Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टिभीमा नेम्वाङको एकोहोरो बोली सुनेर दिक्क हुनुहुन्छ? जान्नुस् त्यसपछि के प्रक्रिया बाँकी छ

Posted on September 16, 2015September 16, 2015 by Salokya

kada संविधान संविधान भनेर हामीले कराउन थालेको धेरै भयो। अब त संविधान बन्दैछ। टेलिभिजनहरुमा लाइभ देखाइँदैछ। तर टिभी हेर्दा सभाध्यक्ष सुवास नेम्वाङ एकोहोरो भट्याउँदै हुन्छन्- “माननीय सदस्यले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन नचाहनुभएकोले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ को धारा …. माथि उहाले राख्नुभएको उल्लिखित संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोला।”

एकोहोरो झण्डै एउटै व्यहोरा पढेको पढ्यै। आइतबार ३ धारा पास गरेर सुरु भएको यो क्रम सोमबार ५७ धारामा पुगेर रोकियो भने मंगलबार १७६ धारा पारित भयो। जम्मा ३०२ धारा यसैगरी पास गर्नुपर्छ। यही गतिमा नेम्वाङ दौडिए भने बुधबारसम्ममा धाराहरु पास गर्ने काम सकिनेछ। त्यसपछि के हुन्छ त ?



त्यसपछि संविधानका प्रस्तावना, नाम, प्रारम्भ र अनुसूचीलाई नेपालको संविधान, २०७२ विधेयकको अङ्ग बनोस् भनेर मत विभाजन गरिनेछ।

संविधानलाई दुई तिहाई मतले पारित गरेपछि यो जानेछ फेरि बाबुराम भट्टराई नेतृत्वको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा। भट्टराईको सभापतित्वमा गठित समितिले शुद्धाशुद्धि र भाषा हेर्नेछ।

त्यसपछि संविधानलाई नेपाली कागजमा पाँच प्रति छापिनेछ।

त्यसमा सबै सभासद्ले हस्ताक्षर गर्नेछन्।

सबै सभासद्को हस्ताक्षरपछि संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्नेछन्।

असोज ३ गते पाँच वटै प्रतिको एउटै ढाँचामा राष्ट्रपतिले हस्ताक्षर गरी लागू भएको घोषणा गरिनेछ। राष्ट्रपतिले संविधान सार्वजनिक गरेपछि नेपालको अन्तरिम संविधान, २०६३ खारेज भई त्यतिखेरदेखि नै नयाँ संविधान जारी हुन्छ।
sign1
संविधानसभामा ६०१ मध्ये हाल कायम ५९८ सभासद् छन्। अहिले यो धारा पारित गर्ने प्रक्रियामा ५३८ (९१ प्रतिशत) सभासद्ले भाग लिइरहेका छन्।

मधेसकेन्द्रित सबै दल प्रक्रियाबाट बाहिरिएका छन्। तर उनीहरुको हस्ताक्षर बिना पनि संविधान जारी हुन कुनै रोकावट भने हुने छैन।

2 thoughts on “टिभीमा नेम्वाङको एकोहोरो बोली सुनेर दिक्क हुनुहुन्छ? जान्नुस् त्यसपछि के प्रक्रिया बाँकी छ”

  1. john gauchan says:
    September 16, 2015 at 2:10 pm

    बल्ल बल्ल संबिधान बन्न लागेको नि दैत्य हरुले निस्सासिएर मार्ने भए , यी सबैको झगडाले अब देश नेपाल नभएर धोतीहरुको मधेश हाम्रो देश भने झैँ हुने भो ,, अझ अशोक राइ तिनको पार्टी त क्या छ्या भन्ने भो गाठे .. छिमेकीको षड्यन्त्रमा छिमेकी बुइ चड्न थालि सक्यो , डलर पाय पछि सबै बिर्सेर बेपत्ता ????

    Reply
  2. Hari Gobinda says:
    September 16, 2015 at 8:07 am

    नेम्बाङ्ग प्रति केहि बचे खुचेको विश्वास पनि हराएर गयो|
    चार चार बर्ष सम्म संबिधान बनाउनमा केहि नेतृत्व प्रदान गर्न नसक्ने उनी नै हुन्| एमालेको पीछलग्गु भएर काम गरे|
    कसरि तलब भत्ता पचाउन सकेको होला|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme