Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कटवाललाई थमौती गर्दा उही राष्ट्रपति प्यारो, सबै क्षेत्रलाई समेट भन्दा उही राष्ट्रपति घाँडो?

Posted on September 17, 2015September 17, 2015 by Salokya

z9YZJQq संविधान जारी हुने दिनको कार्यक्रम तालिका आज सार्वजनिक गरिएको छ। यसमा राष्ट्रपतिलाई एक शब्द पनि बोल्न नदिने देखिएको छ। बरु किताब विमोचनमा जाँदा राष्ट्रपतिलाई दुई शब्द बोल्न लगाइन्छ तर असोज ३ गते त ‘म नेपालको संविधान जारी भएको घोषणा गर्दछु’सम्म भन्न नदिने तयारी सचिवालयको रहेछ।

सेरेमोनियल राष्ट्रपतिलाई संसदले महाभियोग लगाएर कुनै पनि बेला हटाउन सक्छ। त्यसका लागि पुग्ने बहुमत प्रमुख तीन दलसँग छँदैछ। त्यसैले उनले दायाँबायाँ केही गर्न पाउने कुरै भएन। तर पदबाट निस्कन लागेको बेला राष्ट्रप्रमुखलाई दिने सम्मान यही हो? यी दलहरुले किन नबुझेका? रामवरण यादव भन्ने व्यक्तिसँगको रिस राष्ट्रपति भन्ने पदसँग पोख्ने होइन। गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिलाई गर्ने यही व्यवहार भोलि आफै वा आफ्ना दलका कोही राष्ट्रपति हुँदा दोहोरिन सक्दैन र?

राष्ट्रपतिले पर्दापछाडिबाट के गरे, अरु दलहरु के गर्दैछन्, त्यो मुख्य विषय होइन। देखिने रुपमा राष्ट्रपतिले केवल ‘सबै क्षेत्र र वर्गलाई समेट्ने गरी संविधान बनाऊ’ भनेर सुझाव दिएका हुन्। राष्ट्रप्रमुखको रुपमा उनले त्यति भन्नै पर्थ्यो। रामवरण यादवको ठाउँमा अरु राष्ट्रपति भए पनि भन्नुपर्थ्यो किनभने उनी राष्ट्रिय एकताको प्रतीकका रुपमा उभिनु पर्ने पदमा छन्।

भदौ २७ गते संविधानसभामा सम्बोधन गर्ने क्रममा मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई नेपालको संविधानको परिमार्जित विधेयक २०७२ को दफावार छलफलको क्रममा उठेका विषयको जवाफ दिने कार्यक्रम थियो। तर उनले छलफलमै उठ्दै नउठेका कुरा निकाल्दै राष्ट्रपतिमाथि प्रहार गरे। संविधानसभाभन्दा माथि कोही छैन, हाम्रैं पार्टीले चुनेको यही संविधानसभाले चुनेको व्यक्ति हुन् शैलिमा ठाडो चुनौति दिए। के यो जरुरी थियो?

जब निर्वाचित प्रधानमन्त्रीले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गरे, हुँदै नभएको अधिकार प्रयोग गरी कटवाललाई राष्ट्रपतिले थमौती गरिदिए। सेरेमोनियल राष्ट्रपतिलाई सक्रिय हुन पत्र बोकेर गए यिनै दलहरु। सर्वोच्चले समेत पछि राष्ट्रपतिको यो कदम गलत रहेको आशयको फैसला सुनायो। त्यतिबेला चैँ राष्ट्रपति खुबै प्यारो भए यिनै दलहरुलाई, अहिले चाहिँ घाँडो?

  • राष्ट्रपतिले आन्दोलनमा मारिनेको संख्या अर्धशतक किन पुग्न लाग्यो भनेर सोधेको भए?
  • राष्ट्रपतिले चार वर्षका बालक र १४ वर्षकी बालिकालाई पुल माथिबाट सुरक्षाकर्मीले हानेको गोली लागेर मृत्यु हुनुको कारण सोधेको भए? (घटना : रुपन्देहीको बेथरीमा यही साता भएको)
  • राष्ट्रपतिले आन्दोलनका क्रममा मारिने सबैको टाउको र छातीमा गोली किन लागेको? भिड नियन्त्रण गर्न त कम्मरमुनि गोली हान्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन होइन र भनेर सोधेको भए?
  • राष्ट्रपतिले गोली लागी मारिएका नातिको अन्त्येष्टि गर्न काजकिरियाको सामान किन्न गएका हजुरबुबा किन मारिए भनेर सोधेको भए? (घटना: महोत्तरीको)
  • राष्ट्रपतिले एम्बुलेन्सबाटै निकालेर घाइते सुरक्षाकर्मीको हत्या गर्ने कार्य सरकारले किन रोक्न नसकेको भनेर सोधेको भए?
  • राष्ट्रपतिले सुरक्षाकर्मीको समन्वयको अभावमा किन कैलालीमा सुरक्षाकर्मीलाई भिडले निशाना बनाई ज्यान लियो भनेर सोधेको भए?

सोधेको भए त यो उनीहरुको नजरमा राष्ट्रघाती कदम नै हुन्थ्यो होला। धन्न उनले सेरेमोनियल राष्ट्रपतिको हिसाबले सबैलाई समेट्दा राम्रो भनी सेरेमोनियल बोलीमात्रै बोलेका छन् जसलाई नमान्न उनीहरु पूर्ण रुपमा अधिकारसम्पन्न र स्वतन्त्र छन्। व्यक्तिसँग उठेको रिसको झोँकमा राष्ट्रपति पदलाई नै संविधान जारी गर्ने समारोहमा साइन गराएर लुरुक्क फर्काउने महान नजिर राख्न लागेकोमा बधाई छ सबै ठूला दललाई।

उनलाई जति बाँध्नु छ बाँधिसकियो। आएर दुई शब्द बोल्न दिँदैमा केही हुन्न थियो। त्यसो नगर्ने भए नियमावली परिवर्तन गरेर संविधानसभाबाटै संविधान जारी गरेको भए पनि कसैले प्रश्न उठाउने थिएनन् होला। गणतन्त्रलाई संस्थागत गर्दै गरेको हामीले पदीय मर्यादालाई संस्थागत गर्दै जानु पर्ने हो। नेताहरु त्यसैमा चुके।

20 thoughts on “कटवाललाई थमौती गर्दा उही राष्ट्रपति प्यारो, सबै क्षेत्रलाई समेट भन्दा उही राष्ट्रपति घाँडो?”

  1. kedar says:
    September 18, 2015 at 8:08 pm

    हाम्रा राष्ट्रपती गाई नै थिए | देशको संस्थापन पक्षको खम्बानै थिए | तर अहिले भैरहेको नाटक हामीले देखे सुने भन्दा धेरै टाडा टाडाको पर्दा पछाडीका खेलको कारणनै हुनु पर्छ | जुन अनुमान मात्र लगाउन सकिन्छ |

    Reply
  2. SanjayM says:
    September 18, 2015 at 2:24 pm

    This government and three parties seems to be like Hitler.

    Reply
  3. shyam says:
    September 18, 2015 at 12:42 pm

    YEP, WHEN THIS PREZ DID NOT SACK MR. KATUWAL CONG. UML AND OTHERS WERE GLAD NOW THIS PREZ LEARNT THE LESSON THAT UCPN IS A FORCE THAT CAN NOT BE IGNORED. INDIANS COULD NOT SAVE KING HOW CAN THEY NOW SAVE THE PREZ? UCPN TAUGHT LESSON TO KING, GIRIJA, INDIA, PREZ AND THEY ARE NOW ON THE WAY TO TEACH LESSON TO KP OLI THE UML BOSS BY NOT LETTING HIM TO BECOME NEXT PM. OLI WAS ALWAYS AGAINST UCPN WHY HE IS SO NEAR AND DEAR TO THE UCPN NOWADAYS? OLI THINKS IT IS NOW HIS TURN TO BECOME THE PM OF NEPAL WITH THE SUPPORT OF UCPN.

    Reply
  4. Manoj says:
    September 18, 2015 at 11:31 am

    He played appreciable role during his tenure. Because of his effort the second CA election was possible. No any leader is close to his honesty. Present leaders are mad for chairs and they are all short sighted. They are cause for polarization between communities in Nepal. No president will be happy when half the nation is not happy with the constitution.

    Reply
    1. dor Prasad says:
      September 18, 2015 at 10:30 pm

      I do not think half Nepali are not totally unhappy. Everybody’s wish can not come into the constitution. Only unhappy are some Madhesi (which group the President belong to) and Tharu (I do not if they call themselves Madhesi) and has been big problem for india to send special envoy.

      Reply
    2. dor Prasad says:
      September 18, 2015 at 10:43 pm

      According the last census, there are about 20% people speaking Tharu, Maithili and Bhojpuri and there is no guarantee that all of them are “dead” unhappy. You can see some of their representative are signing and voting for constitution. So the calculation comes right that 85% support the constitution although every body have some reservation. I think who is unhappy is India who do not want stability in Nepal.

      Reply
  5. suresh says:
    September 18, 2015 at 7:33 am

    This is true and fact

    Reply
  6. Shankar says:
    September 18, 2015 at 2:29 am

    म लाइ लाग्छ रास्ट्रपति ले बोल्न न चाहेको पनि हुन् सक्छ | किनभने बोलेर मदिसे नेताहरु को आँखा को कसिंगर बन्न न चाहेको होलान कि ?
    तिन दल त् चाहन्थे होला नि रास्त्रपतिको मुख बाट काइदाको संबिधान बन्यो भनाउन|

    Reply
  7. bir nepali says:
    September 18, 2015 at 2:20 am

    संबिधानसभाले सबिधान पारित गरि जारी भएको घोषणा गर्ने कार्यक्रममा रास्ट्रपतिको के भुमिकरहंछा, उनको उपस्थिति र साक्षीमा सभामुख वा प्रधन्मन्तिले गर्न पर्ने नियम छ कि?सेरोमोनिअल पदमा बसेका ब्यक्तितो हरुले राजनीतिक टिप्पणी गर्न पाएको बिस्वमा देखिदैन र सेरोमोनिअल भासन नै गर्न पर्दा पनि पहिले नै लिखित भासन कार्यपालिका वा कार्यकारी अंग बाट पास गर्यिएको हुञ्छ क्यार.
    रास्ट्रपतिले बोल्न चाहेको खण्डमा मा योयो बोल्छु भनेर पुरा मन्जुरी लिएर वा संबिधान सभा ले देशको नाम मा अब यो बोल्नुस भनेर राष्ट्रपति लाई बोलुन सक्छ होला. तेसकारण ले मलाई यो ठुलो बिषय हो जस्तो लाग्दैन.
    रास्ट्रपति जियु लाई संबिधान आएको मा खुसि लागे पनि आफ्नो पद खुसकीना लागेकोमा पक्कै नरमाएलॊ लागेको छ होला. अहिले रस्त्र्पतिज्यो को टिका तिपन्नी वा मौन येही द्विअत मनस्थितिको उपज होला.

    Reply
  8. Sunil. London says:
    September 18, 2015 at 1:24 am

    सालोक्य जी लाई हट्ने बेलाका राष्ट्रपति प्रति निकै सहानुभूति पलाए जस्तो छ !! राष्ट्रपति लाई आफ्नो पद अरु ४-५ वर्ष का लागि जसरि पनि लम्ब्याउनु छ ! आफ्नो छोराको राजनीतिक भबिष्य सुनिश्चित नगरे सम्म(मन्त्रि नबनाए सम्म) संबिधान आउनै दिन्न भनेको कुरा कुनै पत्रिका मा पढेको थिए !!! मधिसे हरु अन्यायमा परे भन्ने कुरा जता ततै सुनिन्छ, नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपति दुवै मधिसे नै हैनन् र ? तेसो भए त राई, लिम्बु , नेवार , तामांग , बाहुन, छेत्री, दमाई, कामि सबै अन्याय मा परे नि हैन र , सबै लाई समेट्नका लागि सबै जाति बाट एउटा एउटा राष्ट्रपति बनाइदिने त ?
    उनको भित्रि इच्छा भनेको आजीवन राष्ट्रपति खान पाइयोस भन्ने नै हो !!! रह्यो कुरा मधिसे हरु मारिए भन्ने , अरुलाई मारे पछि आफुलाई पनि कसैले मार्छ नै, मारकाट को काम उनीहरुले नै SSP न्यौपाने को हत्या बाट सुरु गरेका हैनन् र , कोहि पनि मारिनु हुन्न रे , के प्रहरी बाहेक कोहि पनि मारिन नहुने ? उनीहरुले पनि प्रहरी लाई आक्रमण गर्दा कम्मर मुनि मात्र प्रहार गरे त ? आँखा मा भाला सम्म रोपेरे त , ambulance बाट बाहिर तानेर प्रहरी को हत्या गरेरे त , के अन्तराष्ट्रिय मान्यता अनुसार ambulance बाट घाइते लाई तानेर मार्न पाइन्छ ? तराई लाई अर्कै देश घोषणा गर्नुपर्छ भन्ने लाई समेटेर लान भन्छन भने उनीहरुको भनाइ लाई एक कान ले सुनेर अर्को कान बाट निकाल्नु पर्छ चाहे राष्ट्रपति हुन् चाहे प्रधानमन्त्रि !!!!! सबै लाई समेट्न ४-५ वर्ष अरु लाग्छ नै होला तेती बेला सम्मका लागि हाम्रा राष्ट्रपति को कुर्सि पक्का पक्कि !!!

    Reply
    1. Shankar says:
      September 18, 2015 at 2:45 pm

      रास्त्रपतिको छोरी मात्र छिन भने जस्तो लागेको , तपाइले छोरा समेत छ भन्नु भयो त् ? कुरा के हो ?

      Reply
      1. Sunil. London says:
        September 18, 2015 at 9:38 pm

        छोरा पनि छन् शंकर जी , अब मन्त्रि बने पछि थाहा पाउनु हुन्छ !!!!!

        Reply
        1. Ramesh Limbu says:
          September 18, 2015 at 10:43 pm

          मूल कुरो त् अर्को पो छ त ! बाउ एता कुनै ठुलो योगदान नभए पनि राष्ट्रपति भएर मधेसी पार्टीहरुको मुखपत्र जस्तो यसलाई यो देउ नदिए संबिधान बन्न दिन्न भन्दै हिड्ने, उता राष्ट्रपतिकै छोरा सभासद चन्द्रमोहन चाही जनकपुरमा कांग्रेसको पार्टी कार्यालयमा आगो लाउदै हिडेपछी सिटौलाहरु बिच्किएको हुनु पर्छ !

          Reply
  9. dor Prasad says:
    September 18, 2015 at 12:25 am

    अर्को कुरो जतियेता जति भने पनि मानिस भित्र लुकेको हुन्छ – के नेपाल मा मदेशी को सत्ता नेवार वा राई वा गुरुङ को आन्दोलन अहिले चलेको भए मोदी दुत नेपाल आउंथे ?

    राजनाथ सिह ले नेपाल मा १ करोड भारतीय छन् तिन को देख बाल गर्नु भारत को कर्ताबेये हो भनेकै हुन् क्यारे ! कटुवाल केस मा पनि भारतीय ले रास्ट्रपति लै उकसकै हुन् र अहेले पनि ! सबै भारतीय गोटी बनेकै हुन् आहिले पनि न बन्लान भन्ने के बेर ?

    Reply
  10. Aryan Sharma says:
    September 18, 2015 at 12:16 am

    राम बरण यादवले नेपालको पहिलो राष्ट्रपतिको रुपमा राम्रै काम गरेका छन् समग्र मा भन्ने हो भने अहिले सम्मको समयलाई हेर्दा. तैपनि संबिधान सभा भंग भए पछि राष्ट्रपति पदबाट राजीनामा नदिनु, सेरोमोनिअल पद मा भएता पनि कुनै कुनै समयमा राजा सरह पेश हुनु, राजनीतिक दल हरुसंग विवादमा परि राख्नु उनका कमजोरीहरु हुन्. अहिलेको अवस्थामा राष्ट्रपतिले सबैलाई समेटेर संबिधान बनाउन सल्लाह दिनु अत्यन्त राम्रो हो र उनले बोल्न पनि बोल्न पाउनु पर्ने हो संबिधान जारी गर्दा यदी त्यो प्राबधान अन्तरिम संबिधानमा संबिधान जारी गर्ने प्रक्रियामा उल्लेख रहेछ भने. येदि त्यो प्राबधान छैन भने पत्र पत्रिकाले पनि यो कुरालाई highlight गर्नु आबस्यक छैन. राष्ट्रपतिलाइ तेस्तो बोल्न नै मन रहेछ भने पछि राष्ट्रपति भवनमा चियापान या येस्तै कार्यक्रम गरेर बोले पनि हुन्छा नि?

    Reply
    1. XYZ says:
      September 18, 2015 at 6:50 am

      Except the starting line, I like your comment. Unfortunately, we had a stupid President. He just happened to be the president, it is due to sheer luck because, Girija refused to contest elections and Maoists denied Girija from becoming a consensus president.

      Reply
    2. MADAN BAJRACHARYA says:
      September 18, 2015 at 11:49 am

      रास्त्रपतिज्युले के हामीले सोचे जस्तै अर्थ लाग्ने गरि “सबैलाई समेट्नु भनेको” थियो बा कुरा चपायर सम्पूर्ण तराइको ईतिहासिक सामाजिक पहिचान मेटेर मध्यदेस नबने देस टुक्राउने भन्ने मधेश्बादिलाई समेट्नु भनेको हो?

      Reply
  11. सत्य says:
    September 18, 2015 at 12:13 am

    प्राय: सभासदहरुको TV , पत्रपत्रिकाहरुमा अन्तर्वार्ता सुन्दा पढ्दा अहिले जारी हुनलागेको नेपालको संबिधानलाइ “नहुनु मामा भन्दा कानो मामा जाति” भनि विश्लेषण गरेको पाइन्छ / सबैलाई समेत भन्दा उही राष्ट्रपति घाँडो भन्ने यी श्री ३ कोइराला, ओली, दाहाल, देउवा, रावल, सिटौला जस्ता नेताहरुलाई नसिहत दिन आदिवासी, जनजाती, दलित, महिलाहरु र तराई-नेपाल जलिरहेको अबस्थामा यस्तो “कानो संबिधान” राष्ट्रपतिज्यु र उपराष्ट्रपतिज्युले जारी गर्नु भन्दा पहिले राजिनामा गरेर एउटा पाठ सिकाउनु हुनेछ /

    Reply
  12. dor Prasad says:
    September 17, 2015 at 11:57 pm

    सम्बोधन गर्न न दिएका हुन् वा रिसाएर गर्दिन भनेका हुन् ??? सबै को चित बुझाएर सबिधान म कहाँ ल्याउनु भन्ने हो भन्ने सबिधान कहिले टुंगिदैन र आजन्म रास्ट्रपति बन्न पाउछन् !!

    राजनीति मा उपयोगीताबाद कहाँ हुदैन र ?

    Reply
  13. amrit prasad neupane says:
    September 17, 2015 at 11:54 pm

    This is not good very bad affter same like that ani way all people same

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme