Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खै त विद्या भण्डारीज्यु, आएन त भदौ २८ मा संविधान !

Posted on September 14, 2015September 15, 2015 by Salokya

bidhya-bhandari नेताहरु जे मन लाग्यो त्यही बोलिदिइहाल्छन् भन्ने त तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। आफूले बोलेको कुरा नपुगेपछि उहाँहरुलाई लाज चाहिँ लाग्छ कि लाग्दैन होला? थाहै नभएको विषयमा बोलेछुु भन्ने चाहिँ लाग्दो हो कि नलाग्दो हो उहाँहरुलाई?

गएको भदौ २६ गते एमाले उपाध्यक्ष विद्या भण्डारीले धमला क्लबमा आयोजित कार्यक्रममा भनिन्, ‘हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ।’ भदौ २८ सोमबार अर्थात् आज हो। तर आज संविधान आउनुको त कुरै छाडौँ, आधा धाराहरु पनि पारित हुन सकेन।

भण्डारीको भाषण शनिबार सुनेपछि नै मलाई अनौठो लागेको थियो- कसरी आउँछ सोमबारै संविधान? आइतबार शीर्ष नेताहरुले सम्बोधन गर्न बाँकी थियो। त्यसपछि बल्ल २०० पेजको संशोधन प्रस्तावहरु मतदानमा पेश गर्दै पारित गर्दै गर्नुपर्ने काम थियो। सबै धारा पास गरेपछि एकमुष्ट संविधानको विधेयक पारित गर्ने काम बाँकी थियो। त्यसपछि बल्ल पो एउटा सार्वजनिक समारोह गरेर संविधान जारी गर्ने हो।

नभन्दै भदौ २८ मा संविधान आएन। एमाले उपाध्यक्षको दीपावलि गर्न तयार बस्नुस् भन्ने बोली पनि खेर नै गयो। आफ्नो बोली खेर गएकोमा, नजान्ने विषयमा बोलेछु भन्नेमा चाहिँ उनलाई खासै पछुतो मान्दिनन् होला। किनभने नेपाली नेताहरुलाई आफूले के बोलेँ, भविष्यमा त्यो पूरा हुन्छ कि हुन्न समीक्षा गर्ने बानी नै छैन।

थाहा नभएका कुरामा त मिति नै तोकेर नबोल्नु नि।

नेता जस्तै सरकारी कर्मचारी पनि छन्। एक जना सहसचिव यस्तै हावाहावा ट्विट गर्दै बस्छन्। केही अघि भूकम्पका बेला चन्द्रमा हेर्नुस् त उल्टो देखिन्छ भन्दै ट्विट गर्दै बसेका थिए। अहिले फेरि यही संविधानकै कुरामा पनि मंगलबार संविधान जारी हुन्छ भन्दै बसेका थिए

@mikaness १,२ र ३ धारा पारित भयो बाँकी धारा भोलि पारित हुनेछ र पर्सि संविधान जारी हुनेछ ।

— bhim upadhyaya (@bhimupadhyaya) September 13, 2015

4 thoughts on “खै त विद्या भण्डारीज्यु, आएन त भदौ २८ मा संविधान !”

  1. rabin shrestha says:
    September 15, 2015 at 8:31 am

    येस्तै हो यो एमालेका गफाडी हरुको ताल। अझ यिनी त कृपाबाद ले नेपाली राज्निति मा मौलाएकी । जान्नु तान्नु केइ परेन, केपि ओलिको दौराको फेरो समाए पुग्छ यिन लाई।

    Reply
  2. Narendra says:
    September 15, 2015 at 8:18 am

    ए बिद्या देवीजी, कत्ति झुटो बोल्नु हुन्छ? ताल न सारको कुरा मात्र गर्ने? हिम्मत छ भने अब फेरी काठमान्डौबाट चुनाव लड़नुस| कैले ओली प्रधान मन्त्रि होला र आफु मन्त्रि बनु अनि दीपावाली गरम भन्ने लोभी भावना छाडेकै राम्रो हो|

    Reply
  3. Shankar says:
    September 15, 2015 at 7:59 am

    ओलीको मुख बाट खसेको बोलि न उनले बोलेकी हुनन | ओली ले नै भने त् सायद कम ले बिस्वास गर्थे होलान , अब यिनको के कुरा गर्नु ?

    Reply
  4. bikas says:
    September 15, 2015 at 4:26 am

    नेता हरु ले हामी जनता हरु लाई ४६ साल देखि नै बहुला
    बनाउदै आएका हुन भन्ने बुझ्नु परो नि त। यस्ता नेता हरु को कुरा पत्याउनु भनेको आफै मूर्ख हुनु हो।नामै त नेता ठग को पर्याबाची शब्द।यिनी सबै नेता हरुको देखाउने दात अर्कै र चपाउने अर्कै हुन्छ ।ताली पाउन जे पनि बोलिदिन्छन बोल्न पैसा लाग्ने होइन क्यारे।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme