कुमार नगरकोटीको पहिलो उपन्यास ‘मिस्टिका’ बजारमा आएको छ। बजारमा अरु उपन्यास जस्तो छैन यो। एउटा निश्चित प्लटै नभएको ‘मिस्टिका’मा डार्क फ्यान्टासी र सर्रियलिज्मको भेउ पाउन सामान्य पाठकलाई गाह्रै पर्छ। ५ सय रुपैयाँ पर्ने ४०८ पृष्ठको यो उपन्यास पढिसक्दा पाठकले प्रश्नैप्रश्न मात्र पाउँछन्, उत्तर भेट्टाउँदैनन्। विमोचनको बेला नै नगरकोटीले भनेका थिए, ‘ नयाँ स्वाद बुझ्न केही मेहनत गर्नुपर्छ। अन्यथा मिस्टिकाको मिस्ट्री बुझिन्न।’ उपन्यासमा अनेक पात्र छन्, उनीहरुको नाम पनि नगरकोटीले गजबकै छानेका छन्। उनको उपन्यासका २० पात्र यस्ता छन्-
योगनरेन्द्र मल्ल
उनको उपन्यासको रियलिस्टिक नाम चाहिँ यही हो। प्रस्तर पिलरको टुप्पामा बस्ने यी नमस्ते गर्न छाडेर जुम्ले हात मोल्दै भूँइमा झर्छन् र कृष्ण मन्दिरको ढुङ्गे सिँढी चढ्दै ग्राउन्ड फ्लोरको गर्भभित्र लुसुक्क छिर्छन्। योगनरेन्द्र मल्लका चार वटै खुट्टालाई कालाकाला झ्यापुल्ले रौँले ढाकेको थियो। पञ्जाका तीखा नङ्ग्राहरुले सिमेन्टको भूँइ कोतर्दा निस्कने आवाजले योगनरेन्द्र मल्ल स्वयम् डराइरहेको प्रतीत हुन्थ्यो। घरीघरी ङिच्चङिच्च गर्दा देखा पर्ने दाँत एवम् दाह्राले योगनरेन्द्र मल्लको व्यक्तित्वलाई अनावश्यक धूर्त एवम् कुटिल बनाएको थियो। योगनरेन्द्र मल्लको पुच्छर शरीरभन्दा लाम्चो थियो। पुच्छरको अग्रभाग टाउकोमाथि तुर्लुङ्ग झुण्डिएको थियो जसले श्रीपेजको भ्रम क्रियट गर्थ्यो। दरबार स्क्वायरमा भेला भएका हजारौँ बिरालालाई सम्बोधन गरेपछि उपन्यास सुरु हुन्छ।
मोफसल मानन्धर
समाचारको बाइलाइनमा यो नाम पढ्न पाइन्छ। नाम मोफलस तर डेटलाइन काठमाडौँको। समाचारमा ट्याक्सी व्यवसायी संघका कोषाध्यक्षको नाम राखिएको हुन्छ- मनमयजु महर्जन।
सिमसारा
क्याफेको काउन्टरमा बस्ने रिसेप्सनिस्ट युवती। कपाल चिन्डै पारेर लेडी नगरकोटी जस्ती देखिएकी।
हट डग
रेस्टुरेन्टको बाउन्सरको नाम। नगरकोटीले यस्तो नाम सुनेपछि अनुमान गर्छन्- कात्तिकमा कामुकताको काम ज्वरोले कामुक बन्ने काला कामुक कुकुरहरुको कुत्कुत्याइँलो कामुकबाट प्रेरणा लिई आफ्नो नाम बाउन्सरले हट् डग राखेको हुनुपर्ने प्रारम्भिक ठहर मैले गरेँ तर त्यसो होइन रहेछ। मेरो अनुमान ढुस भयो।
दिवङ्गत बुढाथोकी
प्रुफ रिडर। उनको उमेर धेरै वर्षदेखि १ चालीसमा नै अडकिएको हुन्छ।
मृत्युञ्जय गेलाल
शब्दमोचन साहित्यिक पत्रिकाका सम्पादक। आत्महत्या गर्नेको खल्ती छामछुम पारी कागजपत्र निकाली बिना कुनै सम्पादन जस्ताको तस्तै पत्रिकामा छाप्ने मानिस।
कारपेन्टर र कार पेन्टर
कारपेन्टर नदी किनारमा बस्थ्यो। कहाँबाट आएको थियो? उसको जन्म कहाँ कहिले किन कसरी भएको थियो कसैलाई थाहा थिएन। कारपेन्टर कम्तीमा पनि दुई ढाई सय वर्ष पुरानो हुनुपर्छ। नदी किनारको ओडारमा बस्थ्यो। सालाखाला एक सय ९५ वर्षको उमेरमा उसले पाएको छोराको नाम कार पेन्टर। छोराको बाउ पनि आमा पनि उही। आफै केटी भएर जन्माएको।
डाक्टर कलब्रेक गोदार
जेको उपचार पनि आयोडेक्सले गर्ने डाक्टर। उसले कार पेन्टरको केटा भएर पनि मिन्स हुने रोगको उपचार गर्छ।
म्याडम फेब्रुअरी
लेखकको फेभरेट टिचर। लिटरेचर टिचर। फिक्सन पढाउने। भर्जिन कुरा गर्ने। यु आर ब्लु बोयज् नाउ भन्ने। विदामा झुसिलकिराबाट पुतली बन्न उक्साउने।
देहान्त कायस्थ
अर्को टिचरको नाम। घाँटीमा याँमानको गलगाँड। त्यसैले टाइ लगाउन अनिवार्य नभएको।
वैदिक विश्वकर्मा
क्लासको मनिटर। म्याडम फेब्रुअरीलाई निम्फो भन्ने।
निरामिष लामिछाने र निरापद लामिछाने
नेपालगञ्जका दाजुभाइ। नगरकोटीलाई कमाल गर्न सिकाउने
ट्याडपोल
सैनिक। इमोसनमा आउँदा उत्तेजनामा आउँदा रुद्रघण्टी सक्रिय भएर स्वर लोग्नेमान्छेको जस्तो हुने। अरु बेला रेखाको जस्तो भेल्भेट भ्वाइसमा बोल्ने।
अनुप बराल
साँच्चिकै जीवनमा अनुप बराल जस्ता छन् त्यस्तै। नगरकोटी उनको दिमागमा पस्छन्।
कृष्णमोचन मास्के
सिद्धहस्त क्यालिग्राफर। हस्तमैथुन गरेपछि मात्र सिद्धहस्त क्यालिग्राफर बन्न सक्ने तिब्बती तान्त्रिकको गुरुमन्त्र पाएका व्यक्ति। उनकै बहिनी मिस्टिका मास्के।
राष्ट्रपति
पाहुनाको कुकिज आफै खाने अनि संविधानभन्दा कुकिजको चिन्ता गर्ने व्यक्ति। कुकिज अर्काले खाएर घोर अन्याय भएको थाहा पाउँदापाउँदै किन चुप लागी बस्नुभयो, राष्ट्रपतिको सामु अन्याय सहेर बस्ने आँट गर्ने भनी उल्टै सोध्ने पात्र।
ग्रहणशमशेर थापा
स्वप्नील भ्यालीको पिपल ट्रीमा झुण्डिएर मर्नेमध्येका तीन पात्रका विस्तृत कथामध्येका एक। गणेशको मूर्ति गलत बनाएपछि आत्मविश्वासले आत्महत्या गरेको थियो। लिपिका उनकी स्वास्नी।
पण्डित साष्टाङ्ग शास्त्री
जिन्स प्यान्ट र टाइट टीसर्ट लाउने समसामयिक निर्णय गर्ने पात्र। मिनी स्कर्ट साइजको धोती लगाएरै स्वप्निल भ्यालीमा व्युत्पति भएको जनश्रुति। स्वप्निल भ्यालीको पिपल ट्रीमा झुण्डिने अर्का पात्र जसको विस्तृत वर्णन पुस्तकमा गर्न छानिएको छ।
बल्ल पुस्तकको नब्बे पृष्ठतिर छु , अहिले सम्म मिस्तिका ‘मिस्त ‘अर्थात कुहिरो जस्तै नै लाग्दै छ – पढिसकेपछि नै कमेन्ट गरौंला …
भाग्यमानी ले सर्प को खुट्टा देख्छ रे….खै कुटो कोदालो हलो सबै ले’र पढ्न बस्नु पर्ने होला मेहनत गर्दै भनेको …..
– – – – आर्को मिस्टिका को पात्र हरु
१) प्रचण्ड :: जुँगा ले स्टालिन भएको , बोलि चालिमा म बुद्द हुँ भन्ने यथार्थ मा ?
२) ओली :: गोलि जस्तो बोलि , फ्याउरो जस्तो ??
३) बाबुराम :: आफुलाई एकलाब्या भन्न रुचाउने , देश को समस्या किताब मा खोज्ने ?
४)झल् मल नाथ :: आँखा कम्जोर तर अर्जुन दृस्टी छ मेरो भन्दै फुइ देखाउने ?
५) सु को :: बोलि प्रस्ट छैन, तर भासण मात्र दिन खोज्ने ?
६) मा कु ने :: धोका , दलाली , चाकडी लाइ नै राजनीति का तिन सुत्र ठान्ने ?
उहिले पढेको “राजाको पोशाक” भन्ने कथा को याद आयो l बुद्धि भएकाले मात्र देख्ने पोशाक लगाएको छु भनेर हिड्ने राजा त आखिर मा नाङ्गै !! त्यस्तै गरि नगरकोटी बन्धु ले भनेछन ….मेहेनेत नगर्ने पाठकले उपन्यास बुझ्दैनन्…
आउदैछ मेरो मिस्टिका पनि अर्को हप्ता त कुवेत आइपुग्छ अनि पढेर नै छुटेका पात्र र उसको चरित्र बारेमा लेखौला