Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थाहा पाइराख्नुस् है यसपालिको दशैँको साइत कहिले के? महानवमी र विजयदशमी एकै दिन भएर कन्फ्युज

Posted on October 6, 2015 by mysansar

tika नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको यस वर्षको दशैँका साइत :

  • घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा
  • सरकारी कार्यालय र सेनाको झन्डा फेर्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा। यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो।
  • कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा
  • कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत
  • तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा।

  • फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने
  • कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने।
  • कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ। त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको।
  • कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा
  • टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम
    (विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको)
  • विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम
  • खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो।
  • दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्ने। त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ।
  • पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ। आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ। यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ। नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो। नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो।

2 thoughts on “थाहा पाइराख्नुस् है यसपालिको दशैँको साइत कहिले के? महानवमी र विजयदशमी एकै दिन भएर कन्फ्युज”

  1. Bal Bahadur says:
    October 6, 2015 at 6:10 am

    यो के हो हामी नेपालीको चाड जैले पनि जुध्ने| एकै दिनमा नवमी दशमी पर्यो रे| यस्तो पर्न गए पनि अलग अलग छुट्टाई दिएर यो दिन यो मान्ने र उ दिन यो माने भनेर भनिदिया भए भैहाल्थ्यो नी पण्डित र ज्योतिषबाहरुले आपसमा सहाह गरेर| किन हामी साधारण जनतालाई यत्रो दुख शास्ती र महा कन्फ्युजन?

    आजभोलिका ज्योतिष र पण्डितहरुमा त्यही दिन देखि आस्था गुम्यो जब राजज्योतिषले समेत राजाको सहित बंशको संहार हुन्छ भनेर सचेत गर्न सकेनन| साइत हेर्नेले त्यस्तो जमघटमा नजाने भन्नु पर्ने थियो| गाथमा कल्याण नहुन सक्छ भन्न त् टपरेले पनि सक्छ| बर्खामा फाटफुट पानी पर्ने सम्भावनाको भविश्वाणि गरे बराबर हो| बढेमानका ज्योतिषहरुका समुहले समेत राजीव गान्धीको निर्मम हत्या हुन्छ भनेर भविश्यवाणी गर्न सकेनन| न त् साइत ठिकसंग हेर्न सके| कतिले त् चुनाव जितेर फेरी सत्तामा आउँछ समेत भने| उस्तै ज्योतिषहरुका भविश्यबाणी मान्ने हो भने संसार दश बर्ष अघि नै खत्तम खलास भएर अहिले हामी सबै स्पेसमा हुनेथियौ| अब फ्लाइट गर्दा पनि साइत हेरेर तालिका मिलाउनु पर्ला|
    पंचांग शष्टांग जे गरेर भए पनि प्राकृतिक प्रकोप् भुकम्प पीडित र छिमेकी सिर्जित नाकाबन्दी पीडित नेपालीलाई राहत दिनपर्ने हो|

    Reply
    1. Gita says:
      October 8, 2015 at 8:33 am

      आफुलाई चाहिने चाहिने कुरा मिलाई दिएमा ज्योतिषी राम्रो आफुलाई चाहिने कुरा सजिलो नपरिदिएमा चाही ज्योतिषी नै नराम्रो |
      नवमी र दशमी एकै दिन पर्दै मा त्यत्रो दुख शास्ती परेछ हाम्रो बल बहादुर जी लाइ अब बाकि जीवन कसरि धान्ने होला नि बिचरा |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme