Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नम्र हुँदै राष्ट्रपतिको कुटनीतिक व्यङ्ग्य

Posted on September 21, 2015 by Salokya

1-28 - DIsMDZG राष्ट्रपति र संविधानसभा अध्यक्ष तथा प्रमुख दलका केही नेताहरुबीच केही समयदेखि केही कुरा नमिलेको जस्तो देखिएको थियो। बेलाबेलामा आएका हल्ला र नेताहरुको अभिव्यक्तिले त्यस्तै देखाउँथ्यो। सुरुमा संविधानसभाले संविधानका धारामा मतदान थाल्ने दिन कृष्ण सिटौलाले राष्ट्रपतिलाई प्रहार गरे। त्यसपछि संविधान घोषणा गर्ने दिन राष्ट्रपतिलाई एक शब्द पनि बोल्न नदिने कुरा बाहिर ल्याइयो। तर संविधान जारी गर्न संविधानसभा पुगेका राष्ट्रपतिले नम्र हुँदै संविधानप्रति देखाएको आदरभावले धेरैलाई भित्रैदेखि छोयो।

1-24 - QxgbXuK
संविधानमा हस्ताक्षर गर्ने सभासद्‌देखि प्रमाणिकरण गर्ने सभाध्यक्षसमेतले नदेखाएको आदरभाव संविधानमा हस्ताक्षरै गर्दिनँ भनेर हल्ला चलाइएका राष्ट्रपति रामवरण यादवले देखाए। सभासद्हरुका लागि यो सेल्फी खिच्ने वस्तु सरह भएको थियो। तर जब सभाध्यक्षले संविधानको प्रमाणिकरण गरिएको प्रति राष्ट्रपतिलाई दिए, उनले त्यसलाई हातमा लिँदै शिरमा लगेर ढोगे।

त्यसअघि नै उनले पटक पटक नम्रताका साथ नमस्ते गरेका थिए।

दुनियाँमा कहीँ नभएको राष्ट्रप्रमुख र स‍‍ंविधानसभा अध्यक्षलाई समान दर्जा सरह एकै ठाउँमा बस्ने गरी आसन मिलाइएको ठाउँमा बसेर उनले सं‍विधान जारी भएको घोषणा गरे। अनि अस्तिसम्म बोल्न नदिने भनिएको र पछि निकै आलोचना भएपछि मन्त्रिपरिषद्बाट पास गराएर पढ्न दिइको वक्तव्य थमाइयो।

त्यो वक्तव्य आफूले हेर्न पनि नपाएको र त्यसबारे आफू जानकार नभएको जस्तो गरेर उनले कुटनीतिक व्यङ्ग्य पनि गरे। वक्तव्य वाचन गर्दैगर्दा उनले सही लेखिएको वाक्यमै पनि बीचमा अनभिज्ञ जस्तो देखाएर नेम्वाङलाई प्रश्न गरे।

खासमा वक्तव्यमा ‘…आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि बनाएको नेपालको संविधान जारी भएको घोषणा गर्ने यो ऐतिहासिक अवसरमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’ लेखिएको थियो।

राष्ट्रपतिले वाचन गर्ने क्रममा ‘नेपालको संविधान जारी भएको घोषणा गर्ने’ पढेपछि ‘घोषणा त गरिसक्यो’ भनेर सोधे। खासमा यो वक्तव्य आफूलाई पढ्नसम्म नदिएकोमा व्यङ्ग्य थियो। उनले वक्तव्य आफूलाई थाहै नभएको जस्तो गरी अड्की अड्की पनि पढे।

हेर्नुस् राष्ट्रपतिको व्यङ्ग्यको भिडियो

9 thoughts on “नम्र हुँदै राष्ट्रपतिको कुटनीतिक व्यङ्ग्य”

  1. dor Prasad says:
    September 21, 2015 at 9:26 pm

    राम बरण यादव चाही भलाद्मी बेक्ती हुन् … रतापति योग्य बेक्ती हुन् … जुनकुरा परमनित भो !

    लौ संबिधान जारी गर्नु पर्यो भन्दा रास्ट्रपति ले सबै को चित बुझाउनु पर्छ भन्दा दल ससंस्कित भएका हुन् .. कतै भारत को गोटी बनेकी भनेर दलहरु ससंकित भएका हुन् र खबरदरि गरेका हुन् …

    येस्पली पनि सबिधान जारी गर्न सकिएन भने दल हरु को औचित्य सकिने .. मधेसी को माग पुरा गर्दा, पहाडी या जातिय मुद्धा बल्झिने बडो जटिल समस्या थियो र छ दल हरु संग !

    रास्ट्रपति ले कित भित्रै बाट सक्रियेरा भएर मदेसी र अरु दल बीच सम्जौता गर्न भूमिका खेल्नु पर्थ्यो नत्र अब सकिन्न समजदारी र सबिधान जारी गर्ने मनस्थिति मा पुगेका दल लै सम्जारी गरौनुस भनेर अड्को थाप्नु आबसेक थिएन!

    Reply
  2. Kamal says:
    September 21, 2015 at 6:43 pm

    सुचने भनेको एमालेको देखाउने जनजाति दांत हो|
    यी महाशयहरु र ९५% मन्त्रिहरु, निजि क्षेत्रमा १५ हजारको जागिरमा पनि फेल खानेछन| यँहा निजि क्षेत्र भन्नाले सरकारसंग सम्बद्ध नभएको आफ्नै खुट्टामा भर पर्न पर्ने खालको| भरतमोहनले जस्तो सरकारको नीति नियमको पालक ठान्दै र सरकारको इन साइडर भन्दै नीजी क्षेत्रलाई सल्लाह दिने काम होइन|
    प्रधान मन्त्रि र सरकार चलाउने बी टीमका नेताको कुरै नगरौ|
    नेपाली जनताले ती सबै नेताहरुको सही र निष्पक्ष मुल्यांकन गर्नु हो भने देशलाई भडखालोमा हाल्ने को हुन् सबै थाहा पाईहाल्नेछन| नेपाली जनतामा नेताहरु र प्रशासन प्रति ९०% नेगेटेभिटि भएको भ्रष्टचारी, ढिला सुस्ती र कामचोर प्रबित्तिको हावीले गर्दा हो| यँहा नेपाली जनता भन्नाले भ्रष्टचारमा सलग्न नेता र कामचोर कर्मचारीका उक्त भ्रस्टचारका कुनै रुपमा फायदा पाउँदै आएका नाता आफन्त बाहेकलाई बुझाउछ|

    Reply
  3. bir nepali says:
    September 21, 2015 at 4:17 pm

    It may not be satirical at all. It could well be the case that Mr.President got confused while reading the sentences.There is no need of satire as everyone knows including Mr. president that his statement is authorised by cabinet and he is there as a ceromonial figurehead to read out already prepared statements. He must have already read it before but as we all know,even we know the zest of essay/lectures/statements or whatever for that purpose,we may not and almost cannot always know each sentces of the content by heart. Mr.Ramvaran Yadav confusion is just because of this. I dont see any political foul play here.

    Reply
  4. krishna says:
    September 21, 2015 at 3:13 pm

    This is not good. It seemed like the president was forced to read the texts written by leaders. It could easily understood that he did not say from his heart. Our president is so respected by people and deserves same respect from political leaders too.

    Poor President!

    Reply
  5. Sisir says:
    September 21, 2015 at 11:39 am

    What ever people might say , I have a huge respect to the current President Dr. Ram Baran Yadav and i repeat this again today.

    Reply
  6. XYZ says:
    September 21, 2015 at 8:10 am

    Well done, he did what he had to do with this guy called SUCHANE. In my record, last CA failed because of Nilamber Acharya and SUCHANE. May Mr Acharya is out that is why we have this constitution. One more, by speaking longer than Mr Rastrapati, Mr SUCHANE has simply damaged his credibility.

    Reply
  7. eklavya says:
    September 21, 2015 at 6:38 am

    हात्ती छिर्यो पुच्छर अड्कियो भने झैँ संबिधान जस्तो कुरा तयार पारेपछि नि हाम्रा नेताहरु आफ्नो आडमबरता योग्यता र कुशलताको परिचय दिन भने पछिपर्दैनन सबैलाई थाहा भया …

    Reply
  8. Yogesh says:
    September 21, 2015 at 6:30 am

    रास्ट्रपति जस्तो सम्मानित पद लै कसिले आफ्नो निजि स्वार्थ पूर्ति क लागि होच्याउने गर्नु हुन्न त्यसले नेपाली कै इज्जत मा ठेस पुग्छ! वहा हामी नेपाली को सम्मान र अस्थ को प्रतिक हो, वहा लै होच्याउने, तल झर्ने जस्ता काम ले गंद्तंत्र संस्थागत हुन सक्दैन !

    Reply
  9. Bayan says:
    September 21, 2015 at 6:02 am

    जसले जे भने पनि मेरो बुझाइमा यिनी रामबरण यादवलाई माहान बन्ने धेरै अवसर मिलेको थियो/ तर यिनी संधैं नेपाली कांग्रेसको मात्रै राष्ट्रपति हुने विचार राखे, सबै नेपालीको राष्ट्रपति कहिलेई पनि हुन सकेनन/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme