Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाकाबन्दीको हल्ला, पम्पमा लाइन र वार्ताको पहल : पढ्नुस् असोज ५ का मुख्य घटना

Posted on September 23, 2015 by Salokya

२०७२ असोज ५, मंगलबार

नाकाबन्दीको हल्ला : भारतले हिजो राति निकालेको आपूर्तिमा असर पर्न सक्ने चेतावनीसहितको वक्तव्यपछि भारतले लगाउन सक्ने नाकाबन्दीको हल्ला व्यापक भयो। सुरक्षा कारण देखाउँदै रक्सौलमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर रोकिएको समाचार आएपछि त पेट्रोल पम्पहरुमा रातिसम्म लामो लाइन लागेको देखियो। यद्यपि रोकिएको ट्याङ्कर दिउँसोसम्ममा भारतले छाडिदिएको समाचार आयो।

ट्विटरमा आक्रोश : भारतीय वक्तव्यको प्रभाव ट्विटरमा पनि निकै देखियो। नेपालीहरुले चलाएको #BackOffIndia ह्यासट्यागलाई पाकिस्तान लगायत भारतको विपक्षमा रहेकाहरुले वर्ल्डवाइड ट्रेन्ड गराइदिए। बिबिसी मात्र होइन भारतीय मिडिया पनि यो बारे समाचार बनाउन बाध्य भयो।

युएन र अमेरिकाको वक्तव्य : संविधानपछि आएको वक्तव्यमा भारतले वेलकम भन्ने शब्द नराखेपछि युएन र अमेरिकाबाट आएका वक्तव्यमा पनि यो शब्द भेटिएन। युएनको वक्तव्यमा acknowledge शब्द राखिएको छ जसको अर्थ accept the validity or legitimacy of समेत हुन्छ। तर कान्तिपुर एफएमले त राष्ट्रसंघले पनि नेपालको संविधानको स्वागत गरेन भनेर समेत समाचार बनायो। वक्तव्य यस्तो थियो। अमेरिकाले पनि संविधान जारी भएकोमा नेपाली जनतालाई बधाई दियो। यस्तो छ नेपाली अनुवाद वक्तव्यको।

वार्ता पहल वार्ताका लागि शीर्ष नेताहरु तातिए। आज गच्छदारलाई भेट्न तीन दलका शीर्ष नेता प्रम कोइराला, केपी ओली र प्रचण्ड फोरम लोकतान्त्रिकको कार्यालयमै पुगे। प्रधानमन्त्री तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न पनि बिहानै बिजुलीबजार कार्यालय पुगेका थिए। ठाकुरले सेना फर्काउनेलाई वार्ताको पूर्वशर्त बनाए। राति बालुवाटारमा बसेको तीन दलको बैठकले पनि वार्ता जारी राख्ने निर्णय गर्‍यो।

तीन दलको अबेरसम्म वार्ता प्रमुख तीन दलबीच बालुवाटारमा राति अबेरसम्म छलफल भयो। विशेष गरी भारतको क्रुद्ध प्रतिक्रिया र त्यसको संभावित प्रभावबारे छलफल भएछ। संविधानका विषयमा नबुझेका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रलाई बुझाउने पनि निर्णय गरे। यो बैठकमा पनि केही अघिदेखि अनुपस्थित बाबुराम भट्टराई सहभागी भएनन्।

टीकापुर घटनामा ५८ विरुद्ध मुद्दा : कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भई अनुसन्धानका सिलसिलामा पक्राउ परेका ५८ जनाविरुद्ध आज कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। कर्तव्य ज्यान, डकैती, चोरी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो। तीमध्ये ३६ प्रतिवादी फरार छन् भने २२ जनालाई अदालतमै उपस्थित गराई मुद्दा दर्ता गरिएको छ । एक जना १४ वर्षीय नाबालक छन्।

एमालेको चियापान एमालेले संविधान आएको खुसीमा चियापान समारोह गर्‍यो। दशरथ रंगशालामा गरिएको थियो चियापान। त्यहाँ बोल्दै ओलीले भारतले नाकाबन्दी लगाउँछ भन्नेमा आफूलाई विश्वास नलागेको बताए।

मधेसी मोर्चाको बैठक आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भइसकेपछिको रणनीति र कार्यक्रम तय गर्न आज राजविराजमा बैठक गर्‍यो। राति बसेको बैठकको निर्णय यो लेख्दासम्म सार्वजनिक भइसकेको छैन।

तराईको तनाव मोर्चाका कार्यकर्ताहरूले रुपन्देहीको मैनहिया, पोखरभिण्डी र पजरकट्टी गाविस कार्यालयमा आक्रमण गरे। ती मध्ये मैनहिया गाविसमा तोडफोड र आगजनी गरिएको अरुमा तालाबन्दी गरिएको थियो। कलैयामा प्रहरीले आफूमाथि एसिड छ्यापिएको दावी गर्‍यो भने प्रदर्शनकारीहरुले निर्दोष घरभित्र पढ्न बसेकालाई कुटपिट गरेको दावी गरे। दर्जनौँ टियर ग्यास र हवाई फायर भयो त्यहाँ। सुनसरीको दुहवीभलुवा नगरपालिका कार्यालयमा मध्यराति अज्ञात व्यक्तिको समूहले आगजनी गरे। जिल्ला सदरमुकाम गाईघाटमा बन्दको प्रतिकारमा उत्रिएका सर्वसाधरण र बन्दकर्ताबीच असोज ५ गते झडप हुँदा एक जना बालक घाइते भए। पर्सामा मधेसी मोर्चाका कार्यकर्ताले असोज ५ गते नेपाली काङ्ग्रेसका सांसद् राजेन्द्रबहादुर अमात्यको घरमा ढुङ्गामुढा गरे। पर्सामा प्रहरी चढेको ना १ ग ४७२ नम्बरको गाडीमा प्रदर्शनकारीले गरेको पेट्रोल बम प्रहारबाट प्रहरी जवानहरू कृष्णबहादुर नेपाली, राजु परियार र राजकिशोर यादव घाइते भए।

1 thought on “नाकाबन्दीको हल्ला, पम्पमा लाइन र वार्ताको पहल : पढ्नुस् असोज ५ का मुख्य घटना”

  1. Prem Nepali says:
    September 23, 2015 at 7:08 am

    Peaceful demonstration is the right of every Nepali citizen (some immigrant citizens as well) and guarantee them. But at the same time if someone involves in killing people, pouring acid at security personnel, vandalize private and public properties, and involves in arson, then treat them as criminals. They can be anything but ‘aandolankari’. Criminal activities cannot be taken for granted in the name of any ‘aandolan’.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme