Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने साउदी कुटनीतिज्ञ नै रहेको भारतीय प्रहरीको ठहर

Posted on September 10, 2015September 11, 2015 by Salokya

पीडित नेपाली महिलाहरु। फोटोः बिबिसी
पीडित नेपाली महिलाहरु। फोटोः बिबिसी

भारत, नेपाल र साउदी अरब जोडिएको एउटा मुद्दाले अहिले भारत र साउदी अरबमा तरङ्ग ल्याइरहेको छ। नेपालमा भने यसबारे जति हुनुपर्ने हो त्यति चर्चा हुन सकेको छैन।

के हो घटना ?
भारतको हरियाणा राज्यको गुडगाउँमा रहेको प्रहरीले त्यहाँको एउटा फ्ल्याटमा छापा मारी दुई युवतीको उद्दार गर्‍यो। दुवै नेपाली। एक जनाको उमेर ५० अर्कोको ३०। एउटी मोरङको अर्की बाग्लुङको। यिनीहरुलाई पटक पटक बलात्कार गरिएको बयान उनीहरुले दिएका छन्। माइती इन्डियाको उजुरीपछि प्रहरीले अनुसन्धान गरी घरमा छापा मारेको रहेछ।

त्यो फ्ल्याट खासमा साउदी कुटनीतिज्ञले भाडामा लिएका रहेछन्। कुटनीतिज्ञ भएपछि विशेष सुविधा हुन्छ अर्काको देशमा। पक्रन पाइन्न। अब यहाँ यत्रो गम्भीर अपराध भए पनि कुटनीतिज्ञ सुविधाका कारण नेपाली युवतीहरुले आरोप लगाएकालाई पक्रन सकिएको छैन।

भारतीय विदेश मन्त्रालयले साउदी अरबको राजदूतलाई बोलाएर प्रहरीलाई सहयोग गर्न अपील गरेको छ। नेपाल चुप छ। औपचारिक प्रतिक्रिया दिएको छैन। साउदी अरब भने भारतले जहिल्यै हामीलाई नचाहिने आरोप लगाउँछ भन्दै बिच्किएको छ।

साउदी अरबको परिवारले यी दुई नेपाली युवतीलाई घरेलु कामदारका रुपमा उनीहरुको देशको जिद्दाह लगेर एक महिना राखेपछि फेरि भारतमा घरेलु कामदारकै रुपमा ल्याइएको रहेछ। यहाँ उनीहरुले नेपालीलाई थुनेर राख्न थाल्यो। हातपात गरियो, बलात्कार गरियो र धम्क्याइयो। परिवारका सदस्य र उनीहरुका पाहुनाहरुसमेत मिलेर बलात्कार गरे। केही दिनअघि मात्रै उनीहरुमाथि भइरहेको अत्याचारबारे एक अर्की घरेलु कामदारलाई उनीहरुले विस्तार लगाएपछि उनले एनजिओ र नेपाली दूतावाससम्म खबर पुर्‍याएका थिए।

हेर्नुस् गुडगाउँ प्रहरीको प्रेस नोट जस्ताको तस्तै

1 thought on “नेपाली युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने साउदी कुटनीतिज्ञ नै रहेको भारतीय प्रहरीको ठहर”

  1. Bal says:
    September 11, 2015 at 7:22 am

    आजको सभ्य युगमा यो भन्दा ठुलो अत्याचार के हुनसक्ला?
    पहिले भारतको कुरा गरौ|
    आफुलाई लोकतन्त्रको हिमायती ठान्ने देशले ती अबला महिला प्रतिको उत्पीडनलाई कसरि सुनवाई गर्ने हुन् त्यो परिक्षा गर्ने समय आएको छ| भारतका शक्तिशाली महिला आयोगले भूगोल र राजनीति छाडेर आफ्नै भूमिमा निस्सहाय दुई महिलालाई चरम अत्यचार गर्दै श्वासबन्द अवस्थामा पुर्याउने दानवहरुलाई कुन सजायको भागी बनाउने हुन् वा मौन रहेर मुक दर्शक मात्र बन्ने हुन् त्यो पनि हेर्ने दिन आएको छ|
    अब आफ्नै मुलुक नेपालको कुरा|
    हाम्रा नेपालका प्रशासन र राजनैतिक मेशिनरी तबसम्म क्रियाशील हुँदैनन जबसम्म आफ्नै नाता परनेलाई यो घटना सहनु पर्ने हुन्छ| यस्ता घटनाका कुचक्रमा पर्नेहरु प्राय सबै सहाराहीन निम्नबर्गका गरिखानेहरु हुन्छन| उनीहरुप्रति राजनैतिक नेताहरु र पशासन अनि प्रहरीहरुको ध्यानै जाँदैन| खोई हाम्रा महिला आयोग तम्सेका यस काममा|
    उजुरी दिएर यो जनसमक्ष लाएकोमा माइती इन्डियालाई धन्यवाद दिनैपर्छ|

    अन्तमा युएन अफीसलाई काठमान्डौमा जागरुक जनता लावालस्कर गएर उजुरी हाल्न्पर्छ|
    भिएना कन्भेसनको नाउँमा कुटनैतिक नकाब लगाएर सजायको भागी हुन्बाट बच्न खोज्ने यस्ता जघन्य अपराधीलाई सजाय हुने प्रावधान हुनपर्छ|

    साउदी अरबको पैसा छ भन्दैमा यस्ता अमानवीय अपराधबाट अपराधीलाई जोगाउन पाइदैन|
    जबसम्म ती महिलाले न्याय पाउदैनन तबसम्म हाम्रा मेडियाले यो मुद्दा जागो राख्नपरो|
    खोइ कता गए एम्नेस्टीका मित्रहरु? यी निस्सहाय गरिब चेलीहरुलाई सहयोग गरिदिन पर्यो हजुर न्याय दिलाएर|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme