Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालका कमजोरी र भारतको नाकाबन्दी

Posted on October 2, 2015 by mysansar

-डा. किरणप्रसाद आचार्य-

“साना मुलुकको आन्तरिक मामिलामा हस्तछेप गर्न मिल्दैन, ठुला मुलुकले पेल्न हुँदैन”: यो चीनिया राष्ट्रपतीले बिश्वभरका सबै साना र ठुला राष्ट्रलाई दिएको सन्देश हो। चीनिया राष्ट्रपतिले नेपालको नाम सम्म उचारण गरेनन राष्ट्रसंघमा। यतिको भरमा चीनले नेपालको समर्थन गर्‍यो र भारतको बिरोध गर्‍यो भनेर बुझ्नु सरासर गलत हो। ठुला देशले साना देशलाई दिने सहानुभुती मात्रै हो यो। नेपाल र नेपालीले पनि यती मात्रै बुझे हुन्छ, यो भन्दा बढी होइन।

अमेरिकाले नेपाललाई बधाई दिएछ। यसमा खुशीले उफ्रिनु पर्ने कुरा केही छैन। उसले दश बर्षको प्रयाशमा नेपालमा अपाङ्ग संबिधान भएपनि बन्यो भन्ने बुझेको छ। तसर्थ उसको बधाई पनि नेपाल प्रतिको उसको सहानुभुती मात्रै हो भन्ने बुझ्नु जरुरी छ। चीन र अमेरिकाले दिएको सहानुभुतीमा कुनै तुक छैन। सहानुभूति त जसले जसलाई पनि दिनसक्छ। यसको कुनै अर्थ हुँदैन। शत्रुले पनि आफ्नो शत्रु खस्कदै जादा सहानुभुती प्रकट गर्छ भने।

ठूला देशका ठुला कुरा, तिनको बोली र रणनिती बुझ्न सजिलो छैन। अर्थको अनर्थ र् अनर्थको अर्थ लाग्न सक्छ। यसैको सिकार भएका छन हाम्रा नेता र हाम्रो नेपाली सरकार। अहिले हाम्रा जनता र हाम्रा नेता एउटै सतहमा छन भन्नु अत्युक्ती नहोला, किनकी दुबै ठुलो भ्रममा छन।

वर्तमान परिपेक्षमा, चीनको सहयोगलाई तेतीखेर सहयोग भन्न योग्य हुन्छ जतिखेर नेपालले चीनमा बाणिज्य दुत पठाएर चीनलाई कुटनितिक स्तरमा भारतलाई दबाब दिन लगाउदा भारत ले नाकाबन्दी हटाउछ, चीनले नेपालको वर्तमान अवस्थालाई दिर्घकालिन समाधानका लागि भारतलाई सँङ्गै राखेर नेपालको पक्षमा नयाँ सन्धी-सम्झौताहरु गर्न भारतलाई वाध्य पार्नसक्छ। अमेरिकाले नेपाललाई समर्थन गरेको तेतिखेर ठहर्छ जतिखेर अमेरिकामा नेपाली दुत पठाएर नेपालले भारतिय विस्तारवादको नितीलाई परिवर्तन गर्न अमेरिकालाई लगाउछ र अमेरिका ले गर्छ पनि। तर बिडम्बना, नेपालले यस्ता खाले कुनै कदम अझैसम्म चालेको छैन। उ आँफै अन्योलमा छ। नेपालले आफु माथिको भारतिय नाकाबन्दीलाई अन्तरास्ट्रियकरण गरेन। नेपालका कुनै पनि राजदुतले चीन, अमेरिका मात्र होइन अरु कुनै देशमा नेपाल माथिको भारतीय नाकाबन्दीलाई अपिल गरेनन। यती मात्र कहाँ हो र, नेपालको आफ्नै प्रेश अफिस रहेनछ। नेपालको नाकाबन्दित स्थिती फितलो रुपमा मात्रै बिश्व संचार जगतमा पुगेको छ। जसको कुनै औचित्य छैन। नेपालीका भारत-बिरोधी आवाज कान्तिपुर, नागरिकन्युज, अन्नपूर्ण पोस्ट लगायतमा निहित छन, बाहिर होइन। किनकी यो बाहिर पुग्नै सक्दैन। नेपाली मिडियाको पहुच टाढा छैन।

भारतका नाका नखोल्ने आफ्नै बहाना छन। उसले नेपालसँग सम्बन्ध बिगार्न चाहन्न भन्छ। भारतका चपाउने र देखाउने दात छुटै छन। मधेश आन्दोलनकारीलाई उसले आफ्नै भुमिमा प्रशय दिएको छ। नाकाबन्दीले भारतको छबीलाई बिगार्छ भनी हामी सोच्छौ । यो पनि गलत छ। यो हाम्रो भावना मात्रै हो। यसले भारतलाई केही असर पार्दैन। किनकी अन्तरास्ट्रिय संचार माध्यममा यस्तो चर्चा छैन। उसले अन्तरास्ट्रिय संचार जगतमा जम्मै दोश नेपाललाई दिएर आफुलाई माथि पारेको छ। भारतले अहिले नेपालमा नाङगो राजनीति सुरु गरेको छ। माओवादी जनयुदका संस्थापक भट्टराई उस्कै मुख्य गोटी रहेछन।

अहिलेसम्म चीन, अमेरिका लगायत बिश्व मानचित्रमा जुन जुन देशसँग नेपालको सम्बन्ध छ, त्यो खाली हाइ हेल्लोको सम्बन्ध भन्दा बढी होइन। के गर्छ हाम्रो अंसलग्न पररास्ट्र नितिले ? के गर्छन् ति देशसँगका हाम्रा कथित दौत्य सम्बन्धले ? गिभ and टेक को पोलिसी अपनाएनन हाम्रा अग्रज नेताले। हाम्रा अग्रज नेता अदुर्दर्शी रहेछन। हाम्रो आफ्नो कुटनिती छैन। हाम्रो बजेटको ठुलो हिस्सा बिदेशी राष्ट्रको अनुदानमा भर पर्छ। के यी असफल राष्ट्रका बिशेषता होइनन ? यी सबै कुराको समिश्रण् हो आजको स्थिती। नाकाबन्दी भएको धेरै भा छैन, हाम्रा सिर्श नेताहरुको ओठ-तालु सुकिसकेको छ। भारतलाई चुनौती दिन हामीसँग केही पनि छैन। भ्यागुतो जती उफ्रे पनि कान्लामुनिको कान्लामुनि नै। भारतले हाम्रो नाडीलाई नजिकबाट जुग देखी छाम्दै आएको छ। खुलेआम नाकाबन्दी लगाउदा हाम्रो केही गर्ने हुती नभएको उसले देखीसकेको छ । तेसैले त उसले अहिले तीन दलका शिर्श नेता र मधेसी दलहरुलाई दबाब दिएर वार्तामा ल्याएको छ। जीत भारत कै हुने देखिन्छ। खोइ कहाँ गए चीन र अमेरिका ? तीनका समर्थन र सहानुभुतीका शब्दहरु ? यती खेर नेपालले चीन र अमेरिकालाई दवाब दिइ मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न लगाउनुपर्थ्यो। खोइ के खोइ के। माछो माछो भ्यागुतो भएको छ। जय देश ।

11 thoughts on “नेपालका कमजोरी र भारतको नाकाबन्दी”

  1. madan bajracharya says:
    October 4, 2015 at 7:04 am

    संबिधान सभाको चुनावमा तराइकै कुल मतदाको ५ प्रतिशत मत पाउन नसक्नु बाटै नेपालमै जन्मेका मधेसी समुदायको समेत समर्थन नभयको देखिन्छ ई अहिले नाकाबन्दी गर्ने मधेश्बादिलाई/ तेसैले उनीहरु आन्दोलन गर्न बिहारी गुण्डाहरु र बिहारमा बसेर नेपाल टुक्राउन हतियार उठाउने समुहलाई सके जत्ति नेपाल हुल्न खोजे/ यसको निमित सिमानामा रहेको प्रहरी चौकी र प्रहरीहरु उनीहरुको बिहारी गुण्डा नेपाल हुल्न बाधक बने/ तेसैले उनीहरुले सिमानामा रहेको प्रहरी चौकी र प्रहरीहरु माथि हमला गरे/ अनि हुले बिहारी गुण्डाहरु र नेपाल टुक्राउन बिहारमा बसक नेपाल भित्र हतियार आतंक मच्चाउने समुह/ तेस्पछि तिनीहरुको डर देखायर र आर्थिक दण्ड तिराउने धम्कि दियर आफ्नो आन्दोलनमा भाग लिन स्थानीयलाई बाध्य गरे/ यस्तो आन्दोलन धेरै समय सम्म गर्ने औकात उनीहरुमा थियन/ तेसैले उनीहरुले आफ्ना केहि सय हजार कार्यकर्ताहरुलाई सिमाना पारि भारतीय भूमिमा बसेर नेपालमा नाकाबन्दी गर्न थाले/ यसमा भारतको पनि समर्थन रहेको देखियो/ तर यस्तो नेपालमा इन्धन लगायत अत्यन्त आबस्यक बस्तु नेपाल जान नदिनु सुरुमा त् ठुलै असर देखियो/ तर यस्तो दुस्प्रयासले पहाड हिमालमा बस्नेलाई मात्रै होइन तराइमै बस्ने मधेसी समुदायलाई समेत उनीहरुको बिरोध गर्न बाध्य बनाउछ र तेस्तालाई समर्थन गर्ने भारत प्रति अझै नरम बिचार राख्ने अरु नेपालीहरुलाई पनि भारतको बिरोध गर्न बाध्य बनाउथ्यो/ तेसैले गर्न दिनु पर्छ तेस्ता नेपालको संविधानलाई नै तराइ नेपाल बात अलग्याउने हतियार बनाउन खोज्ने मधेशबादी नामको सिकेबादिहरुलाई/तिनीहरुको नाकाबन्दीले तिनिहरुनै नाङ्गिञ्छ र तिनीहरु प्रति सहानुभूति राख्ने उनीहरुकै जात समुदायका नेपालमै जन्मे बसेका नेपाललाई नै आफ्नो देस मान्ने मधेसीहरुले समेत बिरोध गर्न थाल्छ/ अनि तेस्ता सिकेबादी अनुहारमा मधेश्बादिको मुकुण्डो लगाउने समुहले अर्को चुनावमा अझै कम मत पाउने हुन्छ / फेरी तेस्ता समुदायलाई उचालेर नेपाललाई संधै आफ्नो प्रभावमा राख्ने भारतको दलाली गर्ने नेताहरु समेत कम्जोर हुँदै जान्छ/ जनमत नपाय पछि यस्ता समुह आफै बाधारिन्छ/ तेसैले गर्न दिनु पर्छ तिनीहरुलाई र भारतलाई नेपाल नाकाबन्दी/ अलि दुख हुन्छ तर देसको निमित हामीले सहनु पर्छ/

    Reply
  2. Kedar Rimal says:
    October 2, 2015 at 11:54 pm

    लुतोले खुइलिएको कुत्तालाई बाँकी सबैले लखेट्छन-कमजोरी हाम्रा नेता र हामीमै छ–हामि आफुले सुक्को भरपर्दो काम नगरी केवल पराइको निगाहाको मुख ताक्छौँ-बेलामा बिचार पुर्याउन्नौ-हामीलाई अहिलेको यहि मिनेट पेट भर्न पाए पुग्यो-भोलि के हुन्छ चासो छैन—आफन्तलाई विश्वासघात गर्छौ र बलको आडमा पराइको निगाहालाई पुज्छौ—-त्यसैको परिणाम हो यो भारतको हेपाइ जुन नेपालीको निम्ति भाग्य बनेर आयो—दुखद तर सत्य कुरा यहि नै हो!

    Reply
  3. Dinesh chhetri says:
    October 2, 2015 at 11:19 pm

    हो, हाम्रो आफ्नो कमजोरी नै बढी छ !!!! तर भारत अनि अचेल आफ्नो स्वार्थको लागि चिन समेत मौन बसेर भारतकै अप्रतक्ष्य समर्थन गरिरहेको ( कालापानी लिपुलेक , नाकाबन्दी ) भएपनि हामि नेपाली एक भएर बिरोध गर्न सकेउ भनेपनि यिनीहरुलाई जायज कुरामा झुकाउन सकिन्छ !!!! हामि खाली आफ्नो weakness मात्र देखिरहेका छौ, कम्जोर देस भनेर हिनताबोध गरिरहेका छौ !!! तर हाम्रो strength आफैले देखेकै छैनौ !!! हो यिनीहरुले हामीलाई तहसनहस पार्न सक्छन, भौतिक लडाइमा जित्न पनि सक्लान !!!! तर हामीले जित्न नसकेपनि यी दुवै देशलाई तहसनहस पार्न सक्छौ !!!! हामीले हारेपनि यिनीहरुले पनि कुनैपनि हालतमा जित्न सक्दैनन !!!! यहि नै एथार्थ हो !!! यो कुरा यी दुवै देशहरुलाई बुझाउन पर्ने समय आएको छ !!!!! जय नेपाल, जय नेपाली

    Reply
  4. Surya says:
    October 2, 2015 at 10:38 pm

    टाउको दुखेको औषधि नाइटोमा भनेको यहि हो / सुदुर पश्चिम, सुर्खेत, बाग्लुङ्गगेहरुले २/४ दिन आन्दोलन गर्दा मागहरु पुरा गरि दिने अनि यो मधेश र थारुहरुको आन्दोलन र ५० सौं जनाको ज्यान गइ सके पछि पनि कान नसुन्ने नाकाबन्दीको मुख्य जड कोइराला, दाहाल, देउवा, सिटौला, रावल, ओलीहरु जस्ता नेताहरुका कारणले भएका हुन् / २०४५ सालमा भारतले नाकाबन्दी गर्दा यी कांग्रेस एमाले भारतको समर्थन गरेकै हुन् / सम्पूर्ण जनता यिनीहरु प्रति निशाना गरी आन्दोलन गर्नु पर्ने हो / यहाँ ठ्याकै उल्टो नाकाबन्दी बिरोधमा मोदीको पुत्ला र भारतको झन्डा जलाएर बिरोध गर्नु सरासर गलत हो /

    Reply
  5. Shankar says:
    October 2, 2015 at 4:21 pm

    बास्तब मा कोइराला हरु पनि चोर भएर कुरा बिग्रेको छ , किन अन्तारास्त्रियाकरण न गर्ने ?
    उसले थप्पड हान्ने , हामीले थप्पड हान्यो पनि भन्न न पाउने ?
    जे भएपनि नेपाल बात नेपालि लखेट्न , र यहा चीन बिरोधि गतिबिधि गर्न इन्डिया ले नेपाल मा बिहारी र तिब्बती ले भर्न खोजेको हो | उसको मदिसे + जनजाति को अभियान तेसैमा लक्षित छ | बास्तबिक मधेसी र जनजाति प्रति उसको सम्बोधन हैन | तेस्तो दिन दहादे झुटो बोल्ने बेइमान नेता , जनता , पत्रुकार भएको देश ले नेपाल को हित सोच्छ ?
    उसले नाकाबन्दी गर्दा मदिसेलाई चै प्रभाब पर्दैन ?

    Reply
  6. devendra says:
    October 2, 2015 at 4:00 pm

    कुरा सहि हो नेपालका नेता कार्य कर्ता लुट्ने थुत्ने जसरि पनि कमाउने धन्दामा ब्यस्त भएको, कर्मचारी हरु तेस्तै, सोझा सिधा जनता पनि तिनीहरुकै लयमा हिड्न बद्ध्या भएको, सामाजिक कार्य, बिकाशमा विकासे संस्था को हालीमुहाली, नेपालको हर छेत्रमा जाल झेल भ्रस्टाचार अनि कसरि हुन्छ देश बिकाश?

    Reply
  7. Mahesh Bir says:
    October 2, 2015 at 2:40 pm

    संयुक्त राष्ट्र संघमा नाकाबन्दी सम्बन्धि एक शब्द नबोल्ने कस्तो मन्त्री होला त ?

    “हजुर नाकाबन्दी खोल्न ढिला गरे कम्निस्ट हरुले चीन तिर नाका खोलेर भारत तिर सम्बन्ध बन्द गर्छन ! उसै त कम्निस्ट हरु बढी राखेको छ हाम्रो देशमा ! बरु हामी नाकाबन्दी भारत बाट भएको नभनौला खोल्न चाही ढिलो गर्नु भएँन ! बरु म फर्केर हाम्रो प्रधानमन्त्री लाई त्यहि भन्छु भारत बिरोधी गतिबिधी हुन् दिन्न ” – सुनील थापा , आपूर्ति मन्त्री !

    यस्ता शैतान मन्त्री भएपछि नि हुन्छ ! किन कम्युनिष्ट र काँग्रेस वा पार्टीहरु बीच झगडा? मिलेर सयुक्त सरकार बनाएर देश निर्माणमा जोडले लाग्न हुन्न ? भारतको भाषा बोलेर आफ्नो स्वार्थ हेरेर देशलाई गद्दारी गर्ने शैतान हो !!

    बिहारी-मधेसी को त पुरै भारत भै हाल्यो चलाउने ५० लाख मरेको लाई दिने देखि नाकाबन्दी र सबै ! अब आएछ काँग्रेस को केहि मन्त्री हरु को बिक्री हुने पालो ! भैसके छन् बिक्री ! किन्ने भारत ! त्यहि भएर कोहि भूमिगत ! कोहि सिधै नाकाबन्दीको र जनताको सास्तीको हैन भारत को हित मा बोल्दै छन् ! तेरीमा धोके बाज हो ! चीन सित व्यापार गर्दा महँगो पर्छ रे ! कहाँ को अर्थ शास्त्री शैतान हो तिमीहरु ? जबकि चीन को जे पनि कैयौं गुना सस्तो पर्छ नेपाल मा मात्र नभई युरोप अमेरिका मा समेत ! तेरीमा धोके बाज काँग्रेस हो ! मैले त यसले राम्रो गर्छ भन्ठान्थे यो त झन् गद्दारी गर्न पो लागेको रहेछ !

    सबै पार्टी मिलेर सरकार बनाएर देश निर्माणमा लाग्छन भनेको त भारत को भाषा पो देखिन थाल्यो ! भन्छन प्रतिपक्ष्य मा बस्ने रे ! कहिले सत्ता नछोड्ने रे ! कहिले राष्ट्रपति त्यहि हुने भन्ने रे ! तेरीमा बेइमान हो जनतालाई भेडो बनाउनु सम्म बनाएका छौ ! गगन त्यस्तो होला भन्ने ठानेको थिईन यो त झन् बेइमान पो रहेछ !

    Reply
  8. TENZING GABA says:
    October 2, 2015 at 2:36 pm

    “……. जब पर्यो राती, अनि बुढी ताती ” भन्या यहि हो

    अस्ति पंचायत कालमा भारतले नाकाबन्दी गर्दा
    अब आइन्दा
    आत्मनिर्भर हुने योजना सहित ठुल-ठुलो कुरो गरियो,
    नारा जुलुस अहिलेको भन्दा गतिलो नै निकालियो
    लाजिम्पाट घेर्न पनि गइयो,
    खै के के गरियो के के सम्झना नै धमिलो भैसक्यो
    त्येस्पछी
    तत्काल जस्तै बहुदल आयो,
    सबैले भारत ठुल्दाई मात्रै होइन साख्कै बाउ नै हो जस्तो गर्न थाले
    नाकाबन्दी लगाएको कुरो खै कता बिर्सिए कता,
    शताब्दीको एक चौथाई बिती सक्दा पनि भारतले हाम्लाई कुनै जमानामा नाकाबन्दी लगाको थियो भनेर हामलाई एकपटक पनि सम्झना भएन
    अझ फेरी पनि नाकाबन्दी लगाउनु सक्छ भन्ने त् के खाएर अनुमान लगाउन सक्नु हाम्ले

    तर
    भारतले लगायो फेरी नाकाबन्दी

    अनि फेरी सुरु भो त्येही कथा …..
    भारत नभए अरुबाट ल्याउने,
    भारतले अन्तरास्ट्रिय कानून मिच्यो अब उसलाई अन्तरास्ट्रिय कठघरामा
    ठिंगग्राउने,………… आदि इत्यादि

    शायद
    केहि दिन/समयमा हाम्रो भारत संगको नाका पुर्बबत सामान्य अबस्थामा फर्कन्छ अनि फेरी उही कथा दोहोरिन्छ सबै कुरा चुप छाप-सामसुम
    ———————————————————-

    तर त्येस पछी के हुन्छ ?
    म ठोकुवा गरेर भन्छु
    फेरी पनि भारतले हाम्लाई नाकाबन्दी लगाउछ,
    हाम्लाई फेरी पनि आजकै जस्तो सार्हो गार्हो पार्छ,
    यो क्रम जारि रही रहन्छ
    अर्थात्
    उसको नाकाबन्दी त्यो दिन मात्र हट्छ जुन दिन उसको नाकाबन्दीले हाम्लाई केहि पनि लछारपाटो लाग्दैन,
    त्येसको निमित्त आत्म निर्भर हुनु वा बैकल्पिक उपायको जोहो गर्नु को अर्को दोश्रो बिकल्प छदैछैन, यस्ता खालको विकल्प नाकाबन्दी नलागेको समय मा नै शीतल दिमागले गर्नु बेस
    —————————————————————————-
    अन्तमा
    एउटा कुरो के बुझौ भने,
    संसार स्वार्थी छ,
    सबैले फाइदाको राजनीति / कुटनीति गर्छ,
    हामीलाई सार्हो गार्हो पर्दा उनलाई फाइदा हुदैन भने वा उसलाई घाटा लाग्छ भने कसैले पनि मरिमेटेर हाम्रो पक्ष्यमा लडी दिदैन / २-४ वटा प्रेस बिज्ञप्ति निकाल्छ बस त्यति हो /

    हिजो भारतले सिक्किम खादा कसले उसलाई कारबाही गर्यो ?
    हिजो श्रीलंकामा त्येत्रो नाङ्गो हस्तक्षेप गर्दा कसले के गर्यो ?
    सैनिक नै परिचलान गरेर पाकिस्तानबाट बंगलादेश टुक्राउदा खै के भो ?
    भारत मात्र किन अरु देशलाई पनि त्येही हो,
    चीन ले पनि पुर्बी एसिया मा दादागिरी गर्दो छ
    अमेरिकाको के कुरा गराई भो र
    रसियाले पनि उहिले नै आधा यूरोप खाएकै हो र क्रिमियाको कुरा सबैले बुझेकै हो

    एउटा कुरो मलाइ सधै उदेक लाग्छ, हाम्रा विद्वान कुटनितिग्य हरुले सधै भन्छन यो भारतको गतिबिधि अन्तरास्ट्रिय कानून बिपरित छ (र हो पनि) र उनलाई कारबाही हुन्छ / ब्युझ विद्वान मनुवाहरू हो
    देसै खादा त् कसैले केहि गरेन भने भूपरिबेसटित मुलुकको अधिकारमा आच आउने काम गरेकोले भारतलाई अरुले दण्डित गर्छ भनेर सोच्नु मुर्खता बाहेक केहि पनि होइन/
    त्येसैले
    आत्मनिर्भर भै वा बैकल्पिक उपाय को जोहो गरेर तिनको नाकाबन्दीले केहि पनि नलछार्ने हुनुको बिकल्प छदै छैन र त्यो लक्ष्य त्यति गार्हो पनि छैन /

    जदौ

    Reply
  9. Bindu says:
    October 2, 2015 at 1:08 pm

    “साना मुलुकको आन्तरिक मामिलामा हस्तछेप गर्न मिल्दैन, ठुला मुलुकले पेल्न हुँदैन” भलै चीनले नेपालको नाम नलियोस् तर ऐलेको यो संबेदनशील अबस्थामा यसले क्यै
    माने त राख्छ नै .

    ‘संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् ‘ — हिमाल खबरमा आजको न्युज .

    अब हेर्दै जाउ अन्तरास्ट्रीय स्तरबाट नै के कस्तो आबाज उठ्छ नेपालको हकमा .
    अस्ति भर्खर त्यस्तरी भूकम्पमा परि घाईते भएको देश नेपाल , अझै तंग्रिन सकिरहेको
    छैन , यस्तो स्थितिमा रहेको मुलुक माथि भारतले नाकाबन्दी गरि सास्ती दिनु ?
    भारतको यो कुनियत — ?
    कामना गरौ हाम्रा सबै नेताहरुमा प्रिथिबी नारायण शाह , बलभद्र कुँबर , भीमसेन थापा ,जंगबहादुर राणा , मरिचममान जस्ता रास्ट्र भक्त व्यक्तिहरुको भूत जागोस् !
    हाम्रा नेता असल भैदिए नेपाल देशमै छ सबथोक कायापलट गर्न सक्ने खुबी .
    ( हाम्रो कामना त सकारात्मक सोच मात्रै हो , यथार्तमा हाम्रा नेता गोटी बनिरहेका
    छन् ) नेपाली जनता र नेपाली मिडिया सचेत हुन जरुरि छ !

    Reply
  10. Shahil says:
    October 2, 2015 at 12:53 pm

    हामी सधै आफ्नो समस्या को भागिदार र दोषी अरु लाइ बनाउदै आएका छौ . हामी ले कुनै दिन पनि कुनै समस्या को पुर्व तयारि को बारेमा पनि सोचेका छौ त . नेपाल भुकम्प धरै जान सक्ने देश हो के हाम्रो पूर्वतयारी छ . छैन . नेपाल भुपरिबेस्टित रास्ट्र हो र हाम्रो देश अरु राष्ट्र बाट आउने मालसामान मा आश्रित छ के हाम्रो सरकार संग कुनै विपति आइपर्दा गर्नु पर्ने जोहो को बारेमा सोचेका छौ. छैन . हाम्रो मुलुक को २ तर्फ़ २ सक्तिसाली राष्ट्र छ जो संग हामी negotiation पनि गर्न सक्ने अवस्था मा छैनौ पूर्ण रुप मा समर्पित छौ . सरकार नालायक निक्कामा र दलाल प्रवृति को छ नेता हरु जाबो एउटा छात्रवृति मा बिकेका छन् हाम्रो रस्त्रिये नेता जसको रास्त्रियेता ले साईकल चडने भरको छ जो सदै आफ्नो भोट बचैना मा तल्लिन छन् र सस्तो लोक प्रियेता मा रमौछन . साएद यो सब को कारण हामी नेपाली कै कारण हो . आज हामि भारत ले नाका बन्दि गर्यो भनेर भारत लाइ सराप्दै छौ र आफ्नो फेसबुक को प्रोफाइल फोटो बदलेर बसेका छौ भारत लाइ गालि गर्ने किसिम मा पोस्ट हरु लेख्दैछौ तर के हामीले हाम्रा नेता संग जवाफ मग्येउ किन नाका बन्दि या विकल्प के भनेर . र भोलि को दिन मा येस्तै समस्या भयो भने mitigation plan के भनेर. समस्या हामि मा छ . ल भारत संग नझुक्न साइकल चढौला दौरा को चुलो मा भात पकाउल कति सम्भब कति दिन छ त . के भारत बाहेक कुनै बैकल्पिक उपाए छैन र . उर्जा मन्त्रालय संग के कस्ता योजना छन् त बुज्ने कोसिस गरेउ पक्कै गरेनौ . आज सम्म सरकारले हामि लाइ बजेट र योजना को नाम मा मिठो सपना बढेका छन् बुज्ने प्रयास गरेउ योजना कति आगाडी बढेका छन् . छैनौ . अनि के अरु लाइ दोष दिनु समस्या त हामि मै छन् . I think we need to change ourself first,

    Reply
    1. Nab Nepal says:
      October 2, 2015 at 1:23 pm

      हाहाहाहा
      मित्र हरु ! ठुलो कुरा र गफ गरेर के गर्नु हामीले ???
      १),भारत ले नाकाबन्दी गरेकै छ सही कुरा हो
      २) भारत ले मदिसे र थारु लाई यस्तरी ऊचाली दियो कि UN वा संसारका कुनै platform मा नेपाल ले नाकाबन्दी भारत ले गरेको छ भनेर प्रमाणित गर्नै सक्दैन ।
      ३) भारत ले नाकाबन्दी नै गरेको प्रमाणित भय पनि UN वा अरु कसै ले भारत लाई केही भन्न सक्दैनन । कसैलाई time र चासो छैन नेपाल को लागी लड़ने ।
      ४) यदी नेपाल लाई India ले खाय पनि रस्सियाँ ले crimiea खाय जस्तो हो । कोही लड़न आऊदैन ।।
      ५) ज़िन्दगी नै भारत को बिरुद्द गाली गरेर सकेका एमाले र माओवादी ले त सरकार मा हुदा त चिन बाट माल ल्यायर देस चलाऊने हुती रहेनछ भने अब सामाजिक संजाल मा भुकेर के गर्ने हो ।
      ५) हिम्मत छ भने ख़ासा , तिब्बत गयर नुन तेल ल्यायर आफ्नो घर चलाऊँ ।
      गौतम बुद्द र सगरमाथा को नाक भारत को पैतला ले कुल्चीसक्यो ।।
      ६) जती ऊफ्रे पनि भ्यागुता कान्ला मुनि नै रहेछ । नेपालको हबिगत त्यही हो ।।।
      ७) सकिन्छ भने India को बहिस्कार गरौ ?
      10 बर्ष लाई मिलाजुला सरकार चलाऔ ।
      बिरोध , जुलूस केही नगरौ ।
      चाईना बाट सामान ल्याऊदा जति महगों भय पनि सहेर १० बर्ष दुख गरौ ।
      India लाई ठिक पारौ ।।।
      ८) यो स्थिति का ज़िम्मेदार हरु माओवादी र संबिधान सभा !
      मदिसे र थारु
      जनजाती , अशोक राई , लिम्बुवान , कुकुर आंगकाजी
      यिनी हरु ले नेपाल को हजारौ बर्ष को शान लाई India को पैतला मुनि पुराये
      । यिनी हरु को सामाजिक बहिस्कार गरौ ।।।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme