उपराष्ट्रपतिलाई बेलाबेलामा हिरो बनिरहनुपर्छ। यी तिनै परमानन्द झा हुन् जसले सर्वोच्च अदालतको न्यायाधीश हुँदा ‘गैरकानूनी र त्रुटिपूर्ण’ निर्णय गर्दै ६ सय ६९ केजी चरेशका अभियुक्तलाई सफाई दिने फैसला गरेका थिए र न्यायपरिषदको कारवाही सिफारिशमा परेका थिए। सिफारिश के कार्यान्वयन हुनु र, पुरस्कार पाए उपराष्ट्रपति पदको।
ठूलो परिमाणमा चरेश क्यानडा पठाउन लाग्दा डीबी गुरुङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले रंगेहात पक्राउ गरेको थियो। पुनरावेदन अदालत पाटनले चरेशकाण्डका अभियुक्त गुरुङलाई थुनामा राख्न आदेश दिएको थियो। तर प्रहरीले रंगेहात समातेका व्यक्तिलाई तल्लो अदालतले थुनामा राखी कारवाही चलाउन आदेश दिए पनि झाको इजालसले सफाई दिएको थियो। पछि सो प्रकणबारे मिडियामा समाचार आएपछि न्याय परिषदले न्यायाधीश अनुपराज शर्माको अध्यक्षतामा रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मी रहेको छानबिन समिति समेत गठन गरेको थियो । समितिले उनलाई कारवाही गर्न सिफारिश गरेको थियो। तर तत्कालीन प्रधान न्यायाधीश दीलिपकुमार पौडेल र त्यसपछिका प्रधान न्यायाधीश केदारप्रसाद गिरीले कारवाहीको सिफारिश कार्यान्वयन गराउन दिएका थिएनन्।
९ साउन असार २०६३ मा झाको इजालसले अहिलेसम्मै नेपालको ठूलो चरेशकान्डका अभियुक्त दीलबहादुर गुरुङलाई सफाई दिने ‘गैरकानुनी र त्रुटिपूर्ण निर्णय गरेको’ भन्दै न्यायपरिषदले उनलाई स्थायी न्यायाधीश बनाउन अस्वीकार गरेको थियो। त्यसपछि पुनरावेदन अदालत बिराटनगरको मुख्य न्यायाधीशमा घटुवा भएका झाको इजलासलाई बिराटनगरका कानून व्यवसायीहरुले बहिष्कार गरेका थिए।
न्यायलयमा हुँदा गन्हाएका तिनै झालाई फोरमले उपराष्ट्रपतिको रुपमा अघि सारेको थियो। राजनीतिक समीकरणले झा उपराष्ट्रपति भएका थिए। तर पदमा बस्दा उनी फेरि विवादित भए। उनले लिएको हिन्दी भाषाको शपथलाई सर्वोच्च अदालतले गैरकानुनी भनेको थियो। तर त्यो शपथ बदर गरी कानुन अनुसार शपथ लिन भन्दा पनि नमानेपछि उनको पद नै स्थगन गर्ने फैसला भएको थियो। उनले अदालतलाई समेत अटेर गरेका थिए। बल्ल बल्ल नेपाली र मैथिलीमा शपथ लिएपछि उनको पद पुनः स्थापना भएको थियो।
अहिले नयाँ संविधान लागू भएपछि पद खुस्कने निश्चित भएपछि उनलाई एकाएक मधेसीहरुको माया लागेछ र त्यो पदमा हुनेले निकाल्नै नहुने राजनीतिक वक्तव्य निकालिदिए। यसको मूल कारण चैँ हिरो हुने उनको चाहना नै हो। त्यो पदमा रहेर राजनीतिक वक्तव्य दिने काम होइन भन्ने त उनलाई थाहा नभएको होइन। तर विवादमा आउन रुचाइरहने झालाई यसले केही फरक पार्दैन।
यस्तो थियो वक्तव्य-
यो बिहारी फटाह लाइ येसरी उप रास्ट्रपति बन्न दिनै न हुने |
कागले कहाँबाट “गोपी कृष्ण कहो” भन्छ त का-का-का नै त भन्छ |
यो मान्छे ठिक छैन है अरु के के बबाल मचाउञ्छ हेर्दै जाउँ| चरेश काण्डमा उनलाई अभियोग लगाइयो भनेर पुर्वाग्रह पालेर बसेको छ अरु के के मा रिस फेर्छ| आखिर चरेशानन्द ठहरियो| यस्तालाई माथि चडाउने को हुन्?
चोर लाइ चौतारी साधु लै सुलि भनेको येही हो , र एस्तो हुन्जेल नेपालले उन्नति गर्ने छैन /
परमानन्दको इतिहासले उनीप्रति बिश्वास गर्ने ठाउ दिएकै हो | अनि उनि उपराष्ट्रपति बहाल हुदै यो बक्तब्य कति उपयुक्त हो त्यसमा पनि केहि सन्देह भने छ नै | तर यो बक्तब्य आफैमा भने राम्रै छ र बहस गर्न लायक छ |
हाम्रा तराईबाशी, मधेशीमुलका सम्पूर्ण साथीहरू पहिला मानब हुन् अनि नेपाली हुन् र उनीहरूलाइ पहिला निशर्त सम्मान, बिश्वास र आत्मियता प्रदर्शन गरौँ | कुनै पनि कुरालाई गम्भीर रुपमा सुन्दै नसुन्ने, सोझै भारत परस्थ आदि इत्यादी भन्न नहुने कुरा गर्नु भन्दा पहिला संबेदनशील भएर विचार गरौँ | होला, कति कुरामा हामी सहमत हुन नसकिएला, C.K. Raut को होस् वा C.K. Lal को कुरा, आफ्नै परिवारमा पनि सबसंग सहमत भइन्छ नै भन्ने छैन |
सबभन्दा पहिला उहाहरूको बोल्न पाउने कुराको सम्मान गरौ र आफुले पहिला संयम अपनाउ अनि बल्ल अरुलाई औंला ठड्याउने हक राखौं | सिधै नकार्ने, निषेध गर्ने, खिल्ली उडाउने काम गर्दै नगरौं | अनि बोलेको विचार र कुराको आधारमा आफ्ना प्रतिक्रिया र तर्क राखौ, न कि कुन व्यक्ति र कुन पार्टीको, कुन ठाउको, कस्तो रंगको मान्छेले के भन्यो भन्ने आधारमा |
सन्तोषजी, म पनि त्यसै भन्थे| सदभाव राखौ, न्यायोचित मांग पुरा हुनपर्छ| हेपाहा नीति ठिक भएन| नेपाल हो यो, सानो देश, सबै मिलेर बसौ| भारतमा जस्तो दलित भएपछी जन्मनु पनि ब्यर्थै भएको जस्तो नहोस् | पांच पुस्ता अघि भारतबाट आएको छेत्री बाहुन र उनीहरुमा के फरक? सबै भारतीय नै थिए एक जमानामा| काशीमा मरण पाए स्वर्ग पुग्ने मनोकामना राख्ने| सामन्ती राणाहरुले आफुलाई श्री ३ घोषित गर्ने बित्तिकै राज्पुतानामा कुल पुजा गर्ने भए| बिहेवारी उतै चल्छ|
तर यसपालाको नाकाबन्दी र मुखाबंदी अलिक फरकको छ| थारुले बिहार शरणम होइनौ भनिसके| भारतको गोटी त्यही व्यक्तिहरु बने जसलाई हामीले नेपाली मनले नेपाली मनका सम्झेका थियो| आफु भित्रको मुद्दा, आफै भित्र सुल्झाउन पर्ने, हाम्रा नेताहरु पनि हतारिए, लतारिए अनि मधेसीहरुको हर्कतले यसपाला मुलुकलाई नै यति ठुलो चोट लगाए कि त्यो खाल्डो धेरै समय सम्म पुरिन बाँकी हुनेछ वा कैले नपुरिन पनि सक्छ|
It is really strange. Paramananda Jhan has been very controversial person as a public servant and as a Vice President.
While the case of DB Guring was so obvious and he was proved criminal beyond any reasonable doubt. Paramanand Jhan as a judge gave him clear chit because, this corrupt person receive big sum of money from DB Guring as bribe and that is the reaon he gave him verdict of no guilty.
To every body’s surprice why Nepal Government only looked at his wrong decision. The root cause was he amassed so much money in bribe, so he felt compelled to let the criminal go without punishment.
Parmanada’s corruption must have been investigated thoroughly and that would have been enough to disqualify from vice Presidnet candidate. Alright Terai’s gange leaders proposed this useless corrupt disloyal to Prsident and voted and he got the post. What should have stopped from investigating his all corruptions while he was Judge. Once he is proved guitly, it would have been easy to charge him or sack this criminal from VP position.
This sort of stupidity and disobeying to law and order and chaos is a typical character of Nepalese judicial and administrative mechanism.
Giving protection to criminal corrupts by parties is the biggest draw back of law and orderless, biggest hurdle for development and shameful governance in all sectors of politics and administration. People like Jhan when their vested interest whether works or not they are just trouble makers. Such mean will not have respect for anything except clinging to his looted seat (position)