Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

औपचारिक वार्ता सुरु, नाकाबन्दी कायमै, सत्ता समीकरण सुरु : पढ्नुस् असोज १९ का प्रमुख घटना

Posted on October 7, 2015October 7, 2015 by Salokya

२०७२ असोज १९, मंगलबार

भारतले नाकाबन्दी कस्दै गर्दा मधेसी मोर्चा र सरकारबीच पहिलो पटक औपचारिक वार्ता मंगलबार सुरु भएको छ। पहिलो दिनको वार्ता कुनै टुङ्गोमा भने पुगेन। मोर्चाले सीमाङ्कनलाई बटमलाइन मान्ने भनेको छ। उनीहरु तराईमधेसमा दुई प्रदेश चाहन्छन्। हाल मधेसमा पाँच प्रदेश छन्। सीमांकनको स्पष्ट प्रस्ताव लिएर आउन सरकारी वार्ता टोलीलाई आग्रह गरेपछि सिंहदरबारमा भएको डेढ घण्टा वार्ता स्थगित भएको हो।

samikaran

    • यता वार्ता चल्दै गर्दा उता सत्ता समीकरणको जोडघटाउ पनि हुँदैछ। जुनसुकै समीकरणमा पनि तेस्रो दल एमाओवादी महत्त्वपूर्ण बनेको छ। कांग्रेस र एमाओवादी मिल्यो भने ८ सिट पुग्दैन बहुमतका लागि। उता एमाले र एमाओवादी मिल्दा थप ३२ सिट आवश्यक हुन्छ। कांग्रेसभित्र आफैले बहुमत जुटाउने कि एमालेलाई दिएको वचन पूरा गरेर राजनीतिक बेइमानी नगर्ने कि भन्ने छलफल भइरहेको भनिन्छ। यो अनुसार कांग्रेसले केपी ओलीलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने निर्णय पनि गर्न सक्छ। वा एक्सट्रिम केसमा भारतले बढी नै बिच्किने लक्षण देखाए एमालेले माओवादीको प्रधानमन्त्री बनाएर पछि आफू अनुकूल हुने बित्तिकै समर्थन फिर्ता लिएर आफू प्रधानमन्त्री बन्ने खेल पनि खेल्न सक्छ। संसदका सबै दलको समर्थन पाएर सहमतीय सरकार बनाउन दिइएको सात दिने म्यादमा सरकार नबन्ने लगभग निश्चित भइसकेको छ।
    • नेपाली का‌ंग्रेसको बुधबार बस्ने केन्द्रीय कार्य समितिको बैठकले केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने कि आफैले बहुमत जुटाउने भन्ने निर्णय गर्नेछ। महाधिवेशन भने फागुनको पहिलो साता गर्ने प्रस्ता गरिएको छ।
    • कसले लेखेको मिल्ने? सत्ता समीकरण बारे पत्रकारहरु आ-आफ्नै अनुमानमा छन्। जनआस्थाका सम्पादक किशोर श्रेष्ठले फेसबुकमा लेखे- एमाओवादीद्वारा प्रधानमन्त्रीमा एमाले अध्यक्षलाई औपचारिक समर्थन,भोलि काँग्रेसले पनि गर्ने । परिस्थिति अकस्मात परिवर्तन । बिदेशी कूटनीतिज्ञहरुले ओलीलाई भेटेर बधाइ दिन थाले। अर्का पत्रकार कुसुम भट्टराईले कमेन्ट गरे, ‘लेखेर राख्नुस्, यो कुसुमले भन्थ्यो भनेर, केपी ओली कुनै हालतमा यो देशको प्रधानमन्त्री हुने छैनन्।’ जवाफमा किशोर लेख्छन्, ‘कुसुम,२४ गतेको परिणाम हेरेर मलाई फोन गर्नु ल ! लेखी राखेको छु । कुनै हालतमा हुने छैनन् हैन कुनै हालतमा हुनेछन् भनेर सच्याइहाल्नु किनकि चाबी अहिले अन्त हैन,यहीं छ । झलनाथलाई प्रम बनाउँदाताका जस्तै अर्को परिस्थिति यहींको माटोमा निर्माण हुँदैछ।’

एमाओवादीद्वारा प्रधानमन्त्रीमा एमाले अध्यक्षलाई औपचारिक समर्थन,भोलि काँग्रेसले पनि गर्ने । परिस्थिति अकस्मात परिवर्तन । बिदेशी कूटनीतिज्ञहरुले ओलीलाई भेटेर बधाइ दिन थाले ।

Posted by Kishor Kishor on Tuesday, 6 October 2015

 

  • इन्धन अभावले बिजोग हुने स्थिति कायमै छ। आयल निगमले आज निकालेको वक्तव्यमा निजी सवारी साधनलाई तेल नदिने उल्लेख छ।
  • झन्डै दुई महिनादेखिको बन्दले तराईका बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव भएको छ। विभिन्न बैंकका त्यहाँका शाखा कार्यालयहरुले आफ्नो केन्द्रीय कार्यालयमा रकम अभाव सुरु भएको पत्र पठाउन थालेका छन्।
  • क्रिकेट कोच पुबुदु दासानायकेले राजीनामा दिए।

 

14 thoughts on “औपचारिक वार्ता सुरु, नाकाबन्दी कायमै, सत्ता समीकरण सुरु : पढ्नुस् असोज १९ का प्रमुख घटना”

  1. Shankar says:
    October 8, 2015 at 5:32 pm

    अब भारत लाइ गालि गर्ने हैन , ग्रेटर नेपाल( दर्जलिंग , सिक्किम, देहरादुन , आसाम समेत ) को लागि अभियान चलाउनु पर्छ |

    Reply
  2. ekraj says:
    October 8, 2015 at 5:01 am

    Nepalese people will have to face again same very infamous corrupt and thug faces as their rulers. We have seen this dirty game so many times and nothing will change.
    I am never convinced these corrupts, criminals and lazy stupid servants of Indian Government will ever funtion well and do something better for the country and people of Nepal.

    Reply
  3. Roshan says:
    October 8, 2015 at 4:09 am

    के इंडिया इंडिया भनेर करै राखेको हो यो नेपालीहरु ???? बाल मतलब सदै को लागि बन्द गरे पनि हुन्छ electric को जमाना पनि तोइत एस्त त राष्ट्र बादी पैले आफु बदलौ अनि देश बदल्ने कुरा गरौ l जसलाई पनि गुहार माग्यो बस्यो गरिबी को देश सम्म त ठिक थियो माग्ने को देश त नबौ न हो ? कति अर्को मा भर पर्ने . हामी पनि केहि गरौन हो खाली नेता नेता कति भन्ने

    Reply
  4. Lagan says:
    October 8, 2015 at 1:57 am

    हिजसम्म मधेसीलाई गला लगाएर आफ्नै नेपाली भाई भनेर देश बिदेशमा आत्मा साटासाट हुन्थ्यो| असहज अवस्थामा पनि खुकुलो पारिथ्यो| एकपल्ट इन्डियामा जाँदा टोलीमा रहेका मधेसका साथीलाई इन्डियनले तपाईको बिहारी साथीले भनेको भनेर सम्बोधन गरेपछि मीटिंगमै भने पछि मैले थर्काईदिए| एउटा नेपालीलाई किन बिहारी भन्छौ भन्दा उनले “सरि सरि युपीका होलान” भनेपछि अझ थर्काईदिए| पछि बाट ती इन्डियन पन्जाबी बन्दाले क्षमा याचना गर्दै कुनै पनि दृष्टिबाट नेपाली नदेखेको भएर त्यस्तो भुल भएको भने| लौ हेर्नुस त् ताल|
    आफ्नै देशको जनतालाई दुख दिंदा मधेसी आन्दोलन कारीहरुले बिदेशी संग लागेर के सुख अनुभव गर्दा हुन्? नेपाली हृदय भएका र नभएका त्यसबाट थाहा पाई हालिन्छ|
    अब आउने संबिधानमा मधेसी नेताहरुको मांग कुनै पनि हालतमा स्वीकार गर्नु हुँदैन, जे पर्ला पर्ला| तर मधेसी सुधा साधा गरिखाने साधारण जनताले दुख भोग्न नपरोस| सरकारले यो हेर्नापर्छ| भारतलाई मात्र दोष दिने होइन, नेपाली माटोको अन्न खाने नेताको कुबुद्धिले गर्दा आज नेपालीले दुख भोग्न परिरहेछ|
    थारुको जायज मांग सकेसम्म पुरा गरिन पर्छ| थारु हुन् मधेसका खाँटी आदिवासी जनजाति| गच्छदारले हामीले बोर्डरमा रोक्न अह्राएका होइनौ भनेर बक्तब्य दिईसके| अर्का थारु नेताले हामी बिहारको शरणमा जानेवाला होइनौ भनेर व्यंग कसिसके महतो र उपेंद्रेलाई|
    हाम्रा संबिधान जारी गर्ने नेताले होमवर्क गरेनन| अन्तराष्ट्रिय समुदायलाई ब्रिफ गर्नपर्ने, नाकाबन्दी हुँदा पनि अन्तराष्ट्रिय समुदायलाई ब्रिफ गर्नपर्ने| नेपालमा यु एन सम्मले हृदयले स्वागत गरेर जब संबिधान सही भयो| त्यसको मतलब नेपालको भलो चाहदैनन् भन्ने होइन, इन्डियाले पहिले नै खुशामदी गरिसकेको थियो युएनलाई| नाकाबन्दी भएका बेला भारतमा नेपालका राजदुत उपाध्याय श्राद्धे गर्दै फुर्सदिमा बसिरहे| प्रधान मन्त्रीको सल्लाहकार र परराष्ट्र मन्त्रि अमेरिका युएनमा व्यस्त| भारतको कुकृत्य साबित भै हाल्यो, बिशेष दुत पठाएर नेपाललाई धम्काउने सफल भएन, तर नेपालको कुटनैतिक रणनीति पनि बेस्सरी फेल खायो| वास्तवमा नेपालको कुनै स्टेटजीक प्लान नै छैन वा भए पनि कसैले फलो गर्ने होइन| प्रधान मन्त्रीलाई यु एन मा नजाउ भन्ने अनि आफै चै जाने कस्ता हुँन यस्ता सल्लाहकार? तुरन्त हटाईनपर्यो| प्रतिक प्रधानको राजीनामा किन मागे इन्डियाले बिरोध गर्यो भन्दैमा?
    हाम्रा आफ्नैहरु चाहि कैले ओली प्रधान मन्त्रि होला र मन्त्रि जागिर खाउँ भनेर ताकिरहेका बिद्या भण्डारीले दिपावली गरौ भनी| के भने भन्नुहोला बिद्या भण्डारीले मन्त्रि पड्काई भने उनी र राधा ज्ञवालीमा केहि फरक हुनेछैन| देशमा के आपत्ति आइरहेको बेला कसैलाई कैले प्रधान मन्त्रि र मन्त्रि हुँ र दिपावली गर्ने धन्धा|

    Reply
  5. Surya says:
    October 7, 2015 at 10:52 pm

    २५० वर्ष भन्दा बढी नेपालमा शासन गर्ने ब्राम्हण छेत्रीले आदिवाशी, जनजाति, महिला, मधेशी, थारु, दलितहरुलाई कहिले पनि शिर ठाडो पारेर हिड्न दिएन र दोस्रो तेस्रो दर्जाको मानिसमा राखियो / अहिले संसोधन हुन लागेको नेपालको संबिधान २०७२ मा ब्राम्हण छेत्रीहरुलाई राष्ट्रपति, प्रधानमन्त्री लगायत संबैधानिक अंगहरुमा बस्न नपाउने दफा पनि थप्नु हुनेछ / यो सम्पूर्ण आदिवाशी, जनजाति, महिला, मधेशी, थारु, दलितहरुको माग हो / यी सिंहदरवारमा बसेर शासन गर्ने ब्राम्हण छेत्रीको अदुरदर्शिका कारण ५० सौं लाख युवा नेपाली जनता के ब्राम्हण छेत्री, के आदिवाशी, जनजाति, महिला, मधेशी, थारु, दलितहरु खाडी मुलुकमा ५० डिग्री सेन्टिग्रेड तापक्रममा दुख गरि रहनु परेको छ / देशमा गणतन्त्र, नयाँ संबिधान आयो भन्दैमा भारतीय राजदुतावासका कारिन्दा प्रधानमन्त्री (मन्त्रिपरिषद,ब्राम्हण छेत्री) ले देश बिकास गर्ला भनि आशा गर्नु सपना मात्र हुनेछ / तर सर्वसाधारण ब्राम्हण छेत्री गुरुवरहरुलाई अभिवादन छ / सिंहदवारमा बस्नेहरुको मति भ्रष्ट भएकोले यो अवस्था सम्पूर्ण नेपाली भोग्नु परेको छ /

    Reply
  6. bijay says:
    October 7, 2015 at 7:53 pm

    If someone from india had done this kind of act against India on Indian border with aid of let’s say Nepal or China or Pakistan, India would have dealt with them like criminals instead of getting into discussions with them.
    So let’s treat these people esp Rajendra Mahato the way he deserves, like an anti Nepali.

    Reply
  7. Santosh Lamichhane says:
    October 7, 2015 at 9:25 am

    देश र जनताको लागि भएको भद्र सहमति अनुसार सबै मिलेर अघि बढ्दा राम्रो , नत्र भाई फुटे गवार लुटे हुनेछ , आशा छ नेताहरू मिलेर अघि बढ्ने छन्

    Reply
  8. Khagendra Thapa says:
    October 7, 2015 at 7:33 am

    This is a pure blackmail by these Bihari with help from India. These Nepal’s leaders will be unable to stand up to India. If agreements are made that are unacceptable to the vast majority of the people of Nepal, these leaders will not find a place to hide. Go back to the five developments regions or scrap he whole idea of Federalism.

    Khagendra Thapa

    Reply
  9. sushil says:
    October 7, 2015 at 6:31 am

    यदि भद्र सहमति भएको हो भने, खुरुक्क ओलीलाई प्र. म. दिनुपर्छ. अहिले प्रमुख तीन दलको एकता सबैको लागि फाइदाजनक भएको छ. ल्यांग्रे बुढोले संबिधान बनेको क्रेडिट पायो, छुच्चो बुढोले रास्ट्रवादी, कडा र निडर नेताको बिल्ला पायो, अर्को महाराजले आफ्नो पुरानो छवि बिर्साउने मौका पायो. यो भनेको नेताको मात्रै नभई पुरै दलकै उपलब्धि हो. यहि एकताको लागि अहिले सारा नेपाली पेट्रोलियमको अभाव सहेर बसेका छन्. नत्र फेरी दायाँ बायाँ गरेको खण्डमा माओबादी उद्दण्ड, दरवार हत्याकाण्ड, जनमत बिना राजतन्त्र फाल्दा र धर्मनिरपेक्ष्यता त पचाउने नेपालीले फेरी अर्को तन्त्रको लागि अहिलेको तीन दलका नेतालाई साइड लगाउन बेर लगाउँदैनन्.

    Reply
    1. राजन says:
      October 7, 2015 at 1:44 pm

      ठुलो भाग खान बसेका अदुरदर्शी सत्ता पीपासु देउबा र पौडेल के गर्छन् त ? सुशिले जस्ता हचुवा नेताले त क्रेडिट पाए ।

      Reply
  10. XYZ says:
    October 7, 2015 at 6:28 am

    Here is my prediction on Nepal’s politics:

    The constitution will be amended before new government is formed. If this does not happen, the country will tread the path of extreme political uncertainty and instability. Mr Oli may be the PM, but he will not survive long enough. There is provision in the new constitution that no confidence motion cannot be brought within 2 years but the government will have difficulty securing vote of confidence. UML honchos may be thinking of forming a government without NC, it will be extremely difficult for Oli to form Cabinet. The new constitution limits cabinet members to 25. This implies frequent changes in the Cabinet so that all can have a share in a turn by turn or allo pallo basis.

    Reply
    1. Shankar says:
      October 8, 2015 at 4:34 am

      It can not be predicted that way. May be you are correct. But the point is it is not in control of Nepali. As I heard today, Prachand got threatened by Indians for Proposing Oli as PM.
      On the other hand There are power hunger People like Ramchandra, Ramsaran, Arjun KC in Nepali Congress they can go to very low level for position.

      Reply
  11. Akash says:
    October 7, 2015 at 5:36 am

    तराई के मदेशी को बिर्ता हो तिनी हरुले जे भन्यो तेही हुने ? तराई मा मदेशी बाहेक अरु कोहि बस्दैन र ? अहिले तराई मा सिमांकन सम्बन्धि थारु हरु को माघ जायेज लाघ छ तर मधेशी को माघ पुरै ना जायेज छ | झापा मोरंग र सुनसरी प्रदेश एक मा नेइ ठिक छ | यी तीन जिल्ला लाइ यता उता गरिए मा परिणाम नराम्रो हुन सक्छ | सब लाइ चेतना भया |

    Reply
  12. Shiva says:
    October 7, 2015 at 5:05 am

    खास भन्ने हो भने बेइमानी कांग्रेस र धोति गुहारेर देश नाकाबन्दी गराउने मदिशे हरु लाई पेल्न र धोति संग नझुकी बरु नाकाबन्दी सहेर भएपनि नेपाल लाई जोगाउन एमाओबादी, राप्रपा, साना दल र एमाले मिलेर ओलीकै नेत्रित्वोमा सरकार बनाउनु पर्ने हो ….बिस्वासघाती अबसरबादी बिक्ने नेता सांसद भएकोले यसै भन्न सकिदैन …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme