Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाकाबन्दीको अप्रत्यक्ष चेतावनी दिँदै भारतले दियो वार्ताका लागि दबाब

Posted on September 21, 2015September 21, 2015 by Salokya

25825_1_25821_1_25759_1_22858_1_33212भारतले आज वक्तव्य जारी गर्दै, हेर है नेपाली हो। हाम्रो सीमासँग जोडिएका जिल्लाहरुमा अशान्ति र हि‍ंसाको समस्याको तुरुन्त समाधान गर। नत्र हामी यहाँबाट त्यहाँ सामान पठाउन असमर्थ हुन्छौँ भन्ने शैलिमा अप्रत्यक्ष रुपमा नाकाबन्दीको धम्की दिएको छ।

अनि समस्या चाहिँ कसरी समाधान गर्ने त?

त्यसको उपाय पनि भारतले वक्तव्यमा सुझाएको छ- यो राजनीतिक समस्या हो। बल प्रयोगबाट होइन, राजनीतिक तवरबाट। संविधान जारी भइसकेपछि भएको हिंसा भन्दै उसले संविधान जारी भएकोप्रति बेखुसी जनाएको छ। पहिल्यै समाधान गरेको भए यस्तो अवस्था आउने थिएन पनि भनेको छ।

हेर्नुस् अङ्ग्रेजीमा वक्तव्य

Statement on the situation in Nepal
September 21, 2015
We are deeply concerned over the incidents of violence resulting in death and injury in regions of Nepal bordering India following the promulgation of Constitution yesterday. Our freight companies and transporters have also voiced complaints about the difficulties they are facing in movement within Nepal and their security concerns, due to the prevailing unrest.

We had repeatedly cautioned the political leadership of Nepal to take urgent steps to defuse the tension in these regions. This, if done in a timely manner, could have avoided these serious developments.

We have consistently argued that all sections of Nepal must reach a consensus on the political challenges confronting them. The issues facing Nepal are political in nature and cannot be resolved through force. We still hope that initiatives will be taken by Nepal’s leadership to effectively and credibly address the causes underlying the present state of confrontation.

New Delhi
September 21, 2015

विज्ञप्तिको नेपाली अनुवाद पढ्नुस्-

नेपालको अवस्थाबारे प्रेस विज्ञप्ति हिजो संविधान जारी भएपछि भारतीय सीमा नजिकका नेपाली भूभागहरुमा घाइते र मृत्यु हुनेगरी भएका हिंशात्मक घटनाप्रति हामी गम्भिर चिन्ता प्रकट गर्दछौं । विद्यमान असहजताले गर्दा हाम्रा मालवाहक कम्पनी तथा यातायाताकर्मीहरुले पनि नेपाल आवतजावतमा भोग्नु परेको कठिनाइ सहित तिनका सुरक्षा चिन्ता प्रकट गरेका छन ।

हामीले नेपालको राजनीतिक नेतृत्वलाई यी क्षेत्रमा जारी तनाव अन्त्य गर्न तुरुन्त पहल कदमी लिनको लागि पटक पटक सजग गराउँदै आएका थियौं । यदि समयमै त्यसो गरिएको भए यस्तो विसम परिस्थिति आउने थिएन ।

हामीे लगातार भन्दै आएका छौं कि नेपालको राजनीतिक चुनौति हल गर्नको लागि सबै पक्ष सहमतिमा पुग्नै पर्छ । नेपालले भोगेको समस्या राजनीतिक प्रकृतिको हुनाले शक्ति प्रयोगबाट यसको समाधान सम्भव छैन । हामी अझै आशा गर्दछौं कि नेपालको नेतृत्वले झडपको वर्तमान अवस्थालाई प्रभावकारी र विश्वसनीय ढंगले सम्बोधन गर्न पहल गर्नेछ।

27 thoughts on “नाकाबन्दीको अप्रत्यक्ष चेतावनी दिँदै भारतले दियो वार्ताका लागि दबाब”

  1. Suman Rai says:
    September 22, 2015 at 2:21 pm

    Indians should first solve their own problems (politically) with Assam (Bodoland), Nagaland, Manipur, Darjeeling (Gorkhaland) and many others before interfering and threatening others.

    Reply
  2. PradeepMS says:
    September 22, 2015 at 12:25 pm

    धम्कि नदिएकै राम्रो, मरिचमानको स्वाभिमानलाई गौरव गर्ने नेपाली अधिकाम्स छन् !!!

    Reply
  3. achut nepal says:
    September 22, 2015 at 10:46 am

    हामी कहाँ नभए पछि किनेर खाने नै हो ,उत्तर तिर बाट रेल को बिकाश मा ध्यान दिनु अति जरुरि देखियो/मदेश र तेहा का जनता लाई पनि येत्तै बाट नुन को व्यवस्था गर्नु पर्छ/

    Reply
  4. Dhimal says:
    September 22, 2015 at 10:17 am

    अस्ति मात्र भारतको गृह मन्त्रीले नेपालमा एक करोड भारतीय नागरिकको हितको ख्याल राख्छ भनेको हैन?
    किन मधेसका नेताहरुले यो भनाइको कडाइका साथ् बिरोध गरेनन? को हुन् ती एक करोड?
    छ नम्बरमै पर्छ कि सातमा? बिहारका मुख्यमन्त्री समक्ष जानेहरु पनि त्यही करोड भित्रकै होलान| थारुहरुले सार्बजनिक रुपमै भनेसके उनीहरु दुख पर्दा बिहार जाने हैन|

    Reply
  5. dor prasad says:
    September 22, 2015 at 10:00 am

    updaate: Madhesis will not sit in talk – price rise with indian support !!!

    Reply
  6. Shisir says:
    September 22, 2015 at 8:17 am

    Euphemism showing hegemony!
    Down with Indian hegemony!

    Reply
  7. Mahesh Bir says:
    September 22, 2015 at 6:22 am

    Indian’s letter is just giving a threat but not a blockade.They are rather facing complaints from the fright companies and transporters, which means they are loosing their business. That is a threat so they want to their business smoothly.

    Other thing is they are not supplying the material or foods for free to Nepal,right? If so, are not they worried of loosing their money? For the third countries’ supplies they get another headache due to insurance liability to many things. So, I do not think it is the time like they did during the Marich Man’s government.

    They know that blockade does not work and they rather face a different problems themselves. They just do is sponsor our Madhesi groups and Baburama Bhattarai to rise their terrorism level. That is all. Do not remember Madhesi leaders are not saying 50 lakh for per dead body.

    Reply
    1. Maga says:
      September 22, 2015 at 10:47 am

      इंडिया लाई मरिचमान को पालामा घाटा लागेको थिएन र? उसले, त्यो बेला घाटाको सुचेन, अब किन सोचला र?

      Reply
  8. Prem Nepali says:
    September 22, 2015 at 5:06 am

    India’s efforts in this direction must be viewed in the light of the then prime minister of India Mrs. Indira Gandhi’s wish, ” if we cannot take over Nepal by bullet, we will take over it by ballet.” The homework for the merger of Tarai into Indian Union had already been started started by R&AW, whose detailed accounts can be found in Mission R&AW, a book authored by Mr. R.K. Yadav, a retired senior officer of R&AW. The current turn of events in Tarai are the just the efforts to finalize India’s grand design.

    Reply
  9. rudra says:
    September 22, 2015 at 4:18 am

    इतीहासले कुनै एक समयलाई मात्रै चिन्दछ| अब्राहाम लिंकनले जब अमेरिकाका दक्षिण क्षेत्रका राज्यहरुले दासत्वॊको पक्ष्यको हवाला दिंदै एकीकृत अमेरिकाबाट छुट्टिने घोषणा गरे तेस्को प्रतिकार आँखा चिम्लेर गरे र लाखौं मानिशहरुको ज्यान गए पनि सम्ब्रिद्द अमेरिकाको निर्माण गरे| इतिहास, बर्तमान र भबिष्य सबैले उनको सम्झनामा गौरबका साथ् शिर निहुर्याउछ|
    नेपाल को भबिष्यको निम्ती अब नेताहरु आँखा चिम्लेर एकीकृत बिचार का साथ् अगाडी बढ्ने हो भने अब एस्तो देखिदै छ, यस्तो परिस्थीती सृजना हुँदैछ प्रजातान्त्रिक लडाइमा नेपाल ईतिहासको रिघ्त सिदे मा हुनेछ भने भारत शिर निहुर्याएर हिड्नु पर्ने परिस्थिती हुनेछ| नेपाललाई माया गरेर नेपालि लाइ सडकमा हात मिल्याउने नरेन्द्र मोदी को नाटक मात्रै थियो भनेर प्रमाणित हुनेछ| सँधै -सँधै अरुको निम्ती लड्न नडराउने नेपालि हरु आफ्नै देशको निम्ती पनि लड्न डराएनन् भने भारतको के हालत हुने हो| भारत ले नेपालको आन्दोलन चर्क्याउने तरिकाबाट दिएका बक्तब्य हेर्दा लाग्दछ ” भारतले नेपाल को लागि सधैं को लागि गुमाउंदै छ”

    Reply
  10. rajan says:
    September 22, 2015 at 3:25 am

    साला धोति, दर्जिलिंगको गोर्खा आन्दोलन बन्दुखको भरमा दबाइस, नेपालीलाई भुटानबाट लखेटेर नेपाल भित्र हुलिस, तेरो देशमा माओबादीलाई र कश्मिरिलाई किन गोलि हान्छस ? जबाफ दिन सक्छस ?

    Reply
  11. rajan says:
    September 22, 2015 at 3:16 am

    नेपाल भारत बीच खुल्ला सीमाको भारत ले प्रचुर फाइदा उठाएको छ | यो धोती बिहारी चोर-डाँकाहरुसंगको सीमामा भिसाको व्यवस्था गर्नु पर्छ | रसियाले क्राइमियामा गरे जस्तो पहिला धोतिहरुलाई घुसाउने अनि क्षेत्र हतियाउने षडयन्त्र हो | दुखको कुरा क्रिमियाको सन्धर्वमा पश्चिमले बोलेको जस्तो हाम्रोमा बोलिदिने कोहि छैन. चिन कुजत पनि बोल्दैन |

    Reply
  12. Kamal says:
    September 22, 2015 at 1:41 am

    भारतले नाकाबन्दी गर्छ भन्ने कुरोमा अहिले बिश्वास नगरौ| भारत नेपालमा शान्ति चाहन्छ| नेपालको समृद्धि देख्न चाहन्छ| त्यसैमा ठुला राष्ट्र भारतको हित पनि गाँसिएको छ|
    त्यसै सन्दर्भमा भारतले चेतावनी दिनु उचितै हो| तर चेतावनी दिनपर्ने हो भारतसंग साँठगांठ भएका नेताहरुलाई| अब ती कुन कुन नेताहरु हुन् भनेर उल्लेख गरिरहन नपर्ला| तिनीहरुको मुखडा नेपाली जनता समक्ष छर्लंगै छ|
    तब के यो संबिधान पर्फेक्ट छ त्? छैन| यति आउनलाई पनि आठ बर्ष कुरियो| पर्फेक्ट हुनलाई अझ कतिबेर कुर्नु पर्ने हो थाहा छैन| बिवाह गर्ने हतारमा नचाहदा नचाहदै लाटो संग जान वाध्य हुनेपर्ने भन्ने होइन| तर स्वप्नको राजा र पर्फेक्ट व्यक्ति पाउन जुग कुरे पनि नपाईएला|
    त्यसको अर्थ संबिधान भन्ने चिज नाउँको लागि संबिधान र काम चलाऊ भएर मात्र पुग्दैन| यसले जनताको अपेक्षालाई समेटेको हुनपर्छ, अल्पसंख्यक र बहुसंख्यक दुवै|
    भारतले केवल तराईवासी जनताको हितलाई मात्र ध्यानमा राखेर बक्त्यब्य निकालेको हो भने त्यो दुखद्पूर्ण हो| तर सम्पूर्ण नेपाली जनताको हितलाई मध्य नजर राखेर एउटा असल छिमेकीको जिम्मवारी निर्वाह गर्ने उद्देश्यले भनिएको हो भने त्यो विचारणीय छ, स्वागतयोग्य छ|
    जँहा सम्म एउटा देशको संविधान निर्माण सित सम्बन्धित कुरा छ freight forwarders र transporters को complaint संग जोडेर कुरा उठाउनु कतिसम्म लज्जास्पद हो र नीचपन हो यी विश्वका सबैभन्दा बिशाल लोकतान्त्रिक देश र हाम्रा धेरैका निम्ति पुण्यभूमि कहालिएका देशले अलि बिचार पुर्याएको भए राम्रो हुने थियो कि भन्ने लागेको छ|
    जनजातिको अधिकार दिनहु हरण हुँदा, सीमान्तकरण आझ बढेर जाँदा र नेपालमा बाहुन र थप एक दुई जातले राजनीति, प्रशासन र सेनामा अरुलाई जबर्जस्ति उछिनेर एकल राज चलाउदा भारतका ती योग्य ठान्नेहरुले कहिले आवाज उठाएनन्| आज तराईवासीका मुद्दामा धेरै चासो देखाउनुको कारण के हो?
    त्यसैपनि उसैपनि भारत नेपालको आन्तरिक मामलामा मुछिन खोजिएको वा नेपालका नेताहरुले मुछ्न खोजेको पाईएको छ| संबिधानमा के के थोक पुगेन र के के हुनपर्थ्यो भनेर उल्लेख गरेको भए राम्रो हुनेथियो| होइन भने आफ्नो भविश्य निर्णय गर्ने सम्पूर्ण अधिकार नेपाली जनताको विवेकमा छाडीदिएको राम्रो हो|

    Reply
  13. eklavya says:
    September 22, 2015 at 1:03 am

    धोतिहरु संबिधान आउनु भन्दा महिना अघि देखि दंगा हुन्जेल केहि सुरसार थिएन अब बल्ल केहि शान्तिका प्रयास हुन थाले अनि फेरी अस्थिरता ल्याउने कोशिस गर्दै छन् यिनीहरु नेपालमा कहिले शान्ति र बिकास हेर्न चाहन्नन् सधै तिनकै भर परिरहोस भन्ने ठान्छन हाम्रो अन्तरिक मामला हो हामी बिस्तारै सुल्झाई हाल्छौ तिनलाई के को टाउको दुखाई दार्जीलिंग मणिपुर nagalandma तेत्रो दंगा मच्चेको छ कानमा बुचो हालेर बसेको छ हाम्रो तिर आँखा गाद्छन..कहिले सुख दिने भएन धोतीले ….

    Reply
  14. dor Prasad says:
    September 22, 2015 at 12:59 am

    हामी भएका नेता लै गाली गर्न खप्पिस छौं तर नेता बन्न कोहि चाहदौनै … भारत को कुरा माने भने भारतीय एजेन्ट भन्ने, न मान्यो भने र केहि भो भने पनि गाली गर्ने ….

    Reply
  15. amar says:
    September 22, 2015 at 12:58 am

    मोदी के बच्चे साले कुत्ते

    Reply
  16. dor Prasad says:
    September 22, 2015 at 12:47 am

    नेपाल मा भारत बिरोधि भावना बह्यो भने भारत लै पनि घाटा हुन्छ … पंचायत नाकाबन्दी गर्दा जस्तो अवस्था मा जस्तो अहिले को मानिस को चेतना कहाँ छ र ! सानो भनेर न हेपे हुन्छ !!!

    Reply
  17. Dinesh says:
    September 21, 2015 at 11:41 pm

    Oho ! I am surprised by both ; the one who wrote the news and the ones who commented.

    Read the statement carefully; where does India say it will do “Nakabandi” ? Nowhere , right?

    Let’s be very careful when we make comments . India and Nepal has very long relations and it must continue

    Nepal must revolve the crisis and anybody who says so is right.

    I am NEPALI and Pahadi by the current term- just for Info to stop any comment that I may be Indian saying so or Madheshi.

    Reply
    1. dor Prasad says:
      September 22, 2015 at 1:07 am

      कुटनीतिक भाषा – सिधै मा नाकाबन्दी गर्छु अहिलेइ का भन्छ र ?? यो त पहिलो धम्कि हो !

      Reply
  18. diwakar says:
    September 21, 2015 at 11:40 pm

    भारत को येही अस्त्र हुन्छ त्येसैले हामी सजक हुन आवस्यक छ !!अबको ४-५ वर्ष मा तिब्बत तिर रेल आउछ रे बरु त्येस्लाई छिटो गर्न सुजाउनु पर्यो !!तपाई आफ्नो श्रोत को बारेमा भारत संग जहिलेपनि कुरा गर्ने तर उसको हेपाई बिरुद्ध केहि गर्न नखोज्ने !! येसले हामीलाई हानी पुर्याउछ !!उसले नाकाबन्दी को धम्कि दिदैछ फेरी उहीसंग नदीनाला को सम्झौता गर्नु हुन्छ !! एदी साझेदारी खोजेको हो भने नाकाबन्दी को धम्कि दिन नपाउने गरि सम्झौता गर्दा हुन्छ

    Reply
  19. suresh says:
    September 21, 2015 at 10:52 pm

    ब्रिटिशका नज़याज़ औलाद हरुले आफ्नो औकात देखाउदै छन्,यो सब हाम्रा नालायक कुकुर नेताहरुको चरित्रले सर नेपालीले दुख पौने दिन आउदै छन्

    Reply
  20. सत्य says:
    September 21, 2015 at 10:51 pm

    देशलाई अस्थिर बनाउने संबिधान दिएर श्री ३ (कोइराला, वली, दाहाल) ले धमिलो पानीमा माछा मार्न खोजेका हुन् / १० बर्ष जनुद्ध, ८ बर्ष अधुरो संबिधान बनाउन गरी १८ बर्ष कांग्रेश, एमाले, माओवादीले राज गरे / अबको १०० बर्षसम्म पनि यी पार्टीहरु रहुन्जेल देशमा अशान्ति मचाएर यी श्री ३ हरुले पालै पालो राज गरी रहने छ / मेरो एकजना इतिहासका प्रोफेसरले भन्नु हुन्थ्यो ” गरिब देशमा विकास गरी देखाउन नसके पछि अशान्ति मचाएर अप्रत्यछ रुपमा जनतालाई धम्क्याएर शासन गरी राखेका हुन्छ /” नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता देश सबै उही द्यांका हुन् /

    Reply
    1. rajan says:
      September 22, 2015 at 3:20 am

      यति लेख्न भारत बाट कति पैसा लिकेको छ, गाँठे ? नेताले भारत संग टक्कर लिएर बल्ल राम्रो काम गरेका छन, प्रशंशा पो गर्नु पर्छ, थुइक्क |

      Reply
      1. Surya says:
        September 22, 2015 at 11:21 am

        यो राजनजी भन्ने महाशय सन्काहा हो कि क्या हो ? सत्यजीले देशलाई युद्धमा धकेल्ने संबिधान ल्यायो भनेर मात्र गुनासो गरेका हुन् / तराइमा पचासौं जनाको ज्यान गएर सयौं जना घाइते भै सक्यो / मधेश तराइमा आगो बलि रहेको छ / राजनजी जस्ता महानुभाबहरु खुसियाली मनाई राखेका छन् /

        Reply
    2. eklavya says:
      September 22, 2015 at 5:57 am

      संसारको कुन चाही देशको संबिधान स्थिरताबात प्राप्त भएको छ चाहे भारतको होस् चाहे स्पेन फ्रान्स ग्रीक को होस् इतिहास पल्ताउनुस सत्यजी संबिधान बनेपछि नै परिमार्जित हुँदै स्थिरता कायम भएको छ …

      Reply
    3. Rohan says:
      September 22, 2015 at 8:52 am

      इंडिया ले मदेशी लाई अझै बिहारी बनाएर झन् हेप्ने छल हो यो सब, पढी-लेखेका मधेसीले किन नबुझेका हुन् कुन्नि ??? don’t think what the nation has done for you, think what you have done for your Nation !!!! Syria जस्तो नहोस मेरो नेपाल !!! म मधेसी हो तर मलाई इंडिया को बिहारी बन्नु छैन, मा मरुन्जेल नेपाली हु र सिंगो नेपाल चाहिन्छा मलाई !!!!

      Reply
  21. nick says:
    September 21, 2015 at 10:13 pm

    यदी भारतले कथम कदाचित नाका बन्दी गरो भने केहि समयको लागि नेपाललमा असर पर्ला तर अन्तिममा भारत लाइ नै घाटा हुने छ. जोरी नखोज भारत ग्रोखालिको खुरिको चोट थाहा पाउला.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme