Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोइराला, प्रचण्ड र ओली : गेस गर्नुस् बोली र लेख्नुस् क्याप्सन

Posted on September 18, 2015September 18, 2015 by Salokya

caption
यो फोटो सभासद्हरुले स‍ंविधानका ओर्जिनल पाँच प्रतिमा साइन गरिसकेपछि साथी अंगद ढकालले खिचेका हुन्। कस्तो ठ्याक्क समयमा खिचे भन्देखिन्..बीचमा भावी प्रम हात उठाउँदै…दायाँ र बायाँ एक जना भूपू प्रम एक जना भूपू हुन लागेका प्रम। लौ अब तपाईँहरुको पालो, कसले के भने होलान् गेस गरी क्याप्सन लेख्नुस्। सबभन्दा क्रियटिभ क्याप्सन लेख्नेको क्याप्सन फोटोमुनि तपाईँको नामसहित हालिनेछ।

34 thoughts on “कोइराला, प्रचण्ड र ओली : गेस गर्नुस् बोली र लेख्नुस् क्याप्सन”

  1. rameshwar poudel says:
    September 21, 2015 at 8:50 am

    अब मेरो पालो

    Reply
  2. sunil karmacharya says:
    September 20, 2015 at 10:56 pm

    सुशील- कमरेड ; अब तपाई नै बन्नुस प्रधान मन्त्रि !
    ओली – मेरो समर्थन छ
    प्रचण्ड -तपैहरुको इच्छा !
    नेवान्ग- (मुस्सु-मुस्सु हास्दै ) बुढाहरु को ठट्टा !

    Reply
  3. PradeepMS says:
    September 20, 2015 at 12:08 pm

    क्यातेगोरी अनुसार हात मिलाम साथि हो, मेरो हात त माथि पो छ त अहिले !!!

    Reply
  4. shekhar says:
    September 19, 2015 at 7:39 pm

    क्यानाम खाने पालो मेरै हो.

    Reply
  5. kumar says:
    September 19, 2015 at 4:06 pm

    अब को प्रधानमन्त्री को लागि सबै पार्टी को उमेदबार ले हात उठाउनुहोस
    हुन त बाघ को मुख खाए पनि रातो नखाए पनि रातै हो तर मुख मा आको सिकार छोड्दा बिरालो भन्लान, मैले उठाए है साथीहरु :के पी ओली
    ठिकै च खानुच:सु को
    प्रचण्ड: माने! ठिकै छ मा कु ने जीलै हार्दा पनि दिएकोइ हो तपाई पनि खानुस भन्नि हाम्रो ठम्याई छ

    Reply
  6. Pasang says:
    September 19, 2015 at 3:38 pm

    संबिधानको पाँच प्रतिमा साइन गरि सके पछि नेताहरू अत्ति खुशी भएर नाच्ने मुडमा पुगेर भएको संबाद ….
    प्रचण्ड : प्रधानमन्त्री ज्यु यो खुशीयालीमा तपाँइ र म एक चोटि नाची दिम् न उठ्नुस
    प्रधानमन्त्री : प्रचण्ड जी तपाँइ म संग होइन् रेखा थापा संग नै नाच्नुस
    ओली : ख़बरदार अब तपाँइहरू कोहि नाँच्न पाउनु हुन्न नाँच्ने पालो मेरो …….

    Reply
  7. Bishal Pandey says:
    September 19, 2015 at 10:38 am

    Ladies & gentleman, our winner for constitution 2015 is SUSHILLLLLLLLLLL KOIIIIIIIIII-Raaaaaaa-laaaaaaaaa

    Reply
  8. कृष्णप्रसाद उपाध्याय says:
    September 19, 2015 at 10:10 am

    आयोजक: अब देशको नेतृत्व कसले गर्ने?
    के.पी (सबैभन्दा माथि हात उठाउँदै): म नै हो निर्विकल्प क्यान्डिडेट
    सुशील: ह् या… म महासभामा भाग लिन जानै छ कति हतार गरेको!
    प्रचण्ड: छाड्दिनुस् न, मने यिनको मानसिक स्थिति ठीक छैन भनेर हाम्ले पहिल्यैदेखि भनेकै हो। म, तपाईं हुँदाहुँदै कसरी दिन्छन् यिनले देशको नेतृत्व!

    Reply
  9. Shambhu Kirant says:
    September 19, 2015 at 9:48 am

    सुशील :प्रचण्ड जि यो ऐतिहासिक सहयात्राको लागि आभार र केपि जि अग्रिम वधाइ छ प्रम कुर्सिको लागि ।
    प्रचण्ड: मने म पार्टि भन्दा माथि उठेर आकै हो सुशील जि र केपि कमरेड लाई वालुवाटार नजाऔँ सिंह दरबारमै सहमति गराऔ सुशील दा लाई अब पालो केपि कै हो।
    केपि : धन्यवाद कमरेड हरुले सहयोग गर्नु होला ।

    Reply
  10. kiran says:
    September 19, 2015 at 8:55 am

    अब खाने पालो वहा को

    Reply
  11. Durga Adhikari says:
    September 19, 2015 at 8:35 am

    कोइराला: प्रचण्ड जी, म पनि तपाई जस्तै भू पु बन्न आउदै छु/ तर मैरो पालामा देशले संबिधान चै पायो है/
    प्रचण्ड: तपाईलाई भू पु ग्रुपमा स्वागत छ/ धेरै फुर्ति चै नगर्नु होला/ मैले सहयोग नगरेको भय गारो थियो/
    ओली: बाटो छोड धुर्तहरु अब मेरो पालो देशको संबिधान पछिको पहिलो पी यम बनेर देश र जनता माथि सासन गर्ने/
    नेवांग: (मनमनै ) काम जति सबै गर्ने म/ जस लिने यी बुढाहरु/ युवाहरुलाई पालो कहिले नदिने भय /

    Reply
  12. Binod Khatiwoda says:
    September 19, 2015 at 7:14 am

    पालो तिम्रो l

    Reply
  13. prakash baral says:
    September 19, 2015 at 7:09 am

    प्रचण्ड सुशील लाई: बुडा रास्ट्रपति हुने भयेउ नि!
    सुशील प्रचण्डलाई भन्दै: लाजनीति थिक्दै छौ तिम्लो नि पालो aulaa
    केपी ओली: आफ्नो त पीएम कुर्सि surakchit

    Reply
  14. Naba says:
    September 19, 2015 at 6:29 am

    केपी : ल साथीहरु बधाइ छ, अब भने प्रधानमन्त्री ढुक्क भो!
    शुसिल: मैले छोडेकै छैन, तँपाइ यत्तिकै फुर्ति लाउने?
    प्रचण्ड: शुसिलजिले छाड्नुहुन्न भन्ने त हाम्लाइ पहिलेनै लागिराको थियो।

    Reply
  15. eklavya says:
    September 19, 2015 at 5:59 am

    प्रचण्ड : ए बूढा ब़ा फेरी प्र.म. बन्ने भन्या कि क्या हो …?
    सुशील : होइन पर्चंडे मेरो अघि पछि कोइ छैनन् समय पनि धेरै छैन जसोतसो कुर्सिमै सिध्ध्यौ कि भनेको ….
    के.पी. : ए नेम्वाङ्ग सबभन्दा पहिला मोइले हात उठाए है दुवैको आधा मात्र छ हो कि होइन …?

    Reply
  16. rajendra says:
    September 19, 2015 at 5:04 am

    नेता हरु को हाजिरी जवाफ
    प्रश्न संबिधान भनेको क हो कसलाई आउछ ? हात उठा उ
    के पी वोली : सर मलाई आउच , यो दुइटा बज्य्न्गारा हरु लै आउदैन !!!

    Reply
  17. Shankar says:
    September 19, 2015 at 3:46 am

    सु को : म लाइ अझै उ गर्न पुग्या छैन
    प्रचण्ड :: माने , पुग्यो , पुग्यो , तपाइको पालो पुग्यो
    सु को : एक बर्स अरु मात्र |
    प्रचण्ड : पुग्यो बा बा भयो अब |
    ओली : अब मेरो पालो हो ,मेरो ( हात उठाउदै )
    नेमांग (मन मनै ): कस्तो लोभी बाहुन हरु , जति घिचे पनि न पुग्ने !

    Reply
  18. Raj rai says:
    September 19, 2015 at 3:40 am

    अबको प्रधानमन्त्री को ? म…..

    Reply
  19. Rohini says:
    September 19, 2015 at 2:38 am

    अब उ गरेर चै हात मिलाउ प्रचण्ड जी संबिधान बनेको खुसियालीमा |

    Reply
  20. ekraj says:
    September 19, 2015 at 2:36 am

    Oli is saying congratulaiton to me! I won the PMship. My drama of constitution declaration has worked ( I spent millions of rupees from the fund collected for Earthquake Victim to buy the vote, people will forget about the big reconstruciton and money we have if we throw them the constitution which we don’t have to abide by anyway)
    Sushile (Jhushile) is saying to Dahal why you are trying to pull my beard to put me out of the chair.
    Dahal: Wait a minute, I have to pay him back for what he offered me recently.

    Reply
  21. Surya says:
    September 19, 2015 at 2:22 am

    ‘भेंडाको बथान र एउटा गोठालोले कोरेको दस्ताबेज’

    सुशील: “लौ बधाई छ है. जे होस् लेखियो. जनताले केहि ओब्जेक्सन गर्लाकी भन्ने मात्रै डर छ.”

    पुष्प: “हामी ठुला ३ ले जे भन्यो त्यो आँखा चिम्लेर पत्यैहाल्छन नि. ओब्जेक्सन गर्ने जत्ति त अल्पमतमा छन्. केहि हुँदैन, तपाई ढुक्क हुनुस.”

    ओली (मनमनै): कुर्सि त हात पारौं, त्यसपछि मेरो खेल देख्नेछौ तिमीहरु दुबैले.”

    नेम्ब्वांग: “माननीय सदस्यहरु, अलि कम उतेजित भैदिनुहोला. फेरी जिब्रो चिप्लियला र सब कुरो बाहिर निस्किएला.”

    Reply
  22. राजू प्रसाद भट्टराई says:
    September 19, 2015 at 2:09 am

    तपाईं र म अब उस्तै उस्तै हुने समय आयो भूपु प्रधान मंत्री।

    Reply
  23. sam says:
    September 19, 2015 at 1:58 am

    in the class room when your class teacher is taking attendent!
    kp oli:present sir

    Reply
  24. अमित गुरुङ says:
    September 19, 2015 at 1:36 am

    शुशिल कोईराला ले प्रचण्ड लाई यसो भने होला – (प्रचन्न जी पख्नुज उ क्यारे! हात नउठाउनुज् तलै झार्नुच् | तपाईं भू.पु. भइसक्नु भो, म पनि हुँदै छु अब पालो ओली जी कै हो |)

    Reply
  25. Aditya Pant says:
    September 19, 2015 at 1:21 am

    दे ताली

    Reply
  26. Pradip says:
    September 19, 2015 at 1:10 am

    सुशील: मैले अब नेपाली जनतालाई संबिधान दिए (हात हेर्नुस दिए जस्तो गरेको)
    प्रचण्ड: भो फुर्ति नलाउनुस, मेरै कारणले संबिधानसभा आएको हो (हात हेर्नुस, बुढी औला र चोर औला बीच को फरक, के गरेको होला?)
    सुबास: येत्रो वर्ष मैलेले नै सबैलाई मिलाएर संबिधान बनाउन लगाएको हो (दुवै हात एकै ठाउँमा मिलाएको)
    के. पी.: सबैको योगदान/ बलिदान बाट मलाई फाइदा भएको छ. सबैलाई धन्यबाद (हात उठाएर).

    Reply
  27. Gorkhali says:
    September 19, 2015 at 12:21 am

    खड्ग प्रसाद ओली भन्छ पालो मेरो हो.
    सुशील कोइराला भन्छ हतार नगर्नुस के पी जी अब कुर्ची को मज्जा लिनी तपाई नै हि .
    प्रचण्ड भन्छ हतार नगर्नु न सुशील जी मौका पाए फेरि नि कुर्छी मा बस्नी रहर त मेरो नि हो ..

    Reply
  28. Basant says:
    September 19, 2015 at 12:18 am

    कति हानाथाप गरि राख्य भन्या म मर्न ला बुढालाई पनि देउन एकचोटी पियम खान

    Reply
  29. Sudeep says:
    September 18, 2015 at 11:56 pm

    सुशील द:साथीहरु मा हलिवुडमा फिल्म खेल्दै छु नि.
    ओली: हैट बुडासंग अब चै सकिदैन जस्तो छ
    प्रचण्ड: ए बुडा मेरो पनि सिफारिस गर्दिनु पर्यो मा पनि फिल्म खेल्नु पर्यो

    Reply
  30. DhakalRaj says:
    September 18, 2015 at 11:53 pm

    प्रचण्ड: तपाईको दिन गए, अब केहि काम छैन.
    सुशील: त्यसो नभन्नुस न, तपाईलाई राष्ट्रपति बनाउन म सहयोग गर्छु. तपाई राष्ट्रपति पक्का
    ओली: प्रधानमन्त्री म होनी फेरी.

    Reply
  31. हाेमनाथ अधिकारी says:
    September 18, 2015 at 11:32 pm

    अाेलि : लाै बाजि त मैले मारे, अब संविधान पनि बन्याे म पनि प्रधानमन्त्रि बन्ने भए

    प्रचण्ड ः हेर्नुस न सुशील जि यी बुढा कति खुसि भका

    सुशील ः तर म अाशिर्वाद त तपाईलाई दिन्छु । ल हात मिलाउनुस अब अम्रिका बाट फर्किन्छु कि फर्किन्न था छैन ।

    Reply
  32. BJ says:
    September 18, 2015 at 11:16 pm

    प्रचण्ड : यत्रो खाउ बुढाउ अब तिम्रा पनि दिन गए ….
    सु.को : ……………………………………………….
    ओली : कमरेड हरु एक छिन न हो पहिले हल्का पोज दिउ पत्रकारहरु फोटो खिच्दै छन् …..

    नोट : माफ गर्नु होला प्रम ज्युले बोल्नु भाको हल्का बुझीएन ….

    Reply
  33. Palden Tamang says:
    September 18, 2015 at 11:11 pm

    वहाँ दुइ जना त झगडा पो गर्न लागे त साथी हो !

    Reply
  34. Kamal Shrestha says:
    September 18, 2015 at 10:35 pm

    मिलि जुलि होस या मेरो पालो तेरो पालो जे होस अब देश को अनुहारमा चमक ल्याउने जालो बनेर काम गरे केही गुनासो छैन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme