Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीले खुला गरे नयाँ सरकारको बाटो, भारतलाई नाकाबन्दी खुलाउन आग्रह, पढ्नुस् असोज १५ का मुख्य घटना

Posted on October 2, 2015October 4, 2015 by Salokya

२०७२ असोज १५, शुक्रबार

  • संविधान बनिसकेपछि रुपान्तरित संसदको पहिलो बैठक आज बस्यो। पहिलो बैठक १ बजे बसेर ५ बजेसम्मका लागि स्थगित भयो। ५ बजे बसेको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले विशेष सम्बोधन गरे। राजीनामा शब्दको उच्चारणै नगरी उनले भने, ‘संविधानको विद्यमान व्यवस्था र मेरो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन सम्माननीय राष्ट्रपति महोदयलाई अनुरोध गर्न व्यवस्थापिका संसदको यो बैठक पछि जानेछु। उनले भारतलाई सम्बोधन गर्दै भने, ‘नेपालको पारवहन अधिकार र सुविधा प्रयोग गर्न सीमा क्षेत्रमा कुनै किसिमको ढिलाई सिर्जना हुन नदिन हार्दिक आग्रह गर्न चाहन्छु।’


  • केबल टेलिभिजनहरुले पुनः हिन्दी च्यानल देखाउन थालेका छन्। हिन्दी च्यानल बन्द गर्ने अभियान एक साता पनि जान सकेन। काठमाडौँ बाहिरका केही केबल टिभीहरुमा भने प्रतिबन्ध कायमै रहेको छ।
  • सानिमा माई जलविद्युत् आयोजनाको २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ। इलाममा उत्पादित उक्त बिजुली झापासम्मको काबेली करिडोर प्रसारणलाइनमार्फत जोडिएको हो।
  • उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै पारवहन अधिकार र समुद्रसम्म बिना व्यवधान पहुँच हुनुपर्ने माग गरे। कुनै पनि बहानामा आपूर्ति रोक्न नहुने उनले बताए।
  • दक्षिण कोरियाले नेपालको संविधानको स्वागत गर्‍यो।
  • सरकारले सचिवहरु सुमन शर्मा (अर्थ), राजेन्द्रकिशोर क्षेत्री (उर्जा), इश्वरी पौडेल (रक्षा), प्रेमकुमार राई (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय), नारायणगोपाल मलेगो (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय), धनबहादुर तामाङ (महिला तथा बालबालिका), केदारबहादुर अधिकारी (नेपाल ट्रष्ट) सुरेशप्रकाश अाचार्य (क्षेत्रीय प्रशासक) रमेश कुमार शर्मा (शान्ति तथा पुनर्निर्माण), मधु रेग्मी(वन), शान्तबहादुर श्रेष्ठ(स्वास्थ्य), दिपेन्द्रनाथ शर्मा (युवा तथा खेलकुद) र निलम्बलनमा रहेका शरच्चचन्द्र पौडेललाई गरी १३ जनालाई अतिरिक्त समूहमा सरुवा गर्‍यो।
  • रुपेडिया नाकाबाट तरकारी र फलफूलजस्ता सड्ने सामाग्रीले भरिएका ट्रकमात्रै नेपाल पठाउन थालिएपछि नेपालगञ्जको जमुनाह नाका प्रहरीले त्यस्ता ट्रकलाई भारततर्फ फिर्ता गरिदिएको छ ।
  • भारतीय जनता पार्टी(बिजपी)ले नेपालमा भारतले नाकाबन्दी गरेको भन्ने समाचारलाई ‘झुटा, सतही र अपब्याख्या’ गरिएको सूचना भन्दै नेपालमा बढ्दो भारत बिरोधी गतिबिधिसँगै भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका काम भएकोमा असन्तुष्टि जनायो।
  • क्यानले क्रिकेट कप्तान पारस खड्कालाई हटाएको खबर अन्नपूर्ण पोस्टले छाप्यो। तर क्यान पदाधिकारीहरुले यसको खण्डन गरे।
  • संयुक्त मधेशी मोर्चा र सुरक्षाकर्मीबीच चन्द्रनिगाहपुरको झडपमा गोली लागी बिश्रामपुर–६ का भाग्यनारायण महतो घाइते भए।
  • बन्द, हडताल र भारतको अघोषित नाकावन्दीका कारण मकवानपुरस्थित हेटौडा औद्योगिक क्षेत्र भित्र र वाहिर रहेका बहुराष्ट्रियलगायतका सम्पुर्ण उद्योगहरु शुक्रवारदेखि पूर्ण रुपमा बन्द भए।
  • प्रशासनले सदरमुकाम जलेश्वरमा विगत २५ दिनदेखि लगाउँदै आएको कर्फ्यु हटायो।
  • भारतले नेपालमा गरेको आन्तरिक मामिलामा हस्तक्षेप र अघोषित नाकाबन्दीको विरोध गर्दै युरोपियन युनियनको मुख्यालय तथा बेल्जियमको राजधानी ब्रसेल्समा शुक्रवार दिउँसो नेपालीहरुले प्रदर्शन गरे।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme