Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय टिभीका नेपाली रिपोर्टरको हास्यास्पद रिपोर्टिङ – चीनी र पाकिस्तानी षड्यन्त्र रे नेपालमा

Posted on September 29, 2015 by Salokya

abp नेपाल भित्रिने सबै नाकामा कडिकडाउ गरेर अत्यावश्यक सामानसमेत ल्याउन नदिने तर नाकाबन्दी गरेको भनेर मुख फुटाएर भन्न पनि नसक्ने लाछी भारत सरकारको ल्यापडगे मिडियालाई नेपाली रिपोर्टरहरुले गरेको रिपोर्टिङ हेर्दा पनि दयनीय लाग्छ। नेपालमा भारतीय टिभी च्यानलहरुमा रोक लागेको छ भन्दैमा उनीहरुको रिपोर्टिङ नेपालीहरुले हेर्न सक्दैनन् भन्ठानेर कुन हदसम्म गिरेर उनीहरुले रिपोर्टिङ गरिरहेका छन्, हेर्न सकिन्छ।

यस्तै एउटा रिपोर्टिङ एबिपी न्युजका लागि वीरेन्द्र केएमले गरेका छन्। केही वर्षअघि ऋषि धमलाको केसमा सँगै जेल परेका तर सरकारले मुद्दा फिर्ता लिएपछि पुनः पत्रकारितामा आएका केएमले गरेको रिपोर्टिङको लिडलाइनै यस्तो छ-

नई दिल्ली: नेपाल मे चीनी और पाकिस्तानी षड्यन्त्र के तहत भारत विरोधी गतिविधियां तेज हो गई हैं. आज 10 बजे से नेपाल में सभी भारतीय टीवी चैनलों को बैन कर दिया गया है. सभी केबल कम्पनी ने संयुक्त रूप से निर्णय करते हुए भारतीय चैनल्स को केबल से हटा दिया है. इनकी जगह पर पाकिस्तानी चैनल और चीनी चैनल दिखाए जा रहा है.

समाचारमा भारतले गर्दै आएको नाकाबन्दी र त्यसको खराब असर नेपालमा कसरी परिरहेको छ भन्नेबारे एक शब्द उल्लेख छैन। बित्थामा चीन र पाकिस्तानलाई मुछिएको छ।

नेपाल में तेज हुआ भारत विरोध, केबल ऑपरेटरों ने भारतीय टीवी चैलनों को किया ऑफ एयर http://t.co/anMByswsTa pic.twitter.com/dfY0VugELk

— ABP न्यूज़ हिंदी (@abpnewshindi) September 29, 2015

पढ्नुस् पूरा यो नौटंकी समाचार

10 thoughts on “भारतीय टिभीका नेपाली रिपोर्टरको हास्यास्पद रिपोर्टिङ – चीनी र पाकिस्तानी षड्यन्त्र रे नेपालमा”

  1. Shankar says:
    October 2, 2015 at 4:12 pm

    मोराले संगत त् गतिलो पा रे छ नि त् |

    Reply
  2. narayan says:
    September 30, 2015 at 11:08 am

    यी पत्रकार नै होइनन पद्दु कार हुन् / येस्ताले आमा लाइ पनि बेच्छन/

    Reply
  3. sushil says:
    September 30, 2015 at 9:06 am

    अब हाम्रो मेडिया दुतावास धाउदै र पांचवटा खुट्टा भएको बाख्रो भन्दै रेपोर्टिंग गर्दै ठिक्क छ, अन्तरास्ट्रिय मन्चमा खोइ नेपालको आवाज पुर्याउन सकेको? अनि पेल्छन नि धोत्सहरुले

    Reply
  4. Santosh Lamichhane says:
    September 29, 2015 at 9:47 pm

    जगजाहेर दुइ पैसे भारतीय मेडियाको खैरो मात्रै खन्ने कि, अन्तराष्ट्रिय मेडियामा आफ्ना ब्लग, विचार, र प्रतिक्रिया उपचारिक रुपमा लेख्ने र राख्ने प्रयत्न पनि गर्ने ?

    Reply
  5. Gambhir says:
    September 29, 2015 at 7:17 pm

    कुमार बस्नेतले तामांग सेलोमा गाएको एउटा गीतको लाईनहरुको सम्झना आयो —

    कैले त् मधेस कैले त् लेक, उड़ीमा हिंड्ने हलेसो
    नेपालीले नेपालीकै खान्छ है मुटु कलेजो …

    Reply
  6. Shankar says:
    September 29, 2015 at 4:39 pm

    राजेन्द्र महतो जस्तै त् हुन् ति |

    Reply
  7. अन्नत कार्की says:
    September 29, 2015 at 3:55 pm

    विरेन्द्र केएम भन्ने व्यक्ति पहिले देखि नै विवादित व्यक्ति हो । सुनसरीका स्थानीय बासिन्दा केएमले सुनसरीमा मधेशी जनअधिकार फोरम र प्रहरीबीचको झडपमा मेरो क्यामारा पुलिसले खोसेर लग्यो भनेर पुलिसबाट क्षतिपूर्ति समेत लिएको थियो । पछि स्थानीय पत्रकारहरुले नै निज विरेन्द्र कैएम भन्ने व्यक्तिसंग क्यामारा नभएको र झुटो रिपोर्ट गरी क्षतिपूर्ति लिएको भन्ने जानकारी आएपछि निजले काठमान्डूमा क्यामारा किनेको विल र विल जारी गरेको पसलमा आएर बुझ्दा निजले क्यामारा नकिनेको र विल पनि नक्कली रहेको भेटिएको थियो । यस्ता पत्रकारका नाममा कलंक र पत्रकारिताको सामान्य ज्ञान हासिल नगरेको व्यक्तिलाई पत्रकारिता गर्ने अधिकार नै दिन हुन्न ।

    Reply
  8. bibek dhakal says:
    September 29, 2015 at 3:03 pm

    हाहा, भारतीय मिडिया का पत्रकार, तिनका प्रोग्राम हरु भन्दा त बरु ऋषि धमला र उनको ‘हमला’ नै धेरै स्तरिय लाग्छ….

    Reply
  9. लोर्के says:
    September 29, 2015 at 1:50 pm

    it seems difficult but can we also publish our news in indian media? I think its impossible now but if yes then why not try to publish in some newspaper and news channel.

    lorke

    Reply
  10. ramesh nirula says:
    September 29, 2015 at 12:38 pm

    यो रअ एजेन्ट हो. भारतिय दुताबास बाट तलब खान्छ. राजेन्द्र महतो को कार्य कर्ता पनि हो. इंडिया मा पढेर रअ को तालिम लॆयर आको हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme