अघिल्लो आन्दोलनका क्रममा कसैको मृत्यु नभए पनि शुक्रबार हिंसाको क्रमले अझ भयावह रुप लियो। आजैदेखि संविधान जारी गर्ने प्रक्रियाको अन्तिम चरणका रुपमा रहेको मतदान सुरु गर्ने तयारी भए पनि आन्दोलनकारीहरुलाई वार्तामा ल्याउन दुई दिनलाई प्रक्रिया रोके पनि त्यसपछि आएका घटनाक्रम सुखद रहेन। के के भयो त २०७२ भदौ २५ शुक्रबारको दिन?
- प्रमुख तीन दलको बैठक बिहान ८ बजेपछि सुरु भयो। अघिल्लो दिन एमाओवादीका नेताहरुले आवश्यक परे प्रक्रिया स्थगित गरेर वार्ता गर्नुपर्ने प्रस्ताव बैठकमा लाने सल्लाह गरिसकेका थिए। यसैबीच भारतीय राजदूत रन्जित राय सक्रिय भए। एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बिहानै बालकोट पुगेका राजदूत राय त्यसपछि लाजिम्पाट पुगेर प्रचण्डलाई पनि भेट्न भ्याए। राजदूतले नयाँ प्रधानसेनापतिलाई पनि भेटेको सेनाले नै आधिकारिक रुपमा जानकारीबाट थाहा भयो।
प्रधान सेनापति राजेन्द्र क्षत्री र नेपालका लागि भारतीय राजदुत रणजीत रायबीच शुक्रबार भेटवार्ता भएको छ।फोटो:नेपाली सेना pic.twitter.com/2JhkUUESfJ
— PahiloPost (@PahiloPost) September 11, 2015
रोकियो प्रक्रिया
कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले प्रक्रिया दुई दिन रोक्ने निर्णय गरे। खासमा अहिले संविधान तयार भइसकेको छ। अब अरु दलले राखेका संशोधन प्रस्तावलाई ध्वनि मतले अस्वीकार गर्ने अनि तीन दलको संयुक्त प्रस्तावलाई पास गर्ने त्यसपछि प्रत्येक धारालाई दुई तिहाई बहुमतले पारित गर्ने काम प्राविधिक काम मात्रै बाँकी छ। यति गर्न एक साता जति लाग्दो रहेछ।
आइतबार बिहान ११ बजेसम्मका लागि प्रक्रिया स्थगित गरी वार्ता आह्वान गर्ने भनिए पनि यो देखावटी मात्रै जस्तो देखियो। न वार्ताका लागि गम्भीर पहल देखियो न हिंसा नै रोकेको देखियो। झन् वातावरण भड्काउने गरी सशस्त्र प्रहरी र महिला आन्दोलनकारीको समेत ज्यान गएको खबर आयो। दुई दिन रोकेर कहाँ पुग्छ भनेको देखियो मोर्चाका नेताहरुले। आन्दोलन गरिरहेको मोर्चाले सेना फर्काउनुपर्ने लगायतका सबै माग पूरा भएमात्र वार्तामा बस्ने भनेको छ। मानवअधिकार आयोगले सेना फिर्ता गरेर वार्तामा बस्न भन्यो।
रोकिएन हिंसा : एम्बुलेन्सबाट थुतेर घाइते प्रहरीको बर्बर हत्या
प्रक्रिया केही दिनका लागि भए पनि स्थगित भएर वार्ताको वातावरण बन्ला कि भनी आशा गर्नेहरु त्यसको केही घण्टामै आएको बर्बर हत्याको घटनाबाट विचलित भए। युद्धको नियममा पनि अपराध मानिने एम्बुलेन्समा भएका घाइते प्रहरीलाई निकालेर नजिकको खेतमा लगेर बर्बर हत्या गरियो। सशस्त्र प्रहरीका असई थमनबहादुर विकको कथा झन् कारुणिक छ। उनी एक दिनमा दुई पटक हिंस्रक आन्दोलनकारीको आक्रमणमा परे। एउटामा तै सास जोगिएको थियो, अर्कोमा त्यो पनि रहेन।
युएन मिसनमा जानका लागि हेटौडामा परीक्षा दिएर ड्युटीका लागि महोत्तरी जाँदै गर्दा प्रदर्शनकारीले लखेटेपछि उनी पोखरीमा हाम्फालेका थिए। तर पोखरीबाट निकालेर बेस्कन चुटेका थिए। जलेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर लैजान रेडक्रसको सहयोगमा एम्बुलेन्स गाउँको बाटो हुँदै गएको थियो। तर बाटैमा एम्बुलेन्सबाट थुतेर घाइते विकको हत्या गरी एम्बुलेन्स समेत जलाए। कैलालीमा नौ सुरक्षाकर्मीको हत्यापछि सुरक्षाकर्मीको बर्बर हत्या भएको यो दोस्रो घटना हो। बीचमा वर्दियामा अर्का एक जना सुरक्षाकर्मी पनि आन्दोलनकारीको आक्रमणमा मारिएका छन्। योसहित अहिलेसम्म मर्ने सुरक्षाकर्मीको संख्या ११ पुगेको छ।
महिला पनि मारिए प्रहरीको गोलीबाट
शुक्रबार वर्तमान द्वन्द्वका क्रममा पहिलो पटक महिलाको पनि मृत्यु भएको खबर सुन्नु परेको छ। अहिलेसम्म मारिने एक डेढ वर्षीय बालकबाहेक सबै पुरुष थिए। आज भने ४० वर्षीय महिला राजशीला देवीको ज्यान गएको खबर आयो। बुधबारको जलेश्वरमा प्रदर्शनका क्रममा गोली लागी घाइते भएकी राजशीलाको उपचारका क्रममा आज मृत्यु भएको कान्तिपुरले जनाएको छ। तर सरकारी समाचार समिति राससले भने टाउकोमा गोली लागेका रामशीलादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको बताएको छ। नागरिकका अनुसार मारिने महिलाको नाम रामशीला ठाकुर हो र उनी राप्रपा नेपालकी स्थानीय नेतृ हुन्।
शुक्रबार पाँच प्रदर्शनकारी मारिए, एक किशोर पनि
कान्तिपुरका अनुसार शुक्रबार जनकपुरमा तीन र महोत्तरीमा दुई जनाको मृत्यु भएको छ। जनकपुरमा मारिनेमा टाउकोमा गोली लागेका १८ वर्षका निक्कुकुमार यादव, छातीमा गोली लागेका सदभावना पार्टीका धनुषा जिल्ला कमिटी सदस्य २८ वर्षीय सञ्जयकुमार चौधरी र अन्दाजी १४ वर्षीय किशोर दिलिप यादव रहेका छन्। यादव साइकल चढेर घर जाँदै गर्दा गोली लागेर मारिएका हुन्। ३५ भन्दा बढी घाइते छन् जसमा ५ को अवस्था चिन्ताजनक छ। महोत्तरीमा मारिनेमा राजशीलादेवी र ७५ वर्षीय समाजसेवी गणेश चौधरी हुन्। जनकपुरमा तीन जना मारिएपछि साँझ ५ बजेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै सुनसरीको सदरमुकाम इनरुवा क्षेत्रलाई पनि आजैदेखि दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन र सेनाले हवाई गस्ती सुरु गर्यो।
थप एक घाइतेको मृत्यु
महोत्तरीको जलेश्वरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका पिगौना गाविसका ३५ वर्षीय वीरेन्द्र विक्षाको भदौ २५ गते शुक्रबार बिहान १० बजे निधन भयो। सिकिस्त घाइते भएका उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै इन्सेकले जनाएको छ।
नातिको काजकिरियाको सामान किन्न गएका हजुरबुबाको गोली लागी मृत्यु
शुक्रबार जनकपुरमा तीन जलेश्वरमा तीन तथा काठमाडौँमा घाइते एक गरी अहिलेसम्म मारिएकाको संख्या ४१ पुगेको छ। बिहीबार यो संख्या ३४ थियो। यो ४१ फगत अङ्कमात्र होइन। ४१ वटा ज्यान हो जो अकालमा गुमे। प्रत्येकसँग जोडिएका अनेकन कथा होलान्। द्वन्द्व यसरी भड्किँदै जाँदा मारमा पर्नेहरुमा सर्वसाधारणमात्रै हुन्छन् जसले आखिरमा केही पाउने हैनन्। यस्तै एउटा करुण घटना विवरण आज सार्वजनिक भएको छ।
महोत्तरीमा आज कञ्चटमा गोली लागेर एक ७५ वर्षीय आन्दोलनकारीको मृत्यु भयो। उनी आन्दोलनकारी थिएनन्। उनी लामो समयदेखि समाजसेवामा सलग्न व्यक्ति थिए। बुधबार जलेश्वरको झडपमा मारिएका नाति रोहन चौधरीको काजकिरियाको सामान किन्न रतवारा बजार गएका बेला उनलाई गोली लागेको थियो। आन्दोलनकारीहरु बाठा भइहाल्छन् छलिहाले, मारमा परे बिचरा वृद्ध। नातिको काजकिरिया गर्ने सरजाम जोड्न खोज्दा आफ्नै ज्यान गयो।
मारिएका ५, गृहको वक्तव्यमा १
गृह मन्त्रालयले भदौ २५ गते साँझ जारी गरेको विज्ञप्तिमा सशस्त्र असईको हत्या ‘संयुक्त मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्था’ले गरेको भनिएको छ। लेश्वरमा अराजक, उत्तेजक र अपराधिक व्यक्तिले सुरक्षाकर्मीमाथि आक्रमण गरिरहेको भनिएको छ भने जनकपुरमा भएको हिंसालाई धनुषामा गाउँगाउँबाट बालबालिका र महिलालहरुलाई मानव ढाल बनाइएको र अराजक र हिंसात्मक भिडबाट सुरक्षाकर्मीमाथि फायरिङसमेत भएको दावी गरिएको छ। ५ प्रदर्शनकारीको मृत्यु भए पनि विज्ञप्तिमा एक जनाको मात्र उल्लेख छ।
पहिले पहिले भारतीय राजदुताबास( गणतन्त्र आइसकेपछि ) नेपाल सरकार थर्काउन तराइ तताउने धम्कि दिन्थ्यो | उसले किन थर्काउने ? किनकि एयर पोर्ट को सुरक्ष्या जिम्मा ,प्राकृतिक स्रोत को को बार्गेनिङ्ग आदिमा सहजीकरण गर्न |
तराइमा इन्डियाले राम्ररि खुट्टा गाडेको छ | भारतीय ग्रह्मन्ति राजनाथ ले भन्यो तराइको एक करोड नेपालि भारतीय हुन् | तिन लाई इन्डियाले हेर्छ |
तराइको नाउमा नेपाल को सत्ता क्रमश बिहारीले लिदैछ , यो जनजाति र पिछडिएको मधेसी को नारा त् इन्डियाको त्रुफ को पत्ती जस्तो हो |
नेपाल को राजतन्त्र सखाफ पार्न पनि यिनै ”र” को हात थ्यो |
राजाफालं आन्दोलन मा इन्दिया ( सायद बाध्यता थियो कि )उने तिन दल सत्ता मा हुँदा समेत ज्ञानेन्द्र नागार्जुन मा बसेर भत्ता खानु पनि एककिसिम ले अर्थ पूर्ण पनि छ |
मलाई लाग्छ अब नेपाली सेनालाई सशक्त बनाउन ढिला गर्न हुन्न . पहिले राजा को सेना भनेर बेवास्ता गर्दा देशमा माओबादी हावी भै देशको यो दुर्गति भै राख्या छ . माओबादी बिद्रोह दबाउन अशफल हुँदा सेनाले आफ्नो कमजोरी लुकाउन यो राजनीतिक समस्या हो भनेर भन्न बाध्य भयो जबकि त्यस्तै प्रकृतिको तर नेपालको भन्दा पनि अझ शशक्त बिद्रोह गरेको श्रीलंकाको लिट्टेलाई चीनको सहयोगमा त्यहाको सेनाले परस्त गर्दा श्रीलंका अहिले शान्त छ. जतिसुकै ठुलाक्रान्तिकारी पगरी गुथाए पनि आखिर हिंशा र बिद्रोहले देशलाई अबनतीको बाटो मात्रै लैजाँदो रैछ भन्ने कुरा प्रमाणित भैसक्यो नि. तेसैले भबिस्यमा हुन सक्ने बिद्रोहलाई सकुशल दबाउन सक्ने गरि नेपाली सेनालाई प्रभावकारी बनाउन बेलैमा सरकारको ध्यान जावोस भन्ने आग्रह गर्न चाहन्छु. साथै सेनाको संरचनागत सुधारका लागि केहि सुझाब पनि दिन चाहन्छु.
१. सेनालाई तलब भत्ताको राम्रो व्यवस्था गरि युद्धविमान, ट्यांक, आदिद्वारा आधुनिकीकरण गर्ने.
२. सेनाको संख्या लाई ५०,००० मा झारी बचेको खर्चले अन्तरराष्ट्रिय स्तरको थप तालिम र आधुनिक हातहतियार खरिद मा लगाउने.
३. सेनाको भर्ना प्रक्रियालाई थप पारदर्शी बनाउन लोक सेवा आयोलाई जिम्मा दिने
४. Intelligence Unit लाई प्रभावकारी बनाउने
५. सेनाको माथिल्ला अधिकारीले गर्ने भ्रस्टाचारलाई न्युन गर्न अख्तियारको दायरामा ल्याउने.
६. सेनालाई बेला बेलामा युद्धभ्यास गराउने.
७. हरेक सैनिकलाई मानब अधिकारको राम्रो ज्ञान दिने.
८. हतियार खरिदलाई थप पारदर्शी बनाउने.
भन्नाले महासयको देश फेरी युद्दमा गैर फेरी अर्को दशौँ हजार नेपालीले ज्यान गुमाएको, सैयौं बेपत्ता भएको अनि लाखौं अंगभंग वा बेघर भएको हेर्न, सुन्न, पढ्न मन छ ?? कस्तो माहान बिचार , बधाई छ …
हुन् त मान्छे मर्नु मार्नु राम्रो होइन तर हिजो दिल्ली मा १२ बुँदे हूदा ताली बजाउने हरु ले अहिले दुःख मनाउ गर्नु नी तेती उचित हो जस्तो चाहिँ मलाई लाग्दईन है; की कसो अग्रगामि छलांग मारने साथी हरु; बाँदर धेरै बाठो हुन खोज्दा च्यापेको कुरा त मैले यहाँ दोहोराउन् पारोइन..
१२ बुँदेको मात्र के कुरा हजुर, २००७ सालमा राजा त्रिभुवनले पनि भारतीय दूतावासमा शरण लिएकै हुन् । त्यहाँबाट भगाएर दिल्ली पुर्याइएकै हो । दिल्लीमा नै भएको सम्झौताले राजालाई अधिकार दिइएकै हो । त्यतिबेला पनि ताली बजाएकै हो । कि होइन ?
सरकारले शान्ति सुब्यबबस्था अमन चयन र सद्भाब राख्ने वातावरण कायम राखोस
अति नै भैसक्यो अब त … कति सम्म नालायक हो यो सरकार?
सुन्दाता एम्बुलेन्स बाट थुतेर पुलिसलाई मारियो भन्दा कस्तो महसुश भयो तर फेरी बर्बर तरिकाले जनता हरु पनि मारियाकै छन
अब थारु मर्यो धोति मर्यो भनेर खुसि नभैकन नेपाली मर्यो भनि दुखित हुने समय छिटै फर्कियोस हाम्रो मुलुकमा ,
आन्दोलन को नाममा गरिब नेपाली जनताहरु मर्नु यो सार्है दुख लाग्दो कुरा हो|