Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिले पनि देखाइदिए ‘पावर’

Posted on September 15, 2015September 15, 2015 by Salokya

prez1संवैधानिकै भए पनि म पनि एउटा पावर सेन्टर हुँ, मेरो पनि पावर छ भनेर गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले हिजो प्रष्टै देखाइदिए। खासमा राष्ट्रपतिसँग सल्लाह नै नगरी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले असोज ३ गते साँझ ५ बजे संविधान जारी गर्ने कार्यक्रम रहेको खबर सार्वजनिक गराइदिए। ‘टाकुराको एक्लो मान्छे’लाई पनि झोँक चल्यो। निम्तो लिएर आउन लागेका नेम्वाङलाई समय नै दिएनन्। प्रधानमन्त्रीलाई समय दिइसकेकोले समय नभएको भनेर उनका प्रेस सल्लाहकारले जानकारी दिए पनि खास कुरा त्यो नभएको जसले पनि बुझ्ने कुरा हो।

अझ रमाइलो त राष्ट्रपतिले आफ्नो कार्यालयका कर्मचारीलाई लगाएर नेम्वाङलाई लेखेको पत्र पो सार्वजनिक गराइदिए। पत्र संविधानका धाराहरुमा मतदान हुनुअघिको थियो।

पत्रमा भनिएको थियो-

संविधान निर्माणको प्रक्रियाबाट सकेसम्म देशका कुनै पनि समूह, समुदाय र भूखण्डहरू बाहिर नपरून् भन्नेतर्फ ध्यान जानु पनि आज त्यतिकै जरुरी देखिएको बताइएको छ। सबै साना–ठूला दलको सहभागिताको महत्वलाई हृदयङ्गम गरी संविधानलाई राष्ट्रिय एकताको दस्तावेज र राष्ट्रलाई समुन्नतितर्फ उन्मुख गराउने समावेशी तथा अभिप्रेरक सर्वोच्च कानुनी दस्तावेजका रूपमा उभ्याउन हामीले अन्तिम क्षणसम्म सक्दो प्रयास गर्नु जरुरी छ।

राष्ट्रपतिले मंगलबार नेम्वाङलाई भेट्ने समय दिने भनिएको छ। बिहान ११ बजेदेखि नेम्वाङलाई धारा पास गर्ने हतारो हुन्छ। बल्ल त ६२ पेज पुग्यो २०० पेजको संशोधनमा। पावर देखाइरहेका राष्ट्रपतिले कहिले पो समय दिने हुन्।

हुन पनि राष्ट्रपतिलाई लास्टै चुनौति दिन थालेका थिए। केपी ओलीले सुइ घोच्ने (मेडिकल डाक्टर रामवरण यादव) ले कानुनका ज्ञाता (नेम्वाङ)लाई सिकाउने समेत भने रे भनेर मिडियामा कुरा आयो। आइतबार संविधानसभामा सम्बोधन गर्दै कृष्ण सिटौलाले पनि कडा दिएका थिए। संविधानमा साइन गर्दिनँ भनेर राष्ट्रपतिले भनेको पत्याउन सकिन्न, संविधानसभाभन्दा माथि कोही छैन, संविधानसभाले नै नेपाली कांग्रेसले नै चुनेर पठाएको हो भन्दै।

रुक्माङ्गदलाई थमौती गरेर निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई सडकमा पुर्‍याइदिएका राष्ट्रपति पो हुन् त उनी। सोमबारै राति भारतले विज्ञप्ति जारी गरेर सबैलाई लचिलो बन्न र सबै वर्ग र भागमा स्वीकार्य हुने बलियो संविधान बनाउन सन्देश दिएको परिप्रेक्ष्यमा राजनीति कसरी अगाडि बढ्ने हो, हेर्न रोचक हुनेछ।

राष्ट्रपतिको पावरलाई कम देखाउन संविधानसभा अध्यक्षले संविधान जारी गर्ने काम पनि सुरक्षाको कारण देखाई सार्वभौम संविधानसभा भएको भन्दै राष्ट्रपति भवनमा हैन संविधान सभा भवनमा गर्ने कार्यक्रम बनाए। शायद् यसले पनि राष्ट्रपतिको चित्त बुझेको थिएन।

संविधान जारी गर्न हालको नियमवाली अनुसार संविधानसभा अध्यक्षले प्रमाणिकरण गरेको संविधानको यस्तो व्यहोरामा राष्ट्रपतिले साइन गरेपछि मात्रै संविधान जारी हुन्छ।
sign1

अपडेट : बिहान नौ बजे भेटी राष्ट्रपतिलाई नेम्वाङले निम्तो बुझाएका छन्। राष्ट्रपतिले त्यसको पनि औपचारिक जवाफ छिट्टै पठाउँछु भनेको कुरा आएको छ।

5 thoughts on “राष्ट्रपतिले पनि देखाइदिए ‘पावर’”

  1. सत्य says:
    September 15, 2015 at 11:19 am

    सम्मानीय रास्ट्रपति श्री रामवदन यादबज्यु, यी चार जना नेताले बनाएको संबिधान हामी आदिवासी, जनजाति, मधेशी, दलित, महिलाहरुलाई मान्य हुने छैन / यो संबिधान जारी भयो भने कांग्रेस एमाले माओवादीको भबिष्य समाप्त हुने गरी गृह युद्द हुने देखिरहेको छ / हजुरले देशलाई गृह युद्धबाट जोगाउन संबिधान सभा भित्र र बाहिर रहेका दलहरु सहितको (राष्ट्रिय एकताको दस्ताबेज) नेपालको संबिधान बनाउन अझ पनि दबाब दिने अधिकार छ / कटुवाललाई थमौती गरेर सेनाको शान बढाउनेले देशलाई गृह युद्ध हुन जोगाउने छ /

  2. अनुराधा पौडेल says:
    September 15, 2015 at 11:18 am

    राष्ट्रपतिले रोक्दैमा रोकिने अबस्था छैन । उनले मानेनन भने त्यो पनि मिडियामै पर्दाफास हुने हो ।

  3. narendra baral says:
    September 15, 2015 at 9:49 am

    यो अनुसूची केबल संबिधान सभाबाट मात्र जारी हुन्छ. रास्ट्रपति लाइ नदिन पनि सकिन्छ.
    किन बने अहिले सम्म अन्तरिम संबिधान का जति पनि धारा हरु संसोधन भयका छन् ति रास्ट्रपति बाट जारी भयको छैन. त्यसैले यो सबिधान ले पनि रास्ट्रपति लाइ जारी गर्ने अधिकार नदिन पनि सक्छ. तर सम्मानको लागि दिने हो. यदी जोरी खोज्चन भने रास्ट्रपति लाइ सैही गर्न नलगाइ सभाबाट मात्र सम्बधन जारी हुन्छ कुरो कसो ?

    तर अन्तरिम संबिधान मा रास्ट्रपति बाट सम्बिधान जारी गर्ने कुनै प्रधान छैन. तसैले यो अनु सुची लाइ सभाले पारित गरे पछि लागु हुने गरि बनाउन सकिन्छ.

    यो मेरो आफ्नो तर्क हो. यसमा हरेकको असहमत हुने अधिकार छ.

  4. Prem Nepali says:
    September 15, 2015 at 8:30 am

    This president has already lost his neutrality and seems have more tilted toward a particular foreign power center. Now I am remembering a very old story ‘Neel Barne Shringal’ or ‘A Blue Color Jackle’.

  5. Shankar says:
    September 15, 2015 at 8:06 am

    मदेस आन्दोलन ले र ”र ” को सहयोग ले रास्ट्रपति पाएकोले तेसै मान्ला भनेर सोच्नु पाखे नेताहरुको भुल हो |

Comments are closed.

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme