Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

असोज ३ मा संविधान जारी हुने मिति घोषणा, भारतको चासो औपचारिक रुपमा व्यक्त

Posted on September 15, 2015September 15, 2015 by Salokya

२०७२ भदौ २८ गते सोमबार

आजको दिनको उपलब्धि संविधान जारी हुने मिति घोषणा। अर्थात् भविष्यको संविधान दिवसको दिन। अघिल्लो संविधानसभाका पटक पटकका जेठ १४ को मितिमा घोषणा हुन नसकेको संविधान दोस्रो संविधानसभाको स्वघोषित मिति माघ ८ मा पनि टरेको थियो। त्यसपछि कुनै मिति नतोकिए पनि संविधान बनाउने काम धमाधम अघि बढेको थियो। अन्ततः आज असोज ३ गते आइतबार साँझ ५ बजे संविधानसभामा हुने औपचारिक समारोहमा राष्ट्रपतिले हस्ताक्षर गर्दै संविधान जारी गर्ने मिति तोकियो। यसका लागि निम्ता लिएर राष्ट्रपतिलाई भेट्न शितल निवास जान लागेका सभाध्यक्ष सुवास नेम्वाङले सोमबार समय चाहिँ पाएनन्। के के भयो त आजका प्रमुख घटना ?

भारतको चासो औपचारिक रुपमा व्यक्त

संविधान जारी गर्ने मिति घोषणा भएपछि सोमबार राति भारतको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गरेको छ। त्यसमा भनिएको छ-

हम संविधान के अनुमोदन की ओर संविधान सभा द्वारा हाल ही में की गई प्रगति का स्वागत व प्रशंसा करते हैं, क्योंकि इस प्रक्रिया के जरिए कई विवादास्पद मुद्दों का समाधान कर लिया गया है।

यो औपचारिकताका लागि भन्नै पर्‍यो। त्यसपछिका वाक्यहरु अर्थपूर्ण छन्-

भारत नेपाल के कई भागों में चल रहे विरोध आंदोलनों तथा संघर्ष से चिंतित हैं। भयंकर हिंसा ने फिर एक बार नेपाल की आत्मा को झकझोर दिया हैं। मरने वाले चाहे वे नेपाली नागरिक हो या सरकारी मुलाज़िम,सभी घटनाओं में जो खून बहा है वह नेपाल का ही खून था। भूकंप की गहन त्रासदी से अभी उबरना बाकी है। ऐसे में यह गंभीर स्थिति संसार में किसी भी मानवतावादी देश को चोट पहुंचाती है ।

तराई मधेसमा भइरहेको आन्दोलन र हिंसाबाट भारत चिन्तित भएको सन्देश यसमा दिन खोजिएको छ। जो मरे पनि नेपालकै रगत बगेको भन्दै भारतले चिन्ता जाहेर गरेको छ।

इस परिप्रेक्ष्य में हम सभी राजनीतिक पक्षों से लचीला रुख अपनाने की अपील करते हैं ताकि शेष मुद्दों का समाधान यथासंभव अधिकतम समझौते से तथा हिंसामुक्त परिवेश में किया जा सके। नेपाल के अलग –अलग भागों तथा समाज के सभी वर्गों को पूरी तरह स्वीकार्य तथा उनकी आकांक्षाओं का ध्यान रखने वाला संविधान शांतिपूर्ण व संपन्न नेपाल की सुदृढ़ आधारशिला रख सकेगा तथा नेपाल के उज्ज्वल भविष्य का केंद्र-बिंदु बनेगा।

नेपाल के राजनीतिक दल, संगठन तथा बुद्धिजीवी वर्ग ने संकट के समय हमेशा परिपक्वता तथा दूरदर्शिता का प्रदर्शन किया है। उनके सतत नेतृत्व तथा बुद्धिमत्ता के कारण ही नेपाल वर्तमान कठिनाइयों पर विजय प्राप्त कर सका है। आधुनिक नेपाल के निर्माण के लिए स्थायी एवं मज़बूत संविधान आवश्यक है और हम आशा करते हैं कि नेपाली नेतृत्व इस संबंध में कोई कोर-कसर नहीं छोड़ेगा।

भारतले दलहरुलाई लचिलो हुन र अधिकतम सम्झौता गर्न सुजाएको छ। नेपालको सबै भाग र सबै वर्गलाई पूर्ण रुपले स्वीकार्य संविधान बन्नुपर्ने सन्देश दिएको छ भारतले।

वक्तव्य पूरा पढ्न क्लिक गर्नुस्

धाराहरु धमाधम पास

बिहान ११ बजेपछि बसेको बैठकले हिजोका ३ धारापछि धमाधम प्रमुख तीन दलले राखेका संशोधनबाहेक अरु संशोधन फेल गर्दै संविधानको परिमार्जित विधेयकको अंग बनेको घोषणा गर्ने काम भयो। तीन पटक बैठक स्थगित भयो। हुन्छ वा हुन्न भन्नुस् भन्दै हरेक धारालाई निर्णयार्थ पेस गर्ने काम सभाध्यक्ष नेम्वाङले आफै गरे। उनको पढ्ने शैलि पनि फास्ट थियो। २०० पेजको संशोधन मध्ये राति ७ बजे बैठक स्थगित हुँदासम्म ६२ पेज, धारा ५७ सम्म पारित भयो। धारा पास गर्ने काम पट्यारलाग्दो देखियो। यसो हेर्दा तीन दललेे राखेका संशोधन प्रस्ताव मात्र पास बाँकी फेल भनेर सीधै घोषणा गर्दिए हुने देखियो। तर के गर्नु, संसदीय प्रक्रिया यस्तै रहेछ। हुन्न भन्ने थाहा हुँदाहुँदै पनि हुन्छ हुन्न भन्नै पर्ने।

गैँडा हार्‍यो, गाईले जित्यो

राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनुपर्छ भनेर जनताको सुझाव लिने क्रममा पनि धेरैले भनेका थिए। दलहरुले पनि गैँडा हुनुपर्छ भनेर संशोधनहरु राखेका थिए। तर गैँडालाई श्री ३ दलको साथ थिएन। त्यसैले गैँडा हार्‍यो। उही गाईले जित्यो। राष्ट्रिय झण्डा फेर्नुपर्छ भन्ने प्रस्ताव पनि फेल भयो। आफ्नै सभासद्ले साथ नदिएको अवस्थामा राप्रपा नेपालको हिन्दु राष्ट्र कायम गर्ने प्रस्ताव फेलमात्र भएन, मत विभाजनको प्रस्ताव पनि असफल भयो। मत विभाजनका लागि ६१ सभासद् हुनुपर्नेमा राप्रपा नेपालका ५ सभासद् अनुपस्थित भएपछि २० सभासद् मात्र उभिएका थिए।

फर्किए सभासद्

पार्टीको निर्देशन उलंघन गर्दै हिजो संविधानसभा बहिस्कार गरेका नेपाली कांग्रेसका ३ जना सभासद दिनेश परसैला यादव, सप्तरीका तेजुलाल चौधरी र बाराका रामअयोध्या यादव आज संविधानसभामा फर्किए। सर्लाहीबाट निर्वाचित अमरेश कुमार सिंह भने संविधानसभामा फर्किएका छैनन्।

तनावग्रस्त तराई/मधेसको हाल

यता काठमाडौँमा संविधानका धाराहरु पारित हुँदै गर्दा उता तराई/मधेसको हाल कस्तो थियो त?

  • महोत्तरीमा एम्बुलेन्सबाट निकालेर घाइते सशस्त्र प्रहरीको हत्या गरेको घटनापछि स्थानीय प्रशासनले धरपकड गरेको भन्दै ३५ नेता भारतको विहार राज्य अन्तर्गतको मधुवनीको मधवापुरमा शरण लिन पुगेको इन्सेकले जनाएको छ।
  • सर्लाहीको मलंगवामा एमाले सभासद् कमलादेवी महतोको घर, वीरगञ्जमा द हिमालय टाइम्सका फोटो पत्रकार तथा यात्रा डेलीका सञ्चालक राम सर्राफको घरमा राति पेट्रोल बम प्रहार।
  • बिहान तीन घण्टा कर्फ्यु हटाउँदा प्रदर्शन गर्ने २५ आन्दोलनकारी वीरगञ्जको माइस्थानबाट पक्राउ। रौतहटमा आन्दोलनकारी मधेसी मोर्चामा आवद्ध दलका पाँच नेता गौरबाट पक्राउ। लहानबाट मोर्चाका कार्यकर्ता धनेश्वर यादव पक्राउ।
  • उदयपुरमा ३१ औँ दिन बन्द, सवारी साधन चलेनन्, जनजीवन कष्टकर।
  • जलेश्वरमा छैटौँ दिन पनि कर्फ्यु। बिहान ३ र साँझ २ घण्टा खुला।
  • संघीय लिम्बुवानले तेह्रथुममा गरेको कार्यक्रममा भदौ ३१ देखि असोज ३ सम्म चक्काजामको घोषणा।
  • प्रदर्शनकारीको ढुंगाबाट गरुडामा तीन प्रहरी घाइते, गौरमा ढुंगा र गुलेली प्रहारबाट तीन प्रहरी घाइते।
  • धनगढी र टीकापुर क्षेत्रको कर्फ्यु तीजमा पनि कायमै हुने सिडिओको भनाई। टीकापुर घटनामा संलग्न रहेको आरोपमा २१ जनाविरुद्ध ज्यान मुद्दा।
  • गौरको कोहिनुर एफएमलाई अन्तर्वार्ता दिँदै पूर्व सभासद् बबन सिंहले कान्तिपुरका पत्रकार शिव पुरी, नागरिकका मदन ठाकुर र एभिन्युजका गौतम श्रेष्ठलाई पेट्रोल छर्केर आगो लगाई मार्नुपर्ने बताए।
  • सद्भावना अध्यक्ष राजेन्द्र महतोले सरकारले वातावरण बनाए वार्ताका लागि तयार भएको बताए।

4 thoughts on “असोज ३ मा संविधान जारी हुने मिति घोषणा, भारतको चासो औपचारिक रुपमा व्यक्त”

  1. bibek dhakal says:
    September 15, 2015 at 3:17 pm

    राष्ट्रिय जनावर गाइ को सट्टा गैंडा भएको ठिक हुन्थ्यो. दुर्लव वन्य जन्तु, नेपाल लाइ चिनाउने जन्तु, मार्न पाउने कि नपाउने भन्ने प्रश्न पनि उठ्दैन थ्यो. पास भैहाले अतिवादी हिन्दु बाहेक अरुले बिरोध पनि गर्दैन थिए.
    तर रास्ट्रीय झन्डा नफेरिएको चाही ठिक भयो.

    Reply
  2. Shankar says:
    September 15, 2015 at 7:30 am

    अब नेपालि नेता हरु पनि अलि बाठो भैसक्यो | बिहार एक स्टेट हो , केहि मदिसे नेताहरु बिहार छिर्दैमा , दुतावास छिर्दैमा सुरुवाल मा मुत्न पर्दैन | इन्डिया को सरकार र धेरै भारतीय जनता नेपालि को स्वाभिमान र उनीहरुको देश मा हामीले हस्तछेप गर्न हुन्न भन्ने नै धारणा राख्छन | नेपालि नेता लुते भएर आफै दिल्ली धाउने , इन्डियाको चाकडी गर्ने गरेकोले मात्र कुरा बिग्रेको छ | आली अडान मा बस्नु , आफ्नो लाइ मेरो भन्न सक्नु , अल्लि दह्रो सासन गर्नु | डराउँन पर्दैन |

    Reply
  3. XYZ says:
    September 15, 2015 at 6:59 am

    To symbolize cow as a national animal is nothing more than a ploy to keep hindu fanatics happy.

    Reply
    1. CIsSharp says:
      September 15, 2015 at 8:00 am

      ९०% लाई खुसि बनाउनु राम्रै कुरा हो नि. तपाइलाई किन टाउको दुखेको? धर्म परिबर्तन बापत पाएको $$$ ले औसदी खानुहोस. ठिक हुन्छ.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme