Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रीहरुको परीक्षा

Posted on September 5, 2015September 7, 2015 by mysansar

saturday-fiction एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए।

“ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै टुक्रे र धोद्रे श्वरमा याचना गरिन।

“लौनु हजुर आमा, पानी !” लोग्नेचाहिंले सान्सानो लोटाभरि पानी टक्र्याए। बुढीमाउले किक्ली-किक्ली पार्दै एकै सासमा सकिन र सकेको बलले दुई तीनपल्ट आ….. गरिन्। “ठुलो धर्म गर्नुभयो बाबु, पानी खान दिएर। भोकले नि त्यस्तै भाउन्न बनाएर डंग्रंङ ढल्छु कि जस्तै भा छ। खाने कुरा पनि केही छ कि बाबुसंग !” पानी खाँदा बढेको सास केही मथ्थर पार्दै थपिन।

“बिचरा !, ल लिनुस् ! यो सप्पै खानुस् !“ भन्दै आफूलाई ल्याएको अर्नी सबै दिए। “आहा, कति मिठो रैछ नि !” “आसिकै लागोस ! मनले चिताएको सबै पुगोस् ! यस्ता दयालु मान्छे पनि पाइँदा रहेछन यो पृथ्वीमा ! कस्तो साइतले हिडिएछ आज ! गासको बिचबिचमा यस्तै फत्फताउँदै सप्पै सकिन र खुसी हुँदै डकारिन।

देब्रे कुममा भिरेको पन्तरो काखी मुनिबाट अघिल्तिर ल्याइन र खोतलखातल पार्दापार्दै एउटा सानो बाक्सा निकालिन्। “साह्रै गुन लायौ बाबु, लौ यो तिमीलाई बाटाहिड्ने बुढी आमाको चिनो !” भन्दै त्यो बाक्सा ऊ तिर तेर्छ्याइन।

“के हो हजुर आमा यो ? के छ यसमा ?” ती युबकले सोधे।

“बाबु यो जादुको बक्सा हो। तिमीलाई मन लागेको जे माग यसको शक्तिले गर्दा भन्नेबित्तिकै त्यो कुरा तिमी भा ठाँ आइपुग्छ। तर जे मागे पनि तिन्टा इच्छासम्म मात्रै पुरा हुन्छन नि !” बुढीले अर्थ्याइन्।

“तिन्टा कुरा जे चिताए पनि पुग्छन, हजुर आमा ?” ती युवकले एकदम अचम्म पर्दै सोधे।

“अँ तिन्टा मात्रै ! त्यही भएर जे पायो त्यही माग्न हुन्न। राम्रो सोंचेर विचार पुर्याएर मात्रै माग्नु पर्छ।” उसलाई बाक्सा थमाइन र “ ल त बाबु म जान्छु” भन्दै बाटो लागिन्।

ती जोडी पनि मेलो सकेर साँझपख घरतर्फ लागे। घर पुग्दा थकाइले लखतरान, र भोकले चुर थिए।

“आज एकदमै मिठो खाना खान पाऊँ परमेश्वर !” बुढी आमाले दिएको बाकसको नजिकै गएर हात जोडेर बिन्ती गरिन श्रीमतीचाहिंले। नभन्दै ढान्…टा…णा… गर्दै, हेर्दै मुख रसाउने बास्नादार खानेकुरा अगाडि आएर टक्रियो ! दुबैले रमाईरमाई खान थाले।

“वा, क्या दामी ! , उंमम… ! यसैसित अलिकति वाइन पनि खानपाए त क्या मजा आउंथ्यो है बुढी !” मुख कुच्च्याउँदै, आँखीभौं तन्काउन्दै, र मुन्टो हल्लाउंदै भने श्रीमतीको सक्कलमा सक्कल ठोकाएर। श्रीमतीले तु मन्जुर गरिन्। अनि उनले बाक्सातर्फ हात जोडेर पसारे र “ लौ परमेश्वरी, खतरा मिठो वाइन आइज !” भने। टाङ्ग्राङ्… टुङ्ग्रुङ्…गर्दै आएर एक बोतल वाइन टेबुलमा ठडियो ! टिल परुन्जेल दन्काए जोईपोइले नै !

खाली बोतल हेर्दै श्रीमतीलाई सोधे ती युवकले “अरु केके चिताएको पुग्छ यो बाकसले भन त भन बुढी ? भोलि पनि यस्तै मिठो खानेकुरा खान पाइयोस भनेर मागौं ?’।

“पख है पख बुढा, जे पायो त्यही मगौला नि फेरि ! अब एउटा भन्दा बढी कुरा मागेर पाइन्न। अन्तिम एउटामात्रै बाँकी छ। “चिताएको तिन्टा कुरा भन्दा बढी पाइन्न भनेको बिर्स्यौ तिम्ले ?” श्रीमतीले दाहिने हत्केलो हल्लाउंदै भनिन्।

“अँ त नि साँच्चै ! ठिक भनिस् बुढी ! बेलैमा सम्झाइस्। याँ सुन, भोलि यो बक्सा लेर राजा काँ जानु पर्यो र सप्पै कुरा भन्न पर्यो !”

“ल तेइ गर्नु पर्यो !” श्रीमतीलाई पनि ठिक लाग्यो श्रीमानको कुरा।

भोलिपल्ट ब्यानै त्यो बक्सा लिएर श्रीमानश्रीमती नै राजा काहाँ गए, र सप्पै कुरा सुनाए। कुरा सुनेपछि राजाले आफ्ना तीनजना मन्त्रीलाई पनि त्यहीं बोलाए र के कुरा माग्दा ठिक हुन्छ भनी पालैपालो तिनैजना मन्त्रीहरुसंग उनीहरुको राय मागे।

आफ्नो विचार पहिले राख्ने मन्त्रीले यसरी राय ब्यक्त गर्यो “ सरकार ! देशमा अनिकाल छ, जनता खान नपाएर मरिरहेका छन्। प्रसस्त अन्नपात पाइयोस् भनेर माग्नु बेस हुन्छ।”

“तिम्रो के राय छ त यसबारेमा?” राजाले अर्को मन्त्रीलाई सोधे।

“सरकार ! अन्नपात भन्दा त धेरै भन्दा धेरै पैसा माग्नु पर्छ। पैसा छयालब्याल भएपछि जनताले आफूलाई जे चाहियो तेइ किन्न पाउँछन्” दोश्रो मन्त्रीको विचार आयो।

राजाले तेश्रो मन्त्रीलाई पनि त्यसरी नै सोधे।

“अन्नपात अथवा धन माग्ने मूर्ख्याइं गर्नु हुन्न सरकार ! एकदम महत्वपूर्ण अर्कै कुरा माग्नु पर्छ ” उसले आत्मविश्वासकासाथ भन्यो।

“के हो त त्यो कुरा ?” राजाले फेरि सोधे।

“हामीले ________ माग्नु पर्छ सरकार ! त्यसो गरियो भने देशमा अन्नपात, द्रब्य, रोजगारी, बिकास केहीको पनि कहिलै अभाब हुँदैन सरकार !!” ती मन्त्रीले आफ्नो राय राजामा जाहेर गरे !

“आहा ! कस्तो राम्रो विचार ! हो त्यसै गर्नु पर्छ” राजा लगायत सबैले ताली पड्काएर उक्त बिचारलाई समर्थन गरे। त्यसपछि त्यो देशमा अनन्तकालसम्म पनि कहिलै कुनै कुराको अभाब हुन पाएन।

(उक्त मन्त्रीले के कुरा मागे होला ? तपाईं पाठकज्यूहरुको प्रतिक्रियामा पनि उत्तर मिलेन भने बताइने छ। यो कथा मैले अन्य भाषाबाट अनुबाद गरेको हुँ।)

20 thoughts on “मन्त्रीहरुको परीक्षा”

  1. Prakash says:
    September 10, 2015 at 6:01 am

    किन अर्को बाकस माग्नु पर्यो? तेही बाकस लाई अब देखि जति चोटी मागेनी पुग्ने होस् भने भैगो नि.

    Reply
  2. rakesh says:
    September 8, 2015 at 11:15 am

    सामाजिक सद्भाव माग्यो होला…

    Reply
  3. Roshan says:
    September 7, 2015 at 10:21 pm

    फेरी त्यस्तै ” बाकस “दुइटा wish माग्ने अनि फेरी तेस्र्रो मा त्यस्तै बाकस माग्ने यो काम repeat गरि राख्ने ……………………………………….

    Reply
  4. Raja says:
    September 7, 2015 at 7:38 pm

    “सार्वभौम देश नेपालका सारा स्वस्थ, ज्ञानी, नैतिकवान, इमान्दार देशबासी ले स्विट्जर ल्याण्ड जस्तो नेपालमा , आ-आफ्नो १०- १० तले घरमा बसेर सर्बोत्तम सुख सुविधा भोग गरि ,अनन्त काल सम्म हरेक दिन सुनको थाल मा चौरासी व्यंजन खाई, इज्जत र शान्ति ले बाच्न सकून.” भनेर मागेको भएत हुन्थ्यो. खै के माग्यो?

    Reply
  5. Amar Thapa says:
    September 7, 2015 at 12:16 pm

    तेस्तै अर्को पनि बक्स होला /

    Reply
  6. Min bdr thapa says:
    September 7, 2015 at 11:46 am

    असल सरकार !

    Reply
  7. narayan says:
    September 7, 2015 at 10:55 am

    शान्ति मागे नि हो

    Reply
  8. Prem (Dubai) says:
    September 7, 2015 at 10:03 am

    यो कथा पहिले पनि पढेको जस्तो लाग्छ येही मेरो संसारमा तर पनि यसको सहि उत्तर उक्त मन्त्रीले ३ वोटा जादुको बक्सा मग्न लगाएका थिए | एबम रुपले माग्दै गर्दा कहिले पनि देश मा अनन्तकाल सम्म पनि कुनै कुरा को अभाब हुन पाएको थिएन |

    Reply
    1. bibek dhakal says:
      September 7, 2015 at 9:54 pm

      हो हो , पहिले नै प्रकासित भैसकेको कथा हो यो.. सालोक्य जी झुक्किनु भएछ 😀

      Reply
  9. bibash says:
    September 7, 2015 at 9:37 am

    ताई न तुइ . हात लाग्यो दुइ .

    Reply
  10. pas temba sherpa says:
    September 7, 2015 at 8:02 am

    Brain and wisedom to think and work for people.
    -3rd wish!!

    Reply
  11. पिताम्बर ढकाल says:
    September 7, 2015 at 7:34 am

    इमान्दारी अनि मेहनती हुन् भन्ने माग्यो होला

    Reply
  12. Milan Gurung says:
    September 7, 2015 at 7:30 am

    बुद्धि

    Reply
  13. Prof.Dr.Kamalmani Baral says:
    September 7, 2015 at 7:22 am

    बुद्धि/प्रबिधि /साहस

    Reply
    1. karna bahadur says:
      September 7, 2015 at 9:57 pm

      बाबा…क्या खतरा है तपाई त प्रोफेस्सोर पनि डाक्टर पनि
      नेपाली हरु किन bachelor सक्ने बित्तिकै er अनि phd सक्ने बित्तिकै er. dr दुवै
      अनि फेरी पढ़ौना थाले पछि er. dr. prof. तिन वोटई टाइटल झुन्द्यौना अति अति लालायित हुन्छन कुन्नि ??
      तपाई को नाम बाट अर्को er. चै chutecha .. 🙂

      Reply
  14. keshi says:
    September 7, 2015 at 7:17 am

    शुशासन

    Reply
  15. Jang Bahadur Rana says:
    September 7, 2015 at 7:11 am

    ती मन्त्रीले 8 पर्देश माग गरे होलान नी

    Reply
  16. Ramesh Timsina says:
    September 7, 2015 at 5:58 am

    Education

    Reply
  17. ekraj says:
    September 7, 2015 at 4:34 am

    This should be strong will to work (Jangar). The demise of Nepal is linked to lazyness, mean and vested interest , thugi, corruption and criminal attitude of politicians, top government officers, security and judicial body then the flow on effect these mean attitude of corruption to other parts of the society and business sector. Everybody wants lots of money and confort for free without working hard.

    Reply
  18. Ajay says:
    September 7, 2015 at 1:08 am

    भोलि पनि त्यै बुढी आमै यसरीनै आएर यस्तै जादुको बक्सा दिउन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme