Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान बनिसक्यो, अब के बाँकी छ संविधान जारी गर्ने प्रक्रिया?

Posted on September 13, 2015September 13, 2015 by Salokya

final-constitutionसंविधान बनिसकेको छ। अब त्यसलाई जारी गर्ने काम मात्रै बाँकी छ। त्यसका लागि संविधानको विधेयकमा दर्ता भएका संशोधन प्रस्तावहरुलाई टुङ्गो लगाउन बाँकी छ। यी प्रस्तावहरु धमाधम ध्वनि मतले अस्वीकार गर्दै जाने काम हुनेछ। ध्वनि मत अर्थात् सभाध्यक्षले ‘संविधानको फलानो धारामा फलानो संशोधन गर्ने प्रस्ताव निर्णयार्थ पेश गर्छु। यो प्रस्तावको पक्षमा हुनेले हुन्छ भन्नुस्, विपक्षमा हुनेले हुन्न भन्नुस्’ भन्ने। अनि हुन्न भन्ने सभासदको आवाज धेरै सुनिएकोले प्रस्ताव अस्वीकृत भएको छ भन्ने।

कांग्रेस, एमाले र एमाओवादीले राखेको संयुक्त संशोधन प्रस्ताव भने पारित हुनेछ। त्यसपछि त्यो पारित भएको संशोधन अनुसार विधेयकमा क्रम संख्या मिलाउनु पर्नेछ। त्यसपछि प्रत्येक धारा दुई तिहाईले पास गर्नुपर्नेछ।

यसअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संशोधन प्रस्ताव पारित गर्न दुई दिन, त्यसपछि धारा क्रम मिले नमिलेको हेर्न सचिवालयले एक दिन लगाउने र प्रत्येक धारा दुई तिहाईले पास गर्न कम्तिमा दुई दिन लाग्ने बताएका थिए।
final-constitution

तर अब रात रहे अग्राख पलाउँछ भन्दै वार्ता संविधान जारी भएपछि गर्न मिल्छ भन्दै एकै दिनमा वा दुई दिनमा फटाफट यी सब काम सकाए पनि अचम्म मान्नु पर्दैन। एमाले उपाध्यक्ष विद्या भण्डारीले शनिबार भदौ २८ मा संविधान जारी हुन्छ भन्दै दीपावली गर्न तयार भएर बस्न भनेकी छिन्। माथिको प्रक्रिया अनुसार जाने हो कम्तिमा पाँच दिन लाग्ने देखिन्छ। तर भण्डारी अरु ल्याप्चे सभासद् जस्ती त हैनन्, थाहा पाएरै त भनेकी होलिन्। जे होस्, एक थान संविधान आउने निश्चित छ।

9 thoughts on “संविधान बनिसक्यो, अब के बाँकी छ संविधान जारी गर्ने प्रक्रिया?”

  1. shantanu says:
    September 14, 2015 at 7:41 pm

    यस्तो काम गरौं विशुद्ध तनले संसारमा गुञ्जियोस
    श्रद्धा भक्ति सजाऔं अखण्ड मनले सदभावना उर्लियोस
    विर्सौं छैन बयान यो फगतमा , सम्झेर पाइन्छ के ?
    लागौं द्वार सफा छ है सहजको , फर्केर पाइन्छ के ?

    अर्थै छैन नलाग हे विदेशमा , निष्ठा रहोस् इशमा
    सेवा भाव बढोस् विशिष्ट जनमा नामै चलोस् देशमा
    ब्युझौँ आज उठौं समान सबले , इच्छा न हो पुग्छ के ?
    बाँकी त सब हुन् खेल पवनको , फर्केर पाइन्छ के ?

    यस्तो सोच गरी सफा हृदयको , संयोजना सिर्जनौं
    भोका छन् गरीब दुनिया विचरा शिक्षा नयाँ भर्दिनु
    दासी बन्न पुग्यौं उठौं निडर भै , फर्केर पाइन्छ के ?
    पाइन्नन सुख ती विदेश घरमा , फर्केर पाइन्छ जे

    नाना थरि आदर्श बकगरी, जागीर छोड्दिएं
    सारालाई फर्कने सुझदिई, आफु यहीं भुल्दिएं
    टप्परटुइयाँ डलर ठगीको, मौका त्यहाँ मिल्छ के ?
    दशकभो सित्तैमा ठगेर रमेको ,फर्केर पाइन्छ के ?

    Reply
    1. Kalpananta says:
      September 15, 2015 at 5:36 am

      Thank you. I want to add to this beautiful poem

      कम्प्युटरमा निकम्मा भएपछि, लिएँ सनातन अड्डन
      धर्म र सामाजिकता भयो , मेरो नयाँ पहिचन
      यस्तो ठगी र डलरखेती , घरमा उता पाइन्छ के?
      साथीहरु संग ठग्न नपाए , फर्केर पाइन्छ के ?

      मेम्बरशीप बेचिंदै गए , चन्दा उठिंदै गए
      सेंजेभीयराका बाल्य संगी , सजिलै ठगिंदै गए
      तिनका दानमा मेरा मोज, मस्ती कहाँ मिल्छ के ?
      ठग्दैछु अझ ती मुर्खहरुलाई, फर्केर पाइन्छ के ?

      Reply
      1. Shankar says:
        September 15, 2015 at 8:27 am

        जाने जान्छन , जान नदिनु , तिम्रो लघु सोच हो |
        बुझ्ने लाइ समस्त प्रिथ्बितल नै मानिसको घर न हो |
        सिक्नु ज्ञान र सिप , बिबिधता राम्रो अलौकिक धन |
        सोच्नु ज्ञान र बुद्दि औ बिबेकले , सम्पूर्ण खोलि मन |

        Reply
        1. kalpananta says:
          September 15, 2015 at 11:35 pm

          अनिवार्य संस्कृत, हिन्दूत्व लादौं , “गाउँफर्क” जनता जन
          फलाक्छु नारा माग्छु कचौरा , “remotely ” मेटुचन
          कामै नगरी खल्ती यो भर्ने , मौका त्यहाँ मिल्छ के ?
          हाँकेर गफ्फा चन्दा सोहर्छु , फर्केर पाइन्छ के ?

          Reply
  2. bibek dhakal says:
    September 14, 2015 at 12:27 am

    उता दिनदिनै नेपाली मरिरहेका छन् यता दिपावली गर्ने रे? एउटा निर्लज्जताको पनि सिमा हुन्छ नि …

    Reply
  3. Krishna Thapa says:
    September 13, 2015 at 10:26 pm

    सबैले आलोचनात्मक समर्थन भन्दै संविधान माने सक्की गो । संविधान नबने झन् खतरा छ ।

    Reply
  4. Shankar says:
    September 13, 2015 at 6:17 pm

    जे आउदै छ तेसैमा हाल लाइ चित्त बुझाउनु, पछि क्रमश सुधार गर्दैजाँदा हुन्छ |
    बिहारी लफडा सधै तेस्तै हो , कहिले सकिन्न |

    Reply
  5. अर्जुन पराजुली। says:
    September 13, 2015 at 7:26 am

    हामी स्वभिमानी जनताहरु संविधानको स्वागतकालागी व्यग्र प्रतिक्षामा छौं।नयाँ संविधान पाएर आउनैं लागेको नेपालीहरुको माहान चाहाड बडा दशैं र दिपावलीको खुशी एक आपसमा बाड्न चाहान्छौं।जय नेपाल! सारा नेपालीहरुको जय होस्।धन्यवाद ।

    Reply
  6. krishna sharma says:
    September 13, 2015 at 3:17 am

    संबिधान जति सक्दो छिटो जारि गरेको राम्रो हो | यो अहिलेको संबिधान ले सबै कुरा समेट्न सक्दैन, तर यो नै full and final होइन | संबिधान जनताको माग चाहना अनुसार बदलिदै जाने कुरा हो | तेसकारण जति सको छिटो संबिधान जारी गरेर , बचेका समस्या हरुको समाधान गर्दै जानु पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme