Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टेलिकमले पोस्टपेडमा ल्यायो डाटा प्याकेज, एनसेल Vs टेलिकम : कुन महँगो आफै हेर्नुस्

Posted on October 7, 2015October 7, 2015 by Salokya

Smartphone with apps मोबाइल इन्टरनेटमा नेपाल टेलिकम र एनसेलको प्रतिस्पर्धा सुरु भएको छ। सेवा सुरु गरेको कयौँ वर्षपछि बल्ल टेलिकमले यो वर्ष डाटा प्याकेज बेच्नुपर्ने आवश्यकता देख्न थालेको छ। एनसेलले डाटा बेच्न थालेको धेरै भइसक्दा पनि पोस्टपेडमा टेलिकमले यो वर्षमात्रै डाटा र भ्वाइसको संयुक्त प्याकेज सुरु गरेको हो। त्यही पनि नजिकको सेन्टरमा गएर फाराम भर्नुपर्ने झण्झटले धेरैले यो सेवा लिइसकेका थिएनन्। असोज २० गतेदेखि भने प्रिपेडमा जस्तै एसएमएस पठाएकै भरमा प्याकेज लिन मिल्ने बनाइएको छ। भदौ १ गतेदेखि प्रिपेडमा पनि डाटा प्याकेज बेच्न सुरु भइसकेको थियो। टेलिकम र एनसेलको डाटा प्याकेजमा कुन महँगो कुन सस्तो त? तुलनात्मक अध्ययन हेर्नुस् र आफै खुट्याउनुस्।


mobile

कम भोल्युमको डाटा प्याकेजमा एनसेलले उछिनेको छ। टेलिकमको सबैभन्दा कम प्याकेज नै २०० एमबीको छ। मध्यम स्‍तरको प्याकेजमा टेलिकम अगाडि छ। २०० एमबीको प्याकेजको अवधि नै एक महिनाको छ। जबकि एनसेलको २५० एमबीको प्याकेज सात दिनमा सकाउनु पर्छ नत्र खेर जान्छ। मूल्य पनि एनसेलकै महँगो छ।

ठूलो भोल्युमको डाटामा पनि टेलिकमले नै उछिनेको छ। १ जिबीको डाटामा टेलिकम ५० रुपैयाँ सस्तो छ। ३ जिबीको डाटामा एनसेल सस्तो भए पनि भ्यालिडिटी भने एनसेलको एक महिना र टेलिकमको दुई महिना छ।

टेलिकमको डाटा प्याकेज किन्न पोस्टपेडमा १४०० र प्रिपेडमा १४१५ मा कतिको प्याकेज लिन मन लागेको हो, त्यो अनुसार निम्न किसिमको एसएमएस पठाउनु पर्छ।
1 200 MB DATA200MB
2 500 MB DATA500MB
3 1 GB DATA1GB
4 3 GB DATA3GB
5 5 GB DATA5GB

कति डाटा बाँकी छ हेर्न भने प्रिपेडमा VL टाइप गरेर १४१५ मा एसएमएस पठाउनु पर्छ। पोस्टपेडमा भने CB लेखेर १४०० मा पठाउनु पर्छ।

पोस्टपेडमा १० जिबीको प्याकेज उपलब्ध छैन, प्रिपेडम त्यो पनि पाइन्छ।

एनसेलको प्याकेज लिन भने *17123# डायल गरी निर्देशन अनुसार गर्नुपर्छ।

उपभोक्तालाई बेवास्ता
दुवै कम्पनीले भ्याट र टेलिकम सेवा शुल्क जोडेर यति पर्छ है भनेर उपभोक्तालाई जानकारी दिन कञ्जुस्याइँ गरेको छ। कर हामीले लिने हैन सरकारले लिने हो भने पनि उपभोक्ताले त तिर्नुपर्छ। करसहित जोडेर उपभोक्ताले तिर्नुपर्ने रकम यति हो भनेर जानकारी दिएर उपभोक्तालाई सजिलो बनाउन कोही तयार देखिँदैन।

त्यस्तै एक पटक रकम तिरेपछि यति अवधिभित्रै त्यो प्याकेज सकाइहाल्नुपर्छ भनेर शर्त नराख्ने प्रतिस्पर्धा टेलिकमहरुबीच कहिले हुने होला? त्यसो त विदेशका टेलिकमहरु झन् यो मामिलामा खराब छन्। तर उपभोक्तालाई सजिलो बनाउने मामिलामा बाहिरबाटै नसिकी आफै उदाहरण बन्ने प्रयासको कल्पना कल्पनामै सीमित हुने होला त ?

1 thought on “टेलिकमले पोस्टपेडमा ल्यायो डाटा प्याकेज, एनसेल Vs टेलिकम : कुन महँगो आफै हेर्नुस्”

  1. 3GN4G says:
    October 7, 2015 at 1:29 pm

    कम्पनीले दिने यी र यस्ता सेवा आफूखुशी गर्न पाउँदैनन् | आफुले ल्याउन लागेको सेवा यस्तो छ यसको मूल्य यति तोकेको छु स्वीकृत गरिदेउ भनेर दूरसञ्चार कम्पनीहरुको नियमक ‘नेपाल दूरसञ्चार प्राधिकरण’ मा पेश गर्नुपर्छ र प्राधिकरणले स्वीकृत गरेपछि मात्र प्रस्तावित योजना लागु गर्न पाइन्छ | पहिले पहिले प्रवर्द्धनात्मक भनेर ३ महिनासम्म कसैलाई नसोधी आफूखुशी योजना ल्याउन पाइन्थ्यो | अहिले त्यो व्यवस्था छैन | तालिकामा कतिपय सेवाको मूल्य कति हो थाहा नहुनु वा नराख्नु कम्पनीको दोष त हो नै तर त्यो भन्दा ठूलो दोष नियमक प्राधिकरणको हो | प्राधिकरणले यी कुराहरुमा ध्यान दिएको भए ग्राहक रनभुल्लमा पर्नुपर्ने अवस्था आउने नै थिएन | त्यस्तै कर वापत कति लाग्छ त्यो पनि लेख्न लगाउने जिम्मा पनि प्राधिकरणकै हो | म आफु पनि दूरसञ्चार कम्पनीमा आवद्ध छु र मैले यस्ता कुरा बारम्बार उठाएको पनि छु तर प्राधिकरण सुन्दैन | लौन न समचार लेख्ने महोदय http://www.nta.gov.np मा गएर वा कमलादी मोडमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा उपभोक्ता तथा आर्थिक विश्लेषण शाखामा रहने उपनिर्देशकलाई नै भेटेर यो कुरा राख्नुस र के उत्तर आउँछ अनि फेरी लेख्नुस |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme