-अशोक मैनाली-
अनेकौं राजनितिक उतार चढाब र अन्योलताका बीच नेपालले नयाँ संविधान पाएको छ । यो सामान्य परिघटना होइन । यो एउटा ऐतिहासिक क्षण हो । जुन देशमा राजा -महाराजाद्वारा लादिएको संविधानलाई नकारेर जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान आफै बनाएका छन् । आफ्नो भाग्य र भबिष्यको फैसला आफै गर्न सक्ने अवस्थामा पुगेका छन् । प्रजाबाट जनता बनेका छन् । तर यो उचाई प्राप्त गर्न यो मुलुकले ठुलो मुल्य चुकाएको छ । बिगत ६५ बर्ष देखिको सपना साकार पार्न हजारौँ नेपाली जनताको रगत -पसिना बगेको छ । नयाँ सविँधान जारी भए सगैँ देश बिदेशमा रहेका नेपालीहरु जुन उत्साहका साथ नयाँ सँविधानको स्वागत गर्न आतुर देखिए त्यो सामान्य परिघटना होइन। सँधै आलोचनाका पात्र बनेका हाम्रा दल र नेताहरु धन्यवादका पात्र बने । गत बैशाखमा गएको महाभुकम्पले बनाएको घाऊलाई संविधानरुपी मलम लगाएर नेताहरुले आहत मनहरुमा राहत प्रदान गरे ।
हजारौँ मानिसहरुको ज्यान गएको त्यो प्राकृतिक विपत्तीले फरक फरक राजनितिक दर्शन बोकेका दलहरुलाई एकै ठाउँमा ल्यायो । जुन आवश्यक भईसकेको थियो । लामो संक्रमणकालले ल्याएको अस्थिरताले उसै त जर्जर बनेको मुलुकमा महा भुकम्पले पिडा मात्र थपेन नेपालीहरुको मन नै नराम्रो सगँ जगैदेखि हल्लाईदियो । धुलो टक्टकाउँदै उठ्न बामे सरेको नेपालले नयाँ सविँधान सँगै सुर्यको प्रकाश देख्न पाएको छ। त्यो संविधानरुपी सुर्यले आद्रता पनि दिनुपर्ने छ । त्यो न्यानोपन सबै नेपालीले महशुस गर्न पाउनुपर्छ ,जुन यसको सफल कार्यन्वायनबाट मात्र सम्भव छ ।
तर अर्को तिर के पनि भुल्नु हुँदैन भने देशका धेरै भागहरुमा नयाँ सविँधानको स्वागत भईरँदा खुल्ला सिमानाका कारण संवेदनशिल मानिएको तराई क्षेत्र अशान्त छ। बिभिन्न मागहरु राखेर गरिएको प्रर्दशनमा कयौँको ज्यान गएको छ । मुलुकको स्वार्थलाई केन्दमा राखेर असन्तुष्ट समुहको जायज माग सम्बोधन गर्दै राजनितिको मुलधारमा यथासक्य छिटो ल्याउनु पर्छ । असन्तुष्ट समुहरुले पनि जनमतको कदर गर्न जान्नु पर्छ । प्राप्त उपलब्धीलाई रक्षा गर्दै अगाडी बढ्नु नै सबैको हितमा छ । अनेक विचार र स्वार्थ बोकेका समुहका बिचमा सबैका सबै भावना अट्न सम्भव थिएन र भएन पनि । नेपालको ईतिहासमा यो संविधान सबैभन्दा प्रगतीशिल र जनपक्षिय संविधान भएको कुरामा कुनै शंका पाल्न जरुरी छैन । तर्क-कुतर्कबाट जे पनि भन्न वा दावी गर्न सकिएला तर यर्थाथलाई कसैले नकार्न सक्दैन । सत्य सरल र सहज हुन्छ ।अनेकौँ शब्दजालका फुर्का जाडेर त्यसलाई कसैले गलत सावित गर्न खोज्छ भने मुर्खता सिवाय केहि हुन सक्दैन । नयाँ सविँधानलाई अन्तराष्ट्रिय समुदायले स्वागत गरिरहदा छिमेकी मुलुक भारत भने बेखुस मात्र होईन तिव्र आक्रोशित नै देखियो ।
आफ्नो स्वार्थ अनुसारको संविधान बनाउन दबाव दिएको उसलाई नेपाली नेताहरुले अभुतपूर्व एकता मार्फत अस्वृकार गरिदिएपछि ऊ घाईते बाघ जस्तै बनेको छ। नाकाबन्दी समेत गर्ने उसको चेतावनी त्यही छट्पटाहटको पछिल्लो कडी हो । उसले सामान्य कुटनीतिक मान्यताको धज्जी उडाउँदै एउटा छिमेकी माथी जसरी धावा बालेको छ जुन २१औँ शताव्दीका कुनै पनि स्वाभिमानी नागरिकले स्वृकार गर्न सक्दैन । र कुनै पनि नेपाली नागरिक भारतको गलत स्वार्थका अगाडी झुक्न तयार छैन ।दक्षिण एसियाकै पुरानो राष्ट्र नेपाल जस्तो सुकै बिषम परिस्थिकिोपनि डटेर सामना गर्दै विश्व मानचित्रमा आफ्नो अस्तित्व कायम राख्न सफल भयो । भारतको गलत रवैया बारे अधिकांश नेपाली जानकार थिए र छन् । भारतको गलत स्वार्थका अगाडी नझुकेर नेकपा ए माओवादी अध्यक्ष प्रचण्ड,एमाले अध्यक्ष के पी अोली र प्रधानमन्त्री शुशील कोईरालाले जसरी ढृढतापूर्वक उभिए त्यो नेपाली जनताले आफ्नो मष्तिकमा नोट गरेर राखेका छन् । तर आफुलाई बौद्दिक र असल नेता भन्न रुचाउने डा बाबुराम भट्राई नराम्रो सँग चिप्लिए । उनको राष्ट्रभक्तीको नाङगो रुप छर्लङग भए सगँै लोकप्रियता समेत खस्कियो ।
उनका पछिल्ला गतिविधी शंकास्पद मात्र छैनन् पुरै राष्ट्रघाती समेत छन् । धेरै बर्ष अघि देखि उनलाई उनकै पाटी भित्र र बाहिरबाट लाग्दै आएको भारत परस्तको आरोप आफैले प्रमाणित गरिदिए । अहिले उनको बोली ठ्याक्कै कपी पेष्ट हो। भित्र भित्रै सविँधान ढिलाई गर्न जिउ ज्यान दिएर लागेका उनि संविधान जारी भए पछि सरकारले टुडिखेलमा आयोजना गरेको कार्यक्रममा अनुपस्थिती जनाएर आफ्नो असन्तुष्टि प्रकट गरे । बिरामी भनिएका उनि वडा न ६ चलचित्र हेर्न भने हलमै पुग्न भ्याए ।सामाजिक सञ्जालमा घुमाउरो पारामा संविधान जारी भए पछि त्यसको बिरोधमा पटक पटक अभिव्यक्ति दिन छाडेका छैनन् । उनको राष्ट्रघाती हर्कतबारे त अब कोही राष्ट्रभक्त नेपाली बेखबर सायद नै होलान् । आफुलाई बौद्दिक र अरुलाई पटमुर्ख सम्झने उनि पछिल्लो समय नेपाली राजनितिका जोकर सावित भएका छन्।
थुक्क मैनाली!
तै मात्र होस् रास्त्रबादी दश भक्त!
बाबुरामको समिक्षा र विश्लेषण गर्ने हैसियत र क्षमता छैन तेरो! त जस्ताहरु त प्रचण्ड र ओली जस्तोको फ़ुटुङ्गे गाडफ़ुलाई मा दङ्ग पर्ने होस्!
प्रचण्ड जस्तो ले तिमेरु जस्तो पाडे को सेन्टिमेन्ट राम्ररि पढ्न र बुझ्न सक्छ अनि कसलाई गिराउन छ तेस्को पछाडी लाइदिञ्छ तिमीहरु लाइ अनि तिमीहरु ज्ज्ज्ज्ज्चाहि भोटे कुकुर जसरि तेसैको पछि भुक्न र खेदो खन्न थाल्छौ!
बाबुराम देश घाती र ओली देशभक्त अनि प्रचण्ड रास्त्रबादी खुब रैछ तेरो दिमाग बाफरे!
धेरै के लेख्ने यस्ता फ़ुटुङ्गाको धत् बिचार माथि!
लौ गरिखा!
भुत्राको तँ रैथाने ? बाबुराम को कट्टु |
इन्डिया ले पुरै मदिसे हाम्रो हो भन्दा म मदिसेको आन्दोलन को पक्ष्यमा मा छु भन्छ |
यो र राजेन्द्र महतो मा केहि फरक छैन |
यो धुर्त जैसी इन्डियन दलाल हो , गिरिजा जस्तै |
यो राष्ट्रियता भनेको नि साथीहो , सच्चा राष्ट्रियता हुँदो रहेछ अनि फोस्रो पनि /
उहिले न्युयोर्कमा पढ्दाको प्रसंग ताजा छ / एक नेपाली ठकुरी (नाम चाहिं नभनौं ), citizenship का कागजात भर्दै थिए / फारम मा एउटा प्रश्न सोधिएको थियो “Do you hold any tles of heredity or positions of nobility in any foreign state and if so do you agree too renounce these titles?” याने कि “तपाईंको आफ्नो देशमा कुनै पुर्ख्यौली पद वा राजा रजौटा भारदार को पद छ, र यस्तो पद छ भने अमेरिका को नागरिकता लिएपछी ती पद त्याग्न मन्जूर हुनुहुन्छ ?”
यी साथीले त्यसबखत खुरु खुरु “त्यस्तो पद छैन” भनेर फारम मा लेखे./ केहि महिनापछि उनले नागरिकता पाए /
नागरिकता पाए पछि तर उनले अचानक आफ्नो “राजसी” औकात सम्झेछन् क्यार – त्यसपछी आफैले विकिपीडियामा आफ्नै पेज लेखेर आफुलाई तुलसीपुरका ५० औं चौहान भनेर प्रचार गर्न थाले…. इनको यो निर्लज्जपन विकिपीडिया लाई सह्य भएन र इनको पेज हटाइयो /
अनि अर्का देशभक्त छन मेतुचेन न्यु जर्सीमा / यी चाहिं ब्राह्मण हुन् / उनि अध्यात्म र धर्म र राष्ट्रियता को नाममा अनेकन संग पैसा ठग्न सिपालु छन / आजकल यिनका साथी र नातेदार इनिसंग टाढा रहन चाहन्छन किनकी सबैसंग निर्लज्जतापूर्वक पैसा ठग्न इनले कहिले पनि छोडेनन्
मिचिगन तिर पनि एउटा बिस्ट छ, त्यो पनि खैरे देख्यो कि इङ्ग्च दांत देखाएर डलर माग्छ , अरु नेपालि देख्यो भने आफुलाई काजि जस्तो ठान्छ | सबैले यथार्थ मा उसलाई पाजी ठान्छन |
काठमाडौँ को सानो बाटोमा भारतिय Tank चल्न सक्दैन तेसैइ ले मोवाब्जा समेत नदि बाटो विस्तार गरेका हुन् भन्ने कुरा चेलेको थियो अहिले हेर्दा हो कि जस्तो लग्न थाले को छ.
बाबु राम पार्टी को प्रमुख हुन देश लाइ बाजी राखेका छन्/ प्रचण्ड ले गरेको राम्रो काम र उनको हाइट बढेको मा बाबु राम जी जे गर्न पनि तयार भएको प्रस्ठ देखियो/ उनि देश द्रोही नै हुन् किन भने आफ्नो फाइदा कसरि हुन्छ भनि खुरापाती काम गर्दै छन्/
मधेसी आन्दोलन चिन्ता को बिसय हो तर नेता हरु आफ़ो अस्तित्वा क लाइ आन्दोलन गरिरहेका छन्/ ९५% मधेसी माग पुरा भएका छन्/ सिमाना को इस्सु हो/ तिल लाइ पहाड बनाएका छन् , नेता हरु ले भुझाउन पर्यो/ इंडिया को कारण यस्तो भएको हो/
हाम्रा जनजाति नेता हरु को समर्थन अहिलेको मधेसी आन्दोलन लाइ गर्नु अर्को अपराध हो/ जनजाति को जातिय माग ले गर्दा मधेसी अतिबादी लै मद्दत पुगेको छ/
बाबु राम India को दलाली हो
दलालले मालिक फेरनु लाइ नझुकेको देशको हित हुने काम गरेको भनि परचार गरेको पटक्कै चित्त बुझेन
बाबुराम लाई म एक देसभक्त्त बुद्धिमान भन्थे तर अब चै एक देस द्रोही भारत मुखी भन्छु..
मैले मेरा गोर्खा बासि मित्र लै बाबुराम लै के भो भन्दा – बाबुराम आब गोर्खाली रहेन् – पूर्ण रुप मा सम्बन्द बिच्छेद गरे बिबाह दर्ता गरे छन् – अब नाम फेरर बाबुराम यादव भन्दा बेस होला भने – मलाई एकछिन हासो उठ्यो – अनि रिस पनि !!
Here I would like to borrow Prachanda’s words from his interview to BBC, “Baburam Bhattarai is a complicated person”. This time Baburam Bhattarai is not playing a good role. However, leaders of Nepal should solve this political problem in a diplomatic way. We hope Madhes problem will be solved soon.
एमाले असोक लै उपेन्द्र संग मिले झैँ बाबुराम महतो संग मिलेर नया पार्टी बनाए हुन्छ | बिस्तारै नेपाल को मदेस तराई भारत मा मिले पछि भाजपा, लालु पार्टी छानी छानी रोज्न पौछान |
साहस र रस्त्रियेता को पर्यबची “गोर्खाली” मानिन्छ – गोर्खा ले यो कस्तो पुर्त्र जन्मायो ह ??