Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिले बोल्न पाउने भए, तर सरकारले लेखेर दिएको कुरामात्र

Posted on September 19, 2015September 20, 2015 by Salokya

kada राष्ट्रपति रामवरण यादवलाई संविधान जारी गर्ने औपचारिक राष्ट्रिय समारोहमा बोल्न दिने निर्णय समारोहको अघिल्लो दिन बल्ल भएको छ। खासमा यो बोल्न दिने कि नदिने भन्ने निर्णय कतै भएको थिएन। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यो कुरा बाहिर पठाएका हुन्। नेम्वाङ यो मामिलामा निकै चलाख छन्। आफ्ना कुरा बाहिर ल्याउनु पर्‍यो भने स‍ंसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुलाई भेट्छन्, अनि मलाई कोट नगरिदिनुहोस् है भन्दै आफूले बाहिर ल्याउन खोजेका कुराहरु सुनाउँछन्। अनि पत्रकारहरु ‘स्रोतका अनुसार’ भन्दै समाचार ठोक्दिन्छन्।

खासमा राष्ट्रपतिले समारोहमा बोल्न नपाउने भन्ने समाचार पनि यस्तै ‘स्रोतका अनुसार’ लेखिएको तर नेम्वाङले सुनाएको कुरा थियो। यसको ब्याकग्राउन्डमा थियो नेम्वाङले औपचारिक समारोहको निम्ताका लागि भदौ २८ गते सोमबार साँझ ७ बजे समय माग्दा नदिएको घटना।

अनि भोलिपल्ट जाँदा निमन्त्रणाबारे पछि खबर गर्छु भनेर राष्ट्रपतिले दिएको जवाफ।

त्यही जवाफपछि नेम्वाङले त्यही दिन असोज ३ गते सं‍विधान जारी हुने प्रस्ताव संविधानसभाबाट पास गराएका थिए।

तर व्यक्तिको रिस राष्ट्रपतिको पदमाथि पोखेको भन्दै आलोचना भएपछि भने उनीसहित अरु हच्किएका हुन्। अब सेरेमोनियल राष्ट्रपतिलाई सरकारले क्याबिनेटबाट पास गरेको एउटा वक्तव्य थमाइनेछ र त्यही वक्तव्य उनले औपचारिक समारोहमा पढ्नेछन्। खासमा सेरेमोनियललाई यस्तै गर्ने हो जहाँ पनि। तर हाम्रोमा भने कटवालको पालामा सेरेमोनियललाई कार्यकारी भूमिका अपनाउन उक्साइयो। उहिले बोक्नेहरुले नै अहिले चैँ ठोक्ने भइदिए। क्याबिनेटले पास गरेको पढ्न दिने भनेर अडान – नेम्वाङले यो पनि मेरै पहलमा है भनेर सुनाएछन् पत्रकारहरुलाई। पत्रकारहरु दङ्ग। नेम्वाङबारे अलि क्रिटिकल लेख्यो भने सूचना नै दिँदैनन् भन्ने डरलाई युज गरी उनी मजाले मिडियालाई खेलाइदिन्छन्।

त्यसैले त पहिलो स‍ंविधानसभामा पार्टी लाइन अनुसार उनी एकदमै नालायक भएर बसिदिए। सहमतिबाहेक केही गर्दिनँ भन्दै बसिदिए। कसैले आलोचना पनि गरेनन्। दोस्रो संविधानसभामा पार्टी लाइन अनुसार नै पेलेर संविधान बनाउने लाइनमा उनी लागे। कसैले आलोचना पनि गरेनन्। वास्तवमा उनी अन्तिम समयमा जसरी संविधान पारित गराउन चार दिन अनवरत धाराहरु पास गराउन लागे, त्यो प्रश‍‍ंसनीय नै थियो।

तर केही अघिदेखि राष्ट्रपतिसँग भइरहेको ‘इगो’को विषयलाई उनले मिडियाबाट युज गरेको पनि गजबले देखियो।

स‍ं‍विधान बनेसँगै अब उनको पद पनि कामचलाउ हुनेछ। २० दिनभित्र सहमतिमा नयाँ सभामुख चुन्नुपर्नेछ। हाम्रा आँखाले अन्तरिम संसददेखि यिनैलाई मात्र त्यो कुर्सीमा देख्दै आएका छन्। अब शायद् उनी पनि नयाँ भूमिका खोज्लान्। त्यसका लागि उनले फेरि पनि पत्रकारहरुलाई युज गरेको स्रोतका अनुसार थाहा पाइने नै छ। कि कसो मान्य सदस्य? ठीक लागे हुन्छ भन्नुस्, ठीक नलागे हुन्न भन्नुस् 😛

3 thoughts on “राष्ट्रपतिले बोल्न पाउने भए, तर सरकारले लेखेर दिएको कुरामात्र”

  1. XYZ says:
    September 20, 2015 at 6:59 am

    I love to read your last line. Akhir SUCHANE na ho!

    Reply
  2. ram khadka says:
    September 19, 2015 at 11:28 pm

    तपाई ले नै भनुस कि हामी कस्तो संबिधान बनाउदै छौ .

    Reply
  3. krishna thapa says:
    September 19, 2015 at 11:11 pm

    सेरेमोनियल राष्ट्रपतिले बोल्ने भनेको मन्त्रीपरिषद्ले पास गरेको कुरा हो । त्यसैले भनिएको हो- राष्ट्रपतिले गल्ती गर्दैनन् । यसमा अन्यथा नसोचाैं । … सभामुखबारेको टिप्पणी भने सटिक लाग्यो । मिठो बोल्ने, प्ले गर्न जान्ने । वरिष्ठ वकिल जो परे ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme