Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाबुराम : सडक फराकिलो बनाउनु भो, छाति पनि फराकिलो गर्नुपर्‍यो कमरेड !

Posted on September 27, 2015 by mysansar

-सत्यप्रकाश नेपाली-

10984994_1011532418870616_7699533192160603565_n बाबुराम भट्टराईले किन राजिनामा दिए? आफुलाई लागेका कारणहरु

१. सेनाको वहालवाला कर्नेल कुमार लामालाई माओवादी द्वन्दकालमा अत्याचार गरिएको भनेर एम्नेस्टीमा मन्दिरा शर्माले उजुरी हालेर क. लामालाई बेलायतमा परिवार भेट्न जाँदा बेलायती सरकारले पक्राउ गरेर थुनामा राखेका छन्। सयौ व्यक्तिहरु उबेला नेपाली सेना, प्रहरी, प्रशासन र सरकारमा रहेका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अत्याचार गर्नमा सलग्न भएको जानकारी हुँदा हुँदै पनि खालि क. कुमार लामालाई मात्र टार्गेट बनाईयो। कति त् युरोप अमेरिका मै बसाई सरेका छन्। के खालि नेपालमा माओवादी द्वन्दकालमा अत्याचार गर्ने उनी मात्र थिए? अलिक दिनको देखावटी र आफ्नै स्वार्थ मात्र हेरेर आवाज उठाउनु बाहेक नेपालमा यो प्रश्न लगातार उठाउने कोहि भएनन् किनभने उनीहरु आफुलाई वा आफ्ना नेतालाई पनि त्यही मुद्दामा पक्राउ पर्न सक्ने सम्भावना देखेका थिए र छन्। तर बेलायतवासी केहि आदिवासी जनजातिले बेलायतका पहुँचवालासंग यो मुद्दा यसरी राखे:

किन आदिवासी जनजातिका एकजनालाई मात्र टार्गेट? अरु पनि छन्। विदेश भ्रमण ताका उनीहरुलाई पनि सोधपुछ वा सके पक्राउ गरिनपर्छ।

क. लामालाई टार्गेट बनाइएको एउटा कारण सेनामा उनको बढुवा हुने निश्चित भएको बेलामा सेनाकै उनका दुई समकक्षीले त्यो भाग आफै खाउँ भनेर मन्दिरा शर्मालाई सुचना दिएका हुन् भन्ने पनि सुन्नमा आवको छ जुन अनुसन्धान हुनपर्छ।

अहिले लास्ट नेम लामाको सट्टामा अरु भएको भए के यो हुनसक्थ्यो वा उनी बिदेशमा पक्राउ पर्न सक्थे? हाम्रा नेपाली मेडियाले यो खुलेनन्।

जे होस्, कर्नेल लामाको पक्राउ पछि बाबुराम होस् वा प्रचण्ड वा बैद्य, चीन र भारत बाहेक युरोप अमेरिका जाने हिम्मत गरेका छैन। बाबुरामको निधारमा माओवादी ट्याग छदैंछ। प्रधान मन्त्रि वा परराष्ट्र भए मात्र यु एन मा जान सक्नेछन।

बाबुरामले यो ट्याग हटाउन र युरोप अस्ट्रेलिया अमेरिका जान सक्ने बाटो खुलाउन माओवादी बाट राजीनामा दिएका हुन्सक्छ।

२. संबिधान आउन र आएपछि किन हो प्रचण्डको लोकप्रियता ह्वात्तै बढ्यो भन्ने सुन्नमा आएको छ। हो होइन पछि थाहा लाग्नेछ। उनी पनि हावादार भएको नेपाली जनताले चिनेकै हुन्। त्यसको ठिक विपरीत् बाबुरामको हालत भयो। मधेसको जायज मांग समर्थन गर्नु एउटा कुरो तर भारतको ठाडो हस्तक्षेप हुँदा पनि उनी चुप रहे। अब बोलेर मतलब पनि छैन। यस्तो छ पुर्ब प्रधान मन्त्रीको रबैया। उनले राजिनामासंगै पुर्ब प्रधान मन्त्रीको हैसियतमा पाउने सहुलियत सुबिधा केहि पनि लिनेछैन भनेर घोषणा गर्न सक्नु पर्छ।
त्यही डरले पनि प्रचन्डलाई टक्कर दिन राजिनामा दिएका हुन् वा फेरी पनि कसैको गोटी बनेको हुनसक्छ।

३. प्रभुको आज्ञा शिरोपर गर्न पनि हुनसक्छ। त्यो पनि आगामी दिनहरुले खुल्नेछन। कुनै पनि गतिला नेताहरुलाई प्रचण्ड संग मिलेर काम गर्न गाह्रो देखिएको छ। प्रचण्डले के साइकल चडौला भनेका थिए बाबुरामलाई त्यसको काउन्टर दिने अरु जोडदार अस्त्र केहि नभएर हुन् सक्छ?

अन्य,

काठमान्डौका सडक उनले फराकिला बनाए यसमा उनको योगदानको कदर गर्ने पर्छ तर छाती पनि फराकिला हुनपर्‍यो कमरेड।

इन्द्रजात्रामा बजेट काटे तर तुरन्त दवाबमा फेरि जोडे। लोकतन्त्रमा मद्पानको लागि सांकेतिक रुपमा बाहेक खर्च गर्न बाहेक अरु सरकारी ढुकुटीबाट रकम नदिन पर्ने हो तर बाबुराम लच्किए। लोकतन्त्रमा अरु जातिका पर्बलाई पनि उसो भए समान रुपमा दिनपर्यो।
बाबुराम बेस्सरी थेच्चिए।

कृष्णप्रसाद भट्टराईलाई घुस नखाने र सन्त के के उपाधि दिईए। तर उनी आफुले नखाए पनि आफ्ना आसेपासेलाई आँखा चिम्लेर टन्न खान दिन्थे। गिरिजा र सुर्य बहादुरको पनि चाला यस्तै थियो। बाबुरामले सोझै खाएनन होला तर एउतै छतमा बस्ने हिसिलालाई धेरैले औंला ठड्याए र विवादस्पद पनि बने।

बाबुराम पनि गिरिजा, गणेशमान, सूर्यवहादुर आदिको जस्तो परिवारकै राजनीति गर्ने हो कि दुई व्यक्ति अलग अलग धारका हुन् सक्ने हुन् त्यो आउँदा दिनहरुले देखाउनेछन्।

नेपालीको यो सोचनीय घडीमा चौबिस घन्टामा देश टुक्रन सक्ने द्रष्टा बाबुरामले राजिनामा दिए पनि संबिधानमा के के थप घट गर्न पर्ने हो त्यो बुझिने तरिकाले प्रष्ट पार्दिनु भए उनलाई धन्यवाद दिने थिएँ। नत्र भने चौबिस घन्टे नोटिसले नर्भस बनाउन खोजिएको हो वा आत्माबल बढाउला र घटाउला, वा उनको प्रेडिक्सन साँचो होला नहोला त्यो पनि नेपाली जनताले चांडै थाहा पाउनेछन।

[माइसंसारको गर्नु गर्‍यौ बाबुराम पार्टी छाडेर… ब्लगमा आएको कमेन्ट]

3 thoughts on “बाबुराम : सडक फराकिलो बनाउनु भो, छाति पनि फराकिलो गर्नुपर्‍यो कमरेड !”

  1. dg says:
    September 29, 2015 at 6:56 am

    बाबुराम खतम भो , परिवार लिएर इंडिया पस्ने भो..
    तर फेरी पनि प्रधान मन्त्रि बन्न सक्छ इंडिया को आशिर्बाद लिएर ,
    नेपाल का जनता को विश्वास हुदैन … यिनी हरु फेरी पनि बाबुराम गद्दार को पछि लग्न सक्छ,,.
    चेतना भया
    ……

    Reply
  2. Kiran says:
    September 27, 2015 at 6:14 am

    *** New Force or Mad Max Baburam ***

    “The power comes from the barrel of the Gun”, Mao Zedong. After the Maoist party handover the Gun, we saw it is no more significant political power in Nepal. Moreover the bankrupt Communist ideology is no more relevan in 21st century. Baburam Bhattarai is intelligent enough to know all these facts. He used the Maoist ideology to get rid of feudal system (Monarchy).

    He was soliciting for the need of a new political force even before the new Contitution was promulgated. Once the new constitution was promulgated, he perceived no relevancy of the Maoist party in Nepal. I believe, he will form a new political party similar to Aap party of New Delhi. How much he will be successful, we have to see. If not he will become Mad Max of Nepal.

    Reply
  3. Shankar says:
    September 27, 2015 at 3:07 am

    यो सब समस्या को जड खुला सिमाना हो | ४५ साल मा भारत ले किन नाकाबन्दी गर्यो ? यो त् राजाको निरंकुसताको परिणाम भनेर अरु पार्टी ( कांग्रेस, एमाले आदि ) पानि माथिको ओभानो बने | राजा फालिए |

    आज यी पार्टी लाइ भारत एक्लो बनाउदै छ | बाबुराम फ़ाइदालिन अगि बढेको छ |
    एस्तो बेलामा सबै दल एक्यबद्दता जनाउनु पर्ने हो |

    खुला सिमाना बाट भारतीय ओइरिने र समाबेसी बन्ने भन्दै समेट्दै जादा नेपाल रहन्छ नेपालीको परिभाषा , कल्चर सब चेन्ज हुन्छ |

    Reply

Leave a Reply to dg Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme