Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको अर्को नाकाबन्दी : हिन्दी च्यानल बन्द

Posted on September 28, 2015 by Salokya

भारतले गरेको अघोषित नाकाबन्दीबाट आक्रोशित नेपालीहरुले घोषित रुपमा नाकाबन्दीको जवाफ हिन्दी च्यानलहरुलाई रोकेर गर्ने भएका छन्। विप्लव माओवादीले हिन्दी च्यानल बन्द गर्ने घोषणा गरेपछि उनीहरुकै दबाबलाई समेत आधार मानेर नेपाल भरका केबल अपरेटरहरुको सं‍स्थाले सोमबार बिहान १० बजेदेखि हिन्दी च्यानल बन्द गर्ने भएका छन्।

नेपाल केबल टिभी एसोसिएसनका अध्यक्ष सुशील पराजुलीका अनुसार सोमबारको बैठकले यस्तो निर्णय गर्नुअघि नै चितवनमा हिन्दी च्यानल बन्द भइसकेको थियो। त्यसैगरी पोखरा र महेन्द्रनगरका केबल अपरेटरहरुले पनि हिन्दी च्यानल ब्लक गरिसकेका थिए।

यसअघि नेपाली सीमामा प्रवेश गर्न भारतीय पत्रकारहरुलाई रोकिएको समाचार आएको थियो।

अब हिन्दी च्यानल र सिरियल त रोकिने भएका छन्। के पहिले जस्तै पाकिस्तानी सिरियलले बजार पिट्ला त? भन्न सकिन्न।

नाकाबन्दी लागेदेखि हलहरुमा नयाँ हिन्दी फिल्म पनि लागेको छैन।

11 thoughts on “नेपालको अर्को नाकाबन्दी : हिन्दी च्यानल बन्द”

  1. Prashant says:
    September 29, 2015 at 9:46 am

    Right now I have cell phone in my hand so I can type whatever I like. “Yes I can go back to Stone Age”. That’s my anger typing. But in reality how long we can sustain. Week ago NOC stated that we have oil stock for more than 2 months and yesterday circulation published about odd and even numbers. Today no ATF for foreign planes.
    One cannot buy cooking LPG gas anymore. Alternative energy source is electricity and that’s not going to happen 10 to 15 years down the road (only if we start building hydel-plants today).
    Let’s agree on one and only thing
    “चतुर negotiator” is what we need now.

    This stalemate requires a चतुर negotiator team AND they should start negotiating now.

    The situation like this happened several times in past and it will happen in future as well, no doubt. We Nepali should always think about not to get into such state.

    पशुपतिनाथले हामी सबैको कल्यान गरुन |

    Reply
  2. Santosh Lamichhane says:
    September 29, 2015 at 6:04 am

    आशा छ, जे हुन्छ राम्रै हुनेछ |

    Reply
  3. Bindu says:
    September 29, 2015 at 2:49 am

    गज्जबकै निर्णय गरेछन् ! अब कम्प्युटर पसलमा मज्जाले कम्प्युटर बिक्रि हुने भो —
    हुन त २-४ दिन गज्जब लाग्ने यस्ता झिना मसिना कुराहरुमा हामी बेला बखतमा
    राम्रै संग अल्झिने गरेका छौ –अनि मुख्य एजेन्डा पनि गज्जबैसंग ओझेलमा पर्ने गरेका
    छन् —यस्तो संबेदनशील अबस्थामा सबैले महशुस गर्नु पर्ने कुरा , ऐले मधेसबादी भनौदाहरुको संख्या करोड नाघी सक्यो रे ! ? अस्ति ४-५ बर्ष अघि सम्म मात्रै ३० – ४० लाखको हाराहारीमा पुगिसके भन्ने कुरा हुन्थ्यो , ऐले त सबा करोडरे !?भारतबाट नेपाल आउने भारतीयहरुलाई भिसा मार्फत मात्रै आउन दिनु पर्छ भन्ने आबाज अझै पनि ओझेलमै पारिएको छ !
    अझै पनि ढिलो भएको छ र ? हैन भने फेरि २-४ बर्ष भित्रैमा यिनको संख्याले २ करोड
    नाघ्ने छ –त्यो बेला चै के के बन्द गर्नी नि ???!!!

    Reply
  4. dor Prasad says:
    September 29, 2015 at 1:05 am

    आमा र बुहारी समूह ले चुलो नै बन्द गर्ने भए ! भारत सिमा नजिक भएका त भारत गएर हेर्लान — कति सृखला छुट्ने भो —

    एस बाहेक अति राम्रो भो ! नेपाली ले इन्डियन लै भाउ दिदा देसै कंगाल बनाउने भए !!!

    Reply
  5. bibek dhakal says:
    September 29, 2015 at 12:57 am

    मोदी को रिस सलमान खान लाइ पोखे जस्तो भो हाहा. भारत सरकार को बिरोध गर्ने हो, बरु प्रोपगंदा मचाउने भारतीय निउज च्यानल हरुलाई ऐले मात्र हैन सधैं को लागि बन्द गर्दे हुन्छ . एउटा कुरा के बुझ्नुपर्यो भने यो क्षणिक मात्र हो, दुइ महिना मा हेर्नुस ( यो समस्या पक्कै समाधान भैसक्ला) त्यो बन्द गराउन हिड्नेहरु नया हिन्दि फिल्म हेर्न हलतिर कुद्छन. कम न काज को टपरटुइया इन्डियन आइडल अनि खै के जाति डान्स प्रोग्राम मा नेपालि मुलको लाइ जिताउन मरिहत्ते गर्ने हरु, रेखा थापा लै छोडेर प्रियंका चोपडा को पेज लाइक गर्ने हरु, हाम्रो आफ्नै कलाकार लाइ छोडेर भारतीय कलाकारहरु लाइ आइडल मान्नेहरु नै धेरै भएको समाजमा हिन्दि च्यानल बर्सौं नहेरी बस्न सक्लान?

    Reply
  6. Saugat says:
    September 29, 2015 at 12:04 am

    ठिक गर्यो, हामीले पनि नाकाबन्दी गर्नु सक्ने ठाउँहरुमा गर्दै जानु पर्छ, हाम्रो मुख्य समस्या भनेको तेल हो नेपाल सरकारले छिटो समाधान खोज्नु paryo

    Reply
  7. Nepalibandhu Kirat says:
    September 28, 2015 at 11:35 pm

    प्रथमत हाम्रै नेताहरुलाई धिक्कार्नु पर्छ| ती नेताहरुको लामो फेहरिस्त नै बन्छ| अगुवामा सुर्यबहादुर, लोकेन्द्र बहादुर, गिरिजा बहादुर र शेर बहादुर पटके प्रधान मन्त्रि हरु नै पर्छन| अर्क्का मन्त्रि खानेमा पटकेहरुमा मुखले चै ठिक्क तर काम चै पिटिक्क एउटा सिन्का पनि नभाँचेका हुन् भेष बहादुर, प्रकाशचन्द्र लोहनी बहादुर, महत बहादुर भारत शरण, साहु मोहन अधिकारि, आदि हुन्| हाम्रा पावरमा भएका नेताहरुले हामीलाई भारतजीवि बनाए|
    एक क्षण भए पनि संझौ यी तथाकथित् योजनाविदहरुलाई जसको क्रियाकलापले उनीहरु आफै र परिवार मात्र फस्टाए तर देशले गति पाएन:
    रत्न शम्सेर राणा
    बद्रि पर्साद श्रेष्ठ
    मोहन मान सैंजु
    शर्मा
    पोखरेल
    मिश्र
    उपाध्याय
    राणा
    इत्यादि इत्यादि| I think you got the idea…
    छतमा काँच हालेर आफ्नो घरभित्र सुर्यको किरण छिर्ने बनाए तर जनताको घरमा बर्खाको पानी छिर्ने बनाईदिए|
    यसबेला फ़त्फ़ताएर के गर्नु हो?
    डा. हर्क गुरुंगले भनेको मानेको भए यस्तो दिन देख्न पर्ने थिएन| त्यही हो महेन्द्र र बिरेन्द्रको दुरदर्शीता? ज्ञाने बबुरोलाई दोष नदीम| उनी परे बेपारी| दुई आना जग्गा पनि आफ्नो नाउँमा नामसारी गरे| शास्त्रमा लेखिएको छ जुन देशको राजा बेपारी, त्यस देशका जनता स्वाहा..
    बाबुरामले भारतपन्थीहरुलाई सहयोग गरेर यो बेला नेपालका नेताहरुलाई आफ्ना छोरा छोरी र परिवारका लागि भारतका र अन्य देशका नेतालाई हात पसारेर थर्ड डिभिजनमा आउनेको लागि सीट मागे| माधव नेपाल, बामदेवले बुझ्नुपर्ने…

    Reply
    1. bibek dhakal says:
      September 29, 2015 at 12:59 am

      डा हर्क गुरुङ जस्तो नेपालको कुना काप्चा बुझेको मान्छेले भनेको कुरा सुनेको भए नेपाल को यो गति के हुन्थ्यो र . सहि हो

      Reply
    2. Shankar says:
      September 29, 2015 at 1:02 am

      किरात जी
      हर्के चै ठिक महेन्द्र लगायत बाकि २ दर्जन चै बेठिक बाहुन क्षेत्री भएकैले त् होलानी हैन ?

      Reply
  8. rabindra says:
    September 28, 2015 at 10:36 pm

    Stopping Channel is not the correct decisions… Nothing can be done so doing non sense things. Lets have dialogue with Madhesi Janta first to resolve internal issues and then have dialogue with India. If internal issues solved then even india will not able to anything coz till now they have reasons to explain why oil tankers travelling problem because current strike.

    Reply
  9. Jhuse says:
    September 28, 2015 at 8:59 pm

    भारतिय च्यानललाई मात्र बन्द गर्ने होईन नेपालका जतिपनी मिडिया छन जस्ले बलिउड ड्रामाको गुणगान गाउँछ्न तिनिहरुलाई पनि ब्लक गर्नुपर्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme