Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तेल सकियो, भोलिदेखि निजीले नपाउने, विराटनगरका पत्रिका बन्द : असोज १३ का प्रमुख घटना

Posted on September 30, 2015October 2, 2015 by Salokya

२०७२ असोज १३, बुधबार

भारतको नाकाबन्दी जारी रहेको छ। नेपालगञ्ज नाकाबाट कुहिन लागेका वा कुहिएका तरकारी बोकेका ट्रकमात्र पठाइयो। अन्तर्राष्ट्रिय उडानहरुले भारतमा तेल भर्न थाले।

नाकाबन्दी सुरु भएको समयबारे कान्तिपुरमा देवेन्द्र भट्टराईको एउटा समाचार छापिएको छ। (सेप्टेम्बर २२) जारी अर्को एउटा विज्ञप्तिमा ‘विद्यमान असहजताले गर्दा हाम्रा मालवाहक कम्पनी तथा यातायातकर्मीले पनि नेपाल आवतजावतमा कठिनाइ भोग्नपुरेको र आफ्नो सुरक्षा चिन्ता प्रकट गरेको’ भन्दै विज्ञप्ति जारी गरेर ‘नाकाबन्दीको पूर्वसंकेत’ गरिएको थियो ।

‘सेप्टेम्बर २२ बाटै भारतबाट सामान ढुवानी हुने नेपालका मुख्य नाकाहरूमा भारतीय भन्सार र सीमावर्ती सुरक्षा निकायले अत्तो थाप्न थालेका थिए,’ भैरहवा भन्सारका एक अधिकृतले सुनाए, ‘दैनिक ५ सय ट्रक (कार्गो–लोडेड) यो नाकाबाट नेपाल छिर्ने गरेकोमा सेप्टेम्बर २२ मा सयवटा मात्रै ट्रकलाई जाँचपास गरेर निर्यात अनुमति दिइएको थियो ।’ त्यसपछिको रेकर्डमा सेप्टेम्बर २३ र २४ मा १५, २५ र २६ मा ५, २७ मा ४४ र २८ मा ६१ ट्रक नेपाल प्रवेश गर्न दिइएको थियो ।कोलकातास्थित महावाणिज्य दूतावास कार्यालयका अनुसार पूर्वी नाका काँकडभिट्टा (पानीट्यांकी) हुँदै नियमित रूपमा दैनिक १ सय ५० ट्रक नेपाल छिर्ने गरेकोमा सेप्टेम्बर २३ यता दैनिक १२/१५ को औसत अनुपातमा मात्रै ट्रकलाई सुरक्षाजाँच गरेर निर्यात अनुमति दिइएको छ । ‘काँकडभिट्टा नाकामा विरोध प्रदर्शन पनि छैन, यहाँ ढुवानीकर्ता व्यवसायी वा एजेन्टको असुरक्षा गुनासो पनि छैन,’ पानीट्यांकीस्थित एक व्यवसायीले भने, ‘तर, सुरक्षाजाँचका नाममा घण्टौं लगाएर रोकिन्छ वा अनेक बहानामा जाँचपास गरिन्न ।’

यसैगरी, विराटनगर नाकाबाट विगतमा दैनिक १ सय ७५ लोडेड–ट्रक नेपाल प्रवेश हुने गरेकोमा सेप्टेम्बर २० तारिक (संविधान जारी भएकै दिन) बाट १५/२० वटा ट्रक मात्रै पठाइन थालियो । अझ त्यहाँ नेपाली भूभागमा धर्ना जुलुस सुरु भएको बहानामा गत बुधबारबाट एउटै ट्रक पनि नेपाल छिर्न
दिइएको छैन ।

त्यस्तै भुटानलाई चीनले बस उपहार दिँदा गरिएको अघोषित नाकाबन्दी बारे उनकै लेख पनि कान्तिपुरमा छापिएको छ-

झन्डै दुई वर्षअघि ब्राजिलको रियो द जेनेरियोमा आयोजित एउटा अन्तर्राष्ट्रिय मञ्चमा चीन र भुटानका उच्च पदाधिकारीबीच भेटवार्ता भयो । त्यो भेटको उपलब्धि थियो— चीनले भुटानलाई अनुदानमा दिने २० वटा सटल–बस । तर चिनियाँ पक्षसँगको भेटवार्तापछि अनुदानमा लिने भनिएको बस थिम्पु आइनपुग्दै त्यसको ‘सिग्नल’ दिल्ली देखियो । तत्कालीन भुटानी प्रधानमन्त्री जिग्मे थिन्लेले चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग गरेको भेटवार्ता दिल्लीमा रहेका भारतीय प्रधानमन्त्री मनमोहन सिंह र विदेश मन्त्री सलमान खुर्सिदका लागि ‘ठूलो चिन्ता’को विषय बनिसकेको थियो । त्यसको नतिजास्वरूप ‘कसैले थाहै नपाई’ (अहिले नेपालमा जस्तै) भारतले भुटानलाई दिँदै आएको ग्यास र मट्टितेलको निर्यातमा २०१३ को जून अन्तिम साताबाट पुरै कटौती गरिसकेको थियो । कतिसम्म भने भारतका अन्य राज्यसरह भुटानले पाउँदै आएको पेट्रोलियम पदार्थमा कटौती भएको जानकारी औपचारिक रूपमा थिम्पुले कहिल्यै पाएन । लगत्तै २०१३ को जुलाई दोस्रो साता सम्पन्न संसदीय चुनावमा थिन्लेको फितलो जनमत अगाडि पिपुल्स डेमोक्रेटिक पार्टीले बहुमत ल्याएपछि पीडीपी नेता छिरिङ तोग्वे भुटानको प्रधानमन्त्री बने । उनै नयाँ प्रधानमन्त्री तोग्वेले भारतका विदेश मन्त्री खुर्सिदलाई फोन गरेर ‘हारगुहार गरेपछि’ मात्रै भुटानलाई दिइने ग्यास/मट्टितेलको कोटा निर्यात हुनथालेको थियो ।

-एमालेले संविधानका विषयमा भ्रमपूर्ण प्रचार र नेपालको आन्तरिक मामिलामा भारतबाट अनावश्यक चासो प्रकट भएको भन्दै त्यसको प्रतिवाद गर्न आफ्ना अगुवा कार्यकर्तालाई निर्देशन दियो।

-अनिश्चितकालीन बन्द हडतालका कारण पर्सा–बारा औद्योगिक करिडोरका करिब २ हजार उद्योगको उत्पादन बन्द भएको ४० दिन नाघ्यो।

– भारतीय राजदूत रणजीत रायले पत्रकार सम्मेलन गर्दै नेपालमा भारतविरोधी भावना बढेकोमा चिन्ता जनाए।

– नेपालले पनि जवाफ फर्काउन थाल्यो : भारतले कुहिएका र कम आवश्यकताका वस्तु मात्रै पठाएको विरोधमा मेची भन्सार कार्यालय काँकडभिट्टाले पनि जाँच पास रोकेको छ ।

-विराटनगरको पत्रिका बन्द : लामो समयको बन्द हड्तालका कारण कागज, इन्धन लगायतको अभाव भएपछि विराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूको प्रकाशन बन्द भएको छ । विराटनगरबाट प्रकाशित हुने उज्यालो पत्र, उदघोष, न्यु श्रृष्टी, जन विद्रोह र दर्शन दैनिक तथा नागरिक दैनिकको पुर्वेली संस्करणको प्रकाशन बन्द।

CQFCvlvUYAAyRIK

-हिन्दी च्यानल रोकेकोमा मोर्चाको आपत्ति : आन्दोलनरत मधेसी मोर्चाले हिन्दी च्यानल रोकेर सांस्कृतिक अतिक्रमण गरेको भन्दै तत्काल सुचारु गर्ने माग गरेको छ।
CQI9VBEUsAEyYWN

-सकियो तेल : भोलिदेखि सरकारले निजी सवारी साधनलाई यहाँसम्म कि स्कूललाई समेत तेल नदिने भएको छ। तेलै छैन कसरी दिने- गृह प्रवक्ताले सञ्चारकर्मीहरुलाई दिएको प्रतिक्रिया।

– प्रचण्डलाई तनाव : पुस्तक विमोचनमा गएर वीपी कोइरालाको आत्मकथा किनेका प्रचण्डले मैले बोले कुरा बिग्रन्छ, अहिले म बोल्दिनँ भने।

– जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगन्जमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा हटाएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme