-कल्याण डाँगी-
२०७२ असोज ३ गते नेपालीले ६५ बर्षदेखि आफ्नै हातबाट संविधान बनाउने सपनालाई दुई पटकको संविधानसभाको निर्वाचनबाट आफ्ना प्रतिनिधि पठाई साकार पारेका छन। विभिन्न बाधा अबरोधका बाबजुद आज दिन देशले नयाँ संविधान पाएको छ।
अहिले देश यस परिस्थितिमा कतै खुसीमा झुमिरहेको छ भने कतै रोदनमा। बर्तमान स्थितिमा तराई आफ्ना माग ‘नेपालको संविधान २०७२’ मा समाबेश नभएको भन्दै बल्दै छ । पक्कै पनि देशको आधा भागमा खुशीयाली हुदाँ अर्को भाग दुखीमा रोइरहनु राम्रो होइन। पाएर खुशी आजका दिन नेपाली मन अमिलो भएको छ। सारा देश एकै पटक हर्षको सागर पौडिएको भए गर्वका साथ अझै बढी खुशी अनि देशले बिजयको महशुस गर्न पाउथ्यो।
हामीले आजको स्थितसम्म आइपुग्नलाई आफ्ना दुई पुस्ताको आहुती दिएका छौँ। देशले प्रजातन्त्र, पन्चायत, राजतन्त्रको प्रत्यक्ष शासनलाई देखेको , भोगेको छ त्यो भन्दा बढी सर्वसाधारण जनताले १० बर्षे गृहयुद्धलाई महशुस गरेका छन। यति धेरै उतारचढाव समयको कठिन यात्रापछिको परिणाम आज नेपाली जनताले आफ्नो अपनत्व महसुस गर्न सक्ने संविधान पाएका छ्न। त्यसैले आज देशले बिजयको अनुभुती गरिरहेको छ। जनतामा एउटा नयाँ सपनाको जन्म भएको छ। अब देशमा दिगो शान्ती एवम् राजनीतिक स्थितिरता अनि विकासको मुल फुट्ने छ, देश भोगिरहेको अन्योलता अनि चरम निराशातालाई चिर्दै नयाँ सपनाको जन्म दिएको छ। पक्कै पनि यो समयमा जनताले खुशीलाई विभिन्न तरिका व्यक्त गरिरहेका छन।
नयाँ संविधान जारी भैइराख्दा सम्पुर्ण नेपाली खुशी हुन सकिराछैनन। कतै मन अमिलो छ भने कतै गुलियो। तराई आफ्ना माग समाबेश होस भन्दै आन्दोलित छ। त्यहाँ अहिले आन्दोलनका क्रममा अहिले समयमा लगभग ५० जनाको ज्यान गैइसकेको छ। कदापि यो र यस्ता घटनाले अर्को नेपाली जसले नयाँ संविधान जारी भएको उपलक्ष्यमा हर्षित भैइरहदा सोच्दै छन हाम्रा तराईका भाईबन्धु हरु लाई र भन्दै छन तराईको मागको सहि र चाडो मुल्यांकन होस अनि संविधानमा समाबेश गरियोस। सदियो देखि भाइचारा रहेको समाज हामी नेपालीको आज दुई भागमा बढिको देखिएको छ।
तर यहाँनेर हामीले भन्न सक्नु पर्छ अनि साहनुभुती राख्नुपर्छ हाम्रा तराईका बन्धुहरुलाई र साथ दिनु पर्छ उनिहरुको मागको मुल्यांकन एवम उचित सम्बोधनको लागि । एउटाको ज्यान गैइराख्दा अर्कोले चाहिँ दिप प्रज्जवल गर्नु कति को ठिक हो? यो प्रश्न आज सुनियोको छ र प्रश्न आउनु पनि जायज हो यस परिस्थितिमा। साच्चै किन नेपाली आफ्नै एक भाइको रोइरहेको समयमा अर्को भाइ हासिरहेको छ? किन देश आज आशु र खुशीको मिश्रणमा छ? यस्ता प्रश्न प्रत्येक नेपालीले भनिरहेका छ्न, सोचिरहेका छ्न? के संविधान जरि गर्ने यो उचित समय थियो त? यस्ता प्रश्न अहिले जताततै सुनिदैछ, भनिदैछ, सामाजिक संजालमा लेखिदैछ।
पहिलो संविधान सभाको निर्वाचन भएको आठ बर्ष पछि संविधान जारी भएको छ। जरि हुनु पर्ने समयमा हुन नसकेर पहिलो संविधान सभाको अबसान भयो। प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको मन्त्रीपरिषदले नेपाल मा संविधान सभाको निर्वाचन गरायो र त्यस्कै परिणाम स्वरुप आज देशले संविधान पायो। यस प्रक्रियालाई सार्थक पार्न राजनीतिक शक्ति बिचको तालमेलको विषेश भुमिका छ। संक्रमणकाल बद्ढै गैइरहेको अवस्थामा देशले संविधान पाउनु समयको माग अनि जनताको चाहनालाई साकार पार्नु हो।
देश दुई कित्तामा बढिएको छ एक- संविधान जारि भएको खुशियालिमा रमाउदै , अर्को- संविधान जारी गर्ने समय उचित भएन भन्दै आफ्ना मागको सुनुवाइको लागि आन्दोलनरत । हो, समय अहिले दोसाँधमा छ , एउटा चरण बाट अर्को चरणमा प्रवेश गर्दैछ। एउटा भाईको दुखलाई नसम्झी यसरी संविधान जारी गर्नु उस्को घाउमा नुनचुक छर्किनु सरह हो। तर पनि यस संविधानलाई आजका दिन सम्म जारी हुने समय सम्म धेरैको सपना गासिएको छ, दस बर्षीय गृहयुद्ध देशले भोगेको छ र आज पनि त्यो गृहयुद्धको घाउ ताजै छ। यहि आफ्नै हात बाट आफ्नो संविधान बनाउने इच्छा रख्दा राख्दै हामिले हाम्रो दुई पुस्तालाई गुमायौँ। हाम्रो पुस्ता आफ्नो उर्जाशिल समय यसकै लागि योग्दान गरे। परिणामस्वरुप आज देशले संविधान पाएको छ। त्यसैले देश खुशीमा छ।
देशको यस प्राप्तीलाई तराई बासिले आफ्नो अपनत्व पाउन सकिरहेका छैनन। दिनहुुँ जसो एउटा नेपालीले आफ्नो माग सुनुवाइका लागि ज्यान गुमाउदै छ त्यसै गरि राज्यका तर्फ बाट खटिएका सुरक्षाकर्मीले पनि ज्यान गुमाइराहेका छन। देशले पीडा भोगिरहेको छ। एकातिर यस्तो पीडा छ भने अर्को तिर देश संक्रमणकालको लम्बाइबाट थिल्थिलो हुँदै छ। हामी सबै नेपालीको यश थिल्थिलोको निराकरण यसै संविधानबाट हुन्छ भन्ने बिश्वास छ र त्यो बिश्वासको परिक्षा सुरु भएको छ। जुन रुपमा तराईमा आन्दोलन बढ्दै छ, डर लाग्दो हुँदै छ। नागरिकहरु को ज्यान गैइरहेको छ। एउटा राष्ट्रका लागि सबै भन्दा नराम्रो कुरा हो यो। संविधान जारी भैइसकेको अवस्था हो अहिलेको। यो भन्दै तराई या अरु आन्दोलनरत को मागलाई नजरअन्दाज गर्न मिल्दैन त्यसैले अभिलम्ब निकास निकाल्नु पर्छ, जायज माग को तुरुन्तै सुनुवाइ हुनु पर्छ।यदि भएन भने देशले ठूलो भयानक अनि अकल्पनीय घटना सामना गर्नु पर्ने स्थिती आउन सकिन्छ। त्यसैले सम्बन्धित सम्पुर्ण पक्षको ध्यान जान जुरुरत छ अहिले को परिस्थितिलाई सफल एबम सर्वस्विकार्य निकास दिलाउन। ६५ बर्ष को सपनालाई साकार बनाउन सक्ने हाम्रो नेतृत्व फेरि पनि हाम्रो मागको सुनुवाइ गरि सम्पुर्ण नेपालीलाई आफ्नो सपाना सफल भएको खुशियाली साटासाट गर्ने समय छिटै प्रदान गर्ने छ।
विभिन्न राजनितीक स्वार्थ वल्झिदो रहेछ यस संविधान निर्माण प्रक्रियामा र हामीले सबै कुरा देख्न र महसुश गर्ने मौका पायौँ।विधि प्रक्रिया एबम विविध संरचनातक परिपाटीसग अबगत भयौँ । अभार छौँ हामी अहिलेको यो पिस्ता हाम्रो अगाडिका पुस्तासगं र प्रण गर्छौँ देशको अबको यत्रा सुखद हुनेछ अनि नेपाल समृद्धिको पथमा लम्किने छ।
लडाइ अधिकार को न भै सिमाना को हो – मदेसी ले समथर जति हाम्रो येउतै प्रदेश भन्ने, आखन्द बादीहरु को छुटै नारा – अनि कसरि कुरो मिल्छ ! आब भारत खुलेरै मदेसी संग साथ दिने र नाकाबन्दी दिने धम्कि दिन थालेपछि राज्य सिमाना को लडाइ रस्तियेता संग जोडिने भो ! कुरो कसरि मिल्छ त ?