Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुराना फोटो जसले इतिहासलाई जीवन्त बनाउँछ

Posted on September 8, 2015September 8, 2015 by mysansar

A Democratic meeting
यो फोटो हेर्नुस्, पुरानो समयलाई यसले जीवन्त पारेको छ। बोहरा गाउँका श्रमिकहरुको यो फोटो ५० वर्ष पुरानो हो। डेभिड कार्लसनले भोजपुरमा त्यहाँको एकदमै दुर्गम गाउँमा सहायक पञ्चायत अधिकारीले डेमोक्रेटिक मिटिङबारे प्रशिक्षण दिँदै गर्दा खिचेका हुन्।

सन् १९६४ मा भोजपुरमा नाच्दै गरेकी दुई राई महिला।
सन् १९६४ मा भोजपुरमा नाच्दै गरेकी दुई राई महिला।
पाल्पामा खिचिएको थारु युवकको फोटो। पाल्पाका जमिन्दारहरुले भैरहवा र दाङबाट थारुहरुलाई त्यतिबेला दशैँ र तिहारका बेला बोलाउने गर्थे।
पाल्पामा खिचिएको थारु युवकको फोटो। पाल्पाका जमिन्दारहरुले भैरहवा र दाङबाट थारुहरुलाई त्यतिबेला दशैँ र तिहारका बेला बोलाउने गर्थे।
डोको बोकेकी गुरुङ महिला।
डोको बोकेकी गुरुङ महिला।

Photo Kathmandu poster Photo by Kevin Bubriski

नेपाल पिक्चर लाइब्रेरी र पिस कोरको नेपाल इतिहास परियोजना गरी दुई वटा अभिलेखबाट छानिएका यस्तै फोटोहरू हेर्न र किन्न समेत सकिनेछ आगामी कात्तिकमा।

वैशाख १२ को विनाशकारी भूकम्पले विविध चुनौती सिर्जेको भए पनि नेपालकै पहिलो अन्तर्राष्ट्रिय फोटो फेस्टिभल कात्तिकमा आयोजना हुने भएको छ। भूकम्पले क्षति पुर्या एका ठाउँहरुमध्ये कै एक ऐतिहासिक शहर पाटनका सार्वजनिक स्थलहरूमा फेस्टिभलका क्रममा फोटो प्रदर्शनीहरू, स्लाइड शो, कलाकारहरूसँग अन्तर्क्रिया, कार्यशाला तथा अन्य कार्यक्रमहरू आयोजना हुनेछ।

कार्तिक १७ देखि २३ गतेसम्म हुने यो फेस्टिभलमा शहरको विगत, वर्तमान र भविष्यबारे दृश्यलाई भाषा बनाएर संवाद हुनेछ।

फोटो काठमाडौँको प्रथम संस्करणमा पाटनका ऐतिहासिक धरोहरहरूको पुनर्निर्माणकालागि रकम जम्मा गर्न फोटो काठमाडौँले फोटोहरूको एक विशेष प्रिन्ट बिक्रीको प्रवर्द्धन पनि गर्दैछ।

यसबाट संकलित सम्पूर्ण रकम काठमाडौँ उपत्यका संरक्षण कोषलाई जानेछ। यस प्रिन्ट बिक्रिमा नेपाल पिक्चर लाइब्रेरी र पिस कोरको नेपाल इतिहास परियोजना गरी दुई वटा अभिलेखबाट छानिएका फोटोहरू राखिने छन्।

सहभागिताको लागि आह्वान
फोटो काठमाडौँले फोटोग्राफीमा काम गरिरहेका फोटोग्राफर, फोटो माध्यममा क्रियाशील कलाकार, इतिहासविद, मानवशास्त्री तथा अन्य अभ्यासकर्तालाई डिजिटल प्रोजेक्शन, वार्तालाप, संवाद र कार्यशालामार्फत सहभागी हुन आफ्ना योजना र कृति पेश गर्न आह्वान गरेको छ। सबै कृति र योजनाहरूको थिम समय अर्थात् टाइम आधारित हुनुपर्नेछ । कृतिहरू अभिलेखबाट लिइएका अथवा समसामयिक अथवा दुवैको मिश्रण हुन सक्नेछन् । मिश्रित माध्यममा सिर्जित कृति पनि पेश गर्न सकिनेछ ।

थप जानकारीका लागि आयोजकको वेबसाइट, फेसबुक र ट्विटर

4 thoughts on “पुराना फोटो जसले इतिहासलाई जीवन्त बनाउँछ”

  1. kamal says:
    September 11, 2015 at 12:11 pm

    के भनेको होला? भोजपुर भन्ने बित्तिकै सबै राई नै हुन्छन? नाच्ने महिलाहरु राई नभएर अरु नै थरका हुन्? यो सम्पादकले केवल राई मात्र देखेछ, तर सो कुरा सहि होइन

    Reply
    1. Salokya says:
      September 11, 2015 at 2:16 pm

      हावा कुरा नगरौँ न हो। फोटो हेर्नेलाई थाहा हुन्छ कि फोटो खिच्नेलाई? फोटो खिच्नेले राखेको क्याप्सन हो

      Reply
  2. Dr Ramu sharma says:
    September 8, 2015 at 7:17 am

    really speaking artist makes the past in front of us

    Reply
  3. bibek dhakal says:
    September 8, 2015 at 2:36 am

    पंचायत अधिकारीले ‘ डेमोक्र्याटिक मिटिंग’ दिदै गर्दा …. हाहा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme