Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दिनदिनै मान्छे मर्दैछन्, ओली ‘आँप झरेको’ भन्दैछन्

Posted on September 10, 2015 by Salokya

12001853_1038581432839178_2037303309_o दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थ अनुसार संघीयताको सीमाङ्कन गरेपछि सल्किएको आगो अब दन्किन थालेको छ। नाम र सीमा नतोकिएको आठ प्रदेश बनाउने दुई महिनाअघिको आफ्नै १६ बुँदे सहमति साउन २३ गते तोडेर सीमाङ्कनसहितको ६ प्रदेशमा सहमति गरे। असन्तुष्टिको आगो त्यही बेलादेखि दन्किएको हो जसले आज भदौ २३ गतेसम्म ३४ अमूल्य जीवन खरानी बनाइसकेको छ। अर्थात् दिनदिनै एक जनाको ज्यान गइरहेको छ। मधेसको प्रतिनिधित्व गर्ने सबै दलहरु संविधानको प्रक्रियाबाट बाहिरिसके। स्थिति यति भयावह हुँदै गइरहेको छ तर संविधान जारी भइसकेपछि त्यसमा रहेको सात दिनभित्र नयाँ प्रधानमन्त्री चुन्ने प्रावधानलाई टेकेर कुर्सी ताकिरहेका एमाले अध्यक्ष केपी ओली भने ‘एक दुई वटा आँप झरेको’ भन्दै बसिरहेका छन्। झण्डै एक महिनादेखि तराईका जिल्लाहरु बन्द छन्। जनजीवन अस्तव्यस्त भएको छ, काठमाडौँ कानमा तेल हालेर बसेको छ। यसले स्वभावतः राजनीतिप्रति उति चासो नहुनेहरुको मनमा समेत काठमाडौँप्रति आक्रोश बढाएको छ।


यी ३४ ज्यान काठमाडौँमा गएको भए यहाँ आकाश खसिसक्थ्यो, सत्ता पल्टिसक्थ्यो। तर कुरा काठमाडौँ बाहिरको पर्‍यो, त्यसैले चुपचाप छ सरकार। मुखले वार्ताको आह्वान गरे जस्तो पटक पटक देखाए पनि वार्ताका लागि गम्भीर पहल हुन सकेकै छैन।

संविधान तयार भइसकेको छ। प्रक्रिया सबै पूरा भएर अन्तिम चरणमात्र बाँकी छ। त्यसलाई सत्तारुढ दलको बहुमतले हरेक धारामा ‘हुन्छ’ भन्दै पास गरेर जारी गर्न मात्र बाँकी छ। उनीहरुले चाहेमा कुनै पनि दिन त्यो गर्न सक्छन्। त्यो गर्न कुनै गाह्रो चिज होइन। गाह्रो त देशको संविधान कसरी सबै क्षेत्रलाई मान्य हुने बनाउने भन्ने हो। आज जसरी मधेसको प्रतिनिधित्व गर्ने एउटा पनि दल संविधानसभाको प्रक्रियामा छैन, जसरी ती क्षेत्रमा असन्तोष भड्किएको छ, त्यसलाई नजरअन्दाज गर्दै ती दलका सभासद्को टाउको मात्र गन्ने ओली नेतृत्वको गठबन्धनको हठ अन्ततः देशका लागि घातक हुन साबित हुने खतरा छ।

यदि हतारमै संविधान जारी गर्ने हो भने सीमाङ्कनको जटिल मुद्दालाई पर सार्ने १६ बुँदे सहमतिमै अडिग रहनुपर्थ्यो। त्यसो भएको भए यी ३४ जनाको ज्यान जाँदैन थियो। तर अब सीमाङ्कनै गर्ने हो भने माथिबाट थोपरेर मात्र त पक्कै हुँदैन, त्यहाँका बासिन्दाको मत पनि बुझ्नुपर्‍यो। खाली नक्सामा नेताले मन लाग्दी कोरेर त हुँदैन। कुन आधारमा बिना सीमाङ्कनको आठ प्रदेशमा सहमति गरेको? अनि फेरि सीमासहितको ६ प्रदेशमा मात्रै सहमति के आधारमा? मध्यपश्चिममा आन्दोलन भडकिएर चार जनाको मृत्यु हुँदा १ प्रदेश थपेर ७ प्रदेश बनाएर अर्को सहमति किन गरेको? अनि तराईमा दर्जनौँ मारिँदा पनि उनीहरुको माग चाहिँ किन सम्बोधन नगरेको? यी प्रश्नको जवाफ नदिई लगातारको बन्दले पिल्सिएकाहरुलाई जेसुकै गर भनेर हेपाहा नीति लिएरै अहिलेसम्म कुरा बिग्रिएको हो। अब त्यो गल्ती दोहोरिनु हुन्न।

संविधान जारी गरेपछि सब कुरा ठीक हुन्छ भन्ने सोच नै गलत हो। यस्तो संविधान जारी गरेपछि त झन् नयाँ द्वन्द्व सुरु हुने र त्यो दीर्घकालीन हुने खतरा हुन्छ। त्यसैले आन्दोलनरत पक्षलाई वार्ताको टेबुलमा ल्याउन र विश्वासको वातावरण बनाउन जरुरी छ। त्यस्तो जटिल सशस्त्र द्वन्द्वको समस्या त वार्ताको टेबलबाट हल भएको उदाहरण हामीसँग छँदैछ नि।

21 thoughts on “दिनदिनै मान्छे मर्दैछन्, ओली ‘आँप झरेको’ भन्दैछन्”

  1. devu says:
    September 11, 2015 at 12:14 am

    मधेशी थारु नेवार बाहुन लिम्बु गुरुङ शेर्पा छेत्री सबै , हिन्दु बुद्धिस्ट मुस्लिम इसाई सबै मिलेर सबै भन्दा पहिला, यी नालायक काम नजान्ने, कुरा मात्रै गर्ने, खाली पार्टी पार्टी मात्रै भन्ने, देश र जनता लाई भन्दा आफु आफ्नो कार्यकर्ता र आफ्नो पार्टी लै मात्र माया गर्ने यी पाखण्डी नेता हरु र इनिहरु क श्याल कार्यकर्ता हरु लाई पहिले पाखा लगाउनु पर्छ
    त्यसपछि मात्रै देशका,, लायक, पढे लेखेका देश लाई माया गर्ने नेपाली लाई माया गर्ने हरु ले देश हाँक्न पाउने छन्…

    तर लाग्छ यो असम्भब छ .. यस्ता नेता को पछि देश का धेरै जनताहरु छन् र आधि संचार मध्यम छन्..
    यस्ता नेता र यसको का पछि लाग्ने कार्यकर्ता तथा संचार मध्यम हरु कै छ अहिले सफल जिन्दगि नेपालमा
    अरु त सबै सहिद हुने मात्रै हो,, चाहे पुलिस चाहे आर्मी चाहे जनता.

    Reply
  2. Prakash PM says:
    September 10, 2015 at 10:14 pm

    होइन नेपालमा जहिले नि आन्दोलन हुँदा खालि जनताहरु मात्र किन शहिद हुन्छन ? हिजो माओबादीले शसस्त्र आन्दोलन गर्दा नि झिना मसिना जनताहरुलाइ मात्र कारवाही गर्यो l घुस खेर टन्न कमाएका र भ्रस्टाचारि हो भन्ने जग्जाहिर भएका कुनै ठुला नेताहरुलाई कहिल्यै कारवाही गर्न सकेन . के यो नै हुन् त क्रान्ति र आन्दोलन भनेको ? खोइ त नेताहरु अगाडी आन्दोलन मा ????

    Reply
  3. Dor prasad says:
    September 10, 2015 at 10:03 pm

    १ मदेश १ प्रदेश जस्तो आसम्भब माग रहेर हुन्छा त ?

    Reply
  4. Roshan says:
    September 10, 2015 at 9:59 pm

    हुदैन बिहान मिरमिरे तारा झरेर नगए
    बन्दैन मुलुक दुइ चार सपूत मरेर नगए

    Reply
    1. Dor prasad says:
      September 11, 2015 at 5:05 pm

      नया सतंदी मा:

      हुनु पर्छ बिहानी तारा न झरेपानी
      बन्नु पर्छ देश कोहि सहिद न भएर पनि !

      नेपाली जनता ले बलिदान कति दिए कति
      आखिर तेस्ले कालो वा गोरो नेता र पार्टी बनाउने कम बाहेक के भो र ?

      आकिर यो लडाईं नेता को लागि कि देश को लागि?
      देश को लागि मधेस को लागि को लडेको छ ?
      Balidan

      Reply
  5. सुशील says:
    September 10, 2015 at 9:38 pm

    मुक्ती मधेसका दलित लगाएत निम्न बर्गलाई चाहिएको छ । यी उच्चबर्ग जो अहिले मधेशका मशिहा बनेर कुर्लिदै छन, जो मदेशको जमिनमा बर्षौ देखि विभीन्न स्वरूपमा शासन गर्दै आएका छन, यिनलाई त केवल शक्ती चाहिएको छ, भोलि तिनै निम्न वर्ग माथि शाशन गर्न।

    Reply
  6. maehsh S says:
    September 10, 2015 at 8:32 pm

    अर्थ को अनर्थ किन लगाउछौ ?? २-४ आप झरेको भनेको २-४ मान्छे मरेको भनेको हैन. २-४ संसाद यता उता जादैमा केहि हुदैन भनेको हो.

    Reply
    1. Rakesh says:
      September 10, 2015 at 9:40 pm

      अर्थको अनर्थ किन बुझ्छौ? त्यहाँ ओलीको भनाईमा क्लिक गर्दा कुन सन्दर्भमा भनेको हो भनी बुझ्न लिङ्क खुल्ने बनाइएकै छ त । ओलीभक्त भएर धेरै चित्त दुखेको हो कि !

      Reply
      1. mahesh S says:
        September 11, 2015 at 4:22 am

        त्यो लिंक मा त झन् प्रस्ट नै लेखेको रहेछ कुन अर्थ मा भनेको भनेर.

        संविधानसभा छाड्ने दललाई ओलीको व्यङ्ग्य – एक दुई आँप झरेका हुन् – See more at: http://www.pahilopost.com/content/-7589.html#sthash.L6duKBjd.dpuf

        Reply
        1. Rakesh says:
          September 11, 2015 at 9:58 am

          हेर न ओलीपाराको हठ देखाएको कुरा बुझ कुरा पहिला
          लिङ्कमा प्रष्ट पारेको छ अनि ह्याँ चैँ खोया लेखेको छ? पढ पहिला । कि पढ्दै नपढी हाम्रो ओली महाराजधिराजलाई केही भन्न पाइन्न भन्ने लाग्या हो । माथि लेखिएको छ
          दिनदिनै एक जनाको ज्यान गइरहेको छ। मधेसको प्रतिनिधित्व गर्ने सबै दलहरु संविधानको प्रक्रियाबाट बाहिरिसके। स्थिति यति भयावह हुँदै गइरहेको छ तर संविधान जारी भइसकेपछि त्यसमा रहेको सात दिनभित्र नयाँ प्रधानमन्त्री चुन्ने प्रावधानलाई टेकेर कुर्सी ताकिरहेका एमाले अध्यक्ष केपी ओली भने ‘एक दुई वटा आँप झरेको’ भन्दै बसिरहेका छन्।
          के यो लेखिएको कुरा गलत हो? अनि के खान उफ्रिरा ?
          तैपनि बुझ्दैनौ भने हजुर वरिष्ठ हस्त नमस्ते

          Reply
      2. Janak says:
        September 11, 2015 at 9:07 am

        अहिले देशको हालत गम्भीर छ| ओली र सुशीलले समयमै ध्यान नदिएकोले यस्तो स्थिति हुन् गएको हो र अझ खराब भएर जानसक्छ|
        आँप झरे भन्ने ओलीको बक्तब्य दुखलाग्दो छ| आफुलाई किङ्ग मेकर ठानेर ओलीले जे भने र गरे नी हुने भयो|
        आफैले कुहिया आँप शुशिलको डालोमा हालेको पनि देख्नु पर्यो| महेश बस्नेत जस्ता हुल्याहा र रोपाईमा महिलामाथि हातपात गर्न खोज्ने कृषि मन्त्रि कसको हो? जनताले चुनावमा बिजयी बनाएका होइनन| यी मन्त्रिहरुमा कुनै खुबी भएका पनि होइनन, केवल नकारात्मक खुबी मात्र छन्|
        ओली चम्कि चम्कि उफ्रन सकेको कारण सुशील नीरिह बनेर हो| हाम्रो देशमा प्रधान मन्त्रि छ कि छैन जस्तो छ| देखेर मात्र हुन् भएन भएको महसुस पनि हुनपर्यो|
        कान्काई सरह पैसाको खोलो बगेन भने ओलीलाई प्रधान मन्त्रि त् होइन, आउदो चुनावमा झापाली र किरातीहरुले ठिक पार्नेछंन|

        Reply
  7. nisan says:
    September 10, 2015 at 7:44 pm

    आन्दोलन गरेर राज्य पाउने भए येह कुकुर बिरालो मुसा कमिला ले पनि गरेर राज्य पाउथ्यो …येह त हात्ती को जस्तो पारा भाको छ देखाउने एउटा खाने एउटा …Nepal जस्तो सानो मुलुक मा किन राज्य बनाउनु पर्यो ..यो सब बाहिरी र भित्रि चलखेल हो ..येस्तै हो भने येह देश को नाम अर्कै हुने बेर छैन चेतना भय ………..जय नेपाल

    Reply
  8. Shankar says:
    September 10, 2015 at 4:47 pm

    सरकार त् निकम्मा छ नै , तर आर्को कुरा बिचार गर्नुपर्ने के हो भने खुला सिमाना को फाइदा उठाउदै , बिदेसी को हुल बग्रेल्ती छिरेपछि र आज नागरिकाता लिने , भोलि राजनीतिमा छिर्ने ,पर्सि सदन तताउने गरेपछि यो फुचे देश को तपाइँ ,हामि जस्तै नेताले के गरोस?
    भारत को गलत नियत को परिणाम हो यो | भर्खर भारतीय ग्रिह मन्त्रि ले भन्यो तराइमा हाम्रो एक करोड जनता छ , उसले फेरी भन्यो तराइको नेपालि मदिसे भारतीय हुन् |यो उसैको भनाइ नागरिक न्युज मा आएको हो |

    यो त् ब्वासो को जस्तो माग हो |

    Reply
  9. shyam says:
    September 10, 2015 at 3:49 pm

    It’s all because KP Oli has to be crowned 39th? PM of Nepal. KP Oli was long been the waiting PM of Nepal. If Gyanendra had not been over thrown KP Oli would had become PM then. KP Oli compares lives of Madhesis with rotten mangoes. KP Oli compares the seats of CA Members with ripe mangoes which eminently fall down. KP Oli thinks that if they are over emphasised his turn of becoming PM will collapse.

    Reply
  10. upendra says:
    September 10, 2015 at 2:57 pm

    झापा काण्ड मा ओली ले मानिस को रगत पिएको भन्ने कुरा khubचलेको थियो,अहिले ओली ले मानिस लाई आँप सम्झेर आफ्नो मुख मिठ्याए को होला कि?

    Reply
  11. sam says:
    September 10, 2015 at 2:07 pm

    मान्छे मरेको लाइ आप झारेको भने को हैन, टोपीक ले भ्रम फैलाउने काम नगरोस. यो त रत्नपार्क मा पत्रिका बेच्ने ले काठमाडौँ मा आगो लागि २०० जना मर्यो भन्या जस्तै भयो. पछि पत्रिका पड्दा काठमाडौँ मा सानो आगो लागेको अन्नी इराक मा चै बोम्ब पड्के र २०० मेरे को हुन्छ.

    Reply
    1. Rakesh says:
      September 10, 2015 at 9:42 pm

      टपिक भनेको विषय हो । विषयले कसरी भ्रम फैलाउने काम गर्‍यो ? पत्रिका पढ्ने बानी भा मान्छे परेछौ, अनलाइन र ब्लगहरुमा लिङ्कब्याक र लिङ्कमा क्लिक गर्दा सो विषयको थप जानकारी पाइन्छ भन्ने थाहा नभए जस्तो छ । ओलीभक्त ज्युलाई ओली कै भनाई लेखिएको शब्दमा क्लिक गरी हेर्न सुझाइन्छ 🙂

      Reply
      1. Sam says:
        September 11, 2015 at 8:57 pm

        राकेश जी, तापई जस्तो म ओली , गोलि कसै को भक्त हैन. मलई बाल मतलब पनि छैन. तर देश का केहि कपुत हरु ले मान्छे मरेको त ओली ले आप झरेको भन्यो रे भन्दैइ हिंसा नफ़ैइ लौउन भन्ने मात्र मेरो सोच हो. रंज्नितिक चस्मा लाए पच्ची साबैइ लै कोइ न कोइ को भक्त देह्क्नु हुन्छ …हजुर. म त केवल one who created this Universe को भक्त हु.

        Reply
  12. ekraj says:
    September 10, 2015 at 1:50 pm

    Oli does not care how many innocent people will die and the the useless constitution will work or not. This half dead deseased ego maniac is only interested in becoming Prime Minister of Nepal before he dies.
    I still wonder, do majority of population of Nepal want to see Oli as Prime Minister?
    Is he worth of anything (policy, vision, leadeship quality and working on issue of national development) when comes to good governmenance and good quality leader. In most people’s mind he is a vilian who believes in destruction.
    He is more famous as leader of Don, gundas and law and order breaker corrupt group of people.
    What can you expect from him?

    Reply
  13. Alikhit says:
    September 10, 2015 at 1:27 pm

    थारुहरुले काठमान्डौ आएर ओलीकै आप झारेपछि अलिक सम्हालिएर बोल्छन कि |

    Reply
    1. bibek dhakal says:
      September 11, 2015 at 6:09 pm

      गर्नु पर्ने त तेही हो

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme