भर्खरै भारतको अघोषित नाकाबन्दी समाप्त भएको खबर छापाहरुमा धमाधम आउँदैछन्। सँगै नाकाबन्दी खुला भएको भनिए पनि गाडी आउन नदिएको, तेल पर्याप्त नदिएको समाचार पनि आए। खुशी हुनु कि रुनु, मलाई आफैलाई थाहा छैन। खुशी हुनु पर्ने कारण दशैंमा घर जान पाइने भो, ग्यास चुल्होमा भात पकाउन पाइने भो, मोटर साइकल चढ्न पाइने भो इत्यादी। दुखि हुनु पर्ने कारण इंडियाले नेपालीहरुले दुख पाए भनेर नाका खोलिदियो, दया गर्यो, नेपालीहरुको हैशियत १० दिनमा नै देखियो भन्ने जस्ता व्यंग्यहरु।
हामी इंडिया कै भर पर्नु का कारण हाम्रो भौगोलिक अवस्थामात्र हो कि हाम्रो सोचविचार र अल्छीपना पनि ? यो कुरा हाल सोच्नै पर्ने बेला आएको छ। दुनियामा धेरै राष्ट्रहरु लाई समुद्रले छोएको छैन, तर उनीहरुले कसरि आफ्नो काम चलाएका छन्, हामी भन्ने गर्छौ समुद्रमात्र भएको भए त्यो मूला इंडिया लाई देखाइदिन्थे, तर भएका कुराको उपयोग गर्ने हाम्रो बानि छ त ? जलश्रोतमा दुनियाको धनिमानिने राष्ट्र नेपालमा दिनको १४ घण्टा सम्म बत्ति गायब हुन्छ, कसले रोक्यो जलबिधुत निर्माण गर्न बाट इंडियाले ? धारामा थोपो पानी खस्दैन कसले रोक्यो इंडियाले ?भुकम्पले अवरोध भएको चाइनाको नाका ५ महिना देखि बन्द थियो तर इंडियाले नाकाबन्दी गरेपछिमात्र उक्त नाका खोलाउन हामी कस्सियौ र ७-८ दिनमा नै खोल्न सफल पनि भयौ, हो त्यो काम हामीले पहिल्यै किन गरेनौ, केको साइत कुरेर हामी बसेका थियौ, हामीले लागिपरेको भए निकै पहिला नै उक्त नाका खुलिसक्ने रहेछ र इंडियाले शायद यति जोरी पनि खोज्दैन थियो होला उक्त नाका खुलेको भए।
अब हामीले फेरि हात बाधेर बस्ने बेला आयो त ? अबश्य छैन, चाइना तिरको सबै नाका खुला गर्न लागि पर्ने बेला आएको छ, इंडियाले आफ्नो जात कुनै पनि बेला देखाउन सक्छ भन्ने कुरा बिर्सियौ भने स्थिति अझै भयावह हुदै जाने निश्चित छ। मिहिनेतको कमि हामी नेपालीको सबै भन्दा ठुलो कमजोरी हो, अहिले चाइनाको नाका खोल्न हामी जति कसिएर लागेका छौ र सफल पनि भएका छौ, हो येस्तै मिहिनेत हामीले आगामी ४-५ बर्ष सम्म गर्ने हो भने हामी सम्पन्न नेपालको नागरिक हुने दिन आउन बेर लाग्दैन।
आफ्नो देश भित्रै पेट्रोलियम पदार्थको खानी भएको प्रमाणित भासकेको छ रे, खोइ त निकाल्ने प्रयाश, के त्यो पनि अब इंडियाले आएर निकालिदिने ?
चाइना संग धेरै नजिकियो भने इंडिया रिसाउछ भनेर के चुपचाप बस्ने ? कुनै पनि कुराको एउटा सिमा हुन्छ, “अति गर्नु अतिसार नगर्नु ” भन्ने उखान नै छ नि। नेपालको संबिधान इंडिया लाइ मनपरेन रे, के उसलाई यो भन्ने अधिकार छ त, तर हाम्रा नेताहरुको जे भए पनि इंडिया लाई नै गुहार्ने प्रबृत्तिले गर्दा आज इंडिया यो दादागिरीमा उत्रियो, हरेक कुरामा इंडियाको आशिर्वाद थप्न अब नेपाली नेताहरुले छाड्ने पो हो कि ?
मोदी केहि महिना अघि नेपाल आएर के बोले र आफ्नो बोलि तुरुन्त कसरि फेरे, हिजो सम्म हामीले नाकाबन्दी गरेका हैनौ भन्दै थिए तर आज नाकाबन्दी खोल्ने आदेश दिए, गर्दै नगरेको नाकाबन्दी खोल्ने आदेश किन दिनुपर्यो त, के सबै नेपाली मुर्ख छन् भन्ठानेको ?, इंडियाको कांग्रेस पार्टीले अहिले मोदीले नेपालमा नाकाबन्दी गरेर गल्ति गरे भन्दै छ, उसको पालामा नेपालमाथि गरेको नाकाबन्दी बिर्सिएछ उसले ?”जुन गोरु आए पनि कानै चिरिएको” भन्ने उखान कहिल्यै नबिर्सौ कसैमाथि पनि भरोषा नगरौ आफ्नो मिहिनेत बाहेक।!!
अहिले इंडियाले गरेको नाकाबन्दी एउटा सानो “धम्की”मात्र हो, उसले भन्न चाहेको कुरा चाही निकै गहिरो छ, १० दिन मै तिमीहरुको यो हालत बनायौ, १० महिना वा १० बर्ष नाकाबन्दी भएमा के होला त ?
भारत सिट आश्रित नै रही रहनु पर्ने, भारतको हित र स्वार्थको निमित नेपालको सार्वभौम सट्टा स्वतन्त्र देसको मान सम्मान पनि खुम्चनु पर्ने, भारतको उत्पादन सिट प्रतिस्पर्धा गर्न सक्ने कुनै पनि उद्द्योग नेपालमा चल्ने नसक्ने आदि कुराहरु नेपाल र नेपाली असछ्यम भयकै कारणले होइन दिल्लीको नेतालाई आफ्नो बादशाह मान्ने नेताहरुको षड्यन्त्रले हो/ जत्ति पटक तेस्ता नेताहरु नेपालको प्रधान मन्त्रि बने नेपालको घांटी निमोठिने सन्धिहरु लादिय/ तेसतै तेसतै नेताहरुको सरकार बन्न दिने कुप्रयासलाइ क्रान्ति भनिय अनि तेस्तैको सरकार र व्यवस्थालाई प्रजातन्त्र लोकतन्त्र आदि भनिय/ भारत मित्र त् मान्ने तर मालिक नमान्ने नेताहरुलाई तानाशाह अयोग्य भन्दै घोक्राईय/
सन् १९४७मा कास्मिर कब्जा गरेको लगतै नेपाल पनि कास्मिर जस्तै कब्जा गर्नु पर्ने भनेर सरदार बल्लभ भाई पटेलले नेहरूलाई लिखित रुपमै सुझायाको थियो/ तर कास्मिर कब्जा गर्दा अन्तारास्त्रिय आलोचना खेप्नु परेको र नेपालको चीन सिटको घनिष्ट सम्भंद्को कारणले मात्रै भारतले नेपाल कब्जा गर्न आतं सकेन तर नेपाललाई भारतको अघोसित स्वशासित प्रदेशको रुपमा जकड्न भारतले कुनै पनि प्रयत्न गर्न छोडेन/ भारतको यहि कुनियत बुझेर चीनको प्रधान मन्त्रि चाउयनलाईले भारतलाई खवरदार गरेको पनि थियो/
नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्न खोज्दा भारत र रुसले बिरोध गरे तर चीनले बलियो सिट समर्थन गरेको थियो/ भारतले बुद्ध भारतको भने चीन ले बुद्ध नेपालको भने/ तराइलाइ भारत सिट आश्रित बन्नु नपर्ने बनाउन चीनले पुर्व पश्चिम राजमार्ग बनायो भारतले तेस्मा बाधा गरे/ भारतले नेपालमा आफ्नो स्वार्थ पुरा गराउन नाकाबन्दी गर्न सक्ने देखेर नेपाल सिट थप व्यापारिक नाकाहरु खोल्न चाहे नेपालको भुमि सम्म पाइप बिछाउने र बाटो पनि बनाई दिने प्रस्ताव गरे/ राजा बिरेन्द्रले यो कुरा मान्ने तर भारत सिट बिके झुकेका नेताहरुले चीनको प्रस्ताव मानेन र राजाले खोले पनि यस्तो नाका हामि बन्द गर्छौं समेत भने/ अहिले पनि चीनले नेपाल लाइ आबस्यक सबै बस्तु उपलब्ध गर्ने भने/ यसबाट चीन नेपालको सिमाना र स्वतन्त्रताको सम्मान गर्ने मित्र भयको स्पस्ट देखाउंछ भने भारत …..!!!/
सिंगो नेपाल भारतलाई चाहिंदैन/ मात्र तराइ चाहिन्छ/ तराइ जस्तो सानो भूभागमा नेपाल भन्दा २२ गुणा सानो भारतको पानीको आबस्यकता पुरा गर्ने श्रोतछ/ तराइको भूमिमा नेपालको सम्पूर्ण सप्त कोशी नदीको पनिलाइ नेपालकै ४० गाउँ बिस्थापित गरेर त्यहा बिस्व कै ठुलो २६८ मिटर गालो बाँध बनायर भारतमा पानीको आपूर्तिको ब्यबस्था गर्ने योजना बनायको छ/ उपेन्द्र यादव विदेश मन्त्रि हुँदा तराइमा भारतलाइ त्यो बाँध बनाउन दिने पनि भने/ मोरंगमा पेट्रोलियमको भण्डार भयको कुरा मरिचमानको पालामा पत्ता लागि सकेको थियो र अमेरिकाको तेक्साना कम्पनीले तराइमा यसिया कै सबै भन्दा ठुलो पेट्रोलियमको भण्डार भयको कुरा पता लगायको थियो/ ती कम्पनीहरुलाई कसको दवावमा काम गर्न दियन सबैले जानेकै कुरा हो/
यदि तराइमा भयको सबै श्रोत नेपालले उपयोग गर्न सके बा उपयोग गर्न पाय भारत नेपाल प्रति आश्रित हुनु पर्ने पनि हुन् सक्छ/ तर भारतले ती सबै श्रोत कब्जा गर्न सके भारत अमेरिका भन्दा धनि बन्न सक्छ/ तेसैले तराइ नेपालको नरहुन भन्नेको जनमत बहुमतमा पुर्याउन मधेशबाद नामको षड्यन्त्र लादिंदै छ नेपालमा/
मधेशबादीहरु नेपालबादी नभयको भारत्बादी भयको कुरा मात्रै भनि रहेको छैन तराइनै नेपालको नभयकोले तराइ नेपाल बात अलग्याउने समेत भन्दै आयकोछ/ यस्तो भन्ने मधेश्बादिले संबिधान सभाको चुनावमा तराइको कुल मतको ५%पनि मत पाउन सकेन/ तेसैले उनीहरु बिहार बात पसे जत्तिकोले नेपालको नागरिकता पाउन सक्ने अंगिकृत नागरिक पनि नेपालको रास्ट्रपति प्रधान मन्त्रि मुख्य मन्त्रि बन्न सकिने संबिधानमा ब्यबस्था हुनु पर्ने भन्दै आयको छ/
भारतले बिरेन्द्रको पाला देखि नेपाल पसे जत्ति बिहारीलाई नेपालको नागरिकता दिलाउन दवाव दिंदै आयको थियो/ गिरिजाको सरकारले मात्र नेताहरुको सिफारिसमा तराइमा ४० लाख नागरिकता बांदिन्दा २५ लाख अनागरिकले नेपालको नागरिकता पायको कुरा प्रचंद्र्को पालामा विदेश मन्त्रि भयको मधेश बादी नेता उपेन्द्र यादवले सकारे/मधेश्बादिहरु अहिले पनि ५० लाख मधेसीले नेपालको नागरिकता पाउन बाकि भन्दै तिनीहरुले पनि नेपालको नागरिकता लिन सक्ने ब्यबस्था संबिधानमा गर्नु पर्ने भन्दै आयको छ/ अहिले भारतको ग्रिह मन्त्रीले यक करोड भारतीय नेपालमा भयको र ती मध्य ५० लाखले नेपालको नागरिकता लिसके भने र भारतले अहिले बनिसकेको नेपालको संबिधान मा नागरिकता सम्भंदित ब्यबस्था मधेश्बादिको माग अनुकुल हुनु पर्छ भनेर दवाव दिय/ यसको सिधा अर्थ तराइमा तराइ नेपालको होईन भन्नेको को बहुमत बनाउन खोजेको देखिन्छ/ यदि यस्तो भयमा सेना प्रयोग गरेर अर्को कास्मिर बनाउन नसकिने नेपालको तराइलाइ सिक्किम बनाउंदैनन ?
मधेशबादीहरुले पहाड सिट जोडिन नमान्नु मधेश्बादिले तराइ नेपाल बात अलग्याउन भारतको सहयोग माग्ने रघुनाथ ठाकुरलाई बाबुरामको सरकारमा बसेको मधेश्बदिहरुले आफ्नो महान नेता मानेर “जयन्ति” मनाउनु, मधेशबादी गोईत लगायतले तराइ बात पहाडी जातिका नेपालीलाई लखेट्न बिहारमा बसेर तराइमा हतियार आतंक मच्चाउनु पहाडीलाई तराइ छोड्ने अल्टिमेटम दिनु र नेपालको भूमिमा आफ्नो बिरोध नगरुन भन्ने भारतले तेस्तो समुहलाई भारतको भुमि प्रयोग गर्न दिनु, गुप्ता मात्रिकाले तराइमा आन्तरिक बसाइ सराइ रोक्न संघर गर्ने भन्नु, सिकेले खुल्लेआम तराईलाइ नेपाल बात अलग्याउने अभियान चलाउनु , गिरिजाको पालामा मन्त्रि हुँदा पहाडीहरू तराइमा बस्ने हो भने मधेसीको मातहत बस्नु पर्ने भन्नु र तिनै महतोले मधेश हारे भारत हार्छ भन्नु, अनि यस्तो मधेश्बादिले सम्पूर्ण तराइलाइ पहाड सिट नजोडेको मधेशीको स्वायत तथा रास्ट्रिय आत्म निर्णय गर्न पाउने ब्यबस्था संबिधानमा हुनु पर्ने भन्नु र भारतले मधेश्बादिको माग सम्बोधन गरेर संबिधान बनाउन नाकाबन्दी समेत गरिनु बात बुझिन्छ भारत र मधेशबादी को हुन् र के चाहन्छ भनेर/
म भ्यागुतो हूँ यो देश को
म पाह हूँ यो देश को
कहिलै धार्नी नपुग्ने हामि पाह हौँ यो नेपाल को
The fault is ours, ours policy makers and our leaders. As Nepali saying goes “our leaders are kuwako bhyaguto”. They don’t have any mission and vision. What do they do? There is not a single politician from main political party who has never gone to India for suggestion. Even the Maoists were trained in India. To secure their children future they beg from Indian leaders. Indian leaders know the capability of our leader. They know they can make dance our leader. They have mission our Nepalese leaders are still unaware of. Our leaders are even unaware what they have to do as per international laws to cope these kinds of situations. Here is where we need education. Most of our leaders are not highly educated. They are in the position only because of their experience. And as a saying go old dog cannot learn new tricks, they don’t want to listen to educated people as well because of their ego. They don’t give chance to new people as well, because they want to secure their seat. And the irony is that our constitution has paved way to those uneducated people to climb the way even to the position of Prime Minister. What an unfortunate to all of us. After the opening of the border, again India will play their game and Nepalese leader will dance. That is going to continue.
We have useless politicians, if India block its border, Nepal wants to run after China. What a bull-shit politics of Nepal. Why these childish leader don’t understand that nobody acts without any reason. Why don’t they take measures to make the country Independent? Why don’t these people deal with India and China as matured people according to international laws? Why don’t our leaders understand the attitude of give and take policy? How long will these people dance in tune made by others?
1. You can choose your friends but you cannot choose your neighbors.
2. Assuming China to be a good friend of Nepal is another stupidity of bahun-chhetri dominated politics or to be specific UML dominated politics.
3. No amount of public demonstration, venting of anger against madhesis, rastrabadi poem/song competition will work to solve the current crisis.
4. Nepal is yet to see its worst days. Watch my words.
5. The idea is interdependence – how can you make India dependent on Nepal? The crux of the matter rest here. What has gone wrong with “roti-beti ka sambandha”? How do we regulate open boarder? I have once heard Girija Prasad Koirala saying that since Nepal cannot afford to install barbed wires along the Nepal-India boarder, Nepal will have no objections if India does it on its own.
6. What kind of country we are living in where citizenship issue is controversial, where international boarders are in flux, economy is dependent on foreign countries, the country is like a railway station – where people are waiting for the train to arrive, nearly half of the population live outside the country, some even work in foreign army as mercenaries and we fuck up singing songs of ancestral bravery and pride? To add insult to the injury: (a) We are poor and brave, (b) we have never been colonized but we are foreign dependent for jobs, money and ideas, (c) we are rich in water resource but we enjoy load-shedding, (d) We think China and India to be great friends when in fact we have been saddled by Tibetan and Bhutanese refugees, gold smuggling is more in Tatopani then in Jogbani, sandalwood is coming from India and they are all destined to China. Even your yarshagumba is famous because of market in China/Hong Kong. This country is really fuck up. We need to think serious. And this seriousness is at least not coming from a guy like Babu Ram. What a fucking scenario, a Marxist likes to hobnob with a feudal character like Anil Shah!
मिस्टर xyz
बाहुन छेत्री दोषी होईन सत्तामा बस्नेलाई धम्याउदै भारतको स्वार्थ पुरा गराउने दवाव दिने नाकाबन्दी गर्ने भारत र तेस्तो भारतको दलाली गर्दै भारत सिट आश्रित हुनुको सिबाय नेपाली सिट अर्को बिकल्प नभयको हल्ला गर्ने दोसी हुन्/ तर आस्चर्य लाग्यो तपाइंले पनि कुरा घुमायर नेपाल भारत सिट आश्रित नै रहनु पर्ने कुरामा जोड दिनु भयकोमा/ तेसैले खुल्दुली लाग्यो तपाईंको हुन् सक्ला भनेर/नाम त् लुकाउनु भयको छ/ अनि केलायर पढे तपाइंको प्रतिक्रिया/ यक लाइनमा तपाईंले “तिम्रो यार्सागुम्बा…..” लेख्नु भयको देखे/ यार्सागुम्बा नेपाल र सबै नेपालीको हो/ तपाइंले “तिम्रो यार्सागुम्बा लेख्नु भयो हाम्रो यार्सागुम्बा लेख्नु भयन; किन तपाईं नेपालि होइन?
Ordinary Nepal has learnt a very bitter experience of Indian bullying. Unforturnatly Nepalese Political leaders are so used to being bullied and they enjoy to lick their feet and being harassed in every situation. They think that is the only way for their mean, stupid, corrupt, and lazy no brain strategy to glue their bottom on a rotten chair an be part of the criminal and corrupt govenrment to loot resources and inflict pain to Nepalese people.
चीन सित २५ बर्ष अगाडी ७ वटा नाका खोल्न पहिचान भई निर्णय भै सकेको रहेछ तर एउटा सह सचिब स्तर को प्रभुले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला लाई फोन गरे पछि तुहिएछ ! त्यो भएको भए हाम्रो बार्गेनिंग पावर कति बढी हुन्थ्यो होला र आर्थिक हैसिएतमा पनि बृद्दी त्यतिकै ! कल्पना गरौँ जुम्लाको स्याउ कहाँ कहाँ पुग्थ्यो होला ! हेर अहिले भारत सित बार्षिक ६० अरब घाटा खाएर व्यापार गर्दा नि उसैलाई ज्यू ज्यू गर्नु परेको छ जबकि हामीलाई भन्दा भारत लाई नेपाल चाहिएको छ तर पनि उसै लाई फकाउनु परेको छ ! चीन सित व्यापार भएको भए त्यो भारती समान कवाडी मोलमा पाईन्थ्यो ! भारत ले चीन सित गुणस्तर र मुल्यमा प्रतिस्पर्धा गर्न सक्दैन ! खास्सा को समान बाट चाही नझुक्किऔं! संसारको जुनै देशमा पनि चिनिया समान भारतीय भन्दा कयौं गुना सस्तो परेता पनि यहाँ प्रभु लाई रिजाउन महँगो पर्छ भनिन्छ जबकि चीन आफ्नै करेसामा पर्छ ! प्रभु प्रति उत्तरदायी हाम्रो राजनीति र संस्कार ! सरम नभएपछि !
मदेशी दल हरुको त कुरै छोडौं ! लामो समय देखि काँग्रेस पार्टी ” र’ भन्ने रोगले ग्रस्त रहेछकाँग्रेस सभापति सुशील कोइराला नै रे फेरी पनि प्रधानमन्त्री हुन खोज्दै रे ! प्रभुको आशिर्बाद लाग्न लागिसकेछ कि क्याहो ! आफैले पटक पटक एमाले अध्यक्ष क. के पी ओली लाई अब तपाइको पालो भनेर बचन दिई सकेको रे पहिले तर अहिले प्रभुको कृपाले ठ्याक्कै १८० डिग्री को टर्न गर्न लागे जस्तो छ ! जनताको दुर्भाग्य फेरी त्यहि फोहरी खेल ! सबै सहमतीय सरकार बनाएर देशलाई आर्थिक विकासमा छलांग मर्लान त नि भनेको त फेरी त्यस्तै ! यो ख्याल भएँन नेता लाई कि अब जनताले पार्टी हेर्दैनन् काम हेर्छन र प्रभुको गोटी बनेको देख्न चाहदैनन् भन्ने !
पहिलो अनुच्छेद संग सहमत भएपनि दोश्रो अनुच्छेदको अन्तिम तिर सहमत हुन सकिन.. ठिक छ देश समस्यामा छ तर त्यसो भन्दैमा निकाश को लागि मनपरी गर्न त भएन नि. के पी ओली जस्तो कुनै राजनैतिक गुण नभएको, असम्बेदंसिल, गुण्डहरुको संरक्षक, र भडुवा व्यक्ति प्रधानमन्त्री नहुनु दुर्भाग्य हो भने भाग्य के हो मलाइ बुझाउनुस. भोलि महेश बस्नेत उपप्रधानमन्त्री वा गृहमन्त्री अनि अर्को कुनै टोले गुण्डा चाही स्वकीय सचिव भएको हेर्न पाउने भाग्य ? सहमति हुन्छ भन्दैमा ऐरे गैरे चोर ठग ळॊटेर जसलाई प्रधानमन्त्री , मन्त्रि बनाए नि भयो भन्न भएन है