Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अप्ठेरो परेपछि होइन भन्ने पुरानै चलन दोहोर्‍याउँदै भारतले भन्यो- संविधान संशोधन प्रस्ताव नेपाललाई पठाएकै छैनौँ

Posted on September 23, 2015September 24, 2015 by Salokya

sept23 अप्ठेरो परेपछि ‘होइन’ भन्ने नेताहरुको पुरानै बानी हो। भारतले पनि आज त्यस्तै गरेको छ। यसअघि भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको मधेसमा एक करोड भारतीय रहेको र उनीहरुलाई भारतले सहयोग गर्छ भनेको कुरा पनि होइन भनेको थियो। साउथ ब्लकले यो यो बुँदामा संशोधन गर्नुपर्छ भन्दै नेपालमा पठाएको सात बुँदे गोप्य संशोधन प्रस्ताव मिडियामा आएपछि चर्को आलोचना भयो। त्यसै पनि #BackOffIndia बाट आहत भइरहेको भारतको इमेज यसले झन् बिगार्‍यो। नेपालको बारेमा विज्ञप्ति पनि कति निकालिराख्नु! तीन वटा त वक्तव्य भइसक्यो। त्यसैले साँझ विदेश मन्त्रालयको वेबसाइटमा प्रवक्ताले मिडिया ब्रिफिङमा बताएको भन्दै एउटा जवाफ राखियो, जसमा भनिएको छ- GOI has not handed over any list of specific Constitutional amendments or changes to the Government of Nepal. अर्थात् यही कुरा संशोधन वा परिवर्तन गर भनी भारत सरकारले नेपाल सरकारलाई कुनै सूची बुझाएको छैन। तर कुरा मिलाउ चाहिँ भनेकै हो भनेर उसले लेखेको छ। खासमा यो समाचार कहाँबाट आयो त?

sept23
यो समाचार भारतकै इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा बुधबार ११:५९ मा राखिएको हो जसलाई शुभजित रोयले लेखेका छन्। यहाँ क्लिक गरी हेर्नुस्। यो आजको छापा संस्करणको मेन न्युज पनि हो।

समाचारमा साउथ ब्लकका स्रोतहरुले दिएको जानकारी भनिएको छ। समाचार लेख्ने रोयसँगको कुराकानी पनि अनलाइनमा राखिएको छ-

यी मागमध्येको एउटा मागबारे भने कान्तिपुरले पनि बुधबारको अङ्कमा समाचार लेखेको छ। नयाँ दिल्लीस्थित कान्तिपुर संवाददाता देवेन्द्र भट्टराईको बाइलाइन समाचारमा भनिएको छ-भारतीय विदेश मन्त्रालयले नेपालमा संविधान जारी भएपछि पनि सीमावर्ती मधेस क्षेत्रमा निरन्तर रहेको असहज परिस्थितिबारे परामर्श गर्दै अहिले जारी संविधानमा जनसंख्या आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने प्रावधान हटाइएकोमा ‘गम्भीर चासो’ व्यक्त गरेको छ।

खासमा भारतीय दूतावासका अधिकारीले यी मागको सूची ठूला मिडियाका पब्लिसर तथा दूतावासका पार्टीहरुमा निम्तो नछुट्ने ठूला सम्पादकहरुलाई पनि मंगलबारै थमाइसकेका थिए। नागरिकको बुधबारको अङ्कमा के के हुन् मधेसका माग शीर्षकमा प्रथम पृष्ठमा समाचारै छापिएको छ, जुन इन्डियन एक्सप्रेसमा छापिएको सात बुँदे संशोधन प्रस्तावभन्दा केही फरक छैन-
nagarik1
nagarik2

नेपालमा बाँडिएको र भारतमा बाँडिएको संशोधन प्रस्ताव एउटै हो भन्ने आधार के?

म तपाईँलाई एउटा यस्तो आधार दिन्छु जुन पढेपछि तपाईँले होइन भन्नै सक्नुहुन्न। नागरिकको समाचार हेर्नुस्, त्यसमा लेखिएको छ-धारा २८३ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री…..वंशजका आधारमा नागरिकता पाएकाले पनि पाउनु पर्ने व्यवस्था मधेसी समुदायले राख्न चाहेका छन्।

खासमा यो भारतीय दूतावासले थमाएको सात बुँदे प्रस्ताव अङ्ग्रेजीलाई नेपालीमा ट्रान्सलेट गर्नेले नबुझेर बिगारेको हो। भन्न खोजेको चाहिँ वंशजका आधारमा नागरिकता नपाएकाले पनि पाउनु पर्ने व्यवस्था गर्नुपर्ने भनिएको हो। अब इन्डियन एक्सप्रेसको समाचार हेर्नुस्। त्यसमा पनि धारा २८३ कोट गरेर लेखिएको छ-

* Article 283 of the Constitution states that only citizens by descent will be entitled to hold the posts of President, Vice-President, Prime Minister, Chief Justice, Speaker of Parliament, Chairperson of National Assembly, Head of Province, Chief Minister, Speaker of Provincial Assembly and Chief of Security Bodies. This clause is seen as discriminatory for the large number of Madhesis who have acquired citizenship by birth or naturalisation. Delhi says this should be amended to include citizenship by birth or naturalisation. – See more at: http://indianexpress.com/article/world/neighbours/make-seven-changes-to-your-constitution-address-madhesi-concerns-india-to-nepal/

यो लेख्ने र बाँड्नेहरु कति वाहियात छन्, उनीहरुले नेपालको हालै जारी संविधानका पाना पनि पल्टाएका छैनन् भन्ने प्रष्ट हुन्छ। भारतीयले त पल्टाएनन्, कम्तिमा नेपालीले पल्टाउनु पर्ने। संसद सचिवालयमा राखिएको नेपालको संविधान यहाँ क्लिक गरेर डाउनलोड गर्नुस् र हेर्नुस् धारा २८३ मा त यस्तो लेखिएको छ-
283

उनीहरुले भनेको चिज त धारा २८९ मा छ। हेर्नुस्-
289
मतलब इन्डियनहरुसित संविधानको परिमार्जित विधेयकमात्र छ। त्यसमा भारतको इच्छाविपरीत संशोधन प्रस्ताव पारित भएर परिमार्जन गरी अन्तिम संविधान बनाइएको प्रति पुगेको छैन।

त्यस्तै नागरिक र इन्डियन एक्सप्रेसको समाचारमा धारा २८१ मा निर्वाचन क्षेत्र निर्धारणको पुनरावलोकन २० वर्षमा हुने लेखिएको भनिएको छ। जबकि त्यो व्यवस्था त धारा २८६ मा हो।

यसले भारत र नेपालमा बाँडिएको सात बुँदे संशोधन प्रस्ताव एउटै हो भन्ने प्रमाणित हुन्छ।

के थियो सात बुँदे संशोधन प्रस्तावमा ? यहाँ क्लिक गरी पढ्नुस् विस्तृत

10 thoughts on “अप्ठेरो परेपछि होइन भन्ने पुरानै चलन दोहोर्‍याउँदै भारतले भन्यो- संविधान संशोधन प्रस्ताव नेपाललाई पठाएकै छैनौँ”

  1. MADAN BAJRACHARYA says:
    September 24, 2015 at 6:31 pm

    भारतको दादा गिरि यो हद सम्म स्विकार्नु पर्छ भने अब नेपालले भारत सिटको सिमाना नियन्त्रित गरेर भिसा चाहिने ब्यबस्था गर्नु पर्छ/ सिमाना खुला र अनियन्त्रित भयकै कारणले नेपालमा बसाइ त् सर्ने नागरिकता पनि लिने तर नेपाल र नेपालीलाई कहिले पनि आफ्नो नठान्ने बिहारिहरुले तराइको भुमि र रोजगारीको अवसर लुटेको छ र अहिले बिहारको हतियार बोक्ने अपराधीको बलमा राजनीति गरेर नेपालको तराइ नै नेपाल बात अलग्याउने प्रयत्न गर्दै आयको स्पस्ट भयको छ/

    भारतको जनसख्या अहिले नै अरव नाघी सक्यो/ भारत भन्दा २२ गुणा सानो नेपालले यसरि कहिले पनि नेपाल र नेपालीलाई आफ्नो नमान्ने बिहारिहरुलाई निर्वाध रुपमा नेपालमा पस्न दिने र तिनीहरुलाई नेपालको नागरिकता दिंदै गर्न सक्दैन/ नेपाल पसेर छल कपट र राजनैतिक दवाव दियर नेपालको नागरिकता लियर नेपालको तराईलाई भोलि बिहार बनाउन अहिले मध्य देस बनाउन खोज्ने कथित मधेश्बादिका प्रमुख नेताहरु सबै भारतीय बिहारिहरुनै भयको कुरा भारतले नै सकारी सक्यो र मधेश्बादिको माग मधेश्बादिको होइन भारतकै भयको कुरा पनि स्पस्ट भै सक्यो/ सेना प्रयोग गरेर कास्मिर जस्तै तराईलाई कब्जा गर्न नसकिने भयकोले सके जत्ति बिहारीलाई नेपाल हुलेर तराइ नेपालको संविधानलाई नै तराइ नेपाल बात अलग्याउने षड्यन्त्र अन्तर्गत नै यो कथित मधेश्बाद्को आन्दोलन कसको हो भन्ने कुरा पनि अब स्पस्ट भै सक्यो/ त् अब त् नेपाल को नेताहरुले आत्नु पर्छ सन् १९५०को सन्धि खारेज बा संसोधन गरेर नेपाल र भारत को सिमानामा आवत जावत गर्न भिसा चाहिने ब्यबस्था गर्न/

    ई मधेश्बादिको मधेशबादलाइ तराइको जनताको ५ प्रतिशत पनि मत नपायको कुरा संबिधान सभाको चुनावले स्पस्ट देखायको छ/ यसले इनिहरुको नेपालको संविधान र नेपाली नागरिकको हकलाई हतियार बनायर नेपालको तराईलाई भोलि बिहार बनाउन गरेको आन्दोलनमा उनीहरु जस्तै भारतको नागरिकता लुकायर छल कपट गरेर नेपालको नागरिकता लियका बिहारिहरुको मात्रै समर्थन भयकोले इनिहरुले बिहारको गुण्डाहरु बटुलेर उनीहरुको डर देखायर नेपाल टुक्राउन खोज्दै छ/ नेपालीले साथ् नदियकोले बिहारको गुण्डाहरु हतियार सहित नेपाल छिराउन कै निमित इनिहरुले आन्दोलनको सुरुवात मै सिमाना मा तैनाथ गरेको प्रहरी चौकी हरुमा आक्रमण गर्दै आयको हो/ तसर्थ नेपालको सरकारले अहिले बिहार बात हतियार बोकेर कोहि नेपाल पस्न नदिने र नेपाल भित्र उनीहरुले के कति हतियार ल्याय भन्ने कुरामा ब्यापक खोजि गर्नु पर्छ/ घातक हतियार बोकेर नेपाल पसेकालाई सकेमा समाउने तर समाउन नसके सिधै गोलि समेत हान्नु पर्छ/

    भारतले नेपाल सिटको खुला सिमानाको व्यवस्थालाई हतियार बनायर तराइ नेपाल बात अलग्याउने मधेशबाद नामको कथित राजनैतिक षड्यन्त्र गर्न सक्छ भनेर जानेरै बिरेन्द्रले खुला सिमाना नियन्त्रण गर्नु अघि पुर्व तयारीको लागि आफु चिन जाँदा नेपाल र चिन बीच थप ५ ब्यापार नाका खोल्ने ब्यबस्था गरेको थियो/ चीनले नेपालको पेट्रोल लगायत आबस्यक्ता को आपूर्तिको ब्यबस्था गर्न तयार भयको पटक पटक भनेको पनि थियो/ त् चिनको यस्तो प्रस्ताव स्वीकारेर नेपाल भारत सिट आश्रित हुन् बाध्य छैन भनेर देखाउने बेला अब आयको छ/ भारतले अब पनि कलकत्ता बन्दरगाह मा नेपालाई अबरोध पुर्यायो र नेपालको सिमाना मा नाकाबन्दी गर्यो भने हामीले पनि कोशी गण्डकीको आयोजनामा नाकाबन्दी गर्न हिच्किचाउनु हुँदैन/ के गर्छ; भारतले सेना पथायर हमला गर्न सक्दैन/ उसको नेपाल मिच्ने हतियार भनेकै नेपाल हुलेको बिहारीहरू र नेपालको राजनैतिक दल भित्र हुलेका “र” को कुकुरहरु हुन्/ छल कपट गरेर भारतको नागरिकता लुकायर नेपालको नागरिकता लियकालाई कमसे कम दस बर्ष जेल सजाय दिने र तेस्ताको सम्पति जफत गर्ने कानुन बनेको लगतै हातमा लठ्ठी भाला र नालकटुवा बन्दुक बोकेर नेपाल टुक्राउन आन्दोलन गर्ने कथित मधेशबादीहरु बिहार भाग्छ/

    Reply
  2. Roshan says:
    September 24, 2015 at 2:23 pm

    भारत को लागि बिहार र नेपाल को लागि मधेशी (सोच्छा नेपाली तराई बसी बाहेक ) भनेको पिलो हो . भारत मा पनि यी बिहारी हरु लाई कतै मन परौदैना यिनी हरु लाई न सफा मन पर्छ न परिबर्तन मन पर्छ न उन्नत्ती मन पर्छ यिनी हरु हिजो पनि डाका लुटेरा थिए आज पनि त्यसै चोर बलात्कारी दाइजो नदिए जलाउने .छोरा को लागि १०/१२ जना जन्माउने अनि सरकारले हेरेन हामीलाई भन्ने . यिनी हरु लाई संसार को जुन ठाउँ लागे पनि त्यस्तै बन्नइए दिन्छ जता त्यतै पान थुकेर त्यहि फोहर थुक्क एस्त हरु को कु बर्णन हजार जिब्र भएको सेश नाग ले पनि गर्न सक्दैन हामी त के

    Reply
  3. Roshan says:
    September 24, 2015 at 2:10 pm

    अरु कुरा पछि देखा जाएगा हाल चैं भारत लै धन्यवाद नेपाली एकता बढाई दिएको मा अब यहाँ धर्म जात वर्ण दल पार्टी बाट माथि सोच्ने नेपाली जनता मात्र छन् र नया नेपाल ले खोजेको पनि येही हो .सबलाई बधाई र अब आर्थिक उन्नति मात्र सोचौ र रासायनि हतीयार बारे धेरै उधयान गर्नौ तर्फ लागौ पछि भबिस्यमा कोइ भन्दा पछि नपारौ .. जय नेपाल

    Reply
  4. Kebi Ghotane says:
    September 24, 2015 at 8:17 am

    We always be careful from India.

    Reply
  5. kiran says:
    September 24, 2015 at 5:56 am

    इंडिया र हाम्रा मधेसी मोर्चा लाई एउटा प्रश्न इंडिया मा इटालियन मूल कि भनेर कांग्रेश (इ) कि नेता सोनिया गान्धी लाई किन प्रधान मन्त्रि बन्न दिएन ? किन भने तिनी इंडिया को बंसज नागरिक होइनन / अनि नेपालमा इंडिया र मधेसी मोर्चा ले अंगीकृत नागरिक ले पनि पम /रास्ट्रपति /मुख्यमन्त्री बन्न पाउनु पर्छ भन्नु नेपालको सिक्किमे कारण गर्न खोज्नु हो/

    Reply
  6. Karnali Chaudhary says:
    September 24, 2015 at 5:43 am

    उखाने ओली, ऊ ऊ गर्ने झोली र आफ्नै बोलिखाने गोलिले बुझ्न पर्ने —
    १. थारु १००% नेपाली हुन्| मधेसीसंग न व्यवहार मिल्छ न अनुहार बनोट| न लुवाई खुवाई र बोलि मिल्छ| थारुहरु मोज मस्तीमा रहेका बेला उनीहरुको जमिन कसले लिएका छन्? हिज बिहार, युपी र बङ्गालबाट कंगाल भएर लोटा बोकेर आएकाहरुले| मदेसी र पहाडी शोषक जमिन्दारहरुले| यो हो ध्रुब सत्य| सोझा थारुहरुलाई कसले उचालेका छन् त्यो बुझ्न पर्यो| गच्छदार मात्रले थारुको प्रतिनिधत्व गर्दैन|
    थारु नेताले सार्बजनिक रुपमै हामी बिहारमा शरण लिने वाला हैनौ भनिसकेका छन|
    भूमिपुत्र थारुहरुको जायज मांग तुरन्त पुरा गर्नु पर्छ|

    २. इन्डियाले असल छिमेकीको हिसाबले सांचै नेपाल र नेपालीको ख्याल गरेर संबिधानमा एसो एसो गर भन्ने हो भने किन अहिले सम्म आदिवासी जनजातिलाई हदसम्म सीमान्तकृत गरिरहदा पनि कैले यो मुद्दा उठाएँन? आखिर गोर्खा भर्तीमा इण्ड्यामा जाने आदिवासी जनजाति हुन्| यँहा इण्डियाको नियत संधै खराब रहेको देखियो| त्यसै भएर सही रुपमा जनमत लिनु हो भने आदिवासी जनजातिले इन्डियाको पक्षपाती व्यवहार बारे शुन्य मत पाउनेछ|

    ३. इन्डियाको सत्तारुढ सरकारले बिहारको आगामी विधानसभा चुनावलाई लक्ष्य गरेर नेपालमा मधेसीहरुको पक्षमा संबिधान निर्माणमा सोझै हस्तक्षेप गरेको हुनसक्छ वा हेपेरै पेलु भन्ने उदेश्यले पनि हो जस्तै देखिन्छ| तर यसले नेपाल भारतको दुरगामी सम्बन्धमा असर पर्न सक्छ|
    नेपालीको स्वाभिमान भारतले बुझ्न नसकेको देखियो| हाम्रा शीर्ष नेताहरु भारतीय नेताहरु समक्ष लचक्कै लच्किएर कोइ के माग्ने, कोई छोरीलाई मेडिकल पढ्ने सीट माग्ने जस्ता मगन्ते र जदौरे भए होलान तर नेपालीको स्वाभिमान अटुट र अचल छ|
    मधेसका आज जसले मधेसीलाई समान व्यवहार भएन भन्छ, उसले जब भारतका गृह मन्त्रीले एक करोड भारतीय नागरिक भनेर उनीहरुलाई ओउल्याए, त्यसबेला ती कथित मधेसीहरुको नेपाली अभिमान भएको भए घोर बिरोध गर्नपर्ने होइन? त्यसैमा फरक छ|

    Reply
  7. dor Prasad says:
    September 24, 2015 at 3:03 am

    बिसेस दुत पठाएर नाङ्गो खेल खेल्दै आएको भारत लै के लाज … बिश्वो लै देस्खाउन होइन भन्छ ! भारत येस्तै हो भन्ने कुरो सबै लै थाहा छ –

    लाज त नेपाली भन्ने हाम्रा मदेसी त् थारु हरु लै हुनु पर्ने हो – येदि सच्चा नेपाली हौं भने – भारत को खण्डन गर्न सक्नु पर्यो नि – “हामी लै सहयोग चाहिदैन, हामी हाम्रो लडाइ आफै लड़छौँ, यो देश को लडाई हो ” |

    Reply
  8. Shankar says:
    September 24, 2015 at 12:26 am

    तराईको मदिसे हरु बा जो सुकै किन न होस इन्डिया लाइ गार्जेंन मानेर नेपाल सरकार सग सिंगौरी खेल्न आउछ भने तेस्मा नेपाल सरकार झुकोस बा मानोस कुनै नेपालि ले चाहदैन |
    राजेन्द्र महतो जस्तो भारतीय दलाल सामुन्ने नेपालि झुक्ने हो भने नेपाल त् रहन्छ , तर नेपालि परिभाषा नै बदलिन्छ |
    हरेक नेपालीले इन्डिया र मधेस को सम्बन्ध मा राख्नु पर्ने सोच र बिचार
    – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – –

    इतिहास काल मा हेर्ने हो भने काठमान्डू खाल्टो पोखरी , हेटौडा र हेटौडा पारि अधिकांश जंगल ( जनक पुर्,मिथिला को इहिहास बैदिक काल सम्म जोडिएको छ )|
    नेपाल काल्तो मा कोइ इन्डिया तिर बात आये ,कोइ तिब्बत तिर बात |( बिभिन्न कारण ले )|
    पछि गोपाल बंश , किरात बंश , लिछाबी , मल्ल ,साह हुदै आज यादब बंस सम्म आइपुगेको छ |
    त्यो भनेर आज को खुला सिमाना को फाइदा उठाउदै बिसाल जनसंख्या भएको भारत र चीन बात आज भोलि छिरेका लाइ पनि केहि समय यहा न बसी , नेपालि न भै नागर्तिकता दिनु घातक हुन् जान्छ | किनकि इन्डिया को र चीन को बिसेस इन्डियाको बढ्दो जनसंख्या लाइ यहाको प्राकृतिक स्रोत चाहिएकोले यहा कहिले माउबादी , कहिले जनजाति + मदिसे नाउमा आन्दोलन सिर्जना गर्दा गर्दै र भित्रि रुप मा दलाल हरु गिरिजा , बाबुराम पाल्दा पाल्दै र देखिने दलाल हरु उपेन्द्र यादब ,राजेन्द्र महतो को सक्रियता बात देश विसर्जनको यो संगार सम्म आइपुगेको छ |
    नाकाबन्दी मार्फत इन्डिया खुला बार्गेन गर्न आइपुगेको छ|
    हामि पनि उतैबाट आएको धर्म ,कल्चर सबै मिल्छ , बेहेबारी चल्छ भन्दैमा इन्डिया सग घुस्रन जानु नेपाल आमा प्रति धोका हो | नेपाल जोगाउने हामीले नै हो |
    नया नेपाल निर्माण गर्ने पृथ्बी नारायण , एसको लागि लडेका अमर्शिंह , बलभद्र आदि सब को बलिदान सम्झदै हामि आफु स्वयम् भारतीय मुलको नै भएपनि मुट्ठी कस्ने पर्छ |
    नेपाल मा बस्ने भए नेपालि बन , नेपालि पन मा बिस्वास गर हैन नेपाल मा बसेर इन्डियाको नाउ भजने , हिन्दि को भासा कपि गर्ने भए इन्डिया जा | नेपाल र नेपालि बिरुद्द दलाली गर्ने यो मदिसे नेता हरु , पहाडी नेताहरु गिरिजा , बाबुराम आदि सब लाइ नेपालि ले चिन्न पर्छ |तेस्तै तराइको यादब ,चौधरी र मदिसे हरु यदि नेपालि बन्छ , नेपालि पाराले सोच्छ , उनीहरु पनि हामीजस्तै नेपालि हो | हैन इन्डिया को पैरवी गरेर हामि सग लड्न आउछ त् हाम्रो दुश्मन हो |
    अहिलेको अबस्था भनेको महतो (इन्डियन दलाल ) हरुको उक्साहट मा थारु हरु समेत उता फर्केको अबस्था हो |

    Reply
  9. Mb says:
    September 24, 2015 at 12:03 am

    This proves who is running the so called madhesh movement.

    Reply
  10. BS says:
    September 24, 2015 at 12:01 am

    Nepal government needs to approach China and sign a treaty for petrolium, gas and other necessary goods. India is interfering in Nepali politics now and then in the pretext of necessary supplies. This is not good in the age of globalization. We need to have broader and intellectual discussions and resolutions on this. In the interview (in above video) I can hear that we will accept India’s pressure as we are “India locked”. What did he mean? No country can lock any sovereign country. Now it is time for Nepal’s (nationalist) political parties to sit down and revise the protocols related to Nepal-India relations re political, social, economical and other issues. Let both countries sign the agreement on operational guidelines so that Nepal remains intact and sovereign. This is the best time for leaders to work on such issues. The three major political parties should also sign the agreement with Madhesi leaders that “they (Madhesi leaders) will not do any anti-national activities that will be detrimental for Nepal and support Indian political interests. We do not want to be Sikkim.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme