संविधान जारी भएको समाचारलाई नेपालका मुख्य राष्ट्रिय दैनिकहरुले प्राथमिकताका साथ प्रकाशन गरे। पत्रकारितामा एकदमै महत्त्वको समाचार शीर्षकलाई मास्ट हेड अर्थात् पत्रिकाको नाम र लोगोभन्दा पनि माथि राख्ने चलनलाई स्काइ ब्यानर भनिन्छ। केही पत्रिकाले संविधान जारी गर्दाको समाचार शीर्षकलाई स्काइ ब्यानर बनाए भने कसैले त्यति महत्व दिएनन्। हेर्नुस् कुन पत्रिकाले कसरी कभरेज गरे असोज ४ को पत्रिकामा?