आजभोलि त जो पनि पुस्तक लेख्ने भएका छन्, पत्रकारदेखि नेतासम्म। के तपाईँलाई पनि पुस्तक लेख्न मन छ? नलेख्नु पुस्तक लेखिसकेपछि वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको जस्तो दुनियाँ हँसाउने किताब के लेख्नु (प्रसङ्ग नबुझिए यता क्लिक गरी हेर्नुस्), पुरस्कार टप्काउने पुस्तक नै लेख्नुपर्यो। पुरस्कार पनि फेरि ऐरेगैरे नत्थुखैरेवाला होइन, आजभोलि त केही एनआरएनहरु आफ्नो कोही मरेपछि भावुक भएर फलानो स्मृति पुरस्कार घोषणा गर्न भ्याइहाल्छन्। सबतिर प्रचार गर्न भ्याउँछन् अनि पुरस्कार दिने बेलामा रकमको माया लाग्छ। उधारो घोषणापछि दोस्रो वर्षदेखि पुरस्कार पनि गायब, घोषणा गर्ने पनि गायब।
त्यस्तो पुरस्कार जितेर केही काम छैन। यहाँ त पुस्तककै लागि दिइने नेपालको महान् पुरस्कार जित्ने अचुक सूत्र दिइएका छन्-
सूत्र नम्बर १
पुस्तक लेख्नुअघि नै ठूलै रकमको कन्ट्र्याक्ट साइन गर्ने समारोह गरेर पुस्तकको व्यापक प्रचार गर्नुपर्छ। नलेखिँदै गरिएको प्रचारले पुस्तक के के न हो भन्ने पारिहाल्छ। त्यसपछि पुस्तकको गुदीमा जेसुकै होस् चर्चा भइ नै हाल्छ।
सूत्र नम्बर २
पुस्तक लेखिसकेपछि तारे होटलमा गरिने विमोचनमा झारे साहित्यकारहरु हैन, देशविदेशका नेता, कलाकार, गन्यमान्य व्यक्ति सबैसबैलाई बोलाउनु पर्छ। यस्तो देखाउनु पर्छ मानौँ त्यो दिन देशकै लागि एउटा महत्त्वपूर्ण दिन हो। त्यसैले यत्रा ठूल्ठूला सबै मान्छे कामधाम सबै छाडेर आएका छन्।
सूत्र नम्बर ३
जे भए पनि एउटा कुलत राख्नुपर्छ। यसो भयो भने पुस्तकको आधा भाग त्यो कुलतले गरेको खराबी र त्यसलाई छाड्न गरेको संघर्ष लेख्दैमा बित्छ। भन्नेले वाह क्या गज्जबको मान्छे कुलती थिएँ भनेर खुल्लमखुल्ला लेख्ने आँट गर्यो भनेर प्रशंसा पनि गर्ने।
सूत्र नम्बर ४
आफूलाई अलि विशिष्ट देखाउने गरी लेखिनुपर्छ। यस्तो भान पार्नुपर्छ मानौँ धरतीका सामान्य मानिससँग आफ्नो कुनै सम्बन्ध नै छैन। राजा, महाराजा, नेता, मन्त्री, राजदूत, करोडपति या अरबपतिसँग मात्र सम्बन्ध छ जस्तो पार्नुपर्छ।
सूत्र नम्बर ५
मिडिया जतिसक्दो बढी हाइप क्रियट गर्नुपर्छ। जति बढी गर्न सक्यो त्यति फाइदा। पुरस्कार दिनेले पनि चर्चाका लागि दिन खोज्छन्। यस्तो पारौँ न वर्षभरीको मुख्य विषय नै तपाईँको किताब मात्रै हो। तपाईँलाई पुरस्कार दिएपछि पुरस्कारको हाइट र चर्चा पनि पनि बढोस्।
सूत्र नम्बर ६
पुस्तकमा अलि अलि गल्ती पनि गर्नुपर्छ। एउटाले लेखेको गीत अर्कैले लेखेको भन्दिने, मरेको एक वर्षपछि कुनै प्रख्यात व्यक्ति आफ्नो बिहेमा आएको छ भन्दिने पनि सूत्र हुनसक्छन्। गल्ती लेख्दिने, चर्चा हुन्छ। गल्ती खोजेर गल्ती औँल्याउन पनि पाठकले मेहनत गरुन् न। गल्ती देखाइदिनेलाई सुधार्छु भन्दिने- यसले पनि पुस्तकलाई चर्चामा ल्याइरहन सघाउँछ।
तपाईँसित पनि केही सूत्र छन् कि ? तल कमेन्टमा लेख्नुस् है।
“पुरस्कारको कुरामा गतिलो लेख्ने मन थियो, सालोक्य’ले र अरु कमेन्टले नै काफी | हाम्रो देश, हाम्रो तरिका त्यस्तै रैछ हौ संसार यहाँ(UK) पनि, होइन भने व्यक्तिगत रुपमा हामी कुरा गर्न सक्छौं कहाँ, के भनेर, इमेल प्लिज..!!!”
I agree with Salokya Ji!
कसरि पुरस्कार प्राप्त भयो भन्दा दिएर तर मदन पुरस्कार पाउने कुरामा बिजय कुमार लाइ नै कत्ति पनि बिस्वास थिएन / सुत्र हारु तिनै भए तर घोसना गर्ने को दिमाग मा ज आयो तेही भयो /
अर्को बर्ष महेश बस्नेत को जीवनी ले मदन पुरस्कार पाएमा म कुनै अचम्म मान्नेवाला छैन ..
कुरो ठीक हो । विजय कुमारप्रति संकेत त प्रष्टै बुझियो । विजय कुमारको लेखन राम्रो छ । पढ्दा रमाइलो पनि लाग्छ । तर गसिप जस्तो । गसिपको मार्केट छ । साहित्यमा चाहिँ यस्तालाइ त्यति गंभिर रूपमा लिइँदैन क्यारे !
मलाइ त बिजयकुमार को खुसी मन परेकै हो । तर बिरोध किन भइरहेको छ बुझ्न सकिन ।
When I first heard that Bijaya Kumar Pandya’s Khusi won this year’s Madan Puraskar, I was at my wits end to decide whether I should laugh or I should cry! Then I reminded myself by thinking that this is Nepal, and particularly at this juncture of time, any thing impossible in the other parts of the world, is extremely possible in Nepal. Congrats!!!!
Nice article of Salokya! Keep it up for analysing these things!
सुत्र हरु
१) किताब लेख्नु १-२ बर्स अघि नै पत्रु कार ह्रिसि धमलाको प्राइबेत क्लब”रिपोर्टस क्लब ” मा किताब लेख्ने घोसना गर्ने
२) नया नया नेपालि मोडेल ( थोरै कपडा मा )हरुबाट हात मा किताब बोकेको ठुला , ठुला होर्दिंग बोर्ड तयार गर्ने , किताब को जिल्दा मा चै आफुले लेख्ने भनेको किताब को नाउ लेख्ने |
३) तिन दल का प्रमुख नेता हरुले तेही किताब पडिरहेको तस्बिर तयार गर्ने
४) ” बिज्ञापन हरु जस्तो कि ”
क } पहिले म गरिब थिए , जब त्यो किताब पढे , मेरो दिमाग को बिर्को खुल्यो तेस्पछि मैले ५ बर्स भित्र ५ करोड कमाए
ख ) महिले मलाइ धेरै ढाडदुख थ्यो , कामर पनि दुख्त्यो , जब त्यो किताब पढे सबै ठिक भयो
ग ) मेरो भे भएको १० बर्स भयो , बाल बाचा भएको थ्येन , जब त्यो किताब पढे , १ बर्स मै २ ता बाचा पाएँ आदि आदि
तपाईं ले कति ओटा जित्नु भो? शुत्र थाहा रहेछ त। अर्का को खुट्टा तान्न नेपाली लाई कस्ले जित्ने? वाइह्यात।।।
कस्तो मुर्ख रे छ , किताब लेख्न्नु भएकोले मात्र सुत्र लेख्नुस भनेको छ ? एस्लाई पढ्न पनि आउदैन कि के हो ?
तपाइलाइ केहि सुत्र था छ कि भनेर पाठक सग सोध्नु भो तेस्मा आफुले जानेको ,देश अनुसार को व्यंग लेखियो | ल
मैले त् खुट्टा ताने रे , तपाइले त् मेरो गेदई तान्नु भो नि श्रीमान }
विजय कुमार जी मदन पुरस्कार हात पार्न सफल हुनुभएछ उहालाई साधुवाद ! सबै कुरा सालोक्य जी ले लेखिसक्नु भएछ , खोइ लेख्नै के बाकि रह्यो र , मेरो मन मा पनि ठ्याक्कै तेस्तै कुरा उठेका थिए जुन सालोक्य जी ले लेखिसक्नु भो ! मेरो बिचारमा यो विजय कुमार जी को पहिलो पुस्तक हो (पत्रिका मा छापिने लेख को कुरा गर्या हैन ), पहिलो पुस्तक मै मदन पुरस्कार पाउनु कुनै चानचुने कुरा त हैन नै ! उही सालोक्य जी कै शव्द मा , आफ्नो कुलत लाई इमान्दारीपूर्वक पेश गर्दा ठुलै फाइदा हुने रहेछ (रक्सि सम्बन्धि) !
अमेरिकी राजदूत संग को उठबस , राष्ट्रपति संग डिनर, विनोद चौधरी को संगत आदिले पनि ठुलै भूमिका खेल्दो रहेछ मदन पुरस्कार प्राप्त गर्न !
जति बिबादास्पद काम गर्यो पुरस्कार पाउने सम्भावना उति नै बढी ! कस्ता कस्ता कहाँ गए मदन पुरस्कार विजय कुमार लाई अनि नोवेल पुरस्कार चाही मलाला युसुफ जाई लाइ आखिर दुवै जना विवादास्पद कुरा लेख्न खप्पिस छन् नि त ! नोवेल पुरस्कार मा समेत ठुलै राजनीति हुनथालेको अहिलेको अवस्थामा नेपाल मा मदन पुरस्कार विवादमा पर्दा हामीले के टाउको दुखाउनु हैन त ?
कता हो अंगुर बाबा जोशीले पनि पुरस्कार पाउनु भएको कुरा पढेको थिए , नेपालमा पनि एस्ता इमान्दार मान्छे हरुलाई पुरस्कार वितरण गरिदो रहेछ,अलि अलि नैतिकता पुरस्कार वितरक हरुले राखेको देख्दा अचम्मै लाग्यो !
मदन पुरस्कार दिइएकोमा चित्त नबुझे रिट हाल्न पाउने भा यी यी कारण देखाइ सर्वोच्चमा रिट हाल्ने रचन साथीले भनेर सोचियो 😛
बिशिस्ट खाले पत्रकार भए अझ उत्तम ..कि कसो ???
छन मसित| तीनटा सुत्रहरु| दिम?
१. पुरस्कार प्रदान गर्ने खालका संस्था र चयनमा सम्बन्धित हुनेहरुलाई गाली योग्य भए पनि गाली नगर्ने, नओऊल्याउने वा सके सिधै वा घुमाउरो भाकामा प्रसंशा गर्ने|
२. प्रकाशन सिद्धहस्त सम्पादक र मित्रहरुलाई पालैपालो रिभ्यु र सम्पादन गर्न लाउने जसले लेखकको अरिज्य्नल्टि नै विलिन भए पनि होस्?
३. पुस्तक छापिए पछि सन्तुलन मिलाई मिलाई लेख र प्रशंसाको लेख छपाउन अभियान नै चलाउने| भुलत्रुटी जे भए पनि उसैलाई बढीचढाई अझ पावर लगाई रोचक बनाउने|
यति भए पुरस्कार दातृ संस्थाका चयनकर्ताहरुका नजरमा आईहाल्छ|
(ईश्वर बिक्रम सिंहले दुई नम्बर पहिल्याएको भए उनको पुस्तकको शुद्धाशुद्धि हुन्थ्यो होला तर गाँठी कुरो त्यही रहथ्यो अनि विवादास्पद हुँदैनथ्यो जसले बिक्रि चल्दैनथ्यो)
अर्कै सन्दर्भ जोडौ, खुशी पुस्तक बारे —
विजय कुमारजीलाई तीनटा कुरामा सलाम गर्दै वधाई दिन चाहन्छु|
पहिलो मदन पुरस्कार घोषित हुनुभएकोमा वधाई|
दोस्रो, लुप्त प्राय बौद्ध दर्शन (धर्म नभनौ) बारे धेरथोर अध्ययन अनुभव गरेर व्यवहारिक अनुभव बाँड्नु भएकोमा
तर ती माथिका दुई भन्दा पनि यो agnostic पाठकको उँहालाई बिशाल सलाम, किनभने विद्यमान जातवादी फोहरी तलावमा चुर्लुम्म डुबेको समाजमा आफ्नो लास्ट नेम नलेखेर समाजलाई एतिहासिक पाठ पढाउनु भएकोमा|
थोरैले मात्र जस्तै बच्चु कैलाश, पुष्प नेपाली आदि दिग्गजले यस्ता पाठ सिकाएका छन्|
माओबादीको उछित्तो काट्नु पर्छ 🙂