Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान अनुवाद गर्न पनि डोनरको डलर

Posted on September 25, 2015September 25, 2015 by Salokya

constitution
नेपालको स‌ंविधान वा अन्य कुनै पनि कानुनको मूल वा अनुवादित पाठ प्रकाशन गर्न नपाइने नियम छ। यो काम नेपाल सरकार अन्तर्गत रहेको कानून तथा न्याय मन्त्रालयको हो। २०३३ सालको फागुन १७ गते नेपाल राजपत्रमा सूचना छापेरै यसो गर्न रोक लगाइएको थियो। सूचना अनुसार मन्त्रालयले यो जिम्मा कानुन किताब व्यवस्था समितिलाई दिएको छ। समिति बाहेक कसैले यो विपरीत प्रकाशन गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम कारवाही गरिन्छ। तर अहिले डोनरको डलरबाट स‌ंविधान अनुवाद गरी त्यसमा डोनर एजेन्सीको लोगोसमेत राखेको भेटिएको छ। माइसंसारलाई प्राप्त यस्तै एउटा अनुवादित स‌ंविधानको प्रतिमा राष्ट्रसंघीय विकास नियोग (UNDP) र International Institute for Democracy and Electoral Assistance (International IDEA) को लोगो राखिएको छ। हेर्नुस् अनुवादित प्रति

constitution`

constitution1

अनुवादै गलत

अनुवाद सर्सर्ती हेर्दा अन्तिम धाराको गलत अनुवाद गरिएको देखियो। अनुवादमा यो सं‌विधानको नाम नेपालको संविधान, २०७२ लेखिएको छ। जबकि यो सं‌विधानको नाम त नेपालको स‌ंविधान मात्र हो।

2 thoughts on “संविधान अनुवाद गर्न पनि डोनरको डलर”

  1. XYZ says:
    September 26, 2015 at 5:20 am

    IDEA International le Nepal Law Society laai anuwad garna diyako Electoral System ek patak padhnus ani hanso ko majja linus. These kuire people do not have any knowledge of how translation is done in Nepal because they have no access to Nepali language.

    Reply
  2. Birkaji says:
    September 25, 2015 at 9:01 pm

    Bro, Everything is possible in Nepal. Do you think so?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme