Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कहाँ जान्छ एक प्रति ‘ओर्जिनल’ संविधान ?

Posted on September 18, 2015September 18, 2015 by Salokya

Capture नेपालको संविधान पारित भइसकेको छ। अब यो ऐतिहासिक संविधानमा आफ्नो साइन गर्न चाहने सभासद्हरुले भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म संविधानसभा भवनको ल्होत्से हलमा राखिएको संविधानका प्रतिमा हस्ताक्षर गर्नेछन्। भोलि नै संविधानसभा अध्यक्षले त्यसलाई प्रमाणिकरण गर्नेछन्।

बाबुराम भट्टराई नेतृत्वको आनुसांगिक समितिले सिफारिश गरेको ४९ वटा सुधारको प्रतिवेदन अनुसार संविधानसभा अध्यक्षले त्यसलाई सुधार गरेर प्रिन्ट गर्न दिन्छन्। नेपालको संविधानको ओर्जिनल कपि नेपाली कागजमा पाँच कपि छापिनेछ। किन तपाईँलाई थाहा छ?

सभासद्हरुले शुक्रबार गर्ने हस्ताक्षर यही पाँच ओर्जिनल कपिमा हो। सभाध्यक्षले पनि त्यसैमा प्रमाणिकरण गर्नेछन्। त्यसपछि राष्ट्रपतिले असोज ३ गते साइन गरेर राष्ट्रपति कार्यालयको छाप हान्ने पनि त्यही ओर्जिनल कपिमा हो।

यसरी प्रमाणिकरण गरिएका पाँच कपि संविधान कता कता राखिन्छ त ?

१) एउटा संविधानसभा सचिवालयको अभिलेखमा राखिनेछ
२) राष्ट्रपति कार्यालयमा एउटा राखिनेछ
३) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एउटा राखिनेछ र
४) कानुन, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालयमा राखिनेछ

सबै गन्दा चार प्रति भयो। बाँकी एक प्रति ओर्जिनल संविधान चाहिँ कहाँ जान्छ त ?

भारत पठाइन्छ?

कि चीन पठाइन्छ?

कि कता?

कसैलाई थाहा छ कि! वा कसैले अनुमान लगाउन सक्नुहुन्छ कि !

अपडेट : तपाईँहरुले लगाएको अनुमान कतिको मिल्यो? खासमा कहाँ जाने रहेछ पत्ता लगाउन यहाँ क्लिक गर्नुस्।

यो पनि हेर्नुस्-
यस्तो छ असोज ३ गतेदेखि लागू हुन लागेको संविधान, हेर्नुस् संशोधन प्रस्ताव पारित भएको धारासहितको संविधान

29 thoughts on “कहाँ जान्छ एक प्रति ‘ओर्जिनल’ संविधान ?”

  1. Sambidhan Rana says:
    September 18, 2015 at 8:53 pm

    5- अवश्य पनि एक प्रति सर्बोच्च अदालत राख्नु पर्छ त्यति जाबो पनि बुझ्न नसक्ने हामी कस्तो सचेत नेपाली ! यो र त्यो भनि अरु देशलाई औल्याई आफनै देशको सार्भभौम खस्काउने काम नगरौ विचार गरि बोलाऊ साथीभाई हो !

    ६-अब आउने चुनाबमा बिजयी हुने सम्पूर्ण ५५० सभासदले कण्ठ पर्नु पर्छ !

    ७ – नेपाल को संविधानको ३०२ उपदफा दफा धारा हरु कण्ठ पार्नु पर्छ सम्पूर्ण बुद्धिजिबी सचेत देशभक्ति नेपाली को पनि दयीत्वो हो किनकि दल का नेताले देशलाई कतातिर दोर्यौदै छ संबिधान सम्मत छकि हचुवाको भरमा मेलो मिचेर अघि बढेको छ त्यो मोनिटर गर्ने नेपाली जनताको हो,,फेरि पछि गएर दलका नेताले गद्दार गर्यो भनेर गुनासो गर्न पाइने छैन फेरि धेरै ढिला हुनेछ ! अब प्रत्येक प्रदेशको हर हिसाब बजेट बाडफाड आ-आफ्नो प्रदेशका नेपाली जनताले बुझ्नु जरुरि छ होइन भने उही छलकपट हुन्छ होशियार हुनुमा नै बुद्धिमता छ ! होशियार सम्पूर्ण नेपाली सचेत नगरिक्ज्यु हरु,,, धन्यबाद धैर्य गरि पढी मनन गरि दिनु भएकोमा !

    Reply
  2. kedar says:
    September 18, 2015 at 8:16 pm

    ……मद्धे एक मा……..
    राष्ट्रिय अभिलेखालय
    सर्बोच्च अदालत
    कानुन किताब खाना
    मुद्रण बिभाग

    मद्धे एकमा

    Reply
  3. roopie says:
    September 18, 2015 at 8:02 pm

    पाँचौ प्रति संविधानसभा सचिवालयले आफ्नो पुस्तकालयमा राख्नका लागि ।

    Reply
  4. Kds says:
    September 18, 2015 at 7:46 pm

    मुद्रण विभागमा . सार्वजनिक प्रति प्रकाशित गर्नु पर्छ नि.

    Reply
  5. gopal kandel says:
    September 18, 2015 at 7:02 pm

    Suprem Court I believe.

    Reply
  6. Kris says:
    September 18, 2015 at 6:46 pm

    United Nation.oviously

    Reply
  7. amit rayamajhi says:
    September 18, 2015 at 1:21 pm

    ग्यानेन्द्र लाइ होला नि।।।

    Reply
  8. Bhola Sharma says:
    September 18, 2015 at 12:11 pm

    राष्ट्रिय अभिलेखालयमा राखिन्छ ।

    Reply
  9. Amar Thapa says:
    September 18, 2015 at 11:41 am

    सर्बोच या युएन

    Reply
  10. nabsti says:
    September 18, 2015 at 8:47 am

    भारत नै जान्छ होला।अलिअलि पड्न सक्ने र अक्षर मिल्ने तिनै हुन!

    Reply
  11. Kiran says:
    September 18, 2015 at 8:26 am

    Maybe Nepal Law Commission…

    Reply
  12. narendra baral says:
    September 18, 2015 at 7:44 am

    सर्बोचअदालत होला

    Reply
  13. rosan says:
    September 18, 2015 at 7:37 am

    राष्ट्रिय अभिलेखालय मा

    Reply
  14. rajan says:
    September 18, 2015 at 7:12 am

    हत्तेरी, सर्बोच्च क्या |

    Reply
  15. Hom says:
    September 18, 2015 at 6:35 am

    एउटा कापी सर्बोव्च अदालत मा जान्छ !

    Reply
  16. Prajesh says:
    September 18, 2015 at 5:23 am

    एक प्रति National Archive मा राखिन्छ होला.

    Reply
  17. राजन उप्रेती says:
    September 18, 2015 at 4:45 am

    सर्वोच्च

    Reply
  18. sam says:
    September 18, 2015 at 4:29 am

    unitednation !!

    Reply
  19. sabin says:
    September 18, 2015 at 4:27 am

    UNO ma jancha hola sayad.

    Reply
  20. Surya says:
    September 18, 2015 at 4:05 am

    भेंडाको बथानले भेंडाहरुको लागि बनाएको संबिधान हो यो. न जनताका सुझाबहरु समेटिए, न संशोधनहरुलाई सहि ढंगले समेटिए, न तराइको समस्या सम्बोधन भयो र हुँदा हुँदा संबिधान जारि गर्दा राष्ट्रपतिलाई बोल्ने अधिकारसम्म पनि छैन. यतिको लागि अरबौं खर्च गरेर बर्षौं बितायो. तात्तो न छारो. जसरि भएनी संबिधान ल्याउनु थियो, ल्यायो. यसलाई जनताको संबिधान कसरि मान्ने?

    Reply
  21. hari har sharma says:
    September 18, 2015 at 3:30 am

    किताब खाना पठाउँछ होला /

    Reply
  22. Gorkhali says:
    September 18, 2015 at 2:46 am

    भारत नै होला अन्त कहाँ जानु 🙂

    Reply
  23. dor Prasad says:
    September 18, 2015 at 2:45 am

    मोदी दुत किन आएका भने को देल्ही लगेर जान्छन – तर बताई मा उपेन्द्र यादव ले “अरे भैया ये तो हमरा काम लगेगा – जलाने के लिए” भनेर माग्न बेर छैन – हा हा ….

    Reply
  24. Madan raj says:
    September 18, 2015 at 2:43 am

    कता जान्छ ?? पशुपतिमा राखेर पूजा गर्ने होला कि ?

    Reply
  25. Shankar says:
    September 18, 2015 at 2:35 am

    भारतीय दुतावास |

    Reply
  26. Pankaj says:
    September 18, 2015 at 2:34 am

    अस्ति मजाक मजाक मा सवामुख संग एउटा मागेको थिए दिने भए कि क्या हो ?

    Reply
  27. mahendra khadka says:
    September 18, 2015 at 2:32 am

    UN मा जान्छ कि? क

    Reply
  28. mahendra khadka says:
    September 18, 2015 at 2:31 am

    UN मा जान्छ कि?

    Reply
  29. Ram Humagai says:
    September 18, 2015 at 1:22 am

    सालोक्य जी
    त्यो एक प्रति रास्ट्रीय अभिलेखालय मा पठाइञ्छ होला …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme