Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय टिभी बन्द, सञ्चार मन्त्रालयले सोध्यो स्पष्टीकरण, बाबुरामको मञ्च जलाइयो : पढ्नुस् असोज १३ का प्रमुख घटना

Posted on September 29, 2015October 1, 2015 by Salokya

२०७२ असोज १२, मंगलबार

अघिल्लो दिन आपूर्ति मन्त्री सुनीलबहादुर थापा भारतीय विदेशमन्त्रीको निवासमै पुगेर सुषमा स्वराजलाई भेट्दा उनले भारतले नाकाबन्दी नगरेको तर सिमावर्ती क्षेत्रमा देखिएको धर्ना÷जुलुससहितको असुरक्षित अवस्थाका कारण ढुवानीमा संलग्न व्यवसायीले आफ्नो सुरक्षामा चिन्ता देखाएपछि स्वतस्फुर्त पारवहन रोकिन गएको बताइन्। भारतको नाकाबन्दीका कारण जनजीवन असहज बन्दै गइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरुले आजदेखि तेल नपाउने भए। पार्टी छाडेका बाबुराम भट्टराई पहिलो पटक मधेस छिरे। जनकपुरमा सम्बोधन पनि गरे, तर उनको उपस्थिति विवादमुक्त रहेन। पूर्वसहमति अनुसार संविधान नजलाएको भन्दै आक्रोशितहरुले उनको मञ्च नै जलाइदिए।

channel-closed
भारतीय टेलिभिजन बन्द
भारतीय टेलिभिजन च्यानलहरु आजदेखि बन्द भएका छन्। केबल टेलिभिजनहरुले सूचना राख्दै हिन्दी च्यानल बन्द गरे। नेपालको एक मात्र डिटिएच डिसहोमले पनि हिन्दी च्यानल बन्द गरेको सूचना राख्यो। भारतीय मिडियाको यसमा निकै चासो रह्यो। चीन र पाकिस्तानको षड्यन्त्रदेखि एउटा मात्र नाका बन्द गरेको जवाफमा यस्तो गरिएको समेत लेखिए।

हुँदाहुँदा साँझसम्म त ग्राहकहरुले हिन्दी च्यानल चाहियो भनेकै थिएनन्, सञ्चार मन्त्रालयले बढी जान्ने भएर २४ घण्टे स्पष्टीकरण माग्यो-
moic

तेलमा कोटा प्रणाली
सरकारले तीन दिनका लागि घोषणा गरेको कोटा प्रणाली अनुसार निजी पेट्रोल पम्पलाई डिजेल र संस्थागत पेट्रोल पम्पहरुलाई पेट्रोल सीमित रुपमा बाँड्ने क्रम जारी रह्यो। यी पम्पहरुमा पेट्रोल र डिजेल लिनका लागि लामो लाइन लागेको देखियो। भद्रकालीको पम्पमा लागेको लाइन बागदरबारसम्म पुगे्को थियो।

कैलालीमा आगजनी
निषेधित क्षेत्र हटाइएको र सेना परिचालन फिर्ता लिइएको ठाउँ कैलालीको मध्यवर्ती कोटा तुल्सीपुर गाविसको कार्यलयमा राति आगजनी भयो।

भारतीय नाकाबन्दीविरुद्ध दाङमा विद्यार्थीले प्रदर्शन गरे। एक बुलेट ग्यास भित्रिएको पनि न्युज बन्न थाल्यो। भारतले काँकडभिट्टा भन्सारबाट कुहिएका तरकारी र फलफूलमात्रै पठाएको समाचार आयो। भैरहवा नाकामा बन्द विरोधी र बन्द गर्नेबीच ढुंगा हानाहान भयो। नेपाली क्षेत्रमा प्रदर्शन गर्दा पक्राउ पर्ने भएपछि प्रदर्शनकारीहरु भारततर्फ र नोम्यान्स ल्यान्ड अर्थात् दसगजा क्षेत्रमा प्रदर्शन गर्न थाले।

अमेरिका र चीनको समर्थन
अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान जारी भएकोमा बधाई दिएको समाचार सार्वजनिक भयो। चीनका राष्ट्रपतिले पनि राष्ट्रसंघमा नेपाल र भारतको नाम नलिई ‘ठूला देशहरुले साना मुलुकहरुलाई बराबरी हिसाबले व्यवहार गर्नुपर्छ र सही धारणा र दिशाका साथ न्यायका लागि सहयोग गर्नुपर्छ न कि न्याय भन्दा अगाडि आफ्नो स्वार्थ’ भने। तर नाकाबन्दीको प्रभाव चीनमाथि पनि पर्‍यो। चीनको चाइना साउदर्न एयरले हवाई इन्धनको अभाव देखाउँदै १२ देखि २३ गतेसम्मको ग्वाङ्झाउ-काठमाडौं-ग्वाङ्झाउ उडान रद्द गर्‍यो।

गोविन्द केसीको अनसन फिर्ता
सँधै सरकारले कुनै न कुनै सहमति गरेपछि फिर्ता हुने गोविन्द केसीको यसपालिको अनसन सरकारले केही ध्यानै दिन नपाउँदा उनी आफैले स्थगित गरे। सातौँ अनसनमा उनी असोज २ गतेदेखि बसेका थिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme