२०७२ असोज ९ गते, शनिबार
भण्डारण गर्ने क्षमताभन्दा चार गुणा कम भण्डारण गरेको हुनाले नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थको मौज्दात सकिएको छ। जति बाँकी छ त्यो अब सुरक्षा निकाय वा अत्यावश्कीय सेवामा संलग्नलाई दिनै पर्यो। त्यसैले पेट्रोल पम्पहरु अब केही दिन बन्द नै हुने भए। यही संकटलाई ध्यानमा राख्दै गृह मन्त्रालयले आज एउटा सूचना निकालेको छ। त्यसमा भोलि आइतबारदेखि सडकमा जोरबिजोर प्रणाली लागू हुने भनिएको छ। अर्थात् तपाईँको गाडीको नम्बर प्लेटको सबैभन्दा अन्तिम अङ्क जोर छ भने जोर गतेमा चलाउन पाइयो, बिजोर छ भने बिजोर गते। यसअघि सार्क शिखर सम्मेलनताका यस्तो प्रणाली अपनाइएको थियो।
औषधि पनि आएन
पेट्रोलियम पदार्थ मात्र हैन, अत्यावश्यकीय वस्तुको पनि अभाव भइसकेको छ। औषधिसमेत ४२ दिनदेखि आपूर्ति हुन नसकेको र भूकम्पमा समेत नभएको अभाव अहिले भारतको नाकाबन्दी र मधेस बन्दका कारण भएको औषधि व्यवसायीहरुले बताएका छन्।
बाबुरामले पार्टी छाडे, पार्टी अचम्ममा
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी छाडेको घोषणा गरे। पार्टीको साधारण सदस्य पनि नरहने गरी छाडेको र सांसद पद पनि त्यागेको घोषणा गर्दा पार्टीसमेत आश्चर्यचकित भएको विज्ञप्ति आयो-
सबै दल बालुवाटारमा, संकटमा एक हुने उद्घोष
भारतले लगाएको नाकाबन्दीपछि सिर्जित राष्ट्रिय संकटमा एकतावद्ध भएर जाने राम्रो उद्घोष आज दलहरुले गरे। प्रधानमन्त्री सुशील कोइरालाले डाकेको संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठकमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले नाकाबन्दी गरेको भन्दै कुटनीतिक तवरबाट यसको समाधान खोज्नुपर्ने कुरा उठेको थियो। सरकारले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी पनि गरेको छ। प्रधानमन्त्रीले ढिलै भए पनि आज गरेको अर्को राम्रो काम भनेको टीकापुर गएर त्यहाँको स्थिति बुझ्नु थियो।
राष्ट्रपतिको भेट राष्ट्रपतिले आज प्रचण्ड र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेट। प्रचण्डलाई तराईको समस्यालाई लिएर वार्ता गर्न आग्रह गरे भने ठाकुरलाई जातीय हिंसा भड्किन सक्छ, सचेत हुनुस् भने।
पाकिस्तानको साथ भारतको ज्यादतिका कारण नेपाललाई मर्का परेको भन्दै सोसल मिडियामा पाकिस्तानीहरुले नेपालीहरुप्रति ऐक्यवद्धता जनाउँदै पाकिस्तानमा #PakStandswithNepal ह्यासट्यागलाई ट्रेन्डिङ बनाए।
#pakstandswithnepal Tweets
यसरी धेरै चल्दैन/ नेपालको सरकारले २० बर्ष सम्म भारत मात्रै पेट्रोलियम पद्रार्थ किन्नु पर्ने सन्धि गरेकोछ/ तर त्यो प्रावधान नेपालको सरकारको पूर्ण स्वामित्व रहेको आईल निगमलाई मात्रै बाध्यात्मक हुन् सक्छ; नेपालको नागरिक र निजि ब्यबसाईलाइ यो सन्धि लागु हुँदैन/ त् किन सरकारले नागरिकले तथा निजि ब्याबसाईलाइ चीन बात पेट्रोलयम किन्न नदिने? भारतले पहिला नाकाबन्दी गर्दा चीनले नेपालको सिमाना सम्मै पाइप लाइन बात पेट्रोलयम प्रदार्थ उपलब्ध गराउने प्रस्ताव राखेको थियो/ तेतिबेला नै नेपालले मानेको भय भारतले “तेल लेउ तराइ देउ” भन्न सक्दैनथ्यो/
There may be shortage of fuel and gas in Nepal but there is no shortage of absurd ideas among Nepali people. During 1989 India blockade, I have collected few from Gorkhapatra – editorial letter. Here are some:
1. Nepal should dig a tunnel to reach Bangladesh.
2. Even a bicycle is to carry two people.
3. Use Kathmnadu garbage to produce fuel, literally, burn the plastics.
4. Even NTV had a show where a housewife in Kathamandu is cooking family meal in firewoods and making comments that the meal is more tasty when it is cooked in firewoods than in gas or kerosine.
There were also no shortages of (stupid) ideas like importing fuel and other necessary items of China, air lifting fuel supplies (they did have few airlifts through RNAC jet for Marshyandi hydro power, which is against international aviation rules). This bahun chhetri dominated power structure is finally taking Nepal to the ruins. Baburam is knew this and he simply left the sinking boat.
Nepalese politician should have thought alternatives for all essential goods and services and althernatives routes for basic needs for Nepal.
Our politicians should have realised long before their a bullying neighbour will never like to see you prosper and being strong.
They always got played in the hands of Indian Governments and criminals of Terain in Nepal.
How long can you have your own existence and can make any changes towards development of a country if you surrender everything to a cruel, manipulator and full of jelosy agenda neighbour.
I am sure the International avenues should be available if the politicians are determined and can stand infront of Indian Government bullying tactics.
Build more roads in nothern boundary like southen boundary so that we have access both ways.
It is not good to cry for petrol and diesel in front of India. We can bring these products more easily and cheap from China. Chinese government will give these very easily. We should not bring any thing from India from now.