Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गर्नु गर्‍यौ बाबुराम पार्टी छाडेर…

Posted on September 26, 2015September 26, 2015 by Salokya

2015-09-027 अन्ततः बाबुराम भट्टराईले शनिबारको साइत खोजेर आफूले पार्टी छाडेको घोषणा गरेका छन्। उनले पार्टीको साधारण सदस्यतासमेत परित्याग गरेको र सांसद पनि नरहने बताएका छन्। गोरखाबाट चुनाव जितेका बाबुरामले पार्टी छाड्ने संकेत त पहिले नै गरेका थिए। उनी शीर्ष नेताहरुको बैठकमा पनि जाँदैन थिए। सं‌विधान पारित हुँदा र जारी हुँदा पनि ताली बजाएका थिएनन्। संविधानको स्वागत सभामा पनि सहभागी भएनन्। तर अहिले नै पार्टी छाडिहाल्लान् जस्तो चैँ धेरैले सोचेका थिएनन्। अन्ततः पार्टीको सिसिएम बैठक अघि पार्टी छाडेको घोषणा गरिदिए उनले।

2015-05-24-42Dhading Shramdan_Jeth 10 (2)
२४ घण्टाभित्र देश टुक्रन सक्ने भन्दै ट्विट गरेर सर्वाधिक आलोचना कमाएका बाबुरामले अन्ततः देश हैन पार्टी चैँ टुक्राए। पार्टी नै अहिले नै टुक्रेको पनि भन्न मिलेन। उनले आफू मात्रै अलग भएको घोषणा गरेका छन्। तर अन्ततः उनको लक्ष्य ‘नयाँ शक्ति’ जन्माउने भन्ने नै हो। फेसबुक र ट्विटरमा २४ घण्टे ट्विटअघि उनी लोकप्रिय पनि थिए। उनी पनि लोकप्रिय हुनैका लागि जे पनि बोलिदिन्थे।

भारतको सहयोगमा झलनाथ खनाललाई हटाएर प्रधानमन्त्री बनेका बाबुराम भट्टराईकै पालामा संविधानसभा भ‌ंग भयो। एउटा रोचक पक्ष के पनि रह्यो भने त्यतिबेला बाबुराम भट्टराईको पालामा जो जो मधेसवादी दलका नेता मन्त्री बनेका थिए, उनीहरु नै अहिले सडकमा सं‌विधानको विरोधमा छन्। एउटा बाबुरामको कमी थियो, पार्टी छाडेर उनले त्यसलाई पनि पूरा गरे। तपाईँलाई चासो लागेको भए हेर्नुस् त्यतिबेलाको मन्त्रिमण्डलमा को को मन्त्री थिए र अहिले उनीहरु के गर्दैछन् आफै बुझ्नुस्-

प्रधानमन्त्री
1 डा. बाबुराम भट्टराई प्रधानमन्त्री

उपप्रधानमन्त्री
2 श्री विजयकुमार गच्छदार गृह र रक्षा
3 श्री नारायणकाजी श्रेष्ठ परराष्ट्र

मन्त्री
4 श्री जयप्रकाश प्रसाद गुप्ता सूचना तथा सञ्चार
5 श्री हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण
6 श्री पोष्टबहादुर बोगटी ऊर्जा
7 श्री टोपबहादुर रायमाझी स्थानीय विकास
8 श्री राजेन्द्र महतो स्वास्थ्य तथा जनसङ्ख्या
9 श्री वर्षमान पुन अर्थ
10 श्री दीनानाथ शर्मा शिक्षा
11 श्री महेन्द्रप्रसाद यादव सिंचाई
12 श्री लोकेन्द्र विष्ट मगर पर्यटन तथा नागरिक उड्डयन
13 श्री गोपाल किराँती सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
14 श्री लेखराज भट्ट वाणिज्य तथा आपूर्ति
15 श्री भीमप्रसाद गौतम भूमिसुधार तथा व्य.
16 श्री रामकुमार यादव सामान्य प्रशासन
17 श्री अनिलकुमार झा उद्योग
18 श्री वृजेशकुमार गुप्ता कानुन तथा न्याय
19 श्री हेमराज तातेड वातावरण
20 श्री नन्दन कुमार दत्त कृषि तथा सहकारी
21 श्री कमला रोका युवा तथा खेलकुद
22 श्री राजलाल यादव कार्यभार पछि तोकिने
23 श्री मुहम्मद वकिल मुसलमान वन तथा भू-संरक्षण
24 श्री दानबहादुर कुर्मी चौधरी महिला, बालबालिका तथा समाजकल्याण
25 श्री सरिता गिरी श्रम तथा यातायात व्यवस्था
26 श्री कल्पना धमला विज्ञान तथा प्रविधि
27 श्री सत्य पहाडी शान्ति तथा पुनर्निर्माण
राज्य मन्त्री
28 श्री खोभारी राय उद्योग
29 श्री रामबच्चन अहिर(यादव) रक्षा
30 श्री सरोजकुमार यादव स्वास्थ्य तथा जनसङ्ख्या
31 श्री दिलीप महर्जन पर्यटन तथा नागरिक उड्डयन
32 श्री विष्णुप्रसादचौधरी वाणिज्य तथा आपूर्ति
33 श्री सूर्यमान दोङ ऊर्जा
34 श्री लीला भण्डारी शिक्षा
35 श्री गोपी आछामी युवा तथा खेलकुद
36 श्री घनश्याम यादव स्थानीय विकास
37 श्री ज्वाला साह भूमिसुधार तथा व्य.
38 श्री सुषमा शर्मा सङ्घीय मामिला, संविसंसदीय व्यवस्था तथा संस्कृति
39 श्री हरिराजलिम्वु अर्थ
40 श्री सुनिताकुमारी महतो सामान्य प्रशासन
41 श्री भीमराज चौधरी राजबंशी गृह
42 श्री लक्ष्मण महतो वन तथा भू–संरक्षण
43 श्री दुर्गादेवी महतो (धानुक) वातावरण
44 श्रीमती काशी देवी झा कानुन तथा न्याय
45 श्री ईश्वर दयाल मिश्र भौतिक योजना तथा निर्माण
46 श्री अरविन्द साह महिला, बालबालिका तथा समाज कल्याण
47 श्री रमणीराम सिँचाई
48 श्री सुरीताकुमारी साह सूचना तथा सञ्चार
49 श्री ओमप्रकाश यादव कृषि तथा सहकारी

16 thoughts on “गर्नु गर्‍यौ बाबुराम पार्टी छाडेर…”

  1. Dil Bahadur says:
    September 29, 2015 at 4:19 pm

    भगौडा बाबुराम ।।। देश यस्तो संकटमा तथा संक्रमणकालको घडी मा छ, बाबुराम (पूर्व प्रधानमन्त्रि) भने पार्टी परित्याग गर्ने, सभासद त्याग्ने । हिम्मत छ भने नेपाल देशको नागरिकता पनि त्यागोस् न । किन बस्ने नेपालमा ? छोरीले बिदेशमा ग्रीनकार्ड हो की पी. आर. पाई सकिन होली । वा कुनै देश (भारत) ले नागरिकता पनि दिन्छु आईज भन्यो ? सभासद को रुपमा पाएको सबै सुविधा त्यागोस न । सक्छ भने ८ वर्ष देखि सभासदको रुपमा पाएको सबै सुविधा तथा तलव फिर्ता गरेर देखाओस । टिकापुरमा भएको नरसंहार मैलेनै उक्साएको अझ उक्साउछु भन्ने ? देशको जनतालाई उचाल्ने थेचार्ने काममा पी.एच.डी. गरेका हुन कि यिनले । संविधान घोषणा हुंदा टेबुल ठोकेर स्वागत गर्ने, हस्ताक्षर गर्ने । अहिले त्यहि संविधान जलाउंछु भन्ने ? के हो यो ? भारतको र को एजेन्ट भनेर पहिले देखिनै सुनिदै आएको थियो । अहिले आएर अन्य एजेन्टहरु उपेन्द्र यादव, राजेन्द्र महतो, ह्देश त्रिपाठी, महन्त ठाकुर जस्ता दुई देशका नागरिकता प्राप्त संग हातेमालो गर्न लागि परेको छ । धिक्कार छ तिम्रो जन्मलाई …..

    Reply
  2. Pingback: बाबुराम : सडक फराकिलो बनाउनु भो, छाति पनि फराकिलो गर्नुपर्‍यो कमरेड ! « Mysansar
  3. ruchi says:
    September 27, 2015 at 12:08 am

    i hope all politicians keep on chickening out like he did. nepal needs real leader. it is just one domino out of ten. i am eager to see all ten falls apart so that nepal will win.

    Reply
  4. Surya says:
    September 26, 2015 at 11:23 pm

    सक्किगो नि. मित्र राष्ट्रको substitute खेलाडी जस्तो देखियो गाँठे.

    Reply
  5. Hari Prasad Lamichhane-साउदी says:
    September 26, 2015 at 10:50 pm

    हामि नेपाली स्वाभिमान भएको भनेर गफ गर्न पछि पर्दैनौ तर संकटको समय मा नेपाल लाइ नेपाली ले नै घात गरेकोले नेपालले हार्नु परेको इतिहास साक्षी छ , प्रख्यात नालापानिको लडाइमा पानि मात्र खाएर लड्ने बहादुर गोर्खालीहरुको पानीको मुहान अंग्रेज लाइ देखाउने कुनै कपुत नेपाली नै थियो भनेर हामीले सामाजिक शिक्षामा पढेका थियेउ |
    यस्ता पात्रहरु समय समयमा देख्न पाहिन्छ , आज भोलि पनि त्यस्ता पात्रहरु देखिने गरेका छन् |
    कतिपय नेपालीहरुलाई अझै लाग्छ बाबुरामले मलमुत्र हैन पन्चामृत त्याग्ने गर्छ,समस्या बाबुरामको हैन येस्ता नेपालीहरुले गर्दा हो , ये बाबुरामको मलमुत्रलाइ पन्चामृत ठान्ने हरु हो अब त निद्रा बाट बिउझ |

    Reply
  6. MADAN BAJRACHARYA says:
    September 26, 2015 at 9:39 pm

    प्रकृतिले तराइ जस्तो सानो भूभागमा भारत जस्तो बिशाल देसमा भन्दा बढी पिउने शिचाई गर्ने र जल बिद्युत निकाल्न सकिने भण्डार दिय/नेपालको कोशी गण्डकी महाकाली आदि नदीहरु कब्जा गर्दा पनि भारतले आफ्नो अरव नाघी सकेको जनसंख्याको पानीको आबस्यक्ता मुस्किलले मात्रै पूर्ति गर्न सकेको छ/ अबको १० बर्षमा ३ अरव जनसंख्या पुग्ने भारतलाई तेसैले नेपालको तराइ चाहिन्छ/

    सन् १९४७कै जस्तो अबस्था भयको भय भारतले जसरि सेना प्रयोग गरेर कास्मिर कब्जा गरेको थियो तेसरिनै नेपालको तराइ कब्जा गर्थ्यो/ सर्दार बल्लभ भाइ पटेलले त् कास्मिर कब्जा गरे जस्तै नेपाल कब्जा गर्न नेहरूलाई सुझायको पनि थियो/ तर सेना संयुक्त रास्ट्र संघ र आफु भन्दा शक्तिशाली मुलुक चिन सिट नेपालको सम्भंद्को कारणले नेपालको तराइलाइ अर्को कास्मिर बनाउने आँट सकेन/ तर तराइ निल्ने लोभ पनि त्याग्न सकेन/

    त उसले सिक्किम कब्जा गर्न प्रयोग गरेको फर्मुला प्रयोग गर्न नेपालको दलहरु भित्र सके जत्तिको लेंग्दुपेहरु घुसायो/ तर सिक्किममा जस्तै नेपालमा रास्ट्र भक्त नागरिकहरुको रास्ट्र भक्त नेताहरुको कमि नभयकोले तेस्ता लेंग्दुपेहरु क्रमश कोहि दस गजा बाहिर त् कोहि पार्टी बाहिर हुँदैछन्/

    नेपाल टुक्राउन भारतले सिक्किममा प्रयोग गरेको श्रीलंकामा प्रयोग गरेको सबै फर्मुला बेकार भय पछि भारतले आफ्नै देस टुक्रा गर्न प्रयोग गरेको (हिन्दु बस्ने भूमिलाई हिन्दुस्तान मुस्लिम बस्ने भूमिलाई पाकिस्तान) फर्मुला प्रयोग गरेर तराइलाइ मध्यदेस बनाउन खोजेको देखिन्छ/ तर भारतले यो बुझ्नु जरुरि छ कि नेपाल उसको भारत र भारतमा गाभिने सिक्किम जस्तो मुलुक होइन/

    Reply
  7. Ram C says:
    September 26, 2015 at 9:35 pm

    पक्कै पनि बाबुराम ले नेपाल को बिकासमा ठुलो योगदान दिएका छन् तर अहिले देस दुख मा हुदा उनले पार्टी परित्याग गर्दा भारत लाइ नै ठुलो फाइदा हुन्छ र उनि भारत परस्त नेता हुन् भन्ने कुरा को बलियो आधार तयार भएको छ .
    राज नेता ले देशलाई अप्ठ्यरो परेको मा साथ दिन्छन . पार्टी अथवा परिवार मा जति समस्या भए पनि सुझ बुझ का साथ निर्णय लिन्छन . बाबुराम नेपाली जनताले सोचेका जस्ता नेता रहेनन् .

    Reply
  8. Satya Prakash Nepali says:
    September 26, 2015 at 8:55 pm

    बाबुराम भट्टराईले किन राजिनामा दिए? आफुलाई लागेका कारणहरु

    १. सेनाको वहालवाला कर्नेल कुमार लामालाई माओवादी द्वन्दकालमा अत्याचार गरिएको भनेर एम्नेस्टीमा मन्दिरा शर्माले उजुरी हालेर क. लामालाई बेलायतमा परिवार भेट्न जाँदा बेलायती सरकारले पक्राउ गरेर थुनामा राखेका छन्| सयौ व्यक्तिहरु उबेला नेपाली सेना, प्रहरी, प्रशासन र सरकारमा रहेका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अत्याचार गर्नमा सलग्न भएको जानकारी हुँदा हुँदै पनि खालि क. कुमार लामालाई मात्र टार्गेट बनाईयो| कति त् युरोप अमेरिका मै बसाई सरेका छन्| के खालि नेपालमा माओवादी द्वन्दकालमा अत्याचार गर्ने उनी मात्र थिए? अलिक दिनको देखावटी र आफ्नै स्वार्थ मात्र हेरेर आवाज उठाउनु बाहेक नेपालमा यो प्रश्न लगातार उठाउने कोहि भएनन् किनभने उनीहरु आफुलाई वा आफ्ना नेतालाई पनि त्यही मुद्दामा पक्राउ पर्न सक्ने सम्भावना देखेका थिए र छन्| तर बेलायतवासी केहि आदिवासी जनजातिले बेलायतका पहुँचवालासंग यो मुद्दा यसरि राखे:
    किन आदिवासी जनजातिका एकजनालाई मात्र टार्गेट? अरु पनि छन्| विदेश भ्रमण ताका उनीहरुलाई पनि सोधपुछ वा सके पक्राउ गरिनपर्छ|
    क. लामालाई टार्गेट बनाइएको एउटा कारण सेनामा उनको बढुवा हुने निश्चित भएको बेलामा सेनाकै उनका दुई समकक्षीले त्यो भाग आफै खाउँ भनेर मन्दिरा शर्मालाई सुचना दिएका हुन् भन्ने पनि सुन्नमा आवको छ जुन अनुसन्धान हुनपर्छ|
    अहिले लास्ट नेम लामाको सट्टामा अरु भएको भए के यो हुनसक्थ्यो वा उनी बिदेशमा पक्राउ पर्न सक्थे? हाम्रा नेपाली मेडियाले यो खुलेनन्|
    जे होस्, कर्नेल लामाको पक्राउ पछि बाबुराम होस् वा प्रचण्ड वा बैद्य, चीन र भारत बाहेक युरोप अमेरिका जाने हिम्मत गरेका छैन| बाबुरामको निधारमा माओवादी ट्याग छदैंछ| प्रधान मन्त्रि वा परराष्ट्र भए मात्र यु एन मा जान सक्नेछन|
    बाबुरामले यो ट्याग हटाउन र युरोप अस्ट्रेलिया अमेरिका जान सक्ने बाटो खुलाउन माओवादी बाट राजीनामा दिएका हुन्सक्छ|

    २. संबिधान आउन र आएपछि किन हो प्रचण्डको लोकप्रियता ह्वात्तै बढ्यो भन्ने सुन्नमा आएको छ| हो होइन पछि थाहा लाग्नेछ| उनी पनि हावादार भएको नेपाली जनताले चिनेकै हुन्| त्यसको ठिक विपरीत् बाबुरामको हालत भयो| मधेसको जायज मांग समर्थन गर्नु एउटा कुरो तर भारतको ठाडो हस्तक्षेप हुँदा पनि उनी चुप रहे| अब बोलेर मतलब पनि छैन| यस्तो छ पुर्ब प्रधान मन्त्रीको रबैया| उनले राजिनामासंगै पुर्ब प्रधान मन्त्रीको हैसियतमा पाउने सहुलियत सुबिधा केहि पनि लिनेछैन भनेर घोषणा गर्न सक्नु पर्छ|
    त्यही डरले पनि प्रचन्डलाई टक्कर दिन राजिनामा दिएका हुन् वा फेरी पनि कसैको गोटी बनेको हुनसक्छ|

    ३. प्रभुको आज्ञा शिरोपर गर्न पनि हुनसक्छ| त्यो पनि आगामी दिनहरुले खुल्नेछन| कुनै पनि गतिला नेताहरुलाई प्रचण्ड संग मिलेर काम गर्न गाह्रो देखिएको छ| प्रचण्डले के साइकल चडौला भनेका थिए बाबुरामलाई त्यसको काउन्टर दिने अरु जोडदार अस्त्र केहि नभएर हुन् सक्छ?

    अन्य,
    काठमान्डौका सडक उनले फराकिला बनाए यसमा उनको योगदानको कदर गर्ने पर्छ तर छाती पनि फराकिला हुनपर्यो कमरेड|
    इन्द्रजात्रामा बजेट काटे तर तुरन्त दवाबमा फेरी जोडे| लोकतन्त्रमा मद्पानको लागि सांकेतिक रुपमा बाहेक खर्च गर्न बाहेक अरु सरकारी ढुकुटीबाट रकम नदिन पर्ने हो तर बाबुराम लच्किए| लोकतन्त्रमा अरु जातिका पर्बलाई पनि उसो भए समान रुपमा दिनपर्यो|
    बाबुराम बेस्सरी थेच्चिए|
    कृष्णप्रसाद भट्टराईलाई घुस नखाने र सन्त के के उपाधि दिईए| तर उनी आफुले नखाए पनि आफ्ना आसेपासेलाई आँखा चिम्लेर टन्न खान दिन्थे| गिरिजा र सुर्य बहादुरको पनि चाला यस्तै थियो| बाबुरामले सोझै खाएनन होला तर एउतै छतमा बस्ने हिसिलालाई धेरैले औंला ठड्याए र विवादस्पद पनि बने|
    बाबुराम पनि गिरिजा, गणेशमान, सूर्यवहादुर आदिको जस्तो परिवारकै राजनीति गर्ने हो कि दुई व्यक्ति अलग अलग धारका हुन् सक्ने हुन् त्यो आउँदा दिनहरुले देखाउनेछन्|

    नेपालीको यो सोचनीय घडीमा चौबिस घन्टामा देश टुक्रन सक्ने द्रष्टा बाबुरामले राजिनामा दिए पनि संबिधानमा के के थप घट गर्न पर्ने हो त्यो बुझिने तरिकाले प्रष्ट पार्दिनु भए उनलाई धन्यवाद दिने थिए| नत्र भने चौबिस घन्टे नोटिसले नर्भस बनाउन खोजिएको हो वा आत्माबल बढाउला र घटाउला, वा उनको प्रेडिक्सन साँचो होला नहोला त्यो पनि नेपाली जनताले चांडै थाहा पाउनेछन|

    Reply
  9. aarayan says:
    September 26, 2015 at 8:51 pm

    आखिर raw को न देखिने agent hun हाम्रा dr. sahib. आखिरी मालिक लै खुसि पर्ने काम त कुकुर ले गर नै पर छ . जति गरे नि कुकुर आखिर कुकुर नै हो .यस लै पनि जनता ले खुलामंच मा …… पर्नु पर chhha. . हामी बिर हो र बिर मार छ झुक्दैन

    Reply
  10. Prem Nepali says:
    September 26, 2015 at 7:51 pm

    What a great timing Dr. Bhattarai has chosen! What could be South Blolck’s big answer to Mr. Prachanda than this one to his ‘…we’d rather ride on the bicycle if there was an Indian blockade…’ statement.

    But my reading of current events says, much more bigger is yet to come from other parties too, mainly from the CPN(UML) and NC. India will leave no stone unturned to bring about strong divisions in these parties too sooner than later through pro-Indian leaders in these parties and will try to form a strong allegiance against the nationalist forces.

    Reply
  11. Kamal Sharma says:
    September 26, 2015 at 7:16 pm

    At last, he comes to on reality. Now it is crystal clear about his loyalty is not for his nation but for India. This is the time nation is asking for unity and dedications from each NEPALESE but he opt to turn his way. An ambitious and selfish evil left his party and went to join those groups who are working for benefit of India. It’s good, really good, at least we are not in confusion anymore.

    Reply
  12. rajaram shrestha says:
    September 26, 2015 at 7:14 pm

    सँधै नुन, तेलको लागि सुन दियर झुक्नु नेपालको लागि हितकर छैन . खुल्ला सिमानाले गर्दा नेपाल र नेपालीको परिभाषा नै बदलिन थाल्यो . यो बेला पनि नेपालीले नसोच्ने हो भने कहिले सोच्ने ?

    Reply
  13. Dor Prasad says:
    September 26, 2015 at 6:38 pm

    “हुन्छ उजलो एउटा धुम्रकेतु झरे पनि
    बन्छ देश एक कुपुत बसाइ सरे पनि ”

    बाबु राम मदेस तिर होइन दिल्ली सरे राम्रो –
    तर पार्टी भित्र पद को बार्गेनिंग गरे जस्तो छ …

    Reply
  14. eklavya says:
    September 26, 2015 at 6:32 pm

    भारतीय स्कुलर्शिपको देन हो बाबुराम ऋणी थिए चुकाउनमा अलि चुक हुन पुगे चाणक्यको देशको खातापिता नेपाली हुन् केहि गुण त देखिने पर्यो …

    Reply
  15. कस्तुरी says:
    September 26, 2015 at 6:13 pm

    गर्नु गर्यौ बाबुराम राती उठेर, सौताको रिसले पोइको काखमा मुतेर, जुटाउनुको सट्टा आफै फुटेर, बिस्तारबादको अगाडि लमतन्न सुतेर !

    Reply
  16. Shankar says:
    September 26, 2015 at 5:42 pm

    धन्न यो जैसी बाहुन को देशभक्ति !!
    देश ले रगत मागे , बाबुराम ले राजिनामा दिए |
    – कुनै बिद्द्वान को उक्ति

    देश लाइ जात जातिको को नाउमा टुक्राएर यो अबस्थामा लेराउने पनि यहि , हाल आएर २४ घण्टा भित्र देश टुक्रिन सक्ने भन्ने पनि यहि |
    कति हद सम्म को धुर्त भने आफुलाई खरानी चाहिन्छ भने आफ्नै पितृ को घर जलाएर भएपनि चाहिने | यो तुच्छ को नाउमा कति सब्द खर्चिने ?

    अब गाँठी कुरा राखौ | भारत ले नेपाल को प्राकृतिक सम्पदा , नदीनाला र अस्मिता नै हरण गर्न बेला बेलामा निक्रिस्ट पारा बाट दुख दिएको यो पहिलो पटक हैन | तेसैले यो दुख मा अब नेपालि ले एक भएर बाच्ने अभ्यास गर्नु पर्छ | यी बाबुरामे हरुनै हो भासन गर्दा १९५० को सन्धिको कुरा गर्थ्यो तर पी यम हुँदा पनि कहिले त्यो कुरा उठाएँन बरु एयरपोर्ट को सुरक्ष्या इन्डियालाई दिने सम्म भन्न पुग्यो |
    बरु प्रचण्डले नाकाबन्दी लगाए साइकल चढ्छु भन्यो | त्यो हो लाइन |
    यो कालो मन बोकेर सिमा पारीबाट आएको धोतीको माग पुरा गरेर सकिन्न |
    अब बिकल्प खोज्ने हो | चीन ले आजको को छापाको खबर अनुसार सबै सहयोग गर्छु पनि भनेको छ | श्रीलंका मा धोतीले धेरै दुख दियो , तामिल उठायो , देश टुक्राउन खोज्यो , आखिर श्रीलंका को सेनालाई चिनिया सेनाको सहयोग आए पछि धोति भाग्यो |
    तर चीन मात्र सबथोक हैन , हामि पनि केहि हो | तेत्रो अंग्रेज सग लड्ने , तिब्बत (चीन लाइ नै हराउने ) नेपालि पनि हामि नै हो , हाल त् हामीलाई उपेंद्रे यादब ले समेत गोर्खा भनेर खिल्ली उडायो| खास मा पुरानो त्यो हिम्मत , शक्ति नेपालि मा न भएको हैन , आफु , आफु फुटेर , लड़ायेकोले कम्जोर भएको अबस्था हो |

    सधै नुन ,तेल को लागि सुन दिएर झुक्नु नेपाल को लागि हितकर छैन | खुला सिमाना ले गर्दा नेपाल ,र नेपालीको परिभाषा नै बदलिन थालि सक्यो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme