Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसैलाई चित्त नबुझेको संविधान यसरी बन्दैछ

Posted on September 7, 2015September 8, 2015 by Salokya

खासमा अब बन्न लागेको संविधान सम्झौताको संविधान हुनाले कसैलाई चित्त बुझ्ने देखिएको छैन। कांग्रेसका असन्तुष्ट छन्, एमाओवादी त झन् भएभरका अडानहरुलाई लचिलो बनाएको भन्दै छाड्दै जानु परेकोले असन्तुष्ट नै छन्। मधेसकेन्द्रित दलहरु त कोही पनि प्रक्रियामा नै नरहने भनिरहेका छन्। अलि अघिसम्म विजयकुमार गच्छदारलाई साथमा लिएका प्रमुख ठूला तीन दलले उनलाई पनि चित्त बुझाउन नसकेपछि उनी पनि बाहिरै रहने भएका छन्। झण्डै एक महिना हुन लाग्यो तराईका जिल्लाहरु बन्द भएको तर सरकारले कान सुनेको छैन। वार्ता पनि हुन सकेको छैन। कैलालीमा आठ सुरक्षाकर्मी मारिए, वीरगञ्जमा एकै दिन पाँच जना प्रदर्शनकारी मारिए। सीमाङ्कनपछि अहिलेसम्म कूल २९ जनाको झडपमा मृत्यु भइसक्यो। तर पनि तीन दलको बलले संविधान बन्न भने अब धेरै प्रक्रिया बाँकी छैन। के के छन् त प्रक्रिया?

sambidhan-last

अनि कुन कुन दलको कति सिट छ? को कता छन्?
sambidhan-equation

5 thoughts on “कसैलाई चित्त नबुझेको संविधान यसरी बन्दैछ”

  1. ekraj says:
    September 9, 2015 at 5:34 pm

    If no one is happy with this constitution will it work for the betterment of Nepal.
    The problem here is it prepared by most infamous, corrupts, parliamenterain with no credibility gangs.
    The politicians those who are bycotting this are even worst gangs of decoits, criminals and pople with vested interest.
    All these symtoms are the indication of complete failure of the so called gangs of the people those who were elected for the preparation of the constitution.
    What a waste of time and resources to feed completely useless mob.

    Reply
  2. Ranjan says:
    September 9, 2015 at 12:15 am

    संबिधान नबने असोज देखि ६०१ को तलब भत्ता रोक्का गरिदिन पर्छ|
    थोडै ६०१ ले संबिधान बनाउने हो र तलब भत्ता ख्वाईरहन पर्ने? कति जनाको पति पत्नी पनि छन् तलब भत्ता खाने| खोई काम गरेको? समानुपातिक भन्दै भातको भाँडोमा आँखा र मुख हाल्ने? अति भयो| राम्रै आयश्रोत हुनेले पनि हाजिर नबनाई तलब भत्ता सरासरी लिएको देख्दा कतिसम्म लोभी होला भन्ने कल्पना गर्न सकिन्छ|
    अर्को सुझाव:
    १. कतिपय क्षेत्रमा हड्ताल बन्द निषेधित क्षेत्र घोषणा गरिन पर्छ| स्कुल, शैक्षिक संस्था, अस्पताल, स्वास्थ्य केन्द्र, सर्बसाधारणको यातायात र औद्योगिक क्षेत्रहरुमा हड्ताल बन्द निषेधित गरिन पर्छ|

    २. बन्द होस् वा हड्ताल वा अन्य कुनै कारणले जसले सार्बजनिक वा सरकारी सम्पतिमा क्षति हानि पुर्याउछ, उसलाई र सो पार्टीलाई समेत कडा सजायको व्यवस्था गरिन पर्छ| सरकारी सम्पति हानि नोक्सानी गर्ने ट्रीबुनल छुट्टै स्थापना गरेर चांडो न्याय दिन पर्छ|
    ल चार दलले यसमा पो सहमति प्रकट गरेर अघि बढ्नु पर्ने हो|

    Reply
  3. Surya says:
    September 8, 2015 at 7:16 pm

    संबिधान सभा नाटक मात्र हो- सिर्फ औपचारिकता. नेपाललाई कुन बाटोमा लाने भन्ने कुराको योजना अरुनै तरिकाबाट बनिसकिएको छ. संघियेता र धर्म निरपेक्षता देशको अस्तित्वोलाइ निस्क्रिय पारि देशको गतिलाई मोड्ने मुख्य formula हो, जुन कसैको प्रत्यक्ष माग नै थिएन. ठुला ३ दल त देखाउने दांत मात्र हो.

    Reply
  4. sayami1852 says:
    September 8, 2015 at 11:23 am

    अलिकति दोष जनमानस मा पनि जान्छ / म आज ८६ छयासी वर्षको भएँ , र राणा र शाहकाल मा जनताको नपुंसकता सित म परिचित छु / राणाकालमा धेरै साल्मी मानन्धर युवतीलाई राणाले उठाए र बिगारे तर मानन्धर साल्मिहरुले त्यो आफ्नो सौभाग्य ठाने / शाहकालमा हुक्के बनेका अनेकन बाहुन चम्चा हरुका राम्री र गोरी बाहुनी छोरीहरु धीरे र ज्ञानेका खुराक बने / धीरे, ज्ञाने र बिरे ले १९७० को दशकमा अनेकन राजनीतिज्ञ क बाहुनी छोरी संग मोज मारे तर त्योबेला इन्टरनेट थिएन अनि ति सत्यहरु बाहिर आएनन् /

    Reply
  5. MADAN BAJRACHARYA says:
    September 8, 2015 at 7:16 am

    देसको बिकास गर्नको लागि भनेर संघियता अपनाउन खोजेको भय बिबाद हुँदैनथ्यो तर सयौं जातिको नेपालमा केहि जातिको नाममा संघीय राज्यहरु बनाउन खोजे त् बिबाद हुनुनै थियो भयो र यो त् सुरुवात मात्रै हो/ यसमाथि आफुलाई मधेसी भनाउन्दाले त् तराइनै नेपालको नभयको भन्दै सिंगो तराइमै उनीहरुले चाहेमा भोलि नेपाल बात अलग्गिन सकिने गरि सिंगो तराइलाइ मधेसीको मध्यदेस बनाउन चाहन्छन भने मधेश्बादिकै जस्तो कुरो लिम्बुवान बादीहरुले पनि गर्दै आयको छ/ गजबको कुरात के छ भने मधेशबादी लिम्बुवानबादी लगायत अन्य जातिवादी दलहरु आफुलाई पहिचान बादी भन्छन/ तर ई जातिबादिले आफ्नो जातको राज्य बनाउन खोजेको भूमिमै इनिहरु अल्प संख्यामा छन् र ती भूमिले अरु जातिको इतिहास पनि समेटेको छ/ त् इनिहरुले भने जस्तै नेपालको कुनै पनि भुमिमा यकल जातिको बसोबास छैन/ नेपालको नेपालीको परिबार र समाज आज बहुजातीय बन्दै गयकोछ त् बहुजातीय बसोबास भयको कुनै पनि भुमिलाई यकल जातिको नाममा राज्य बनायो भने त् अरुको ईतिहास र पहिचान नै मितिने हुन्छ/ यो कुरानै भोलि आज भन्दा ठुलो बिबाद मच्चिने कारण मात्रै बन्दैन नेपाल समेत टुक्रिने कारण बन्न सक्छ/ फेरी जात जातको नाममा राज्य बनेमा भोलि अरुको जातिको नामको राज्यमा बस्ने माथि भुल्चुक्ले पनि कुनै अन्याय हुन् गयमा राज्य राज्य बिचमा जातीय दंगा समेत हुन् सक्छ; यक राज्यले अर्को राज्यलाई नाकाबन्दी गर्न सक्छ/ तेसकारण अहिले जातिवादी र आफु नेपाली हुनु परेकोमा र तराइ नेपालको भयकोमा असन्तुस्ट हुने “जातिवादी प्रभाकरणहरु” ले अहिले जस्तो सुकै बवाल मच्चाय पनि जस्तो सुकै काण्ड गरे पनि संघियता अपनाउने नै हो भने संघियता देसको बिकासको कुनै जातको स्वार्थ को निमित होइन देसको समानुपातिक बिकाशको निमित हुनु पर्छ/ सबै राज्यहरुलाई देसमा उपलब्ध सबै श्रोतहरु सबै राज्यहरुलाई समानुपातिक रुपमा वितरण गरेर बन्नु पर्छ/ अब बनिने कुनै पनि राज्यको सिमाना नेपालको दछिंन सिमाना छोयकै हुनु पर्छ/ यदि यो कुरामा जातिवादी प्रभाकरणहरुले श्रीलंकाको तामिल प्रभाकरंले जस्तै हतियार उठायो भने देसमा अशान्ति मच्चायो भने श्रीलंकाको सरकारले त्यहाको जातिवादी प्रभाकरणलाइ गरे जस्तै ………/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme