Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतलेे पेट्रोल ठप्प पारेर गर्‍यो साँच्चिकै नाकाबन्दी, राजदूतसित सोधियो स्पष्टीकरण

Posted on September 26, 2015September 26, 2015 by Salokya

२०७२ असोज ८ गते, शुक्रबार

होइन होइन भन्दै नाकाबन्दी गर्ने, हामीहरुको कारण होइन तिमीहरुकै कारण भन्ने फटाहा रणनीति लिँदै भारतले आजदेखि पेट्रोलियम पदार्थ ठप्पै पारेर साँच्चिकै नाकाबन्दी सुरु गरेको छ। काठमाडौँका कतिपय पेट्रोल पम्पमा पेट्रोल र डिजल छैन लेख्न थालिएको छ। भएको ठाउँमा लामो लाइन लाग्न थालेको छ। इन्डियन आयल निगमले यसरी निहुँ खोज्न थालेपछि नेपाल आयल निगमले राजनीतिक समस्या भएकोले के गर्ने भनेर सोच्नै सकेको छैन। उनीहरुले केही गर्नै नसकेको बताएका छन्। त्यसमाथि ट्याङ्कर चालकहरुलाई भारतीय प्रहरीले कुटपिट गरेकोसमेत खबर आयो। निगमले केही दिन सार्वजनिक यातायात चढ्न समेत अपील गरेको छ।

भारतीय राजदूतसित स्पष्टीकरण भारतीय पक्षबाट नेपालमा आउन लागेका गाडीमाथि अवरोध गरिएको, दश गजाको नो म्यान्स ल्यान्डमा भारतीय सीमाबाट मान्छे आएर प्रदर्शन गरिएको, त्यस्ता प्रदर्शनकारीलाई भारतबाटै खाजाको व्यवस्था गरिएको जस्ता विभिन्न प्रश्नमा भारतीय राजदूत रणजीत रायलाई परराष्ट्र मन्त्रालय बोलाएर कावा परराष्ट्र मन्त्री खगराज अधिकारीले स्पष्टीकरण सोधेका छन्। भारतीय राजदूतसित यसरी स्पष्टीकरण सोधिएको धेरै वर्षपछिको यो पहिलो घटना हो। राजदूतले भने भारतीय विदेश मन्त्रालयमा राखिएको जवाफकै लााइनमा जवाफ फर्काएको भनिएको छ। मन्त्रालयको वेबसाइटको मिडिया ब्रिफिङमा भनिएको छ –

“We have seen reports of obstructions at various entry-exit points at the India-Nepal border. The reported obstructions are due to unrest, protests and demonstrations on the Nepalese side, by sections of their population. As was already said on 21 September 2015, our freight forwarders and transporters had voiced complaints about the difficulties they are facing in movement within Nepal and their security fears, due to the prevailing unrest.

We would reiterate that issues facing Nepal are political in nature. Nepalese leadership needs to address the causes underlying the present state of confrontation credibly and effectively. Issues of differences should be resolved and institutionalized with broad-based ownership and acceptance.We do hope the situation will ease at the earliest.”

यसले भारत होइन होइन भन्दै नाकाबन्दी गरेर ठोक्ने रणनीतिमा रहेको देखिएको छ।

कहाँ कति गाडी रोकिए भन्ने बारे कान्तिपुरले राम्रो ग्राफिक्स बनाएको छ। विस्तृतमा यता
25092015054449Truck-600x0

नेताका प्रतिक्रिया एकाएक राष्ट्रवादी बन्न पुगेका नेताहरुको चर्का प्रतिक्रिया आउने क्रम आज पनि जारी रह्यो। भारतले राजनीतिक समाधान हुनुपर्‍यो भनिरहेका बेला एमाले अध्यक्ष केपी ओलीले भने, ‘कसैकसैले राजनीतिक समाधान हुनुपर्छ भनिरहेका छन्। राजनीतिक समाधान भइसकेको छ। संविधान जारी हुनु नै राजनीतिक समाधान हो।‘ झलनाथ खनालले भारतले नेपालको पारवहन अधिकार हनन् गरेर नाकाबन्दी गरेको आरोप लगाए। पारवहन अधिकार भारतको कृपाको विषय नभएको उनको तर्क थियो। कांग्रेस नेता तथा अर्थमन्त्री रामशरण महतले आर्थिक नाकाबन्दी गरेर भारतले संविधान बदल्न खोजेको आरोप लगाए।

मोर्चामा चीन विवाद मधेसी मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाएको विषयमा बबाल त भएकै थियो, यसको प्रतिक्रियामा निकालिएको वक्तव्यमा चीनको नाम उल्लेख भएको भन्दै भारत पक्षकहाँ कुरा लगाएपछि झन् विवाद चर्किएको रोचक खबर नागरिकमा आयो। यही लफडाका कारण २४ घण्टामा तीन वटा विज्ञप्ति जारी गर्नुपरेछ।

राजेन्द्र महतो राजधानीमा काठमाडौँ पाइलै नटेक्ने भन्दै आएका राजेन्द्र महतो सौर्य एयरलाइन्सको जहाजबाट शुक्रबार राति काठमाडौँ पुगेर यतै गोप्य वार्ता गर्ने गाइँगुइँ सुनियो। तर महतोले भने वीरगञ्ज जानलाई आएको भनेर प्रतिक्रिया दिइरहेका छन्। आन्दोलनमा सबभन्दा चर्को कुरा गर्ने, आफ्नो पार्टीका सभासद्हरुलाई राजीनामा दिन लगाउने यिनै महतो थिए।

14 thoughts on “भारतलेे पेट्रोल ठप्प पारेर गर्‍यो साँच्चिकै नाकाबन्दी, राजदूतसित सोधियो स्पष्टीकरण”

  1. TR Sharma says:
    September 27, 2015 at 3:14 am

    भाइ फुटे गँवार लुटे भन्ने उखान जहान बाट आयो आज उसैले नेपाली जनता माथि लूट मच्चाउन सुरु गर्यो. हामी अधिकार खोज्छौं तर अधिकार केको लागि थाहा पाउन्दैनौं. हरेक जातजाति र हरेक क्षेत्रका जनतालाई शिक्षा र अवसर प्रदान गर्ने हो भने हाम्रा सबै अधिकार पाउने अवस्था मा हामीनै बझियों. भारतीयले फुटाए, हामी आफै फ़ुट्यौ अझ चेतेका छैनौं बाहुन क्षेत्री, नेवार र मगर पहाडे र मधिसे मा विभाजित भयौ र माथिको उखान चरितार्थ आफैले गर्यौ. अब पनि चेतेनौ भने परिस्थितिले जटिल मोड लिनसक्छ. अब नफ़ुटौ . बाबुराम ले जस्तो आगोमा घिउ न थपौं .

    Reply
  2. shyam says:
    September 26, 2015 at 9:54 pm

    हामीलाई कसैले हेपेको हैन आफै हेपिने भएका हौ. हामी आफू आफूमै मिल्न सकेको छैनौ अनि अरुलाई के को मतलब.

    Reply
  3. gaurilalbohra says:
    September 26, 2015 at 9:54 pm

    म भारत बाट हाल पंजाब छू र हामि नेपाली लाई सबले हेला गछॅ र हामा नपालि नेताजी हेपेकोहो

    Reply
  4. john gauchan says:
    September 26, 2015 at 12:18 pm

    यो अरु केहि पनि होइन भारतले नेपाल प्रति सद्दाम हुसेनले झैँ निरंग्कुश शासन लाद्न खोजेको हो र नेपाललाई एउटा उप्नेवेशिका बनाउन खोजेको हो , दार्जिलिङ्ग सिक्किम देहरादून नागालैंड झैँ एउटा प्रान्त बनाउन मधेसका स्वार्थि देसिहरुलाई चारो हाल्दै छ,, यो हामि सार्वभौम नेपालीलाई कतै सहन हुने छैन , यो हैकम वादको बीरुध्ध अन्तर्राष्ट्रिय पक्षलाई गुहार्नु पर्छ , जसरि सद्दामको पतन भयो त्यसरी नै यस्ता कुतत्वलाइ निस्तेस पार्नु पर्छ !!!

    Reply
  5. ekraj says:
    September 26, 2015 at 11:35 am

    This is the result of bully neighbour, who does not have any respect and always wanted to maitian its position of interference on sovereing rights.
    This issue is definitely escalated as result of Indian supporter, disloyal and aninationalist corrupt politician from Terain. These are just bunch of thugs without any creidibility. What else these are worth of except for violent activities.
    Mahato and his mobs are not worth of any ministerial position in Nepal. If you are dead against for nattional integrity what the hell you worth of Mahato.
    This guy deserves exile.

    Reply
  6. MADAN BAJRACHARYA says:
    September 26, 2015 at 10:57 am

    भारत सिट मात्रै २० बर्ष सम्म पेट्रोलियम प्रदार्थ किनिने सम्झौता नेपालको सरकारको निमित मात्रै बाध्यात्मक हुन्छ नागरिकको निमित त्यो सम्झौता बाध्यात्मक हुँदैन/ त् भारतले पेट्रोलियम आपूर्तिमा नाकाबंधी गरेकै बेला नेपालको सरकारले नागरिकहरुले बा निजि ब्यापारीहरुले चीन लगायत तेस्रो मुलुक बात पेट्रोलियम प्रदार्थ किन्न पाउने निर्णय तुरन्तै गर्नु पर्छ/ यसो गरेमा नेपाल लाइ यस्तो नाकाबन्दी गरेर नेपालको नागरिकहरुको बहुमतको निर्णय समेत लत्यार भारतको हुमुम मनाउने भारतको कुनियत सफल नहुने संदेश जान्छ/
    तराइ मधेसीबादी नामको भारत बादीले काठमान्डू नाकाबन्दी गर्छु भनेको थियो गरेको लगतै भारतले नाकाबन्दी गर्नु बात पनि मधेसीको माग मधेसीको होइन भारतकै भयको देखिन्छ/ यक करोड भारतीय नेपालमा आप्रवाश गरे र ती मध्य आधाले नेपालको नागरिकता लियको भनेर “मधेसी भन्नाउन्दाहरु भारतीय भारतले नै सकारी सक्यो/ आज भारतले नागरिकहरुको बहुमतको निर्णयलाई स्वागत नगरेको मात्रै होइन ठाडै अस्विकार गरे/ आज भारतले मधेश बादीको माग पुरा गराउन संबिधान सभाले बहुमतले पास गरेको संबिधान समेत बदल्न नाकाबन्दी गरे/ मधेशबादीहरु रास्ट्रिय आत्मनिर्णय जसको सिधा अर्थ “रास्त्रियता बदल्न पाउनु पर्ने नै हो/ रास्त्रियता बदल्नु भनेको भोलि तराई नेपाल बात अलग्गिने निर्णय गर्नु हो/ के भारतले दवाव दियो भन्दैमा तराइलाइ मधेसीको स्वायत मधेश बनाउन सकिन्छ?

    मधेश्बादिले आफ्नो महान नेता मानेको रघुनाथ ठाकुरले सन् १९५६मा तराइ नेपालको नभयको भनेर संयुक्त रास्ट्र संघमा पत्र लेखेको थियो भारतको दिल्लीको सदनमा धर्ना दियको थियो/ उसले मधेशबादी पार्टी पनि खोलेको थियो/ उसले खोलेको मधेश्बादिकै पार्टीको नाम बाटै आजको मधेश्बादिले पार्टी खोलेको हो/ रघुनाथ ठाकुरले जसरि तराइ नेपालको होइन भने गोइत र सिके ले पनि तेस्तै भने/ महतोले त् पहाडियाहरु तराइमा बस्न चाहन्छ भने मधेसीको अन्तर्गत बस्नु पर्छ भनेको थियो/ अस्ति गुप्ताले तराइमा आन्तरिक बसाइ सराइ रोक्न संघर्ष गर्ने भने/ तराइमा आन्तरिक बसाइ सराइ रोक्ने भनेको पहाड हिमालको नेपालीलाई तराइमा बस्न नदिने भनेको हो/ अब सोच्नुस त तराइलाइ मधेसीको मधेश बनायो भने के उनीहरुले तराइ बात अरु नेपालीलाई हिन्दुस्तान विभाजन हुँदा मुसलमान लाइ लखेटे जस्तै लखेट्दैन?

    हिजो सम्म भारत सिट झुक्नु थियो झुके/ अहिले नेपालको नागरिकहरुको मत बात गठन भयको संबिधान सभाको बहुमतले पास गरेर बनायको संबिधान समेत लत्याउने हुकुम दिने भारतको अगाडी झुके भने तराइ त् सिक्किम बन्छ नै बाकि नेपाल को हालत कस्तो हुन्छ?

    Reply
  7. Shankar says:
    September 26, 2015 at 7:17 am

    हाल को अबस्था

    इन्डिया —न मदिसे सग एस्लाई मतलब छ , न पहाडिया संग एसको गिद्दे दृस्टी नेपाल को प्राकृतिक स्रोत , नदि नाला संग छ | तेस्को लागि नेपालि लाइ जनजाति , मदिसे , बाहुन क्षेत्री भनेर फुटाएको छ र जनजाति र मदिसे लाइ जोडेर नेपाल को सत्ता मा पकड भएको बाहुन क्षेत्री लाइ धपाउने धुन मा छ

    मदिसे ( धेरै ) —– इन्डिया को काख मा आफुलाई सुरक्षित राखेको ठानेर पहाडिया संग लड्न आएको छ

    बाहुन क्षेत्री ( नेता बर्ग , उपल्लो कर्मचारी हरु )——- देश बिरामी भएर लग बाग मृत्यु सया मा पुग्दा पनि एसको रगत चुसेर अझै आफु धनि हुने , पद मा पुग्ने विदेश मा सेटल हुने धुर्त दाउमा छ | कतिसम्म धुर्त बाबुरामे जैसी भन्दैछ मदिसे को आन्दोलन मा उ मदिसे संग छ रे | भारत मदिसे भनेको हामि नै हो भन्छ , भनेपछि स्तिती क्लियर नै छ |

    जनजाति( नेता हरु बिसेस ) हरु : बाहुन क्षेत्री ले २५० बर्स देखि हालै हेप्यो , आफुले मात्र खायो , हाम्ले खान पाएँन , बरु मदिसे संग मिलेर भएपनि यिनलाई धापाउनु पर्छ

    Reply
  8. Suman bhote says:
    September 26, 2015 at 7:05 am

    यो पालि नाकबंधी सबै नेपाली मिलेर सामना गर्नुपर्छ नत्र भबिस्य मा येस्तै भैरहन्छ …. सधै मदेसी को नाकाबन्दीको डर ले बस्नु पर्छ….

    Reply
  9. dor prasad says:
    September 26, 2015 at 5:42 am

    अहेले बस, मोटर साइकल छोडेर साइकल रिक्सा चद्नु हो |

    दिर्घ कालमा भारत निर्भरता घटाउदै लाउनु पर्छ … यसको एक मात्र उपया चिन संग को नाका र बाटो विस्तार गर्नु हो |

    चिन लै व्यापार भय हुन्छ, भारत ले बेला बेला भौखोज्छ – ढोक्नु पर्छ भन्छ !

    Reply
  10. Chaudhary says:
    September 26, 2015 at 2:44 am

    भारतलाई गाली गर्न छाडौ अहिलेलाई| मधेसी नेताहरुले व्यहोरा देखाईसके| उनीहरुको नाउँमा यो विशाल कलंकको धब्बा अब मेटीन निकै समय लाग्नेछ| बाबुराम बाजे पनि त्यसै समुहमा परे|
    आखिर नेपाली को हुन् र को होइनन भन्ने यहीबाट छुट्टिन्छ|
    फेरी पनि भन्छु थारु जाति महतो, ठाकुर र यादव जस्ता मधेसी होइनन| थारुको उचित मांग पुरा हुन् पर्छ, देउबाले जतिसुकै बिरोध गरुन| आगो सल्काउन मद्दत गर्ने पनि देउबा नै हुन्, कैलालीको एक इन्ची पनि छाड्दिन भन्ने बक्तब्य दिएर|
    इन्डिया बिश्व शक्ति हुन् खोजिरहेको छ, एउटा सानो छिमेकीलाई नाकाबन्दी गरेर हेप्छ| त्यो हेपाईमा तराइका मधेसी नेताले साथ् दिएको प्रष्टै देखियो|
    हे पुण्यभूमि भारतमाता, त्यहाका नेतालाई सद्बुद्धि देउ|

    Reply
  11. sunil rayamajhi says:
    September 26, 2015 at 1:39 am

    असल छिमेकि नहुदा सारै दुख पाइदो रहेछ ……कति हेप्न सक्छ स हेप धोति हामी बिर नेपाली होउ मर्न सक्छौ तर कैले झुक्न सक्दैनौ विचार गर समय लाग्ला सत्य को सदै जित हुन्छ …….सानो देश सम्जेर हेपेको होलास जुन दिन नेपाली युद्द को लागि अगाडी बढ्छ भारत को नक्सा बिस्वो मानचित्र बाट हट्छ अनि मात्र सास फेर्छ ……कति धुस्मन छ तेरो विचार गरेको छस …१ पाकिस्तान २ चिन ३ बंगलादेश ३ श्रीलंका याद गर येइ सब नेपाल को मित्र हुन् …..जय नेपाल

    Reply
  12. Krishna Lamsal says:
    September 26, 2015 at 1:08 am

    ए आची खाने नेता हो , यदि तिमि हरु साच्चै रात्रबादी भएका हौ भने (हुन त रात्र बादी भन्ने कुरो रातारात हुने कुरो होइन ) पहिले सबै हृदय देखि कै रात्रबादी हरु लाइ पनि समेट . अब त अलिकति तिमि हरु को पनि आखा खुल्यो होला .. राजा सङ्ग को रिस ले तिमीहरु कस्तो बिदेशी को दलाल हुन पुगेको रहेछौ … अब पहिलो कुरो राजतन्त्र तुरुन्तै पुनर्स्थापना गर . यो अप्ठेरो समय मा आफ्नो देश भित्रै निषेध को राजनीति चल्दै न … हेक्का राख … अहिले पनि भारतीय आर्मी को नेपाल आर्मी मा निकै गहिरो प्रभाब छ … यदि राजा आउने हो भने नेपाल आर्मी पूर्ण तय नेपालि कै हात मा हुनेछ … यदि होइन भने नेपाल आर्मी लाइ भारत ले के के गर्न उकास्ने हो भन्न सकिन्न … जसले जे भने पनि यो अत्यन्त कठिन समय मा देश लाइ एक सुत्र मा बाध्न राज तन्त्र को विकल्प छैन … सुतेको हौ भने अब चाहि उठ , यदि सुतेको जस्तो मात्रै गरेको हौ भने भन्नु केहि छैन

    Reply
    1. राजन says:
      September 26, 2015 at 3:30 pm

      हा,,,हा,,, राजा राष्ट्रबादी रे । संबिधान आउनु अघि संबिधन प्रकृयालाइ सहयोग नगरेर बेबि कींग बनाउन ईण्डिया धाउने को ? ज्ञानेलाइ आफ्नो भुंडीको मात्रै परवाह छ ।

      Reply
  13. Rohini says:
    September 26, 2015 at 1:04 am

    भारत भुटान लाई जस्तै नेपाल लाई पनि उसको दास बनाउन चाहन्छ| नेपाल लाई अस्थिर बनाउन सधै मधेश कार्ड प्रयोग गर्छ र कहिल्यै पनि नेपाल को उन्नति प्रगति देख्न चाहदैन| अब यस बाट नेपाल ले पाठ सिकेर उत्तर तिर धेरै नाका हरु खोल्नु पर्छ र देशको बिकाश को लागि चिन को सहयोग लिनुपर्छ | सधै भारत संग मात्र भर पर्यो भने सधै नेपाल नम्बर १ गरिब राष्ट्र भैरहन्छ जुन भारत सधै चाहन्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme