नेपाली कांग्रेसको घर झगडा फेसबुकमा छताछुल्ल भएर पोखिएको छ। यसो हेर्दा रमाइलै देखिएको छ हेर्नुस् न – कांग्रेस नेता रामचन्द्र पौडेलका भान्जा कांग्रेसकै अर्का नेता तथा सरकारका प्रवक्ता सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई ‘भारतीय दलाल’ भन्ने, त्यसो भन्ने चाहिँ सरकारी मुखपत्र गोरखापत्रका पत्रकार पर्ने, अनि सञ्चार मन्त्री चैँ गोरखापत्रका हाकिमहरुलाई स्पष्टीकरण सोध्न लगाउने। स्पष्टीकरण सोध्दैमा डराउँदिन भनेर जवाफ फर्काउने फेरि भान्जाबाबु। गजबै छ।
आफूलाई फेसबुकमा भारतीय दलाल भन्यो भनेर सञ्चारमन्त्री मिनेन्द्र रिजालले गोरखापत्रका सत्ताधारीलाई आज मलाई स्पष्टिकरण सोध्न…
Posted by Sitaram Bilashi on Thursday, 8 October 2015
केबल टिभीहरुले हिन्दी च्यानल बन्द गर्दा उपभोक्ताको साटो सबैभन्दा बढी चासो मन्त्री रिजाललाई नै भएको थियो। त्यसमाथि नाकाबन्दी भएकै हैन भने रे भनेर पनि मिडियामा समाचार आए। त्यतिसम्म त ठीकै थियो, बाहिरकाले सत्तोसराप गरे पनि सहेकै थिए मन्त्रीले। तर आफ्नै नेताका भान्जाले प्रहार गरेपछि केही गरे कि गरेनन् कुन्नि भान्जाबाबुको अर्को प्रहार उही फेसबुकबाटै आइदियो त।
गाह्रो पो छ त गाँठे मन्त्री हुन, नेता हुन पनि, हैन त ?
We are tired of reading any gossop about useless, thugs, criminals, news and activities.
It has been very sickening politics played by very sick and deseased people who has no responsibility for either people or the country just fighting for loots and chair.
These thugs should been jailed for their corruption, inaction and lack of capacity to function properly.
Some of the party leaders of Nepali congress are puppet of India. Nepalese people must warn them so that they will not do any activities that harm our country.