Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मधेसी मोर्चाको माग सम्बोधन गर्दै मन्त्रिपरिषद्को निर्णय, भारतलाई सरकारको विरोध पत्र : पढ्नुस् असोज १४ का मुख्य घटना

Posted on October 1, 2015October 4, 2015 by Salokya

२०७२ असोज १४ बिहीबार

• नाकाबन्दी खुलाउन ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले भारतीय झण्डा र प्रधानमन्त्रीको पुत्ला नजलाउन आग्रह गरे।

• भारतीय विदेशमन्त्री र समकक्षी महेन्द्रबहादुर पान्डेबीच न्युयोर्कमा भेटवार्ता भयो। विदेशमन्त्री सुषमा स्वराजले नेपालमा भारतविरोधी गतिविधि बढेको भन्दै राजतन्त्र पुनस्थापना गर्ने पक्षमा भारत नरहेको बताइन्।

• मधेसी मोर्चा र तीन दलको वार्ता टोलीबीच तमलोपा पार्टी कार्यालयमा सकारात्मक भएको भनिएको वार्ता निश्कर्षविहीन टुङ्गियो। सीमाङ्कनको विषयमा कुरा नमिलेको भनियो।

• थोरै थोरै इन्धन भित्रिने क्रम जारी रह्यो। नेपालगञ्ज नाकाबाट १० ट्याङ्कर डिजेल र भैरहवाबाट ४ ट्याङ्कर पेट्रोल र २ बुलेट ग्यास आयो। पूर्वी नाकाबाट भने पेट्रोलियम पदार्थ भित्रिएन।

• आन्दोलनको ४८ औँ दिन झापादेखि कञ्चनपुरसम्मको तराईका जिल्लामा रहेको हुलाकी राजमार्गमा मानव साङ्ग्लो प्रदर्शन गरियो।

• अख्तियारले डामेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिए भने अर्का ऊर्जा मन्त्री राधा ज्ञवालीले राजीनामा नदिएपछि प्रधानमन्त्रीले बर्खास्त गरे। दुवैलाई अनुचित कार्य गरेको ठहर गर्दै अख्तियारले कारबाही सिफारिश गरेको थियो।

• बारामा अनिश्चितकालीन कर्फ्यु र निषेधित क्षेत्र हटाइयो। तराई मधेस लोकतान्त्रिक पार्टीका सह महामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्यसमेत रहेका जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई रिहा गर्ने आदेश जिल्ला अदालतले दियो।

• भारतले जारी राखेको अघोषित नाकाबन्दी र गैरकुटनीतिक ब्यवहारको विरोध गर्दै प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलिया भिक्टोरिया र नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले मेलबर्नमा रहेको महावाणिज्यदुतावासमा विरोधपत्र बुझायो।

• जनकपुरमा अस्पतालले ६ वटा बेवारिसे शव डिस्पोज गर्ने क्रममा स्थानीयले भेट्टाएर सोधपूछ गर्ने क्रममा यो आन्दोलनकारीको शव हुनसक्ने भन्दै सामाजिक सञ्जालमा केही समय हङ्गामा मच्चियो। तर यो अस्पतालको बेवारिसे शव भएको पत्ता लागेपछि आफै सेलायो।

• मन्त्रिपरिषद्को बैठकले कफर्यु र दङ्गाग्रस्त क्षेत्रमा खटिएका सुरक्षा निकायलाई सामान्य जिम्मेवारीतर्फ फर्काउने विषयलाई मन्त्रिपरिषद्ले ‘नोटिस’मा लिने, मुद्दा फिर्ता लिने, घाइते १७ जनाको उपचारको खर्चको निकासा दिने, मृतकका परिवारलाई १० लाख रुपियाँ दिने जस्ता निर्णय गर्‍यो।

• सरकारले भारतलाई इन्धन र अत्यावश्यक वस्तु नरोक्न आग्रह गर्दै कूटनीतिक पत्राचार गरेको छ। राजदूत रणजित रायलाई बोलाएर जानकारी लिँदासमेत केही प्रगति नभएको भन्दै परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयलाई पठाएको पत्रको बोधार्थ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत दिइएको छ।

• राष्ट्रसंघ भवनबाहिर नाकाबन्दीविरुद्ध नेपालीहरुले प्रदर्शन गरे।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme