Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारले हटाउने भयो कफाला प्रणाली, लाश फर्काउन पनि भिसा लाउनु पर्ने दुःख हट्ने

Posted on September 11, 2015 by Salokya

Qatar-flagआधुनिक दास बनाउने प्रणाली भन्दै चर्को आलोचना भएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कफाला प्रणाली हटाउने दिशातर्फ कदम चालेको छ। कतारको पत्रिका द पेनिन्सुएलाले जनाए अनुसार त्यहाँको मन्त्रिपरिषद्ले यो कानुनको मस्यौदा स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि माथिल्लो निकाय अर्थात् अमिरलाई पठाएको हो। त्यहाँबाट स्वीकृत भएपछि यो गजेटमा छापिन्छ। तर छापिसकेको एक वर्षपछि मात्रै कार्यान्वयन हुने प्रावधान यसमा राखिएको छ।

यो नयाँ कानुनमा काफील, कफाला र तसेरा अल खुरुज जस्ता शब्द राखिएको छैन। यसको साटो रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मारी जस्ता शब्द राखिएको छ। नयाँ कानुनले विदेशी कामदार र उसको रोजगारदाताको सम्बन्धलाई नियमन गर्नेछ।

मस्यौदामा एक्जिट परमिट सिस्टमको व्यवस्था छैन। तर एडभाइजरी काउन्सिलले देश छाड्न चाहने कामदारले आफ्ना रोजगारदातालाई कम्तिमा तीन दिन अघि जानकारी दिनुपर्ने व्यवस्था राख्न सिफारिश गरेको छ। रोजगारदाताले कामदारलाई विदेश यात्रा गर्न रोक्न भने पाउने छैनन्।

के हो त कफाला सिस्टम ?
कतारमात्र हैन खाडीका अन्य देशहरुमा पनि काम गर्न जानेहरुलाई एक किसिमले दास कै व्यवहार गरिएको छ। कफाला सिस्टम अनुसार ती देशमा छिरेपछि रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म अर्थात् एक्जिट भिसा नदिएसम्म लाश समेत स्वदेश फर्कन पाउँदैन भने जिउँदो मान्छेको कुरै नगरौँ।

कफाला System त्यस्तो Sponsor system हो जसले आप्रवासी कामदारको विदेशमा बसाई, रोजगारीलाई नियमित एवम् निर्देशित गर्छ। यो पद्धति खाडीका राष्ट्रहरु बहराइन, कुवेत, कतार, साउदी अरब, यु.ए.ई. र ओमानमा लागू गरिएको छ। यो पद्धतिमा आप्रवासी कामदार सम्वन्धित मुलुकमा प्रवेश गर्ने वित्तिकै सम्पूर्ण आर्थिक तथा कानूनी अधिकार तथा दायित्व रोजगारदातामा रहेको हुन्छ। कामदारको भिसाको अवस्था रोजगारदातासँग आवद्ध हुन्छ। कामदारको काम, बसाई र आवत जावत पूर्णरुपमा रोजगारदाताले नियन्त्रण गर्छ।

कामदारले आफूखुसी काम वा कम्पनी परिवर्तन गर्न पाउँदैनन्। रोजगारदाताबाट Exit visa नपाएसम्म मुलुक छाड्न पाउँदैनन्।
• रोजगारदाताले कामदारको राहदानीसमेत आफै राख्न पाउँछ।
• रोजगारदाताले नचाहेसम्म करार अवधि नसकिएको अवस्थामा काम छाड्न, काम,
• रोजगारदाता परिवर्तन गर्न वा मुलुक छाड्न पाइँदैन।
• रोजगारदाताले कामदारको रेसिडेण्ट परमिट (अकामा) बनाइदिन पर्ने, स्वास्थ्य वीमा गराइ दिनपर्ने र करारमा उल्लेख भए बमोजिम तलब, अतिरिक्त समय काम तथा आवास उपलब्ध गराउनुपर्ने दायित्व हुन्छ।

कफला पद्धतिमा कामदार रोजगारदाताको कानूनीरुपमै पूर्ण नियन्त्रणमा हुन्छ। यसैले कामदारले निम्न कुरा गर्न मिल्दैन :
• काम मन परेन, गार्‍हो भयो, शारीरिकरुपमै काम गर्न सकिन भनी काम छाड्न पांइदैन।
• रोजगारदाताले नचाहेसम्म काम परिवर्तन, कम्पनी वा Sponsor परिवर्तन गर्न पाइँदैन।
• रोजगारदाताले Exit visa नलगाएसम्म मुलुक छाड्न पाइँदैन
• मृत्यु भएको अवस्थामा पनि रोजगारदाताले Exit visa नलगाएसम्म शव स्वदेश जाँदैन।

2 thoughts on “कतारले हटाउने भयो कफाला प्रणाली, लाश फर्काउन पनि भिसा लाउनु पर्ने दुःख हट्ने”

  1. Tul Racyka Pulami says:
    September 12, 2015 at 11:45 am

    हात्ती आयो हात्ती आयो फुस्सा जस्तै हो यो भनेको,अझै सबै चिज कतारिको हात मै रहनछ,बरु सके UAE को जस्तो गरुन न

    Reply
  2. suneel says:
    September 11, 2015 at 8:10 pm

    it’s 8 years they are saying the same thing, seems like it wont gonna happen so stop fooling peoples…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme