Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : नबुझिएको सत्य

Posted on October 3, 2015October 3, 2015 by mysansar

– मनोज बाबु पनेरु –

saturday-fiction यो धेरै अगाडि शुरु भएको थियो। म सानै थिएँ। घरमा टेलिभिजन थिएन तर त्यसले मलाई महाभारत हेर्न रोकेन। बिहीबार बेलुका टेलिभिजन हेर्न जान छुट थियो। बेलुको खाना खाएर होमवर्क सक्नासाथ कुदेर छिमेकीकोमा पुग्थेँ। अगाडि अल्छिलाग्दो समाचार दिन्थ्यो। त्यस पछि “मे समय हुँ” भन्दै सुरु हुन्थ्यो, महाभारत। त्यही महाभारतको एउटा पात्र, युधिष्ठिरले मलाई पार्नु प्रभाव पारेका थिए। युधिष्ठिरले सँधै सत्यमात्रै बोलेका थिए। प्रभावित भएर मैले पनि सत्यवादी हुने अठोट गरेँ।

समयक्रममा सत्य बोल्न साह्रै गाह्रो हुँदै गयो। जति-जति उमेर बढ्यो झन्-झन् गाह्रो हुँदै गयो। सत्य त एक होइन हजारौँ पो हुन थाले। सत्यको वैयत्तिकरण र सापेक्षिकरण भइसकेको थियो। घटना एक तर सत्य अनेक हुन्थे। मलाई के बोलौं के नबोलौं हुन थाल्यो।

मेरा “रोल मोडल” युधिष्ठिरलाई एक बेला त्यस्तै परेको मलाई याद थियो। कृष्णको परामर्शमा बल्ल बल्ल सेतो दारीवाला भीष्म पितामह हटिसकेको अवस्था थिए, शिखण्डीको सहारामा। युद्धभूमिमा द्रोणको चक्चकी थियो। पाण्डव पक्ष पूरै हतास मनस्थितिमा थिए। द्रोण मैदानमा भइन्जेल नजितिने पक्का थियो। कृष्णले फेरि पनि उपाए निकाले। द्रोणलाई युद्धभूमिबाट हटाउन युधिष्ठिरले बोल्न पर्ने भयो तर पूरै असत्य बोल्न युधिष्ठिर अन्कनाएको देखेर, कृष्णले बीचको बाटो सुझाए।

अन्ततः युधिष्ठिर बोल्न तयार भए। उनले ठ्याक्कै के बोलेका थिए मैले पुरै बुझिन, जुन बेला मैले टेलिभिजनमा त्यो दृष्य हेरेको थिएँ। हिन्दीमा आउँथ्यो महाभारत। म पूरै हिन्दी बुझ्ने भैसकेको थिइन। टेलिभिजन भएका घरका दाइले मलाई बुझाइ दिएका थिए, “अश्वत्थामा मर्यो, हाक्ती हो वा मान्छे।”त्यही बेला कृष्णले शंख बजाएका थिए, भिमले डोल पिटेकाथिए, त्यो भनेमैले आपैm बुझेको थिएँ।कथाले मागे अनुसार, होहल्लाले कारण “हाक्ती हो वा मान्छे” भनेको द्रोणले सुन्दै सुनेनछन्। अश्वत्थामा द्रोणको एउटै छोरो थियो जसलाई गाईको दुध खुवाएर हुर्काउनदोर्णलाइहम्मे हम्मे परेको थियो।द्रोणलाई लाग्यो यत्रो यत्नले हुर्काएको मेरो छोरो मर्यो म बाच्नु बेकार छ अब लडेर कसका लागि गाईको जोगाड गर्नु छ र। पलेटी कसेर बसे लडाई मैदान विचैमा।शरिरबाट आत्मा छुटाएर परमात्मा मिलाउन। ढुकेर बसेका धृष्टद्युम्नले आफ्नो प्रतिज्ञा पुरा गरे। एक झपटमा द्रोणको शरिरबाट टाउको पो छुट्याइ दिए। हुनलाई महाभारत सुरुबाटै प्रतिज्ञा नै प्रतिज्ञाको पोको थियो। सधैैै सत्य बोल्ने मेरो प्रतिज्ञाको जननी त्यसैका प्रभाव होला।

महाभारतको अन्त्यमा द्रौपदी र सबै पाण्डव दाजु भाई ज्युदै स्वर्ग जान भनि हिडेका थिए। बाकी सबै वाटामा मरेका थिए तर युधिष्ठिर कुकुरसँगै ज्युँदै स्वर्ग पुगेका थिए। त्यो भनेको नमरी। नमरी स्वर्ग पुगिन्न भन्ने उखानका एक अपवाद थिए युधिष्ठिर। तर स्वर्ग पुगे पछि उनले देखे द्रौपदी र उनका भाइहरु त त्यहाँ थिएनन्। युधिष्ठिरलाई लाग्यो, “ल ठिकै छ ज्यँुदै मिलेन, मरे पछि त उनीहरु पनि स्वर्गका हकदार हुन्, धर्मयुद्घ जो लडेका थिए।” ठिक उल्टो दुर्योधन र उनका मतियारहरु पो स्वर्ग भोग गरि बसेको देखेर, ज्युँदायुधिष्ठिरलाई यस्तो लाग्नु स्वाभाविक नै थियो।युधिष्ठिरले, दौपदी र भाइहरुलाई आफ्नो सोर्स–फोर्स लगाएर भए पनि स्वर्गमा झिकाउने बिचार गरेर धर्मराजसँग, आप्mनै जैविक पितासँग विन्ती विसाए, “मैले जीवनमा कहिल्यै असत्य बोलिन। नियमानुसार म त सिधै स्वर्ग जान पाउने नै भए। मेरो सत्यवाधिताको आधारमा मेरा परिवारले पनि स्वर्गको भोग गर्न पाउन् प्रभु।”धर्मराजले द्रोण बधको प्रसंङ्ग सम्झाएर भने, “तिमी त्यो नविर्स कि युधिष्ठिर, तिमी सधैं दुध खान्थ्यौ होला तर दुधले नुहाएको पक्कै होइनौ। तिमीले जुन सत्यवादीताको भिटो प्रयोग गर्न खोजिरहेको छौ वास्तवमा त्यसैको परिणम अन्तरगत तिमीले एक पटक नर्क पुग्नै पर्ने हुन्छ।”

युधिष्ठिरको चित्त बुझेन आफ्नो दलिलपेश गरे“अश्वत्थामा मान्छे वा हात्ती जे पनि हुन सक्छ र दुबै थिए पनि। तपाईलाई पक्कै थाह छ नत्र चित्रगुप्तसँग फायल मगाएर हेरे भयो। भिमले अश्वत्थामा नामको हात्ती मारेकै हुन्।”उनले थप जोड दिदै भने “खोजेको भए द्रोणले सत्य त्यही भेट्ने थिए। मैले द्रोणको छोरो अश्वत्थामा मर्यो भनेर कतै भनेको थिइन।” धर्मराज सुनि रहेका थिए तर उनले चित्त बुझे जस्तो गरेनन्। अब युधिष्ठिरले अन्ट–सन्ट तर्क दिन थाले,“अझ युद्धमा भाग लिने अरु कुनै योद्धाको नाम पनि त हुन सक्छ, अश्वत्थामा। अर्जुने त्यो दिन लाखौ सेना मारेका थिए। तिनैमा कोहीको नाम पनि त हुन सक्थ्यो त्यो। व्यासलाई सबैको नाम थाह नहुन पनि सक्छ त्यसैले लेखेनन् होला।”

धर्मराजले युधिष्ठिरलाई आँखाले रोकेर भने“तिमीले सत्य हैन अन्योलता बोल्यौ। तिमीले हात्ती नै मरेको मात्र पनि त भनेनौ। अन्योलता भित्र सत्य हुन सक्छ तर अन्योलता आपैmमा सत्य होइन बालक। थप सत्य भनेको शंकाको लाभ पाउने भने जस्तो पनि होइन।”अन्तत युधिष्ठरको नर्क भिजिट गर्नै पर्ने भयो। उनि ज्युउँदैस्वर्ग मात्र गएनन् ज्युउँदै नर्क पनि पुगे।

यता मैले प्रतिज्ञा गरि सकेको थिए तर युधिष्ठिरकै गल्ती दोर्याउन चाहान्न थिएँ। गल्तीबाट नसिक्ने मुर्ख हुन थिएन मलाई। गहन विष्लेशण तथा संम्लेशण पश्चात, मैले एउटा निश्कर्ष निकाले। खासमा द्रोणले आपैm भित्रको डर सुनेकारहेछन्। छोराको दिर्घायुको उनलाई ठुलो चिन्ता थियो, छोरो आठ मध्यको एक चिरञ्जिवी हो भन्ने थाह थिएन सायद। युधिष्ठिरले “हात्ती हो वा मान्छे” भन्नै पर्ने थिएन। अझ, अश्वत्थामा भनेर उल्लेख नै नगरेको भए पनि हुने थियो। त्यत्रो हल्ला चलेकै थियो। उनले “मर्यो” मात्रै भनेको भए पनि हुने। पुरै नसुनी र परख नगरि निष्कर्षमा पुग्ने द्रोण, आपैm मिलाएर त्यही बुभ्mने थिए जुन उनको मनमा थियो।

जीवनक्रममा मेरा अघि पनि, युधिष्ठीरका भैm, धेरै अवस्थाहरु आए। मैले “मर्यो”मात्र भने। घोडा बिरामी भएकोले आफ्नो घोडा मर्यो भन्ने बुभ्mयो। कुकुर विरामी भएकाले आफ्नो कुकुर मर्यो भन्ने बुभ्mयो। मैले “भाग्यो” भने, जेलरले कैदी भन्ने बुभ्mयो, कैदीले आप्mनी स्वास्नी भन्ने बुभ्mयो। कहिले काही दुबैले एउटै बुझे पनि मलाई कुनै समस्या भएन। जसै पनि मैले बोलेको सत्य नै ठहरियो। मुख्यतय, मैले कि क्रियामात्र बोले, कि कर्ता मात्र बोले, कि कर्म मात्र बोले। मैले क्रियाबोल्दा, कर्ता र कर्म जोडिए। कर्ता बोल्दा, क्रिया र कर्म थपिए। तद अनुसार, कर्म बोल्दा, क्रिया र कर्ता बुनिए। सबैले आफ्नो सुबिधा अनुुसार जोडे, थपे र बुने, अनि आफ्नो सुबिधा अनुसारको सत्य बनाए। मलाई केही फरक परेन मेरो सत्यवादीता स्थापित भयो म मखलेल थिए।
एक दिन मुड चलेर आयो। जिउँदै स्वर्ग जान भनेर मैले शहर छाडे। तर अब जाने कता ? स्वर्ग कता पर्छ भनेर गुगल अर्थमा कति खोजी हेरे, भेटिएन। रावणले स्वर्ग जाने सिँढी बनाउने सोचेका थिए रे तर भोलि–भोलि भन्दा भन्दै बनाउनै नपाई मरे। त्यसैले श्रिलङ्का जान नपर्ने भयो। अचानक मलाई आप्mनै देशको, स्वर्गद्वारीको सम्झना आयो। लागे तेतै तिर। द्वारमै पुगि सकेपछि अगाडिको बाटो कसो नभेटिएला भन्ने सोचेर।

केबलकार अभैm बनिसकेको थिएन। घोराहीबाट बस लिन पर्ने भयो। साह्रै भिड। उभिएर यात्रा गर्नु पर्ने भयो, तै पनि बस भित्र छिरियो, तर गन्तब्यमा पुगिएन। म चढेको बस आधा बाटो मै दुर्घटनामा पर्यो र म सवारी दुर्घटनामा मर्नेहरुको तथ्याङ्क बने। सबै भन्दा दुःखको कुरो, मेरो ज्यूँदै स्वर्ग पुग्ने धोको अपुरै रह्यो। क्षेतिपुर्तिका लागि प्यारा आफन्तजनहरु, चक्काजाम सहितको आन्दोलनमा ओर्लिसकेका थिए। म मरेकोलाई क्षेतिपुर्तिको भुत्रो मतलब। दुर्घटनामा परे पनि मेरा खुट्टा सग्लै थिए,आप्mनै खुट्टाका भरमा बाँकी बाटो छिचोले। मरे पछि शरिरको सबै भार हराउने रहेछ हिड्न साह्रै हल्का भयो।अन्तत, म स्वर्ग उक्लिएर धर्मराजको अगिल्तिर पुगेँ। मैले गर्वका साथ आपूmले जीवन भर सत्य बोलेको र जिउँदै स्वर्ग आउने अधिकारी रहेता पनि सबारी दुर्घटनामा परेकाले जिउँदै स्वर्ग आइनपुगेको कुरो एकै स्वरमा बेलिबिस्तार लगाए। स्वर्गको त्यत्रो लामो अकाले उक्लदा नबढेको मेरो शास बोलिसक्दा पुरै फुलेको थियो। धर्मराजका अगाडि चित्रगुप्तले मेरो फेसबुक र टुइटर दुबैका प्रोफाइल खोलेर राखि दिएका थिए। धर्मराजले मेरो प्रोफाइल र मलाई पुरा नियालेर दाँजे र सिधै चुरो कुरोमा आए किनकी भर्खरैको दुर्घटनामा परेका धेरै आफ्नो पेशी कुरेर बाहिर बसेका थिए। “तिमीले सत्य होइन भ्रम बोल्यौ बालक। जसरी युधिष्ठिरको अन्योलता सत्य होइन त्यसै गरि तिम्रो भ्रम पनि सत्य होइन।” धर्मराजले कुरो टुङ्याउए।“तिम्रोनर्क भिजिटको समयतालीका चाडै जानकारी गराइने छ।” धर्मराज ले “नेक्स्ट” भन्दा नभन्दै उनका चण्ड–मुण्ड मलाई घिसार्न तम्तयार बसेका थिए। म पलेटी मारेर धर्नाको शैलीमा उनकै कुर्सी अगाडि थचक्क बसे। “हेर भाइ तिमी धेरै ल्याङ्ग ल्याङ्ग नगर युधिष्ठिरले आवस्यकता भन्दा धेरै बोले, तिमीले आवस्यकता भन्दा कम”, धर्मराजले इन्र्पmमल्ली प्रष्ट्याए। “केही लाज त राख आफ्नो मत्र्यलोकको गरिमाको, तिमीलाई थाह नहोला भर्खरैको मन्त्री परिषधको बैठकले तिमीलाई सवारी सहिद घोषण गरेको छ, चलन अनुसार भोलीको राष्ट्रिय दैनिकमा तिम्रो स्वर्गवासको चर्चा हुनेछ। आज भोली जो मरे पनि तल स्वर्गवासको मात्र चर्चा हुन्छ। मरे पछि सबै ठुला र असल दुवै हुन्छन्। तल जे भए पनि यहाँ चाही तिमीले तिम्रो भागको नर्क भोग्नै पर्ने हुन्छ। अब जाउ त्यसै अनुसारको तयारी गर।” धर्मराजसँग लाइन मिल्ला जस्तो लागेन, मैले हतास भएर भनेत्यसो भए सत्य के हो त। दार्शनिक तवरले धर्मराजले भने “युधिष्ठिरको सत्यले दिग्भ्रमित गरायो, तिम्रो सत्यले भ्रमित गरायो। मुलतथाह छैन भने नबोल्नु नै पुरा सत्य बोल्नु हो”। बडो उदेक र कन्फुयज टाईपको उत्तर सुनेर मैले गोत्लिएर सोच्न खोजे तर दिमाग पुरै शुन्य थियो। सायद मरिसकेकाले होला।

4 thoughts on “कथा : नबुझिएको सत्य”

  1. keshi says:
    October 8, 2015 at 6:52 am

    आहा , येति राम्रो लेख भनौ या कथा, येति मिठो त ऐले सम्म मैले पढेकै थियिन.

    Reply
  2. Limbu HarataraH says:
    October 6, 2015 at 3:40 am

    “थाह छैन भने नबोल्नु नै पुरा सत्य बोल्नु हो” को कथा : ‘नबुझिएको सत्य’ महाभारत कुराले दिक्दार लागे (!) पनि शुरुवात र अन्त्य निक्क्क्क्कै घतलाग्दो छ | धन्यवाद ‘मनोज’ सर, अरु पनि पढौं है..!

    Reply
  3. binata says:
    October 6, 2015 at 12:50 am

    very nich story. after long time, in mysanasar we got an oppertunity to read a great story. Congratualtion, Writer, keep it up

    Reply
  4. Hridaya says:
    October 5, 2015 at 3:23 pm

    राम्रो छ , थप कथा हरु फेरी पढ्न पाइयोस !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme