Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यता ओलीको दूत उता, उता मोदीको दूत यता आउने, हेर्नुस् बिहीबारका प्रमुख घटना

Posted on September 17, 2015September 19, 2015 by Salokya

२०७२ भदौ ३१ गते बिहीबार

  • भारतीय राजदूतको दौडाहा असफल भई राति संविधानसभाले संविधान पारित गरेपछि बिहानै राष्ट्रपति रामवरण यादवलाई भेटेर स्थितिबारे ब्रिफिङ गर्न रञ्जित राय दिल्लीतर्फ लागे।  उनले त्यहाँ स्थितिबारे ब्रिफिङ गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूतका रुपमा विदेश सचिव एस जयशंकर असोज १ गते बिहान काठमाडौँ उत्रने गरी पठाउने समाचार सार्वजनिक भयो। यसलाई जनआन्दोलन २०६२/६३ को उत्कर्षका बेला आएका विशेष दूत करण सिंहको असफल कुटनीतिसँग जोडेर पनि हेरियो।
  • उता, भारतमा रहेका ओलीका दूत प्रदीप ज्ञवालीलाई भने भारतीय विदेशमन्त्री र गृहमन्त्रीले समय समेत दिएनछन्। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल र मोदीले नेपाल पठाएका विदेश सचिव एस.जयशंकरसँग मात्रै  भेटवार्ता गरेर उनीहरु पनि भोलि असोज १ गते नै फर्कने भएछन्।

  • एमाले संसदीय दलको कार्यालयमा आयोजित चियापान समारोहमा ओलीले उचित र जायज माग पूरा हुने बताए।
  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले पत्रकार सम्मेलन गर्दै हामी संविधान सभा विरोधी हैनौँ, भोलि संविधानमा हस्ताक्षर गर्छौँ भने।
  • बाबुराम भट्टराई नेतृत्वको आनुसंगिक समितिले ४९ वटा सुधार गर्नुपर्ने सिफारिश नेम्वाङलाई बुझायो। समितिले सिफारिश बुझाउनु अघि नै आधिकारिक रुपमा कतै सार्वजनिक नभए पनि माइसंसारमा आफैले सच्याएको  अन्तिम संविधान प्रकाशित भयो।
  • राष्ट्रपतिको भूमिका प्रति असन्तुष्ट दलहरुले संविधान जारी गर्ने दिनलाई एउटा औपचारिकतामा मात्र सीमित राख्दै राष्ट्रपतिलाई पुस्तक विमोचन समारोहमा जस्तो आएर साइन गराउने र पठाउने गरी बोल्न नदिने तयारी संविधान सभा सचिवालयले गरेको सार्वजनिक भयो।
  • राजनीतिभन्दा बाहिर अर्को एउटा समाचार पनि चर्चामा रह्यो- एनसेलको माउ कम्पनी टेलियासोनेराले नेपाल लगायत पूर्व सोभियत गणराज्यका ६ वटा देशबाट आफ्नो लगानी झिक्ने घोषणा गर्‍यो।
  • तराई मधेसमा दीपावलि नगर्न आन्दोलनकारीहरुले चेतावनीयुक्त आग्रह गरेको समाचार सार्वजनिक भए।

1442504491555_ROS-KTM-Shirsa_neta-barta1

  • राति १ बजेसम्म थारु, विजयकुमार गच्छदारसँग प्रधानमन्त्री निवासमा भएको वार्ता सकारात्मक भनिए पनि टुङ्गोमा पुग्न सकेन। भोलि बिहान थप वार्ता गरी टुङ्गोमा पुग्ने र गच्छदारको पार्टीले समेत संविधानमा साइन गर्ने आशा पलायो। वैद्य माओवादीले समेत वातावरण बने वार्ता गर्न तयार रहेको बतायो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme