Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति कसलाई बनाउने? तपाईँलाई के लाग्छ?

Posted on September 19, 2015 by Salokya

असोज ३ गते संविधान जारी गरे लगत्तै राष्ट्रपति रामवरण यादव कामचलाउ राष्ट्रपति हुनेछन्। नयाँ संविधानको संक्रमणकालीन व्यवस्था अनुसार त्यसैगरी प्रधानमन्त्री र सभामुख पनि कामचलाउ हुनेछन्। संविधानसभा भंग हुनेछ तर व्यवस्थापिका संसद अर्को चुनाव नभएसम्म कायमै रहनेछ। भावी प्रधानमन्त्रीमा त केपी ओलीको चर्चा छँदैछ, राष्ट्रपतिमा चाहिँ सुशील कोइरालाको गाइँगुइँमात्रै सुनिएको हो। उनै बन्छन् भन्ने निश्चित छैन। पहिलो राष्ट्रपति मधेसी समुदायबाट आएकोले दोस्रो दलित वा आदिवासी जनजातिबाट हुँदा राम्रो हुने सुझाव पनि आएका छन्। पहिलो राष्ट्रपतिको चर्चा चल्दा उतिबेला मानिसहरुले आफ्नै प्रोफेसरदेखि मदनकृष्ण हरिवंशलाई समेत राष्ट्रपति बनाउने कल्पना गरेका थिए। अहिलेको अवस्थामा दोस्रो राष्ट्रपति कसलाई बनाउन उपयुक्त होला भन्ने तपाईँलाई लागेको छ? आफ्नो विचार तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

36 thoughts on “गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति कसलाई बनाउने? तपाईँलाई के लाग्छ?”

  1. cRIS says:
    September 21, 2015 at 12:25 pm

    कसलाई बनाउनु हुदैन भन्नेमा मेरो मत:
    – पूर्ब मन्त्रि र प्रधानमन्त्रिहरुलाई चाही नबनाउदा अति उत्तम हुन्छ| निधारमा पार्टीको टाँचा लागेको मान्छे नहुन|

    Reply
  2. Chhetri sher bahadur says:
    September 21, 2015 at 7:29 am

    अबको रास्ट्रपती डा.गोबीन्द के.सी. हुंदा अती राम्रो मेरो बीचारमा।

    Reply
  3. gopal says:
    September 20, 2015 at 7:26 pm

    हाम्रा बुढाहरु जसरि पालैपालो प्रधानमन्त्री हुन्छन तेसै गरि पालैपालो राष्ट्रपति पनि हुनेछन !
    जनताले टाउको दुखाउने कामै छैन !

    Reply
  4. Raj Sharma says:
    September 20, 2015 at 6:59 pm

    नेपालको सुनोलो भविस्यको लागि वर्तमान प्रधानमन्त्रि सुशील कोइराला रास्ट्रपति का लागि सब भन्दा उपुक्त मान्छे/ सुशील को अगाडीमा कोइ पनि टिक्न सक्देन/ सार्हे ने दुरदृष्टि, निस्पछ, इमान्दार, नेतिकवान, निस्वार्थ, नेपाललाई २१ ओ सताब्दीको बिज्ञानिक युगमा प्रवेस गराउने छ्मतावान, कर्मठ, स्वस्थ, दिर्घायु, समय को सहि सदुपयोग गर्ने मान्छे कोइ छ जस्तो मलाई लग्देना/ यदि यतो गुण भएका कोइछ भनौ साथीहरु/

    Reply
  5. Pushpendra khadka says:
    September 20, 2015 at 12:38 pm

    सुभास नेम्बाङ्ग <<

    Reply
  6. bikas says:
    September 20, 2015 at 10:03 am

    धमलाजी हुने रे नि त हौ !

    Reply
  7. karna bahadur says:
    September 20, 2015 at 8:18 am

    कल्लाई बनाम भन्देखि … कल्लाई बनाम भन्देखि … हुम्म्म्म्म ….

    मलाई मलाई .. मलाई बनौनी रास्ट्रपति … तेसो गरि कसो होला

    म हरि बहादुर लाइ बनौनी …

    Reply
  8. amrit subedi says:
    September 20, 2015 at 2:56 am

    subas nembang !

    Reply
  9. bibek dhakal says:
    September 19, 2015 at 11:03 pm

    एउटा महिला नेत्रीलाई बनाए हुन्छ

    Reply
  10. Mani says:
    September 19, 2015 at 10:40 pm

    अनुराधा कोइराला अथवा गोबिन्द के सि अथवा महाबिर पुन जस्ता नेपाल का ideal व्यक्ति लाई पो प्रस्तव गर्ने हो कि ?

    Reply
  11. Raj says:
    September 19, 2015 at 10:40 pm

    Kb गुरुङ!

    Reply
    1. राजन उप्रेती says:
      September 20, 2015 at 8:25 am

      KB को बदला BK (बुढ़ी कन्या) लाइ बनाअौं

      Reply
  12. shyam says:
    September 19, 2015 at 8:41 pm

    How about we set the standard क्वालिफिकेशन and get the application. Then we ca sort with how much that person has contributed to the country. After the final selection, do the final public vote.

    Reply
    1. MADAN BAJRACHARYA says:
      September 19, 2015 at 11:21 pm

      भारतको निर्देशन अनुसार संबिधान बनाउन तयार हुनेहरु स्वतन्त्र नेपालको सार्वभौम सट्टा सम्पन्न नागरिकहरुको नेता भन्न सकिंदैन/ भारतको निर्देशन अनुसार संविधान बनिने हो भने हामीले कसलाई रास्ट्रपति बनाउने भनेर सोच्ने झन्झट गरिरहनु पर्ला जस्तो लाग्दैन/

      नेपालको तराइ नेपाल बात अलग्याउन सकिने गरि संबिधान बनाउन खोज्नेको माग समेटेर संबिधान बना भन्ने भारतले उहिले देखि तराइ बात पहाडी हिमाली जातको नेपालीलाई लखेटेर सम्पूर्ण तराइलाइ नेपाल बात अलग्याउने अभियान चलाउँदै आयको जय कृष्ण गोइत बा सिके रावतलाइ नेपालको रास्ट्रपति बनाउनु भन्ने निर्देशन नदेला भन्न सकिंदैन र तेस्तो निर्देशन आय पनि ई नेताहरुले “हुँदैन” भन्न सक्दैन/

      त् भारत निर्देशित संबिधानको सरकारको रास्ट्रपति जो सुकै बने पनि स्वतन्त्र अखण्ड नेपालको स्वतन्त्र नेपालीको चासोको बिषय अब रहेन/ भारतको बिशेस दूतले भने पछि नेपालको नागरिकहरुको मत बात गठन भयको संबिधान सभाले बनायको संविधान बदल्ने अधिकार ई नेताहरु सिट छैन/

      यसैले कसलाई बा कुन जातकोलाई रास्ट्रपति बनाउने भनेर समय बर्वाद गर्नु भन्दा नागरिकहरुको मत बात गठन भयको संबिधान सभाले बनायायाको संविधानलाई भारतको निर्देशन अनुसार बदल्ने निर्णय बिरुद्ध कुनै रास्ट्रवादी कानुनविदले सर्वोच्च अदालतमा रित राख्नु बढी उपयुक्त हुनेछ/

      Reply
  13. hari har sharma says:
    September 19, 2015 at 8:14 pm

    एउटा नेपाली /
    गैर राजनैतिक व्यक्ति

    Reply
  14. Ajaya says:
    September 19, 2015 at 7:56 pm

    मेरो बिचारमा अति पिछडिएका, राज्य संचालनको प्रक्रिया बाट सधै बाहिर राखिएका, आदिबाशी राउटेका बाट छानेर राष्ट्रपति बनानुनु उचित हुन्छ. बिगत सयौं बर्स देखि तथाकथित उपल्लो जाति तथा जनजाति, आदिबासी हरुले राउटे हरुलाई हेय को दृस्टी ले मात्रै हेरे. त्यसैले पनि अल्पसंख्यक राउटे हरुलाई पहिचान र अवसर दिनका लागि भावी रास्ट्रपतिका लागि उचित देखिन्छ.

    खासमा कार्यकारी राष्ट्र प्रमुख नभए पछि जो भए नि बालै भएन. जो सुकै भए पनि जानाजान भ्रस्टचारी, अपराधी, तथा अतिबादी चाहिँ रास्ट्रपति नभए हुन्थ्यो.

    Reply
  15. Prem Nepali says:
    September 19, 2015 at 7:29 pm

    In Nepal, socially, educationally, economically, and politically marginalized community is the ‘Dalit’ community compared to all other communities. Therefore, in my opinion, the next present of the Republic of Nepal should come from this community, and the next president either from ‘Adibasi Janajati’ or from ‘Mahila’.

    Reply
  16. dor prasad says:
    September 19, 2015 at 6:47 pm

    मदेसी पहिलो रास्ट्रपति र उप्रस्त्र पति हुदा सम्म न मदेस को चित्त बुझ्यो न इंडिया को – सधै मदेसी हरु आफु अधिकार बिहिन भएको कुरा गर्छन – छेत्रियेता को राजनीति बाट जनिमियेका उपेन्द्र यादव जस्ता को चित्त कहिले बुज्दैन …

    उपेद्र यादव, गच्छेदार, महन्त ठाकुर, महतो लै रास्ट्रपति बनाएर मदेस को चित्त बज्छ भने बनाए हुन्छ .. अम्लेश सिंह भने दिनु हुदैन …बाबु राम भटराइ लै चाही हुदैन !

    अन्नेथा आखिर अधिकार बिहिन रत्रपति राम्रो बुद्धि भएको बुदो पाको नागरिक समाज को जसलाई बनाए पनि हुन्छ … राउटे क मुखिया, जनजाती प्रमुख मा येदि सबै जातजाति को सहमति हुन्छ भने पनि राम्रो …

    Reply
  17. जहान सिँह श्रेष्ठ says:
    September 19, 2015 at 6:45 pm

    मेरो बिचारमा त मात्रिका यादबलाई दिनु पर्छ ललितपुरको LDO लाई टोईलेटमा बन्द गर्देको सबैलाई थाहा होला नि!!!

    Reply
  18. गौतम "उदय" says:
    September 19, 2015 at 6:05 pm

    जुनै जात र समुदायको भए पनि कुनै पनि राजनीतिक पार्टी या संगठनमा संलग्न वा सदस्यलाई लाई बनाउनु हुदैन | महिलालाई बनाउदा नया इतिहास बन्छ

    Reply
  19. गौतम "उदय" says:
    September 19, 2015 at 6:00 pm

    जुनै जात र समुदायको भए पनि कुनै पनि राजनीतिक पार्टी या संगठनमा संलग्न वा सदस्यलाई लाई बनाउनु हुदैन | महिलालाई बनाउदा नया इतिहास बन्छ |

    Reply
  20. Aashishjii says:
    September 19, 2015 at 5:56 pm

    दीपक राज गिरीलाई बनाई दिम…तेस्पछि तितो सत्य जस्तो बोकस, झुर र वाहियात सिरिअल त हेर्नु पर्दैन थियो

    Reply
  21. Shankar says:
    September 19, 2015 at 5:41 pm

    के को अब को रास्ट्रपति कसलाई बनाउने ? इन्डिया को चल खेल भा को तेसैको लागि हो ,
    सक्ति सन्तुलन को नाउमा उस्ले कुनै मदिसे ( बढी इन्डिया सग नजिक ) लाइ नै रास्ट्रपति र उप रास्ट्रपति बनाउने हो |
    नारायण मान बिजुक्छे लाइ बनाउनु अति उत्तम हो |

    Reply
    1. bibek dhakal says:
      September 19, 2015 at 11:01 pm

      कति सम्म साँघुरो सोच तपाइंको ? के मधेसी मुलको मानिस भन्नासाथ भारत संग जोडेर हेर्नु पर्छ ? सायद कुनै समय कुनै मधेसी को नराम्रो कुटाइ खिया थियो जस्तो छ हरेक कमेन्टमा मधेसीलाइ होच्याएर लेख्नु हुन्छ.रामवरण यादवलाइ राष्ट्रपति बनाउनुमा भारत को के चलखेल थियो र यदि चलखेल थियो भने भारत ले के पायो? हावादारी तर्क को नि एउटा सिमा हुन्छ नि.
      दुख लाग्छ भारतमा जन्मेको र भारतीय प्रहरी मा भर्ति भएका प्रशान्त तामांगलाई नेपालि मान्ने पाहाडे नेपालीहरुलाइ मधेसी भनेको नेपाली भन्दा भारतीय लाग्छ. यहि कारणले हो अहिले आन्दोलन भएको. कहिले सम्म पहाडेहरु, तेस्माथी बाहुन, छेत्री को मात्र हालीमुहाली चल्ने नेपालि राजनीति मा? अब परिवर्तन हुनु पर्छ र हुन्छ.

      Reply
      1. Santosh Gautam says:
        September 20, 2015 at 11:22 pm

        Very well said. I second your opinion.

        Reply
  22. Suman bhote says:
    September 19, 2015 at 4:35 pm

    दलित लाइ बनाउदा ठिक हुन्छ. छुवा छुट को समस्या कम हुन्थ्यो कि?

    Reply
  23. amit rayamajhi says:
    September 19, 2015 at 4:21 pm

    डाक्टर गोविन्द के.शि. लाइ बनाउनु पर्छ ।ऊनी नै देशभक्त र जनता को लागि मरिमेट्ने ब्याक्ती हुन।

    Reply
    1. Alikhit says:
      September 20, 2015 at 5:18 pm

      देशभक्त र जनताको लागि मरिमेट्ने लाई राष्ट्रपति बनाएर पपेट बनाउने ?

      Reply
  24. bir nepali says:
    September 19, 2015 at 3:31 pm

    पूर्व राजा ज्ञानेन्द्र लाई बनाए कसो होला?

    Reply
  25. Pratap says:
    September 19, 2015 at 3:01 pm

    Wht abt dr govinda kc??

    Reply
    1. MADAN BAJRACHARYA says:
      September 19, 2015 at 11:35 pm

      भारत निर्देशित संबिधान बनिने देसको रास्ट्रपति बनाउनु रास्ट्र भक्त गोबिन्द डाक्टर साहेवको बेईज्जति गर्नु जस्तै हुनेछ/ तराइ नेपाल बात अलग्याउने अभियान चलाउँदै आयको समुहको माग समेटेर संबिधान बना भन्ने भारतको निर्देशन अनुसार बनिने संबिधान अन्तर्गतको सरकारको जात हेर्ने नेताहरुको रास्ट्रपति पदमा तराइको भुमि दाइजोमा पाउन मात्रै नेपाली नारि सिट बिबाह गर्ने जय कृष्ण गोईत बा सिके रावतका बिहारी भाइ बन्धुलाई इनिहरुको रास्ट्रपति बनाउनु नै इनिहरुलाई सुहाउनेछ/

      Reply
  26. Surya says:
    September 19, 2015 at 2:05 pm

    रामबरण यादवले राष्ट्रपतिको पदलाई राम्रैसंग सम्हाले. कुनैपनि पद बिशेष वर्ग या समुदायबाट छानिनु हुँदैन. सिर्फ merit को आधारमा हुनुपर्छ र योग्य व्यक्ति छानिनु पर्छ. होइन भने त यो पनि कुनै राजनीतिक भागबन्डा भन्दा केहि फरक भएन.

    Reply
  27. Tanka Kafle says:
    September 19, 2015 at 2:05 pm

    महन्त ठाकुर

    Reply
  28. chote karki says:
    September 19, 2015 at 1:51 pm

    सुबाश चन्द्र नेम्वांग हुनु पर्दछ मेरो विचारमा I कानुनका ज्ञाता र अनुभव ले खारिएका छन्

    Reply
  29. ankit sharma says:
    September 19, 2015 at 1:09 pm

    Why are you dividing the people again under ethnicity? This is not right. That is why Monarchy was considered the symbol of national unity. Whoever will be next so called president will not be Nepali as current one Ram Baran as president “Yadav” not Preseident “Nepali”.

    Reply
  30. narayan says:
    September 19, 2015 at 12:23 pm

    अबको रास्ट्रपति राजनीतिक भाग बन्डा मा लानु हुन्न / समग्र देश को हितलाई ध्यान मा राखनु पर्छ / सधै राजनीतिक अङ्ग्स बन्डा गर्नु हुन्न / राष्ट्रिय चिन्तन भएको , देश भनेको के हो भन्ने बुझेको साथै बिकाश को बाटो मा हिडाउन सक्ने बेक्तित्व केहि भए पनि मेरो ब्रहामाले देखेको “केदार भक्त माथेमा” लाइ बनाउनु पर्छ येदि देश को हित चाहने हो भने /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme