Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जारी भयो संविधान, गच्छदारलाई ल्याउने अन्तिम प्रयास पनि विफल, भारतको ठण्डा प्रतिक्रिया : पढ्नुस् आइतबारका प्रमुख घटना

Posted on September 20, 2015September 22, 2015 by Salokya

अन्ततः संविधानसभाबाट राष्ट्रपति रामवरण यादवले आज नेपालको संविधान जारी गरे। आजैदेखि त्यो लागू पनि भयो। अन्तरिम संविधान २०६३ खारेज भयो। जनताले आफ्नो प्रतिनिधिमार्फत् आफैले संविधान लेख्ने २००७ सालदेखिको इच्छा बल्ल पूरा भयो। राष्ट्रपतिको नम्र व्यवहार देखेर सबै नतमस्तक भए। उनले छोटो सम्बोधन पनि गरे जसको पाठ मन्त्रिपरिषद्ले पारित गरेको थियो। संविधान जारी भएको खुसियालीमा ठाउँठाउँमा दीपावली गरियो।

  • आजको दिन बिथोल्न विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको थियो। तर बन्दको प्रभाव त्यति भएन। बिहानै पाटन र काठमाडौँको रविभवनअगाडिको सडकमा पनि बम राखेर जनजीवनलाई त्रसित बनाउन खोजिएको थियो। तर सरकारी विदा र सुरक्षा व्यवस्थाका कारण सडकमा प्रशस्त गाडी गुडेका थिए।
  • गच्छदारलाई लाई संविधानसभामा फर्काउने अन्तिम प्रयासले पनि फेल खायो। गच्छदारलाई फर्काउन हो कि किन हो, राष्ट्रपति ५ बजे संविधानसभामा प्रवेश गर्ने भनिए पनि त्यो समय आधा घण्टाभन्दा बढी समय सारिएको थियो। सभाध्यक्ष सुवास नेम्वाङले पनि संविधान प्रमाणिकरण भइसके पनि सभासद्हरुको हस्ताक्षर गर्ने म्याद राष्ट्रपति नआउन्जेल बढाएका थिए। यो बीचमा सहमतिको प्रयास पनि भएका थिए।  माइतीघर मण्डलास्थित एमाओवादीका एक जिल्लास्तरीय नेताको घरमा एमाओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष ओली, प्रधानमन्त्रीका प्रतिनिधि मन्त्री नरहरि आचार्य र महेश आचार्य र गच्छदारबीच वार्ता भएको थियो। मधेस र पहाड शब्द राखी त्यहाँ देखिएका समस्या समाधान गर्ने लेखिएको चार बुँदे सहमतिको मस्यौदा तयार भयो। तर पार्टीमा कुरा गरेर आउँछु भनी हिँडेका गच्छदार फर्केनन्। पार्टी फुटाउने चेतावनी दिइएपछि गच्छदार फर्केर आएनन्। यसरी अन्ततः गच्छदारलाई फर्काउने प्रयास असफल भयो। यसको कारक थियो बिहीबार राति १ बजेसम्म बसेको अनि शुक्रबार बिहान मधेस र थरुहट शब्द उल्लेखै गर्न नचाहेर सहमतिको मुखमा पुगिसकेको सहमति भाँडिनु।
  • संविधान जारी भएलगत्तै भारतले निकै चीसो प्रतिक्रिया दियो। “वेलकम” भन्ने शब्द पनि नराखी भारतले निकालेको वक्तव्यमा आफ्नो सीमासँग जोडिएका जिल्लाहरुमा भएको हि‌ंसात्मक घटनाबारे चिन्ता व्यक्त गरिएको छ। वार्ता गर्न पनि त्यसमा सुझाइएको छ।
  • संविधान जारी भएकै दिन थप एक जना प्रदर्शनकारीको गोली लागी मृत्यु भएको छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच बीरगञ्जको गीता मन्दिर रोडमा असोज ३ गते भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागी पकाह मैनपुर गाविसका शत्रुघ्न पटेलको मृत्यु भएको हो। गोली लागेर अन्य दुई जना आन्दोलनकारी घाइते भएका छन्  । प्रहरीको लाठीचार्जका कारण अन्य १३ जना प्रदर्शनकारीहरुमा पनि घाइते छन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme