Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज साँझ फेसबुकमा नरेन्द्र मोदी लाइभ च्याट गर्दै, नेपालमा नाकाबन्दीबारे प्रश्न सोध्ने कि

Posted on September 27, 2015September 27, 2015 by Salokya

नेपाल भ्रमणमा आएर वाहवाही पाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले घृणाको पात्र बनेका छन्। केही दिनदेखि भारतले अन्तर्राष्ट्रिय कानुन र आफैले गरेको सन्धि उल्लङ्घन गर्दै नेपालमा अवरोध भएको बहानामा अवरोध नभएकै ठाउँमा समेत नाकाबन्दी गरिरहेको छ। पेट्रोलियम पदार्थ, औषधि लगायतका अत्यावश्यक वस्तुहरु आपूर्ति हुन सकिरहेको छैन। मोदी भने यो विषयमा बिल्कुल चुप छन्। यसै बीच आज उनी फेसबुकको हेडक्वार्टरमा जाँदै छन्। त्यहाँ उनीसित मार्क जुकरबर्गले लाइभ च्याट गर्दैछन्। आइतबार प्यासिफिक समय अनुसार बिहानको साढे नौ बजे हुने भनेपछि नेपालमा राति सवा १० बजेको समयमा। जुकरबर्गले फेसबुकको कमेन्टमा आएका प्रश्नहरु लिने भनेका छन्।

त्यसो त यो विषयमा मोदी बिल्कुल चुप रहेका कारण उनलाई प्रश्नै नसोधिन सक्छ। ३७ हजारभन्दा बढी प्रश्न अहिले नै भइसकेको अवस्थामा सबै प्रश्न सोध्नु संभव पनि छैन। तर क्यान्डी क्रस रिक्वेस्टबारे केही गरिदिनुस् न भन्ने प्रश्नमा सबैभन्दा धेरै लाइक भएर समाचार समेत बनिसकेको पनि सत्य हो।

नेपाल बारे प्रश्नहरु धेरैभन्दा धेरै सोधिए भारतीय वा अन्तर्राष्ट्रिय मिडियाका लागि त्यो समाचारयोग्य विषय पो बन्न सक्छ कि। सोध्ने हो त त्यसो भए मोदीलाई प्रश्न ? यो लिङ्कमा क्लिक गर्नुस्

I'm excited to announce that Prime Minister Narendra Modi of India will be visiting Facebook HQ later this month for a…

Posted by Mark Zuckerberg on Saturday, September 12, 2015

5 thoughts on “आज साँझ फेसबुकमा नरेन्द्र मोदी लाइभ च्याट गर्दै, नेपालमा नाकाबन्दीबारे प्रश्न सोध्ने कि”

  1. ujjwal bastola says:
    September 27, 2015 at 10:28 am

    India isnt a friend it is a real theif.
    They take enormous advantage from developing country
    like us and Bhutan Bangladesh. Their friendship is just a
    name.. Being so called a South Asian Leader nation they
    only try to piss other small and developing nation. Their
    aids and help is just for showing and we dont need them
    too. Hate their and dirty politics of Modi. Modi is just
    double talkative person. So please India stop interfering
    on our own thing. This constitution is for us nt for modi
    and his diplomatic team. Firstly of all solve your own
    problem of Gorkhaland Gujrats Patel Problem; Kashmirs
    problem and thousands of beggars problem in your own
    nation then only look on others INDIAN GOVERNMENT. Ok
    do de Economic Blockade we will live ok on whatever we
    have . U dont know our unity and love for our Nation.
    Though we have no sufficixticated resources we are poor
    we dont like any other interfere on us coz we arent ruled
    by anybody till today and we wont let do this like British
    Captured India and treat like Slave..coz we are GURKHA..
    Be Notified MODIS Child..
    JAI NEPAL
    # Thisisourconstitution
    # Back_off_india
    #LoveNepal

    Reply
  2. prkach says:
    September 27, 2015 at 5:28 am

    मैले सोधें|

    Reply
    1. Shankar says:
      September 27, 2015 at 11:40 pm

      मैले बुझे !

      Reply
  3. Surya says:
    September 27, 2015 at 3:32 am

    प्रश्न सोधेर केहि हुने होइन. पहिलो कुरा त उनलाई नेपालबारे प्रश्नै नसोधिन सक्छ. हजारौं लाइक पाएको प्रश्न पर्यो भने सोधियेला तर त्यसको खासै कुनै गतिलो जवाफ भने औन्दैना. “नेपालकै आफ्नो समस्याले यस्तो भएको हो. हाम्रो सबै भन्दा नजिकको छिमेकीको समस्यामा हामी अत्यन्त दुखि छौं. नेपाल सरकारले असन्तुष्ट सबैसंग बार्ता गरी हल निकाल्ला भन्ने आशा गर्छु”. यत्ति हो भन्ने.

    Reply
  4. Shankar says:
    September 27, 2015 at 3:13 am

    मोदी पनि फाटाह नै रहेछ , किनभने सोनिया गान्धी लाइ इटालियन नागरिक ( अंगिकृत इन्डियन ) भएकै आधार मा इन्डियाको प्रधानमन्त्री दिनु हुन्न भनेर खुलेआम भनेको छ |

    नेपाल मा चै अंगिकृत नागरिकता लिएको इन्डियन लाइ रास्ट्रपति , प्रधान मन्त्रि सब दिन पर्छ भन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme