्षेपको परिणामनै कांग्रेसले भाद्र सहमति तोडी सक्यो, अब भारतले जसलाई चाह्यो त्यहि प्रधानमन्त्री हुने छ र शेरबहादुर हुने सम्भावना धेरै छ, शनिबार धेरै कुरा परिवर्तन भै सक्ने छ |

    Reply
  14. dor Prasad says:
    October 10, 2015 at 2:32 am

    लोकतन्त्र मा सधै मिलिजुली सासन भन्ने गर्नु हुदैन – त्यो तानासाही हुन्छ – सत्ता र बिपछे चाहिन्छ | चुनाब होस् प्रतिस्पर्दा होस् तर सरकार गिराउने र बनाउने चक्र नचलोस फेरी !

    Reply
  15. binay says:
    October 10, 2015 at 2:13 am

    small thug Oli is better than big ans complex thug Deuba

    Reply
  16. Shankar says:
    October 10, 2015 at 1:11 am

    जो बनेपनि मिलेर चलाउदा राम्रो | ओली नै बेटर होला कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme