Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुल्यो, खुल्यो – खुलेन ! लुकामारी खेले जस्तो भो नाका

Posted on October 6, 2015 by Salokya

शनिबार नाका खुल्यो भनेर आएको समाचार सोमबारसम्म पुग्दा त नाका खोल्दै नखोल्ने जस्तोमा पो टुङ्गियो त। घटनाक्रमहरुलाई यसरी मिलाएर हेरौँ त-

२०७२ असोज १६ गते, शनिबार
यो दिन अकस्मात् अब नाका खुल्ने कुरा आयो। मुम्बईमा रहेको भनिएका डलर अर्बपति विनोद चौधरीले पनि मैले गरेर मिलाइदिएको हुँ भन्ने जस्तो गरी क्रेडिट लिन खोजे। समाचारमा भनियो- विदेश मन्त्रालयले नाकाबन्दी खुलाउन सम्बन्धित पक्षहरुलाई निर्देशन दिइसकेको छ। भारतीय राजदूत रणजित रायले पनि प्रधानमन्त्री सुशील कोइरालालाई भेटी आपूर्ति सहज हुने जानकारी दिएको भनेर भनियो। भारतीय आयल निगम(आइओसी)ले सोमबारबाट नेपाल आयल निगमले मागेजति पेट्रोलियम दिने प्रतिवद्धता जनायो। लौ त भनेर सबै खुसी भए। सबै दङ्ग परे। तर राति हुँदानहुँदै स्थिति त्यति सहज भइनसकेको खुल्यो। यसलाई पुष्टि गरे अर्थमन्त्री डा.रामशरण महतले। उनले यसरी ट्विट गरे।

भंसार नाकामा सुधारका केहि संकेत,तर ठीकभैसकेकोछैन। ५०% बढि ब्यापार नाका बिरगंज,अर्को ठूलो नाका बिराटनगर अझै बन्द छन। राजस्व संकलन १२%मात्र।

— Ram Sharan Mahat (@ramsmahat) October 3, 2015

यसले देखायो कि कुुरा मिलिसकेको छैन।

२०७२ असोज १७ गते, आइतबार
राति अर्को निर्देशन आएछ र भोलिपल्ट तेल लिन गएका आयल निगमका ट्याङ्करहरुलाई तेल नभरेपछि हाकिमहरु घायल भए। नाकाहरुमा झन् कडाइ पो भयो। राष्ट्रिय दैनिकहरुले बिहान छापेको नाकाबन्दी खुल्ने समाचारको मसी नसुक्दै स्थिति झन् बिग्रिएको जस्तो त्यतिबेला महसूस भयो जब ‘मोदीको आधिकारिक भनाई कुर्नुपर्छ’ भनिरहेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतकै सरकारी न्युज एजेन्सी पिटिआईलाई अन्तर्वार्ता दिँदै भने, मरता क्या नहीँ करता। हामीलाई चीनतर्फ जान बाध्य नपारियोस्।

यही दिन भारतका सयभन्दा बढी प्रभावशाली व्यक्तिहरुले वक्तव्य निकाल्दै भने – ‘नेपालमा हस्तक्षेप बन्द गर’

आन्दोलनरत मधेसी मोर्चाले चार सदस्यीय वार्ता टोली गठन गरी वार्ताका लागि तयार भएको बतायो। आन्दोलन भने यथावत्।
barta

मेची महाकाली भ्रमणमा जाने घोषणा गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जिल्ला प्रशासन कार्यालयले स्थिति अझै नसुध्रिएको र जतिबेला जे पनि हुनसक्ने भन्दै असोज २० गतेको कार्यक्रममा नआउन भन्यो।

आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सरकारले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति नदिँदा अहिले असहज अवस्था आएको जिकिर गरे। ‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले मानेन,’ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘भारतको मात्रै भर पर्दा आपूर्ति असहज हुने भएकाले चीनबाट ल्याउन पटकपटक अनुमति माग्दा पनि सरकारले दिएन।’

२०७२ असोज १८ गते, सोमबार
आयल निगमका प्रबन्ध निर्देशकले सार्वजनिक कार्यक्रममा भनेको विषयलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति निकालेर खण्डन गर्‍यो-
PressRelease20720618

05102015083003rupandehi-600x0
कान्तिपुरमा छापिएको यो फोटोले देखाउँछ अहिलेको आन्दोलनम भारतको कस्तो हात छ? फोटोमा नो म्यान्स ल्यान्ड अर्थात् दशगजा क्षेत्रबाट नेपाल पट्टी रहेका प्रहरीमाथि ढुङ्गा हानिएको छ। दशगज भनेको कुनै पनि देशको नियन्त्रणमा नभएको स्थान हो। त्यहाँ कतैका पनि प्रहरी जान पाउँदैन। भारततिरबाट त्यहाँ बसेर ढुङ्गा हान्न अनुमति दिइएको छ। यो सुनौली नाकाको फोटो हो।

हिमालखबरले नेपाली राजदूतलाई भारतीय विदेश मन्त्रालयले ‘समन’ गरेर संविधान संशोधन नगरेसम्म चीनबाट तेल ल्याउँछौ कि जेसुकै गर नाकाबन्दी खोल्दैनौँ भनेको खबर राख्यो। तर कान्तिपुरले भने समन गरेको होइन कि पूर्वनिर्धारित छलफल भएको र त्यसमा दूतावासका ५ अधिकारी भएको खबर राख्यो। खबर अनुसार नेपाली पक्षले त्यहाँ आपूर्ति सहज नभएको बताएको थियो।
तैपनि शनिबार नाका खुलिसक्यो जसरी आएको समाचार सोमबारसम्म पुग्दा हात्ती आयो हात्ती आयो फुस्सा सरह हुन पुग्यो।

यता सडकमा निकै कम गाडी गुड्न थालेका छन्। ट्राफिककै अगााडि सार्वजनिक बसका छतमा मान्छे चढेर यात्रा गर्न थालेका छन्। दशैँको लागि अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन। दशैँ यसरी नै बित्ने लगभग देखियो। किनभने अब आपूर्ति सहज भइहाले पनि दशैँसम्म त्यसको असर पर्छ नै।

4 thoughts on “खुल्यो, खुल्यो – खुलेन ! लुकामारी खेले जस्तो भो नाका”

  1. prabhat says:
    October 7, 2015 at 8:04 am

    नेता – भारतीय सुगा ..केहि आस नगरौ .
    मधेसी नेता – जन्म भुमि भारत … पैसा कमाउने कर्म भुमि नेपाल . रस्त्रियेता प्यारोछैना.
    जनता – नेता हरुले खाएको र तान्दब न्रित्य गरेको टुलु टुलु हेरेर बस्ने निरिह प्राणी . उनि हरुको आवाजको कुनै महत्तो छैन
    का रे कर्ता – नेता हरु बाट दुइ चार थोपा खासिहल्ला कि भनेर आ गरि बस्ने लोवी प्राणी
    इंडिया – दछिं न एसिया मा . साम . दाम . दण्ड . भेद नीति अपनाउने . दुस्ट संस्था .

    Reply
  2. Santosh Lamichhane says:
    October 7, 2015 at 1:08 am

    हरेक नकरात्मक घटनाले पनि सकारात्मक कुराको सुरुवात गर्न सक्छ | आशा छ, यो असल छिमेकी मानिएको देशको सर्पको जस्तो व्यवहारले नेपाल र नेपालीलाइ उससंग कहिल्यै निर्भर हुनु नपर्ने अचुक समाधान खोज्न प्रोत्साहित गर्ने छ | अस्तु |

    Reply
  3. madan bajracharya says:
    October 6, 2015 at 8:49 pm

    भारतले यस्तै गर्ला भनेर भारतको नियत बुझेको संबैधानिक राजा बिरेन्द्रले चीन नेपालमा थप ५ नाका खोल्ने सहमति गरेका थिय/ तर तेतिबेला कांग्रेसका नेता मन्त्रीहरुले तेस्को बिरोध गर्दै राजाले चीन सिट नाका खोले हामि बन्द गर्छौं समेत भने/ सदनको काम कार्यवाहीमा कुनै दखल दिन नपाउने भयकोले राजा बिरेन्द्र चुप बसे/ तेतिबेलानै चीन सिट जोडेको सिमानामा बिरेन्द्रले खोल्न चाहेको थप ५ नाका खोलेको भय आज भारतले नेपालको स्वतन्त्रतालाई यसरि ठाडो चुनौती दिंदै यस्तो नाकाबन्दी गर्न सक्दैनथ्यो/ अहिले पनि चीन त् नेपालको आबस्यकता पूर्ति गर्न तयार छ तर अझै पनि भारत रिसाय मेरो अवसर गुम्ला भन्ने नेताहरुको सरकार चीन सिट नाका खोल्न तयार छैन/

    मधेशबादी सिंगो तराइ उनीहरुलाई दे भन्छ/ सिंगो तराइ माग्ने मधेशबादीलाइ तराईको ९०% मतदाताहरुले अस्विकार गरे/ तर भारतले ती मधेश्बादिलाई तराइ सुम्प भनेर नेपाललाई दवाव दिन नाकाबन्दी नै गरे/ नेपाल भारतको घोसित अघोसित प्रान्त होइन/ नेपालको संबिधान र नेपालको सरकार कसको बन्नु पर्छ नेपालको कुन भूभागमा कसको संघीय राज्य बन्नु पर्छ, नेपालको नागरिकता कानुन कस्तो हुनु पर्छ भनेर दवाव त् के सुझाव पनि दिने अधिकार छैन भारतलाई/ नेपाल लोकतन्त्र अपनायको देस हो/ नेपालमा कस्तो संबिधान र कानुन बन्नु पर्छ भन्ने निर्णय नेपाली नागरिकहरुको बहुमतको प्रतिनिधित्व गर्ने सभा र सदनले गर्ने हो/ तर भारतले यसमा खुला चुनौती दिंदै संबिधान सभामा ९०% नागरिकहरुको प्रतिनिधिहरुले बनायको संबिधान बदल्न दियर नेपालले अपनायको लोकतन्त्र र नेपालकै स्वतन्त्रताको खुला अपमान गरे/ कसैले नेपालको लोकतन्त्र र स्वतन्त्रताको अपमान गर्ने भारतलाइ अझै किन खुस्याउने?

    भर्खरै आयको महाभुकम्पमा लाखौ नेपाली आबस्यक बस्तुको अभाव झेली रहेको बेला भारतले आबस्यक बस्तुको आपूर्ति रोकेर उनीहरुलाई भोकै मर्नु पर्ने स्थितिमा पुर्याउन खोजे/ घाईते र बिरामीहरुको उपचारको निमित चाहिने औषधि आपूर्ति रोकेर भारतले तिनीहरुलाई मर्नु पर्ने स्थितिमा पुर्याउन खोजे/ धारमा पानि नआउने भयकोले कहिले पानीको ट्यांकर आउला र पिउन पानि किनौला भनेर कुर्न बाध्य भयको नेपालमा पानीको ट्यांकर चलाउने पेट्रोल डिजेलको आपूर्ति रोक्नु भनेको हजारौं लाखौं नेपालीको आम हत्या गर्न खोज्नु जत्तिकै ठुलो अपराध हो, यस्तो अपराध पनि भारतले गरे मात्र मधेश्बादिको माग अनुसार संबिधान बदल्नरे/ यस्तो भारत सिट झुक्ने कुनै पनि नेपालीको प्रतिनिधि भन्न लायक हुँदैन/ नेपाली जनताले लोकतन्त्र सकारेको मतलव नेपालको ब्यबस्था नेपालीकै चाहना र आबस्यकता अनुशार गर्न हो/ यसैको निमित नेपालीले मत दियर कुनै दल र र नेतालाई सिंह दरवार पुर्यायको हो/ त् यदि कुनै दल बा नेताले नेपालीको बहुमतको चाहनालाई लत्यायर पिउने पानि समेत पाउन नसकिने गरि नाकाबन्दी गर्ने भारतको निर्देशन मान्न खोजेमा नेपालीले ” कोहि त् आउ देस बचाउ” भन्न बाध्य हुने छ/ तेस्तो अबस्थामा त्यो “कोहि त् …” भन्ने कुनै पनि हुन् सक्छ; तराइ टुक्राउन तम्सेको मधेश बादीलेले भारतको भूमिमा बसेर नेपाल र नेपालीलाई मोटो मोटो लाठि भाला चक्कु गुलेली चलाउन सक्छ भने नेपाल बचाउन आबस्यक परे ब्यारेक र बन्दुक पनि चलाउन सक्छ/ भारत निर्देशित लोकतन्त्र चलाउनेको राज भन्दा तेस्तैको राज नेपालको निमित हितकर हुन्छ/

    Reply
  4. subash says:
    October 6, 2015 at 10:45 am

    भारतको येस्तै चाला हो भने भारतिय दुतलाई फिर्ता पठाईदिए हुन्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme